२०८३ श्रावण १६
२०८३ श्रावण १६

एमालेमा बागमतीको मुख्यमन्त्री थपलियालाई बनाउने सहमति

काठमाडौँ । बागमती प्रदेश सरकारको नेतृत्व एमालेले गर्ने तय भएसँगै एमालेले मुख्यमन्त्रीको नाम टुंगो लगाएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा भएको छलफलमा संसदीय दलका नेता जगन्नाथ (जेएन) थपलियालाई बागमती प्रदेशको नयाँ मुख्यमन्त्री बनाउने सहमति भएको हो । मुख्यमन्त्री पदका लागि थपलियासहित निवर्तमान स्वास्थ्य मन्त्री किरण थापा  प्रतिस्पर्धामा थिए।

नेपाली कांग्रेस नेतृत्वको सरकार अल्पमतमा परेपछि प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया औपचारिक रूपमा अगाडि बढेको छ ।

नेकपासँग भएको भागबण्डाअनुसार कोशी, बागमती र लुम्बिनी प्रदेशमा एमालेले तथा कर्णाली र सुदूरपश्चिम प्रदेशमा नेकपाले सरकारको नेतृत्व गर्ने सहमति बनेको छ । जस अनुसार कर्णालीमा नेकपाका मंगलबहादुर शाही मुख्यमन्त्री बनिसकेका छन् ।एभरेष्ट न्यूज एजेन्सी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।