२०८३ कार्तिक १४
२०८३ कार्तिक १४

काठमाडौं ।

नेकपा माओवादी केन्द्रका नेता कालीबहादुर खाम पक्राउ परेका छन् ।

एमाले निकट व्यवसायी रामहरि श्रेष्ठ हत्याको मुख्य योजनाकार भनिएका खामलाई ठमेलबाट पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

तत्कालीन जनयुद्धका कमाण्डरसमेत रहेका खाममाथि श्रेष्ठको अपहरण गरी हत्या गरेको आरोप छ । माओवादीको केन्द्रीय सदस्यसमेत रहेका उनी फरार रहँदै आएका थिए ।

यो घटना २०६५ मा भएको थियो ।   न्युज कारखाना

काठमाडौँ ।

नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले संरक्षक रेशम चौधरीले बोलाएको केन्द्रीय समितिको बैठक आधिकारिक नभएको बताएकी छिन्।

मंगलबार श्रेष्ठले सूचना निकाल्दै रेमश चौधरी पक्षले बोलाएको बैठक आधिकारिक नभएको स्पष्ट गरेकी हुन् ।

उनले केन्द्रीय सदस्य तथा पदाधिकारीलाई सम्बोधन गर्दै उनले निकालेको सूचनामा २३ र २४ गते बोलाएको बैठक आधिकारिक नभएको बताएकी छन् ।

रेशम पक्षका गंगा चौधरीले २३ र २४ गते बैठक आह्वान गरेका थिए । रेशम चौधरीले समेत चैत्र २३ र २४ गते बस्ने बैठकले नै पार्टीको विवाद बारे निर्णय गर्ने बताएका थिए ।  न्युज कारखाना

 

काठमाडौं ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले संसदमा उठेका प्रश्नको जवाफ संसदमै दिन पाउनुपर्ने माग गरेका छन् ।

मंगलबार संसद बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री लामिछानले सहकारी लगायतका विषयमा संसदमा उठेका प्रश्नको जवाफ संसदमै जवाफ दिने अवसर पाउनुपर्ने बताएका हु्न् ।

उनले सहकारी प्रकरणको संसदीय समिति बनाउन आवश्यक नरहेको बताउदा पार्टीका अन्य नेताहरु सहकारीमा जोडिनु प्रचारबाजी मात्र भएको बताएका छन् ।

मंगलबारको बैठकमा दल नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले सहकारी प्रकरणमा गृहमन्त्रीसँगै रास्वपाका उपसभापति समेत रहेका श्रममन्त्री डीपी अर्याल र सहमहामन्त्री कविन्द्र बुर्लाकोटीको नाम आएको भन्दै उनीहरूमाथि छानबिन हुनुपर्ने माग गरेका थिए ।

कांग्रेसले संसदमा लगातार सहकारी प्रकरणको संसदीय छानबिनको माग गर्दै आएको छन्
।न्युज कारखाना

धनगढी ।

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले चैत्र २२ गते विश्वासको मत लिने भएका छन् । सरकारले विश्वासको मत लिने सम्बन्धि प्रस्ताव प्रदेश सभामा दर्ता गरको हो ।

नेकपा माओवादी केन्द्र र समाजवादीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाह फागुनको २३ गतेदेखि अल्पमतमा परेका थिए । संबिधान अनुसार चैत्र २२ गते विश्वासको मत लिने अन्तिम दिन पनि हो ।

५३ सदस्यीय प्रदेश सभामा कांग्रेसका १८ सांसद रहेका छन् भने नाउपाका ७ सांसद रहेका छन् । सुदूरपश्चिममा बहुमतका लागि २७ प्रदेश सभा सदस्य आवश्यक पर्दछ । नाउपामा विवाद बढेपछि मुख्यमन्त्री शाहको संकट बढेको हो । नाउपाले विश्वासको मत दिने नदिने स्पष्ट रहेको छैन ।

त्यस्तै सुदूरपश्चिममा माओवादीका सभामुख सहित ११, एमालेका उपसभामुख सहित १०, एकीकृत समाजवादीका ४, राप्रपा १ र स्वतन्त्र १ सांसद रहेका छन् ।

यसैबीच केन्द्रमा रहेको नयाँ समीकरणमा रहेका दलहरुबीच सुदूरपश्चिममा एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिने सहमति भएको छ । न्युज कारखाना

काठमाडौँ ।

‘सहकारी ठगी’ प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपाध्यक्ष एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद (डिपी) अर्यालको संलग्नता रहेको विषय संसदमा उठेको छ ।

मङ्गलबार प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले अर्याल  मन्त्री अर्याल र रास्वपाका सहमहामन्त्री कविन्द्र बुर्लाकोटी ‘सहकारी ठगी’ मा मुछिएको बताएका हुन् ।

सांसद यादवले भने- ‘श्रममन्त्री डीपी अर्याल हाम्रो कृषि सहकारीको उपाध्यक्ष हुँदा निक्षेपकर्ताले चार करोड बढी फिर्ता नपाएको विषय छ । अर्याल मात्रै होइन, सोही सहकारीमा रास्वपाका सहमहामन्त्री कविन्द्र बुर्लाकोटी त्यति बेला सञ्चालक थिए । अचम्म त के छ भने सो सहकारीमा पनि अस्वाभाविक रूपमा गोर्खा मिडियाका अध्यक्ष जीबी राईलाई भित्र्याइएको छ । त्यो भित्र्याउने काम श्रममन्त्रीको हो भन्ने आरोप छ । समस्याग्रस्त सहकारीमाथिको छानबिन प्रभावित पार्न खोजिएको समाचार सार्वजनिक भइरहेको छ ।’

हाम्रो कृषि सहकारीले बचतकर्ताको रकम फिर्ता नगरेपछि सरकारले समस्याग्रस्त घोषणा गरिसकेको छ ।

नेपाली कांग्रेसले रास्वपाका सभापति तथा गृहमन्त्री रवि लामिछानेको सहकारी ठगीमा संलग्नता बारे संसदीय छानबिन समितिको माग गरिरहेको छ । न्युज कारखाना

काठमाडौँ ।

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले २०८४ को आम निर्वाचनअघि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था लागु गर्न माग गरेका छन् ।

हाल काठमाडौँमा रहेका मेयर हर्कले काठमाडौँमा एकल प्रदर्शन गर्दै २०८४ को आम निर्वाचनअघि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था लागु गर्न माग गरेका हुन् । उनले ‘०८४ अघि जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था लागु गर’ लेखिएको प्लेकार्ड बोकेर एकल प्रदर्शनमा गरेका थिए ।

काठमाडौंमा रहेका मेयरले प्रधानमत्री, उपप्रधान तथा गृहमन्त्री, अर्थमन्त्री, खानेपानीमन्त्री र शिक्षामन्त्रीलगायतलाई भेट गरेर धरानका समस्याको बारेमा अवगत गराउदै बजेटमा व्यवस्था गर्न माग गरेका छन्।न्युज कारखाना

बुटवल ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले चैत्र २२ गते विश्वासको मत लिने भएका छन् ।

नेकपा माओवादीले फागुन २३ गते सरकारलाई दिएको समर्थन फिर्ता लिदै सरकारबाट बाहिरिएपछि विश्वासको मत लिने अन्तिम दिन चैत्र २२ गते मुख्यमन्त्री चौधरीले विश्वासको मत लिने भएका हुन् ।

लुम्बिनी प्रदेशको मन्त्रिपरिषद्को बैठकले चैत्र २२ गते बिहीबार संसद् अधिवेशन  बोलाउने निर्णय गरेको हो ।

८७ सदस्यीय लुम्बिनी प्रदेशमा नेकपा एमालेका २९, कांग्रेसका २७, माओवादी केन्द्रका ११, राप्रपा र नाउपाका ४-४ जनमत पार्टी, जसपा र लोसपाका ३-३ सिट छन् भने जनमोर्चा, एकीकृत समाजवादी र स्वतन्त्रका एक एक सिट रहेका छन् ।न्युज कारखाना

काठमाडौँ ।

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।

मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा धरानबाट आएको साम्पाङसहितको प्रतिनिधिमण्डलले प्रधानमन्त्रीसँग भेट गर्दै विभिन्न विकासका माग राखेका हुन् ।

सो भेटमा आफूहरूले खानेपानी, विमानस्थल, राजमार्ग ल्यान्डफिल साइट, उद्योगलगायतका माग प्रधानमन्त्री समक्ष राखेको मेयर साम्पाङले जानकारी दिएका छन्।न्युज कारखाना
।

काठमाडौं ।

नागरिक उन्मुक्ति पार्टी (नाउपा)को विवाद रोकिने संकेत देखिएको छ ।

पछिल्लो पटक पार्टी अध्यक्ष रन्जिता श्रेष्ठले पार्टीको गण्डकी प्रदेश अध्यक्ष राजन गुरुङ र बागमती प्रदेश अध्यक्ष दीपबहादुर योञ्जन तामाङलाई पार्टीबाट निष्कासन गरेपछि विवाद अझ बढ्ने संकेत देखिएको हो।

अध्यक्ष श्रेष्ठले पत्र लेख्दै संस्थागत केन्द्रीयत सदस्यहरुलाई कुटपिटमा संलग्न भएको भन्दै पार्टीबाट निष्काशन गरेकी हुन् ।

सुदूरपश्चिम प्रदेशमा सरकारमा सहभागी हुने विषयमा विवाद हुदा संरक्षक रेशम चौधरी र अध्यक्ष रन्जिताबीचको विवाद अब सतहमा आउन थालेको छ ।

अध्यक्ष रन्जिता केन्द्रदेखि प्रदेशसम्म नयाँ सत्ता समिकरणको पक्षमा लाग्ने बताउदै आएकी छन् भने संरक्षक चौधरी भने त्यसको विपक्षमा रहेका छन् ।

श्रीमान श्रीमतीसमेत रहेका रेशम र रन्जिताबीच विवाद बढिरहेका बेला रेशम पक्षले चैत २३ र २४ गतेका लागि संस्थापक केन्द्रीय समिति बैठक बोलाएका छन् ।न्युज कारखाना

कर्णाली ।

नयाँ सत्ता समीकरणका दलबीच भएको सहमति अनुसारमा कर्णालीमा नेकपा एमालेलाई मुख्यमन्त्री दिने सहमति भएपनि मुख्यमन्त्री राजकुमार शर्माले आज विश्वासको मत लिने कार्यसूची रहेको छ ।

यसअघि सोमबार केन्द्रमा सहमति भएपनि प्रदेशमा विश्वासको मत लिने प्रस्ताव दर्ता भइसकेकोले कर्णालीमा राजनीतिक अन्योलता बढेको छ । मुख्यमन्त्री शर्माले विश्वासको मत लिन आज ३ बजे प्रदेश सभाको बैठक बोलाइएको छ । माओवादीमा भने कर्णालीको नेतृत्व एमालेलाई दिने विषयमा एक मत नभएपछि समस्या आएको छ ।

कर्णालीमा माओवादीको पकड रहेकाले प्रदेशको नेतृत्व एमालेलाई दिन नहुने पक्षमा उपमहासचिव जनार्दन शर्मासहितका नेताहरु रहेका छन् । तर पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेलाई दिने सहमति गरेपछि माओवादी भित्र विवाद बढेको छ ।  माओवादीको एक पक्ष विश्वासको मत लिनुपर्नेमा जोडदिदै रणनिति बनाउन व्यस्त देखिएका छन् भने अर्को पक्षले केन्द्रको सहमति तोडेर जान नहुने पक्षमा रहेको देखिएको छ ।

त्यस्तै एमालेले भने केन्द्रको सहमति पालना गरेर विश्वासको मत लिने प्रस्ताव फिर्ता लिनुपर्ने बताएको छ । गत फागुन २२ गते नेपाली कांग्रेस सरकारबाट बाहिरिदै समर्थन फिर्ता लिएपछि संबिधान अनुसार मुख्यमन्त्री शर्माले विश्वासको मत लिने आज अन्तिम दिन हो ।

मुख्यमन्त्री शर्माले केन्द्रको निर्देशन विपरित विश्वासको मत लिन खोजेमा विश्वासको मत लिन उनलाई एमाले वा कांग्रेसको मत आवश्यक पर्ने गर्दछ । विकसित घटनाक्रम अनुसार एमालेले विश्वासको मत दिने सम्भावना कम रहेको बताइएको छ भने कांग्रेस सरकारबाट बाहिरिएका विश्वासको मत दिने सम्भावना रहेको देखिदैन ।
४० सदस्य रहेको कर्णाली प्रदेशमा कांग्रेसका १४, माओवादी केन्द्रका १३, एमालेका १० तथा  राप्रपा, एकीकृत समाजवादी र स्वतन्त्रको एक एक सिट रहेको छ । न्युज कारखाना

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।