२०८३ श्रावण २२
२०८३ श्रावण २२

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

काठमाडौं ।  वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-४ बस्ने नुवाकोट घर भएका ४१ वर्षीय मनोहर मुडभरी, काठमाडौं महानगरपालिका-१४ बस्ने बाजुरा घर भएका २६ वर्षीय अनिल मल्ल, काठमाडौं टोखा नगरपालिका-१० बस्ने कास्की घर भएकी ३४ वर्षीया कमला पौडेल सुनार र काठमाडौं महानगरपालिका-९ बस्ने पाँचथर घर भएका ४१ वर्षीय तुलसीराम ढुंगेल रहेका छन् ।

पक्राउ मध्ये मनोहरले मौरिसस पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ५० हजार रूपैयाँ, अनिलले कम्बोडिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख ८४ हजार रूपैयाँ, कमलाले रोमानिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख रूपैयाँ र तुलसीरामले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले मनोहरलाई ललितपुर महानगरपालिका-३ बाट, अनिललाई काठमाडौं महानगरपालिका-११ बाट, कमलालाई काठमाडौं महानगरपालिका-२६ बाट र तुलसीरामलाई काठमाडौं महानगरपालिका-९ बाट पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।  एभरेष्ट न्यूज एजेन्सी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।