२०८३ कार्तिक ७
२०८३ कार्तिक ७

आरके श्रीवास्तव,राैतहट,२८ गते मंसिर । 

रौतहट । रौतहट जिल्लाको राजपुर नगरपालिकामा निर्माण सम्पन्न भएको प्रशासकीय कार्यालय भवनको औपचारिक समुद्घाटन कार्यक्रम मिति २०८२ साल मंसिर २९ गते बिहान ११ बजे नगर प्रमुख डा. मो. राजीक आलमको प्रमुख आतिथ्यतामा सम्पन्न हुने भएको छ ।

नगरपालिकाको सेवा प्रवाहलाई अझ प्रभावकारी, व्यवस्थित र जनमुखी बनाउने उद्देश्यले निर्माण गरिएको यस भवनले नगर प्रशासनलाई एउटै छानामुनि समेट्दै नागरिकलाई छिटोछरितो सेवा प्रदान गर्ने अपेक्षा गरिएको छ ।

नगर प्रमुख डा. मो. राजीक आलमले प्रशासकीय भवन नगरको दीर्घकालीन विकास यात्राको महत्वपूर्ण आधार भएको बताउँदै, “यो भवन केवल संरचना मात्र नभई सुशासन, पारदर्शिता र उत्तरदायित्व सुदृढ गर्ने माध्यम हो । अब नागरिकले एकै स्थानबाट गुणस्तरीय सेवा पाउने वातावरण बनेको छ,” भन्नुभयो ।

त्यस्तै, प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरले भवन सञ्चालनसँगै प्रशासनिक कार्यसम्पादनमा उल्लेखनीय सुधार आउने विश्वास व्यक्त गर्दै, “नयाँ भवनले सेवा प्रवाहको समय घटाउने, कर्मचारीबीच समन्वय बढाउने र अभिलेख व्यवस्थापनलाई आधुनिक बनाउनेछ । यसले नागरिक सन्तुष्टि अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्नेछ,” भन्नुभयो ।

नगरपालिकाले उक्त ऐतिहासिक तथा महत्वपूर्ण कार्यक्रममा आम जनसमुदाय, सञ्चारकर्मी तथा सरोकारवाला सबैलाई गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गरेको छ । कार्यक्रमले राजपुर नगरपालिकाको प्रशासनिक सुदृढीकरण र विकास यात्रामा नयाँ आयाम थप्ने विश्वास लिइएको छ ।

बज्जिकाञ्चल संवाददाता,सर्लाही, २७ मंसिर । 

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) जिल्ला कार्यसमिति सर्लाहीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि प्रत्यक्ष तथा समानुपातिक दुवै तर्फका उम्मेदवारहरूको नाम सर्वसम्मत रूपमा टुंगो लगाई पार्टी केन्द्रमा सिफारिस गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय बबरमहलबाट जारी परिपत्रअनुसार शनिबार जिल्ला पार्टी कार्यालय मलंगवामा सम्पन्न जिल्ला कार्यसमितिको बैठकले उम्मेदवारहरूको छनोट गरेको हो । जिल्ला अध्यक्ष रामप्रसाद राय यादवको अध्यक्षतामा बसेको बैठकमा केन्द्रदेखि वडा तहसम्मका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।

प्रत्यक्षतर्फ सर्लाहीका चारवटै निर्वाचन क्षेत्रबाट केन्द्रीय पदाधिकारी तथा अनुभवी नेताहरूलाई उम्मेदवारका रूपमा सिफारिस गरिएको छ । निर्वाचन क्षेत्र नम्बर १ बाट केन्द्रीय उपाध्यक्ष रामप्रकाश चौधरी, क्षेत्र नम्बर २ बाट केन्द्रीय सदस्य भिनक लाल राय (सुजन) र रञ्जित कुमार ठाकुर (डा. बिरवंश बैठा), क्षेत्र नम्बर ३ बाट केन्द्रीय सचिव रामेश्वर राय तथा क्षेत्र नम्बर ४ बाट केन्द्रीय महासचिव मनिष कुमार मिश्रको नाम सिफारिस गरिएको छ ।

समानुपातिकतर्फ समावेशी सिद्धान्तलाई आधार मान्दै महिला, मधेसी, दलित तथा खुला समूहबाट उम्मेदवार छनोट गरिएको छ । सूचीमा अन्जु देवी बैठा, मिना देवी महतो कोइरी, सरिता देवी साह, सुनीता कुमारी देवी, कामरेन्द्र कुमार वर्मा र रेखा कुमारी साहलगायतका नेताहरूको नाम समावेश गरिएको छ ।

देश र मधेसको वर्तमान राजनीतिक परिवेशलाई ध्यानमा राख्दै यसपटक सर्लाहीका चारवटै निर्वाचन क्षेत्रमा युवा नेतृत्व अघि सार्ने उद्देश्यले उम्मेदवार छनोट गरिएको जिल्ला कार्यसमितिले जनाएको छ । साथै, पार्टीका केन्द्रीय अध्यक्ष महन्थ ठाकुरलाई समानुपातिकतर्फ उम्मेदवार बनाउने सुझावसहित सिफारिस गरिएको छ ।

पार्टीको नीति, सिद्धान्त र लोकतान्त्रिक समाजवादको मार्गदर्शनअनुसार योग्य, सक्षम तथा जनआधार भएका व्यक्तिहरूलाई उम्मेदवारका रूपमा छनोट गरिएको जिल्ला सचिव मिथलेश यादवले जानकारी दिनुभयो । सिफारिस गरिएका उम्मेदवारहरूको सूची पार्टी केन्द्रमा पठाइसकिएको छ ।

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।