गण्डकी प्रदेश सरकारका ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री फणीन्द्र देवकोटाले पदबाट राजीनामा दिएका छन् । मंगलबार (भदौ २४) उनले राजीनामाको घोषणा गरेका हुन् ।
‘जेनजी’ पुस्ताको प्रदर्शनमा केन्द्र सरकारले दमन गरेको र १९ जनाको मृत्यु भएको उनले उल्लेख गरेका छन् । उनी नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का तर्फबाट मन्त्री बनेका हुन् ।
मन्त्रीबाट फिर्ता हुन पार्टीले पनि निर्देशन दिएको उनले जनाएका छन् । उनी नेकपा (माओवादी केन्द्र)को चुनाव चिह्नबाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले आन्दोलन हिंसात्मक र अराजक हुन नहुनेमा जोड दिएका छन् । ‘जेनजी’ पुस्ताको विरोध प्रदर्शन आमचासोको विषय बनेको उनले उल्लेख गरेका छन् ।
“…पछिल्लो पुस्ताको यो आन्दोलन हिंसात्मक नबनोस्, अराजक नरहोस् र यसमा कसैको घुसपैठ नहोस् भन्ने धारणा राखिबक्सेको

काठमाडौँ । मधेसका मुख्यमन्त्री सतिस सिंहले राजीनामा दिएका छन् । केन्द्रीय अध्यक्ष सीके राउतको निर्देशनअनुसार उनले मंगलबार पदबाट राजीनामा दिएको एक नेताले बताए ।
उक्त पार्टीले केन्द्रमा केपी ओली नेतृत्वको सरकारलाई दिँदै आएको समर्थन पनि फिर्ता लिएको छ ।
बारा — जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी प्रकाश पाैडेलले सूचना जारी गरी अहिले मंगलबार दुई बजेदेखि राति ८ बजेसम्म कर्फ्यु आदेश जारी गरेका हुन् ।
कलैयाकाे पूर्वमा पसाहा खाला पश्चिममा गण्डक, उतरमा बडहर्वा र दक्षिणमा दुर्गा मावि बरेवासम्मकाे क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएकाे हाे ।
यस्तै, वीरगन्ज छेउकाे गण्डक नहर परवानीपुरदेखि पथलैयासम्मकाे राजमार्गकाे २ सय मिटर वरिपरि कर्फ्यु आदेश जारी भएकाे हाे । कलैयामा प्रदर्शन चर्किएसँगै ताेडफाेड र आगजनी भएपछि प्रहरीले अश्रु ग्यास प्रहार गरेकाे छ । एमाले पार्टी कार्यालय नजिक अश्रु ग्यास प्रहार गरिएकाे हाे ।
जनकपुर — जनमत पार्टीको नेतृत्वमा रहेको मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले पदबाट राजीनामा दिने भएका छन् । उनलाई मुख्यमन्त्री पदबाट राजीनामा गर्न जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले निर्देशन दिएका छन् ।
मुख्यमन्त्री सिंहले प्रकृया पुर्याएर मंगलबार नै पदबाट राजीनामा गर्ने जनाएका छन् । कान्तिपुरसँग कुरा गर्दै मुख्यमन्त्री सिंहले पार्टी अध्यक्ष राउतको सल्लाहमै आफू पदबाट राजीनामा गर्न लागेको बताए ।
‘जनताले नै चुनेर हामीलाई यो ठाउँसम्म पुर्याएको हो, मुख्यमन्त्री सिंहले भने,‘जनताभन्दा ठूलो कोही पनि छैन । जेन–जेडको आन्दोलनमा जुन प्रकारको क्षति भएको छ, त्यसले दुखी बनाएको छ । जनता आक्रोशि छन् ।’
जनमत पार्टीका प्रवक्ता शरद सिंह यादवले प्रधानमन्त्री केपी शर्मा ओली सरकारलाई दिइएको समर्थन पनि फिर्ता लिइएको जानकारी दिएका छन् ।
आरके श्रीवास्तव,रौतहट,भदौ २४ ।
रौतहट जिल्लाकाे गौर नगरपालिका र चन्द्रपुर नगरपालिका क्षेत्रभित्र सुरक्षाका दृष्टिले संवेदनशील मानिएको क्षेत्रलाई लक्षित गर्दै प्रमुख जिल्ला अधिकारी बिनाेद कुमार खड्काले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) अनुसार अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेका छन् ।
चन्द्रपुर नगरपालिकामा कर्फ्यू बिहान ११:३० बजेबाट लागू
प्रमुख जिल्ला अधिकारीबाट जारी आदेशअनुसार २०८२ साल भदौ २४ गते बिहान ११:३० बजेदेखि लागू हुने गरी चन्द्रपुर नगरपालिकाको निम्न चार किल्लाभित्र कर्फ्यू जारी गरिएको हो ।
उत्तर: गौर-चपुर चौकदेखि गैडटारतर्फ जाने बाटोको पानी ट्यांकी भ्यू टावरसम्म,पूर्व: गौर-चपुर चौकदेखि चाँदी खोलाको पुल पारीसम्म,दक्षिण: गौर-चपुर चौकदेखि घोडदेवी मन्दिरसम्म र पश्चिम: गौर-चपुर चौकदेखि महेन्द्र राजमार्गस्थित जिल्ला ट्राफिक कार्यालयको पोष्टसम्म रहेको जनाइएको छ ।
गौर नगरपालिकामा कर्फ्यू दिउँसो १२:०० बजेबाट लागू
त्यसैगरी, सोही दिन दिउँसो १२:०० बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि गौर नगरपालिकाको देहाय बमोजिमको क्षेत्रभित्र पनि कर्फ्यू आदेश जारी गरिएको छ ।
उत्तर: गौरको बि.पी. चौकदेखि गौर बसपार्कसम्म,पूर्व: बि.पी. चौकदेखि बरहवा पुल पारीसम्म,दक्षिण: बि.पी. चौकदेखि गौर भन्सार कार्यालयसम्म र पश्चिम: बि.पी. चौकदेखि टिकुलिया गाउँसम्म रहेको छ ।
कर्फ्यू अवधिमा के-के अनुमति?
कर्फ्यू आदेशको अवधिभर निम्न सेवाहरूमा भने सुरक्षाकर्मीको सहजीकरणमा आवतजावत गर्न पाइनेछ ।
अत्यावश्यक सेवाका सवारी साधनहरू एम्बुलेन्स, दमकल, शववाहन,स्वास्थ्यकर्मी र सञ्चारकर्मीका सवारी साधन, पर्यटक सवारी साधन,मानव अधिकारकर्मी तथा कुटनीतिक नियोगका सवारी र हवाई टिकट देखाएर यात्रा गर्नुपर्ने यात्रुहरू आवतजावत गर्न पाउने छन् ।
जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई संयम अपनाउन, तोकिएको सिमाभित्र प्रवेश वा आवतजावत नगर्न र कर्फ्यू आदेशको पूर्ण पालना गर्न अनुरोध गरेको छ ।
बज्जिकाञ्चल संवाददाता, काठमाडौं २४ गते भदौ ।
संसदकाे चाैथाे ठूलाे शक्तिकाे रूपमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सबै सांसदहरूले सामूहिक राजीनामा
दिने तयारी गरेका छन् । युवा पुस्ताको आन्दोलन चर्किएको र त्यसमा सरकारले बर्बर दमन गरेपछि रास्वपा सांसदहरूले सामूहिक राजीनामा दिन लागेका हुन् ।
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले पनि सांसद पदबाट राजीनामा दिएकी छन् ।
सामाजिक सञ्जाल मार्फत उनले राजीनामा घोषणा गरेकी हुन् ।
‘सांसदको काम भनेको सरकारलाई जबाफदेही बनाउने हो । तर सरकारले जबाफदेहिताको सिमाना पार गरिसक्यो । यो अवस्थामा नरसंहारकारी सरकारले दिने बिजनेस सम्हाल्ने काममा सीमित भएको संसद्मा सदस्य भएर बस्न नैतिकताले दिएको छैन । यसैले सांसद पदबाट राजीनामा दिँदै छु ।’ उनले सामाजिक सञ्जालमा लेखेकी छन् ।
यस अघि रास्वपाका सांसद असिम साह र तोसिमा कार्कीले पनि राजीनामा दिइसकेका छन् ।
बज्जिकाञ्चल संवाददाता,भदाै २४ गते ।
नेपाली जनसम्पर्क समिति, ओमानका महामन्त्री मो. सेराजले वर्तमान गठबन्धन सरकार जनताको विश्वास र आकांक्षाअनुसार अघि बढ्न असफल भएको स्पष्ट आरोप लगाएका छन् ।
उनले दुई ठूला दल नेकपा एमाले र नेपाली कांग्रेस मिलेर जनतालाई सुशासनको प्रत्याभूति दिने गरी बनाइएको गठबन्धन सरकारले नै त्यो विश्वास तोडेको बताए । “सत्तामा पुगेपछि जनताको म्यान्डेट बिर्सेर नेताहरू व्यक्तिगत वा गुटगत स्वार्थमा केन्द्रित हुनु दुर्भाग्यपूर्ण हो,” उनले भने, “यस्तो प्रवृत्तिले मुलुकलाई अझै पछाडि धकेलिरहेको छ।” महामन्त्री सेराजले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई जनताको अपेक्षा अनुसार जिम्मेवार भूमिका खेल्न नसकेको भन्दै अविलम्ब राजिनामा दिन सुझाव दिएका छन् । त्यस्तै, नेपाली कांग्रेसप्रति समेत उनले आलोचनात्मक दृष्टिकोण राख्दै गम्भीर आत्ममूल्यांकन आवश्यक रहेको बताए।
“गठबन्धनमा बसिरहने वा नयाँ जनअपेक्षाअनुसारको विकल्प रोज्ने विषयमा कांग्रेसले अब पुनर्विचार गर्नुपर्छ,” सेराजले जोड दिए। उनका अनुसार अबको नेपाली राजनीति जनताको विश्वास, सुशासन र जवाफदेहितामा आधारित हुनुपर्ने समय आएको छ। “देशलाई अगाडि बढाउन राजनीतिक नेतृत्वले गम्भीर जिम्मेवारीका साथ आत्मसमीक्षा गर्न आवश्यक छ,” उनले अन्त्यमा भने।
काठमाडौं– राजधानीको बानेश्वरमा जेनजी आन्दोलनकारीहरुले प्रहरीमाथि ढुंगामुढा गरेका छन्।
सरकारविरोधी चर्को नाराबाजीसहित प्रदर्शनकारीहरुले प्रहरीमाथि ढुंगामुढा गरेका हुन्।
कर्फ्यु आदेशका बिच बानेश्वरमा भेला भएका उनीहरुले प्रदर्शन गरिरहेका हुन्।
यस्तै स्थितिलाई नियन्त्रणमा लिने प्रयास स्वरुप प्रहरीले अश्रुग्यास प्रहार गरेको छ।