२०८३ कार्तिक ७
२०८३ कार्तिक ७

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भोटेकोशी बाढीबाट ज्यान गुमाएकाहरु जलवायु अन्यायको शिकार भएको बताएका थिए ।

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै लामिछानेले आफ्नो दोष नभएका नेपाली र विदेशी नागरिकले अनाहकमा ज्यान गुमाएको बताउदै समयक्रममा उनीहरुले न्याय पाउने आशा व्यक्त गरेका थिए ।

संसदमा सम्बोधन गर्दै लामिछानेले बाढीपछिको राहत र उद्धारमा खटिएका सुरक्षा निकाय, स्थानीय तह र सबै स्थानीयप्रति कृतज्ञता व्यक्त गर्दै उनले सरकारले विपतिपछि तत्काल आफ्ना सबै संयन्त्र परिचालन गरेको बताए । सरकारले बढी पिडितलाई होल्डिङ सेन्टरमा राखेर उनीहरुको सबै जिम्मा लिएको बताउदै बाढी पिडित स्थानीय तहमा संकटकाल घोषणा गरेर राहत, उद्धार र पुनर्स्थापनामा काम शुरु गरेको बताए ।

विपदमा सरकार कहाँ छ भन्ने प्रश्न उठेको भन्दै अहिले राज्य सुरुङमा फसेका नागरिकको जीवन बचाउन लागिरहेको, बाढीले बगाएका पुल र सडक बनाउन लागिरहेको बताए । सिमित साधन र स्रोतका बाबजुत सरकार नागरिकको सेवामा लागि रहेको बताए ।

लामिछानेले विपदबाट पिडामा रहेका नागरिकको आक्रोश स्वाभाविक रहेको भन्दै यो सरकार र पार्टीप्रतिको भरोसा भएको बताए । त्यस्तै उनले विपदमा परेका नागरिकको चित्कारमा सामाजिक संजालमा नकारात्मक टिप्पणी गर्नेलाई पार्टीले साधारण सदस्यबाट निष्कासित गरिने चेतावनी दिए ।

साथै उनले संकटको बेला विपक्षी दलका नेताहरुले सरकारको साथमा रहेको बताएर उत्कृष्ट राजनीतिक संस्कार देखाएको बताए । साथै लामिछानेले केहि दिनमा विपदग्रस्त क्षेत्रमा जनताका कुरा सुन्न जाने बताए । एभरेष्ट न्यूज एजेन्सी

 

काठमाडौं । जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमणका कारण बिरामी तथा मृत्यु बढ्दै गएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले झापा जिल्ला र कैलालीका तीन स्थानीय तहमा जेई विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । कैलालीमा असोज १ गतेदेखि र झापामा असोज ५ गतेदेखि अभियान सञ्चालन गरिने भएको हो ।

स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाअन्तर्गत बाल स्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार जेई संक्रमणको जोखिमलाई ध्यानमा राख्दै पहिलो चरणमा यी क्षेत्रमा खोप अभियान सञ्चालन गर्न लागिएको हो ।

पहिलो चरणअन्तर्गत झापा जिल्लाका सबै स्थानीय तह तथा कैलालीका धनगढी उपमहानगरपालिका, लम्किचुहा नगरपालिका र घोडाघोडी नगरपालिकामा खोप अभियान सञ्चालन हुनेछ । अभियानमा ३० वर्ष वा सोभन्दा माथिका व्यक्तिलाई जेई विरुद्धको खोप लगाइने जनाइएको छ ।

अभियानका लागि आवश्यक जेई खोप काठमाडौंस्थित केन्द्रिय खोप भण्डारण केन्द्रबाट सम्बन्धित जिल्लामा पठाउने तयारी भइरहेको छ । खोप उपलब्ध भएपछि स्थानीय तह र स्वास्थ्य संस्थामार्फत अभियान सञ्चालन गरिनेछ । एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । नेप्सेमा आज गिरावट आएको छ । आज बुधबार नेप्से १५.४३ अंकले घटेर २५४५.४० विन्दुमा पुगेर रोकिएको छ ।

आज ३५२ कम्पनिका एक करोड ९ लाख ६५ हजार ५४२ कित्ता शेयर ४ अर्ब १९ करोड ८९ लाख २१ हजार ३९ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

आज, सबैभन्दा बढी अपरा लाहोर खोला हाइड्रोको शेयरमा सकारात्मक सर्किट लागेको छ भने शुभम पावरको शेयर ६.४० प्रतिशतले बढेको छ ।  त्यस्तै आज सबै भन्दा बढी इमर्जिङ नेपालको शेयर १४.९९ प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी रिलायन्स स्पिनिंग मिल्सको ४२ करोड ७६ लाख बराबरको कारोबार भएको छ भने सेन्ट्रल फाइनान्सको १७ करोड ११ लाख बराबरको कारोबार भएको छ । एभरेष्ट न्यूज एजेन्सी

धादिङ । धादिङको थाक्रे गाउँपालिका–१ खयरघारीस्थित पृथ्वी राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

बुधबार बिहान गल्छीतर्फबाट काठमाडौँ जाँदै गरेको बा ५७ प ४३२२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक गल्छी गाउँपालिका–५ सागिनेका ३३ वर्षीय मंगले भनिने हरि तामाङ र पछाडि सवार सोही ठाउँका २२ वर्षीय दिनेश तामाङको मृत्यु भएको छ ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । एभरेष्ट न्यूज एजेन्सी

 

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले जेनजी आन्दोलन सरकार परिवर्तनका लागि मात्रै नभई सरकारको कार्यशैलीमा सुधारका लागि भएको बताएका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद केसीले जेनजी आन्दोलन संस्कार परिवर्तन, र सरकारको कार्यशैली परिवर्तनका लागि भएको बताएका हुन्।

उनले भने- ‘जेनजी आन्दोलन सरकार परिर्वतनका लागि मात्रै नभइ संस्कार परिवर्तनका लागि भएको हो । संस्कार परिवर्तनको निमित्ति थियो । सरकारको शैली परिवर्तन गर्नका लागि थियो । सुशासनको निम्ति थियो । विधिविहीन र दण्डविहीनताको अन्त्यका लागि थियो ।’

नेता केसीले देशमा अहिले मलको हाहाकार र ग्यासको हाहाकार भएकै बेला प्रकृति प्रकोपले सबैलाई एकाकार बनाएको बताउदै यस विपद्लाई  एकै ठाउँमा उभिएर समस्या समाधान गर्नुपर्ने बताए ।

उनले भोटेकोशी बाढीबाट प्रभावितहरूको व्यवस्थापनमा विशेष ध्यान दिन सरकारसँग आग्रह गर्दै नुवाकोटमा कनेक्टिभिटी सहज बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।एभरेष्ट न्यूज एजेन्सी

 

काठमाडौँ । अमेरिकी सरकारले नेपालका लागि कार्यवाहक राजदूतमा मेगन बोल्डिनलाई पठाएको छ । बोल्डिनले आगामी केही महिना नेपालका लागि  रूपमा जिम्मेवारी सम्हाल्ने अमेरिकी दुताबासले जनाएको छ ।

बाढीबाट प्रभावित अमेरिकी नागरिकलाई सहयोग गर्नुका साथै बाढीपछिको प्रतिकार्य र पुनर्लाभका काममा उनले नियोग उपप्रमुख स्कट अर्बमसँग सहकार्य गर्ने दूतावासले जनाएको छ ।

बोल्डिन यसअघि सन् २०२४ को अगस्टदेखि बङ्गलादेशस्थित अमेरिकी दूतावासमा नियोग उपप्रमुखका रूपमा कार्यरत थिइन् । वरिष्ठ परराष्ट्र सेवाकी सदस्य बोल्डिनसँग सङ्कट व्यवस्थापन, कूटनीति र नेतृत्वको क्षेत्रमा लामो अनुभव रहेको दूतावासले जनाएको छ ।

उनले युक्रेन, इराक, बङ्गलादेश र वासिङ्टनस्थित अमेरिकी विदेश मन्त्रालयको सञ्चालन केन्द्रलगायत स्थानमा काम गरेकी छन् ।

राहत तथा पुनर्लाभका काम जारी रहेका बेला बोल्डिनको नेपाल आगमनले नेपाल सरकार र साझेदारसँग सहकार्य गर्ने अमेरिकाको निरन्तर प्रतिबद्धता देखाएको दूतावासले जनाएको छ । एभरेष्ट न्यूज एजेन्सी

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।