२०८३ बैशाख २
२०८३ बैशाख २

ट्रक घरमा ठोकिँदा तनहुँमा तीन जनाको मृत्यु, पाँच जना घाइते

 

तनहुँ, २० वैशाख

तनहुँमा ट्रक पल्टिएर घरमा ठोकिँदा तीन जनाको मृत्यु भएको छ । घटनामा अन्य पाँच जना घाइते भएका छन् ।

आज बिहान बन्दीपुर गाउँपालिका–५ आँधीखोलामा रहेको पृथ्वी राजमार्ग सडक खण्डमा डुम्रेबाट मुग्लिन जाँदै गरेको ना ४ ख १९७३ नम्बरको ट्रक अनियन्त्रित भई सडकको छेउमा रहेको सुनमाया भुजेल र सनबहादुर भुजेलको घरमा ठोकिएको थियो ।

दुर्घटनामा आठ जना घाइते भएका र सबैलाई उपचारका लागि चितवनको पुरानो मेडिकल कलेज भरतपुर पठाएकोमा तीन जनाको उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा बन्दीपुर गाउँपालिका–१ बस्ने आयुस भुजेल, चेतबहादुर घर्ती र सनबहादुर भुजेलको ज्यान गएका हो  । पाँच जना घाइतेको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीलको भनाइ छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।