२०८३ श्रावण २५
२०८३ श्रावण २५

चीनमा शक्तिशाली आँधी ‘डल्फिन’ को प्रवेश: १० लाखभन्दा बढी मानिसको उद्धार

काठमाडौँ । शक्तिशाली आँधी ‘डल्फिन’ चीनको पूर्वी क्षेत्रमा प्रवेश गरेपछि सांघाईसहित विभिन्न स्थानबाट १० लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।

झेजियाङ प्रान्तमा आँधी प्रतिघण्टा १५० किलोमिटरसम्मको वेगमा प्रवेश गरेको थियो । आँधीका कारण सांघाईमा मात्रै १ हजार ४ सय उडान रद्द भएका छन् भने यातायात सेवा प्रभावित भएको छ ।

चीनका विभिन्न क्षेत्रमा भारी वर्षा, बाढी र पहिरोको जोखिम रहेकाले बुधबारसम्म सतर्कता अपनाउन आग्रह गरिएको छ । झेजियाङको वनचौमा मात्रै करिब ९ लाख र ताइचौमा ३ लाख ९० हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।

आँधीका कारण सांघाईका केही पर्यटकीय क्षेत्र बन्द गरिएका छन् । झेजियाङमा आगामी केही दिनमा २५० देखि ५०० मिलिमिटरसम्म वर्षा हुन सक्ने अनुमान गरिएको छ ।

‘डल्फिन’ले चीन पुग्नुअघि फिलिपिन्स, ताइवान र जापानको ओकिनावामा समेत भारी वर्षा र हावाहुरी गराएको थियो । फिलिपिन्समा आँधी र वर्षाका कारण ८ जनाको मृत्यु भएको छ भने हजारौँ मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । एभरेष्ट न्यूज एजेन्सी,

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।