काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको छ भने ११० जना घाइते भएका छन् ।
नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा बागमती प्रदेशमा ३ जना, कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिममा एक एक जनाको मृत्यु भएको छ ।
त्यस्तै देशभर भएका दुर्घटनामा ११० जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा ३१ जना घाइते भएका छन् भने काठमाडौँ उपत्यकामा १४ जना घाइते भएका छन् । त्यस्तै कोशीमा २६ जना, बागमतीमा ५ जना घाइते भएका छन् भने लुम्बिनीमा १७ जना, सुदूरपश्चिममा ११ जना र कर्णालीमा ६ जना घाइते भएका छन् ।एभरेष्ट न्यूज एजेन्सी,
आजको राशिफल बिस २०८३ असार ३१ गते बुधबार ईस २०२६ जुलाई १५ नेपाल सम्बत ११४६ दिल्लाथ्व पारु, रौद्र नाम संवत्सर सूर्य उत्तरायण, गृष्म ऋतु, असार शुक्ल पक्ष प्रतिवदा, चन्द्रमा कर्कट राशिमा, तिष्य नक्षत्र, हर्शण योग, बव करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर १८ मिनेटमा र सूर्यास्त साँझ ७ बजेर ३ मिनेटमा हुनेछ ।
आज जन्म लिने बच्चा कर्कट राशीको हुनेछ । आज विश्व युवा सीप दिवस परेको छ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
आजको दिन नयाँ उत्साह, सकारात्मक ऊर्जा र आत्मविश्वासका साथ सुरु हुनेछ। लामो समयदेखि रोकिएका कामले गति लिने सम्भावना देखिन्छ। कार्यक्षेत्रमा तपाईंको मेहनत, नेतृत्व क्षमता र स्पष्ट निर्णयको प्रशंसा हुनेछ। वरिष्ठ व्यक्तिको विश्वास प्राप्त हुँदा नयाँ जिम्मेवारी पनि थपिन सक्छ। व्यापार–व्यवसायमा विस्तारका अवसर देखा पर्न सक्छन्। आर्थिक रूपमा आम्दानी सन्तोषजनक रहनेछ, तर भविष्यलाई ध्यानमा राखेर बचत गर्ने बानी लाभदायक हुनेछ। परिवारमा खुसी, मेलमिलाप र आपसी सहयोगको वातावरण रहनेछ। साथीभाइसँगको भेटघाटले मन प्रफुल्लित बनाउनेछ। स्वास्थ्य राम्रो रहनेछ, तर नियमित विश्राम र सन्तुलित खानपानलाई प्राथमिकता दिनु उपयुक्त हुनेछ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) –
आज धैर्य, संयम र व्यवहारिक सोचले तपाईंलाई सफलता दिलाउनेछ। कार्यक्षेत्रमा विगतको मेहनतको प्रतिफल प्राप्त हुने सम्भावना बलियो छ। नयाँ अवसरलाई सही रूपमा उपयोग गर्न सक्नुभयो भने भविष्यका लागि राम्रो आधार तयार हुनेछ। आर्थिक अवस्था स्थिर रहनेछ र आम्दानी–खर्चबीच सन्तुलन कायम रहनेछ। व्यापार गर्ने व्यक्तिहरूलाई नियमित लाभ मिल्ने संकेत छ। परिवारका सदस्यहरूसँग आत्मीयता बढ्नेछ। आफन्तसँगको कुराकानी वा भेटघाटले मन हल्का बनाउनेछ। स्वास्थ्य सामान्य रहनेछ र मानसिक शान्ति पनि कायम रहनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
आज सिर्जनशील सोच, प्रभावकारी अभिव्यक्ति र चाँडो निर्णय गर्ने क्षमताले तपाईंलाई विशेष सफलता दिलाउनेछ। कार्यक्षेत्रमा नयाँ जिम्मेवारी वा अवसर प्राप्त हुन सक्छ। अध्ययन, लेखन, सञ्चार, शिक्षा तथा सिर्जनात्मक क्षेत्रमा लागेकाहरूका लागि दिन निकै फलदायी रहनेछ। सहकर्मी तथा साथीभाइको सहयोगले कठिन काम सहज रूपमा सम्पन्न हुनेछ। आर्थिक रूपमा सुधार आउने सम्भावना छ। परिवारसँग खुसीका क्षण बित्नेछन्। स्वास्थ्य राम्रो रहनेछ र दिनभर उत्साह कायम रहनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
आज घरपरिवारमा सुखद वातावरण कायम रहनेछ। परिवारका सदस्यहरूसँगको सम्बन्ध अझ आत्मीय बन्नेछ। कार्यक्षेत्रमा तपाईंको इमानदारी, जिम्मेवारी र मेहनतको उचित मूल्यांकन हुनेछ। रोकिएका कामहरू पूरा हुने सम्भावना बलियो देखिन्छ। आर्थिक पक्षमा सामान्य सुधार आउनेछ। भविष्यका योजना बनाउन वा नयाँ काम सुरु गर्न दिन अनुकूल रहनेछ। कुनै शुभ समाचारले मनमा नयाँ आशा र उत्साह थप्न सक्छ। स्वास्थ्य राम्रो रहनेछ र मानसिक रूपमा पनि सन्तुलित महसुस हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
आज नेतृत्व क्षमता, आत्मविश्वास र साहसका कारण उल्लेखनीय सफलता प्राप्त गर्न सक्नुहुनेछ। कार्यक्षेत्रमा वरिष्ठ व्यक्तिको विश्वास जित्नुका साथै नयाँ जिम्मेवारी पनि प्राप्त हुन सक्छ। व्यापार–व्यवसायमा विस्तारको सम्भावना देखिन्छ। आर्थिक रूपमा लाभका अवसर देखिए पनि सोचविचार गरेर मात्र लगानी गर्नु राम्रो हुनेछ। सामाजिक क्षेत्रमा सम्मान र प्रतिष्ठा बढ्नेछ। परिवारको साथ र प्रोत्साहनले मनोबल अझ बलियो बन्नेछ। स्वास्थ्य राम्रो रहनेछ र शरीरमा ऊर्जा भरिपूर्ण रहनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आज अध्ययन, अनुसन्धान, तालिम तथा नयाँ सीप सिक्ने कार्यमा उल्लेखनीय उपलब्धि प्राप्त हुनेछ। कार्यक्षेत्रमा अनुशासन, धैर्य र निरन्तर प्रयासले राम्रो प्रतिफल दिलाउनेछ। आर्थिक अवस्था सन्तुलित रहनेछ, तर खर्च गर्दा योजनाबद्ध रूपमा अघि बढ्नु उचित हुनेछ। परिवारमा सुखद वातावरण कायम रहनेछ। छोटो दूरीको यात्रा वा आवश्यक भेटघाट लाभदायक बन्न सक्छ। नयाँ ज्ञान र अनुभवले भविष्यमा राम्रो अवसर सिर्जना गर्नेछ। स्वास्थ्य राम्रो रहनेछ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) –
आज आर्थिक क्षेत्रमा सकारात्मक परिवर्तन आउने सम्भावना बलियो देखिन्छ। रोकिएको रकम प्राप्त हुन सक्छ वा नयाँ आम्दानीको स्रोत खुल्न सक्छ। व्यापार–व्यवसायमा लाभ बढ्ने संकेत देखिन्छ। कार्यक्षेत्रमा सहकार्य र समन्वय उत्कृष्ट रहनेछ। परिवारसँग रमाइलो समय बित्नेछ र घरमा खुसीको वातावरण कायम रहनेछ। सामाजिक क्षेत्रमा नयाँ सम्बन्ध स्थापित हुनेछ, जसले भविष्यमा फाइदा पुर्याउन सक्छ। स्वास्थ्य राम्रो रहनेछ र आत्मविश्वास पनि बढ्नेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
आज मेहनत, धैर्य र अनुभवले उल्लेखनीय सफलता दिलाउने दिन रहनेछ। प्रतिस्पर्धात्मक क्षेत्रमा आफूलाई अब्बल सावित गर्ने अवसर प्राप्त हुनेछ। कार्यक्षेत्रमा तपाईंको कार्यदक्षताको प्रशंसा हुनेछ र नयाँ अवसर पनि प्राप्त हुन सक्छ। आर्थिक रूपमा लाभका संकेत देखिए पनि ठूलो निर्णय गर्दा पर्याप्त सोचविचार गर्नु आवश्यक हुनेछ। परिवारमा खुसी, विश्वास र आत्मीयताको वातावरण कायम रहनेछ। सम्बन्ध थप सुदृढ बन्नेछ। स्वास्थ्य राम्रो रहनेछ र मानसिक रूपमा पनि ऊर्जावान महसुस हुनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
आज सकारात्मक सोच, उत्साह र आत्मविश्वासले नयाँ उपलब्धि हासिल गर्ने अवसर प्रदान गर्नेछ। व्यापार, अध्ययन, यात्रा वा वैदेशिक क्षेत्रसँग सम्बन्धित काममा शुभ संकेत देखिन्छ। कार्यक्षेत्रमा तपाईंको मेहनतको उचित मूल्यांकन हुनेछ। आर्थिक अवस्थामा सुधार आउने सम्भावना बलियो छ। परिवारका सदस्यहरूसँगको सम्बन्ध थप सुमधुर बन्नेछ। सामाजिक क्षेत्रमा मान–सम्मान र प्रतिष्ठा बढ्नेछ। भविष्यका योजना बनाउन तथा नयाँ लक्ष्य निर्धारण गर्न दिन निकै अनुकूल रहनेछ। स्वास्थ्य राम्रो रहनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आज जिम्मेवारी बढे पनि योजनाबद्ध रूपमा अघि बढ्दा सबै काम सफलतापूर्वक सम्पन्न हुनेछन्। कार्यक्षेत्रमा वरिष्ठ व्यक्तिको सहयोग र विश्वास प्राप्त हुनेछ। आर्थिक रूपमा खर्च नियन्त्रण गर्नु आवश्यक हुनेछ र बचत गर्ने योजनाले राम्रो परिणाम दिनेछ। परिवारका सदस्यहरूको सुझावले महत्त्वपूर्ण निर्णय लिन सहयोग पुर्याउनेछ। स्वास्थ्यमा सामान्य थकान महसुस हुन सक्ने भएकाले पर्याप्त आराम गर्न आवश्यक हुनेछ। दिनको अन्त्यमा प्राप्त उपलब्धिले आत्मसन्तुष्टि र आत्मविश्वास बढाउनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
आज सिर्जनशील सोच, नवीन योजना र सकारात्मक दृष्टिकोणले तपाईंलाई नयाँ सफलतातर्फ अघि बढाउनेछ। कार्यक्षेत्रमा रोकिएका काम सम्पन्न हुनेछन् र नयाँ अवसर प्राप्त हुनेछ। साथीभाइ तथा सहकर्मीको सहयोगले महत्त्वपूर्ण काम सहज रूपमा पूरा हुनेछ। आर्थिक पक्षमा सुधार आउने सम्भावना बलियो छ। परिवारमा खुसी, मेलमिलाप र समझदारी कायम रहनेछ। सामाजिक सम्बन्ध विस्तार हुनेछ र नयाँ परिचय भविष्यका लागि लाभदायक बन्न सक्छ। स्वास्थ्य राम्रो रहनेछ र मानसिक रूपमा पनि स्फूर्ति कायम रहनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, ची) –
आज धैर्य, संयम र सकारात्मक सोचले दिनलाई उपलब्धिमूलक बनाउनेछ। केही काममा ढिलाइ भए पनि अन्ततः परिणाम तपाईंको पक्षमा आउने सम्भावना छ। कार्यक्षेत्रमा आफ्नो अनुभव र सीपको प्रभावकारी उपयोग गर्न सक्नुहुनेछ। आर्थिक रूपमा सोचविचार गरेर खर्च गर्नु आवश्यक हुनेछ, साथै बचत गर्ने अवसर पनि प्राप्त हुनेछ। परिवारको साथ र सहयोगले मानसिक शान्ति तथा आत्मबल बढाउनेछ। पुराना अधुरा काम पूरा हुने सम्भावना बलियो छ। साँझतिर कुनै सुखद समाचार प्राप्त हुन सक्छ, जसले मनमा नयाँ आशा र उत्साह थप्नेछ। स्वास्थ्य राम्रो रहनेछ र आत्मविश्वास पनि निरन्तर वृद्धि हुँदै जानेछ ।एभरेष्ट न्यूज एजेन्सी
रामअधार प्रसाद यादव, रौतहट, असार १४ ।
राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत ूपूर्ण खोप, सुरक्षित भविष्यू भन्ने मूल नारासहित नगर खोप समन्वय समितिको सचिवालय, राजदेवी नगरपालिका, रौतहटको आयोजनामा आज २०८३ साल असार १४ गते आइतबार राजदेवी नगरपालिकाको सभाहलमा पालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा सभा कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
राजदेवी नगरपालिकाका नगर प्रमुख श्री भिखारी प्रसाद यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला खोप समन्वय समितिका अध्यक्ष एवं प्रमुख अतिथि श्री राम अयोध्या राय यादव, स्वास्थ्य कार्यालय रौतहटका विशिष्ट अतिथि श्री अनिल कुमार कर्ण, जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा राजदेवी नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको थियो। साथै पूर्ण खोप अभियानलाई थप प्रभावकारी र दिगो बनाउन घोषणा समारोह तथा हस्ताक्षर अभियान समेत सञ्चालन गरिएको थियो।
वक्ताहरूले प्रत्येक बालबालिकाले समयमै सबै खोप प्राप्त गर्नु उनीहरूको स्वास्थ्य र सुरक्षित भविष्यका लागि अत्यन्त आवश्यक रहेको उल्लेख गर्दै पूर्ण खोप सुनिश्चिततालाई दिगो रूपमा कायम राख्न सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेको बताए।
कार्यक्रमको अवसरमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना अभियानलाई सफल बनाउन महत्त्वपूर्ण योगदान पुर्याएको भन्दै स्वास्थ्य शाखा प्रमुख रामाकान्त यादव, सह–संयोजक राकेश यादव तथा स्वास्थ्य शाखाका कर्मचारीहरूलाई उनीहरूको कार्यसम्पादनका आधारमा प्रशंसापत्र प्रदान गरी सम्मान गरिएको थियो। नगर प्रमुख भिखारी प्रसाद यादव तथा उपस्थित अतिथिहरूले सम्मानित कर्मचारीहरूलाई बधाई दिँदै आगामी दिनमा पनि स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि र खोप कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा निरन्तर सक्रिय रहन शुभकामना व्यक्त गरेका थिए।
राजदेवी नगरपालिकाले आगामी दिनमा पनि राष्ट्रिय खोप कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्दै पूर्ण खोप सुनिश्चितताको अवस्थालाई निरन्तर कायम राख्ने प्रतिबद्धता व्यक्त गरेको छ।
उक्त कार्यक्रम भव्य एवं सभ्य वातावरणमा सफलतापूर्वक सम्पन्न भएको जानकारी राजदेवी नगरपालिकाका स्वास्थ्य शाखाका सह–संयोजक राकेश यादवले दिएका हुन्।
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जानकारी दिएको छ ।
हाल मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश लगायत बाँकी हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लागेको छ भने बाँकी तराई भू-भागमा आंशिक बादल लागेको छ । कोशी र बागमती प्रदेशको एक-दुई स्थानमा हल्का वर्षा भईरहेको छ।
आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत बाँकी प्रदेशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्ने र बाँकी तराई भू-भागमा आंशिक बादल लाग्नेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित मध्यम सम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ।
त्यस्तै आज राती कोशी प्रदेश लगायत देशका पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ र बाँकी भूभागमा आंशिक बादल लाग्नेछ। कोशी प्रदेशको केही स्थानहरूमा, मधेश तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित मध्यम वर्षा तथा बाँकी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आजदेखि तीन दिनसम्म देशका विभिन्न जिल्लामा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको भन्दै सतर्क रहन आग्रह गरेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी प्रदेशको मोरङसहित आसपासका जिल्ला, मधेश प्रदेशका धनुषा र बारासहित आसपासका जिल्ला, लुम्बिनी प्रदेशका बर्दिया, बाँके, दाङ र अर्घाखाँचीसहित आसपासका जिल्ला तथा सुदूरपश्चिम प्रदेशका डडेलधुरा र डोटीसहित आसपासका जिल्लामा तीव्र गतिको हावाहुरी चल्न सक्ने अनुमान गरिएको छ।
विभागका अनुसार बुधबार साँझदेखि हावाहुरी सुरु भई पर्सि वैशाख १७ गते बिहानसम्म यसको प्रभाव रहने सम्भावना छ । यससँगै मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षा गराउने प्रणाली पश्चिमबाट क्रमशः पूर्वतर्फ सर्ने सम्भावना पनि रहेको जनाइएको छ ।
प्राधिकरणले तीव्र हावाहुरीका कारण रुख ढल्ने, कमजोर संरचना भत्किने, छाना उड्ने तथा विद्युत् र सञ्चार सेवा प्रभावित हुने जोखिम रहेको जनाएको छ । त्यसैले प्रभावित क्षेत्रका बासिन्दा तथा उक्त समयमा ती स्थानमा जाने सबैलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।
हावाहुरीका बेला सकेसम्म घरबाहिर हिँडडुल नगर्न, घरका झ्यालढोका राम्रोसँग बन्द गर्न, कमजोर छाना भए मजबुत बनाउन, घरबाहिर आगो नबाल्न तथा घरभित्र आगो बाल्दा पनि सतर्क रहन भनिएको छ । यस्तै, लड्न सक्ने कमजोर संरचना, अग्ला रुख, खम्बा र बिजुलीका तारमुनि नबस्न, लत्रिएको बिजुलीको तार नछुन तथा उडेर आउने सामानबाट चोट लाग्न सक्ने भएकाले चनाखो रहन पनि अनुरोध गरिएको छ ।
प्राधिकरणले जल तथा मौसम विज्ञान विभागबाट जारी हुने मौसमसम्बन्धी पूर्वानुमान तथा आफ्नो सूचनालाई नियमित रूपमा जानकारीमा राखी आवश्यक सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । सांसद महावीर पुनले रास्वपा सांसद विश्वराज पोखरेलको विवादित अभिव्यक्ति बारे कडा टिप्पणी गरेका छन् ।
पुनले सामाजिक संजालमा लेख्दै आफु यिनको नेता भएको भएको भए ठाउको ठाउ बर्खास्त गरिदिने बताएका छन् ।
ओखलढुंगाको एक विद्यालयमा पुगेका सांसद पोखरेललाई गेटमा पर्खाएको भन्दै उनले प्रधानाध्यापकलाई दिएको अभिव्यक्ति सामाजिक सञ्जालमा अहिले भाइरल भएको छ । सांसद पोखरेलले माननीय आउदा गेटमा नआएको भन्दै खेद प्रस्ताव पारित गरेमात्र विद्यालयमा छिर्ने भन्दै प्रधानाध्यापकलाई रवाफ देखाएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि उनको चौतर्फी आलोचना भइरहेको छ । यस घटनामा रास्वपाको आधिकारीक प्रतिक्रिया भने आएको छैन ।
यसै प्रसंगमा सांसद पुनले सांसद भनेको जनताको नोकर भएको भन्दै एउटा सांसदले आफ्नो क्षेत्रको जनताले अह्राएको काम गर्नुपर्ने बताउदै दुनियाँले देख्ने र सुन्ने गरेर यति धेरै धाक र रवाफ दिनु हुन्छ ? भन्दै प्रश्न गरेका छन् ।
उनले भनेका छन्:
यिनी कुन पार्टीका हुन् कुन्नी ? म यिनको नेता भएको भए ठाउँको ठाउँ ठहरै बर्खास्त गरेर घर जाने टिकट काटेर पठाउने थिए । सासंद भनेको जनताको नोकर हो । एउटा सासंदले आफ्नो क्षेत्रको जनताले अह्राएको काम गर्नु पर्छ । ५ बर्ष सम्म आफ्नो समय र बलबुद्धि जनताको काममा लगाउनु पर्छ । बाटोमा स्वागत गरेनन् भनेर उसले दुनियाँले देख्ने र सुन्ने गरेर यति धेरै धाक र रवाफ दिनु हुन्छ ? कि तुरुन्त माफी माग्नु पऱ्यो कि त सारा जनताले फिर्ता बोलाउनु पऱ्यो । सासंद पदको बेईजत नै गऱ्यो त । एभरेष्ट न्यूज एजेन्सी
आरके श्रीवास्तव,राैतहट,असोज १८ गते ।
शनिबारको अबिरल वर्षापछि रौतहटको कटहरियामा रहेको इलाका प्रहरी कार्यालय (ईप्रका) डुबानमा परेको छ । लगातारको वर्षाले कार्यालय परिसरमा पानी जम्दा प्रहरी कार्यालयभित्र रहेका फर्निचर, कागजात र अन्य सामग्रीहरू भिजेका छन् । कार्यालयभित्रै पानी पसेपछि ड्युटीमा खटिएका सुरक्षाकर्मीहरूलाई बस्नसमेत मुस्किल परेको छ ।
ईप्रका कटहरियाका इञ्चार्ज सई धर्मेन्द्र पौडेलका अनुसार पानीको बहाव अझै कायम छ भने पानीको निकासका लागि प्रयास भइरहेको छ । उनले भने, “पानी घट्ने क्रममा छ, हामीले सक्दो पानी निकाल्ने काम गरिरहेका छौँ।”

तर स्थानीयवासी र सुरक्षाकर्मीहरू भने यो समस्याको दीर्घकालीन समाधान खोज्नुपर्नेमा जोड दिन्छन् । उनीहरूका अनुसार विगत वर्षहरूमा पनि यस्तै समस्या दोहोरिएको भए पनि यसप्रति सम्बन्धित निकाय गम्भीर बन्न सकेको छैन् ।
सई पौडेलले थपे, “यदि यसअघि नै ठोस उपाय अपनाइएको हुन्थ्यो भने यस्तो अवस्था आउँदैनथ्यो । विशेष गरी ह्युम पाइप जडान गरेर वर्षाे पानीको उचित निकासको व्यवस्था गरिदिएको भए प्रहरी कार्यालयलाई बर्सेनि यस्ताे समस्यामा पर्नु पर्ने थिएन।”
स्थानीय सरकारसँग समन्वय गरेर अबको दिनमा यस्तो समस्या दोहोरिन नदिनका लागि आवश्यक पूर्वाधार निर्माण गर्नुपर्ने आवाज उठ्न थालेको छ । केही दिन अघिमात्रै कटहरियाका युवाहरूकाे सहयोगमा ईप्रका कटहरियाकाे शाैन्दर्यकरणकाे काम भएको थियो । जुन हिजाेकाे वर्षाले क्षति गरिदिएकाे छ ।
काठमाडौँ । एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले शनिबार प्रकाशित गरेको नतिजाअनुसार ८३ हजार ५६४ परीक्षार्थी उत्तीर्ण भएका छन् ।
यस्तै परीक्षामा सहभागी भएका १ लाख ४३ हजार २५७ परीक्षार्थीमध्ये ५९ हजार ६९३ जना अनुत्तीर्ण अर्थात् अवर्गीकृत भएको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए ।
परीक्षा साउन २९ देखि भदौ ६ गतेसम्म सञ्चालन भएको थियो । गत वैशाखमा सञ्चालित वार्षिक परीक्षामा दुई विषयसम्म ‘नन ग्रेडेड’प्राप्त गरेका वा अनुपस्थित भएका विद्यार्थीहरूका लागि बोर्डले पूरक परीक्षाको अवसर दिएको हो। सभार वर्णन मिडिया
काठमाडौँ, असोज ३० गते । विदेशमा बस्ने मधेशीहरुको साझा संगठन मधेशी एकता समाजले संयुक्त अरब इमिरेट्सको दुबईमा विजयादशमी मनाएको छ । गत शनिबार साँझ भएको कार्यक्रममा दुबईमा बसोबास गर्ने मधेशीहरुको ठूलो उपस्थिति थियो ।
कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेशका पूर्व प्रमुख डा. राजेश अहिराजले उपस्थित सबैलाई धन्यवाद दिँदै विदेशमा मधेशी समुदायलाई एकताबद्ध गर्न मधेशी एकता समाजले गरेका प्रयासहरूको प्रशंसा गर्नुभयो ।
एकता समाजका मुख्य संस्थापक एवं अन्तर्राष्ट्रिय समन्वय समितिका संयोजक डा. रविन्द्र कुमार यादवले मध्यपूर्व, जापान, अमेरिका, नेपाल र अन्य क्षेत्रमा संगठनको विस्तारबारे जानकारी दिनुभयो ।
विदेशमा मधेशी श्रमिकहरूको कल्याणलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्दै डा. यादवले मधेशी समुदायको सेवा गर्न संगठनको प्रभाव र पहुँचलाई बढाइने धारणा राख्नुभयो ।
जनकपुर प्रादेशिक अस्पतालमा कार्यरत डा. कृष्ण यादवले नेपालमा मधेशी एकता समाजको विस्तारमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
दुबईमा कार्यरत मधेशी मूलकी नर्स सुश्री नयनाले एकता समाजको हिस्सा बनेकोमा खुसी व्यक्त गर्दै संगठनले दुबईमा मधेशी श्रमिकहरूको सहयोगमा गरेको कामको प्रशंसा गर्नुभयो ।
समाजका वर्तमान अध्यक्ष धर्मेन्द्र गोहिबारले आफ्नो संस्कृति र परम्पराको उत्सव मनाउँदा ती महत्त्वपूर्ण चाडपर्वहरूले एक सुत्रमा बाँध्छ भन्नुभयो ।
एकता समाजका संस्थापकमध्ये अनिल साह परिवारसहित अमेरिका जानुपर्ने भएकोले त्यस अवसरमा उहाँलाई बिदाई गरिएको थियो । त्यस क्रममा साहले अमेरिकामा मधेशी एकता समाजलाई विस्तार गर्ने योजनाबारे जानकारी दिनुभयो ।
एकता समाजका महासचिव रोशन माक्र्सिस्टले सञ्चालन गरेको कार्यक्रममा नेपाली दूतावास अबुधाबीका तृतीय सचिवद्वय विमलेश कुमार मिश्र, विकास भट्टराई र अनुवादक रजी अहमदलगायतका व्यक्तित्वहरु सहभागी थिए ।
कार्यक्रममा उपस्थित सबैले स्वादिष्ट भोजनको आनन्द लिए भने एकआपसमा शुभकामना साटासाट पनि गरे । त्यस अवसरमा नयाँ वर्षको कार्यक्रम आउँदो जनवरी ५ मा आयोजना गर्ने घोषणा गरिएको थियो ।
क्षेत्रमा देशको लगानी बढि छ । टुक्रे योजनाले प्राथमिकता पाउँदैछ । सामाजिक हितका निम्ती हैन्, सत्ताको नेतृत्व र तीनका आसेपासेका स्वार्थसिद्धिका लागि योजना विनियोजन गरिन्छ । त्यसको उचित कार्वान्वयन हुँदैन । बिकासे योजनामा गुणस्तरीयता भन्दा बढि कमिसनको हिसावकिताब चेकजाँच गरिन्छ ।
एकातर्फ, देशमा स्वदेशी तथा विदेशी लगानी ल्याउने तर्फ सरकारको ध्यान छैन । देशमा भएका उद्योग, कलकारखानाले नियमित पारदर्शी हिसावले राजश्व बुझाउँदैनन् । उपयोग गरेको बिजुली तथा पानीको महशुल तिर्दैनन् । कम्पनी घाटामा देखाउँदै अकुत सम्पती थुपारिरहेका छन् ।
अर्काेतर्फ, नव उद्यमीहरुका निम्ती सरकारले सुरक्षाको ग्यारेन्टी दिन सकेको छैन । सोझासाझा जनताले जेनतेन गरेर चलाउन सुरु गरेका कम्पनी र उद्योग कलकारखानाहरु राज्यको चर्काे कर असुली धन्दाका कारण खण्डहर बन्दैछन् । सरकारले लगानीको ग्यारेन्टी दिने कुनै कार्यक्रम ल्याउँदैन् । अनुदान, सहुलियत पूर्ण कर्जा सामान्य नागरिकले पाउँदैनन् ।
अझैपनि कतिपय जनताले उचित गुणस्तरीय उपचार हैन्, सिटामोल मात्रै नपाएर ज्यान गुमाउनु पर्ने बाध्यता कायम नै छ । नेताको उपचारका निम्ती भने सरकारले करोडौँ रकम खर्च गर्छ । हिजो जनताको जनजीवन फेर्ने सपना देखाएर चप्पल पट्काउँदै सत्तामा पुगेकाहरुको जीवनशैली आज लोभलाग्दो छ । गुणस्तरीय आधारभुत आवश्यकता हरेक नागरिकको पहुँचमा कागजमा मात्रै सिमित हुन पुगेको छ । कानुन छ, कार्वान्वयन छैन । कार्वान्वयन हुन्छ, समानता हुन्न । समग्रमा भन्नुपर्दा देशको हालत सम्हाल्नै नसक्ने गरि बिग्रिँदैछ । यसतर्फ समयमै ध्यान पु¥याउन नसके राष्ट्रकवि लक्ष्मीप्रसाद देवकोटाले कवितामा ‘नेपाली हामी रहौँला कहाँ नेपालै नरहे’ भने जस्तै नहोला भन्न सकिन्न !
अहिलेसम्म आलोपालो प्रधानमन्त्री, मन्त्री बनेकाहरुलाई देशको यो कान्तिविजोक हुँदा मनमा के लाग्छ ? त्यो मलाई थाहा छैन् ।
तर, मलाई यत्ति थाहा छ । थुप्रै निर्मला पन्तहरुले न्याय पाउन सकेका छैनन् । तुइन तरिरहँदा नदीमा बेपत्ता भएका दार्चुलाका जयसिंह धामीहरु अझै भेटिएका छैनन् । नारायणहिटी, मदन भण्डारी जस्ता हत्याकाण्ड ‘रहस्यको गर्भ’ मै छ । देशको अर्थतन्त्र रेमिट्यान्सले नै धानिरहँदा पनि विपिन जोशीहरुका अबस्था बेखबर छन् । अन्ततः अर्काको देशमा आफ्नो रगत, पसिना अनि स्वाभिमान वेचेर धन अनि खुसी किन्न परदेश गएकाहरु ‘कफनमा’ फर्किन बाध्य छन् । उनीहरुका असह्य पीडा, रोदन, चित्कार अनि अन्तिम श्वास फेर्दा नेपालप्रतिको भावना सरकारले महसुश गर्न सकेको छैन ।
मलाई यो पनि थाहा छ । आफू व्यवसायका कारण आर्थिक रूपमा डुबेका र त्यसका लागि सरकारी नीतिहरू दोषी रहेको भन्दै संसद भवन अगाडी आफैँलाई आगो लगाएर जलाएका प्रेम आचार्यहरुको गुनासो बुझ्न सकेको छैन । न त देशमा आफ्नो भविष्य नदेखेर जतिसक्दो छिटो स्वदेश छाड्न पाउँ भन्दै बालकुमारीमा प्रदर्शन गर्दागर्दाै सरकारी गोली खाएर मृत्युवरण गरेका अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतहरुको मनोकांक्षा सुन्न सकेको छैन ।
यति लेख्दै गर्दा त्यसोभए देशमा बिकास नै भएको छैन त ? भन्ने प्रश्न उब्जिन सक्छ । हो, बिकास भएको छ । तर, त्यति मात्रै जति समयमापन विकासक्रम अनुसार न्युनतम नभई नहुने थियो ।
समयसँगै देशमा थुप्रै राजनीतिक परिवर्तन भए । तन्त्र फेरियो । दल फेरिए । नेता फेरिए । सरकार ढल्यो । नयाँ सरकार बन्यो । प्रत्रानमन्त्री फेरिए । मन्त्री फेरिए । तर, के देशमा कति तीनै राजनीतिक दलले देशमा ‘तन्त्र’ फेर्ने बेला देखाएका सपना जस्तै मुलुकको अबस्था फेरियो त ? चुनावअघि जनतासँग प्रतिबद्धता गरेजस्तै जितेपछि पटकपटक मन्त्री प्रधानमन्त्री अनि जनप्रतिनिधी बनेकाहरुले भनेजस्तै नयाँ व्यवस्थामा जनताको अबस्था फेरियो त ?
हो मलाई थाहा छ, यो देशमा पटकपटक सरकार ढल्यो, ढालियो । अनि, फेरियो । तर, त्यो ढालेको व्यवस्था, ढालिएको सरकार अनि फेरिएका नेतृत्वले राष्ट्र, राष्ट्रियता सँगै आम नेपालीहरुका निम्ती के गरे ?
सत्य, तथ्य अनि निष्पक्ष भएर सायदै यसको जवाफ कसैले दिन सक्ला !
तर, मलाई लाग्छ । यसको जवाफ हरेक नेपाली नागरिकले माग्नुपर्छ । देशको यो दुरावस्थामा हुँदासम्मको नैतिक जिम्मेवारी सबैले लिनुपर्छ । किनकी, प्रश्न गर्नेले उत्तर पनि दिन सक्नुपर्छ । फल प्राप्तीको चाहाना राख्नेले पसिना बगाउन सक्नुपर्छ । राष्ट्रले मलाई के दियो भनेर सोध्नेले देशका निम्ती मैले यो दिएँ भन्न सक्नुपर्छ । फलानो फलानोका कारण देश बिग्रियो भनेर गाली गर्नेले राष्ट्रहितका निम्ती योगदान गर्न तयार हुनुपर्छ ।
अब आम नेपालीलाई के गुम्यो ? के बिग्रियो भनेर आरोपप्रत्यारोप मात्रै गरेर बस्ने छुट छैन । देशको दुरावस्थाका कारण निराश बनेर नेतालाई गाली गर्दैमा भाविपुस्ताको ‘सराप’ बाट उन्मुक्ति पाइँदैन् ।
त्यसैले अब समस्त नेपालीले व्यबस्थालाई दोष दिन छाड्नुपर्छ । नेतालाई गाली गरेरै खुसी भइराख्ने प्रवृत्ति त्याग्नुपर्छ । वितृष्ण र नकरात्मक दृष्टिकोणलाई तिलान्जली दिनुपर्छ । सँगै सुरु गर्नुपर्नेछ, सम्बृद्ध राष्ट्र बनाउने अभियान ! जनताप्रति उत्तरदायी, जिम्