२०८३ असार १७
२०८३ असार १७

विश्वकपको मेक्सिको र इक्वेडरबीचको खेल खराब मौसमका कारण ढिलाई

काठमाडौं । खराब मौसमका कारण फिफा विश्वकप फुटबल अन्तर्गत राउन्ड अफ ३२ अन्तर्गत मेक्सिको र इक्वेडरबीचको खेल शुरु हुन ढिला हुने भएको छ ।

स्टेडियममाथि कालो बादल मडारिनुका साथै वरपर चट्याङ पर्ने जोखिम बढेपछि खेलाडी र दर्शकको सुरक्षालाई ध्यानमा राख्दै खेल एक घण्टा पछि शूरु हुने फिफाले जानकारी दिएको छ ।

यसअघि नेपाली समय अनुसार खेल ६: ४५ बजेदेखि नै शुरु हुनुपर्ने थियो ।

फिफाले विज्ञप्ति जारी गर्दै स्टेडियम आसपास चट्याङ पर्ने सम्भावना रहेकाले खेल ढिलाइ गर्ने निर्णय गरिएको जनाएको छ । साथै, समर्थकहरूलाई धैर्य र सहयोग गर्न पनि अनुरोध गरेको छ ।

यस खेलको विजेताले अन्तिम १६ मा कंगो लोकतान्त्रिक गणतन्त्र र इङ्ग्ल्यान्डबीच हुने खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।एभरेष्ट न्यूज एजेन्सी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।