२०८३ बैशाख १
२०८३ बैशाख १

नेपाली डकुमेन्ट्री काे-हजवेन्डलाई १ करोड ३० लाख राशीको पुरस्कार

 

काठमाडौं, १८ बैशाख ।

पत्रकार गणेश पाण्डेद्धारा निर्देशित डकुमेन्ट्री को–हजबेण्डले एक करोड ३० लाख राशीको पुरस्कार जितेको छ ।

 

जापानको क्युशु शहरमा भएको पाँचौ मेहोदो इन्टरन्याश्नल युथ भुजुअल भिडियो फेस्टिबलमा सो पुरस्कार जीत हासिल भएको हो ।

 

‘आजको दिनलाई मैले मेरो करिअरकै सबैभन्दा ठूलो उपलब्धिमुलक दिनका रुपमा लिएको छु । मेरो डकुमेन्ट्री फिल्म को–हजबेण्डले आज जापान र क्यानडामा एकैसाथ अवार्ड जितेको छ,’ पाण्डेले फेसबुकमा लेखेका छन, ‘जापानको क्युशु शहरमा भएको पाँचौ मेहोदो इन्टरन्याश्नल युथ भुजुअल भिडियो फेस्टिबलमा एक हजार डलर नगदको ब्रोन्ज अवार्डसहित मैले एक लाख डलर (एक करोड ३० लाख नेपाली रुपैंया) बराबरको फिल्म फण्डिड पनि जितेको छु।’ उनका अनुसार सो पुरस्कार अब बनाउने डकुमेन्ट्री फिल्मका लागि प्राप्त भएको हो ।

 


‘नेपाली डकुमेन्ट्री फिल्मले एक लाख डलरको फण्डिङ प्राप्त गर्नु नेपाल र नेपालीका लागि पनि निकै सुखद खबर हो’ उनले अगाडी लेखेका छन, ‘आज को–हजबेण्ड निर्माणका क्रममा पटक पटक गरी हुम्ला जिल्लामा बिताएको दुइ महिने कठिन दिनलाई सम्झेको छु । को–हजबेण्ड निर्माणमा महत्वपूर्ण भूमिका खेल्नुहुने सबैमा हार्दिक धन्यवाद ।’

 

यसैगरी, क्यानडाको गेटवे फिल्म महोत्सवमा पनि आज नै को–हजबेण्डले प्रथम पुरस्कार अर्थात बेष्ट डकुमेन्ट्री फिल्म जितेको उनले जानकारी दिएका छन्  ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।