काठमाडौँ । राजस्थान रोयल्सले जारी आइपिएलमा पञ्जाव किंग्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा राजस्थानले पञ्जावलाई ६ विकेटले पराजित गरेको हो ।
पञ्जावले दिएको २२३ रनको लक्ष्य पछाएको राजस्थानले १९.२ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।
राजस्थानको जितमा डोनोभान फेरेइराले ५२, यशस्वी जैसवालले ५१, वैभव सुर्यबंशीले ४३ रन बनाएका थिए । त्यस्तै पञ्जावका बलर युजवेंद्र चहलले ३ विकेट लिएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको पञ्जावले२० ओभरमा ४ विकेट गुमाएर २२२ रन बनाएको थियो । पञ्जावका लागि मार्कस स्टोइनिसले सर्बाधिक ६२ र प्रभसिमरन सिंहले ५९ रन बनाएका थिए ।
यो जितपछि राजस्थानको ९ खेलमा १२ अंक भएको छ र तेस्रो स्थानमा उक्लिएको छ । त्यस्तै पञ्जावको भने यो यस सिजनमा पहिलो हार हो । पञ्जावको ८ खेलमा १३ अंक रहेको छ र शिर्ष स्थानमा कायम छ ।
आइपिएलमा आज मुम्बई इण्डियन्स र सनराइजर्स हैदरावादबीच खेल हुदैछ ।एभरेष्ट न्यूज एजेन्सी







