सिरहा, २३ साउन। सिरहाको धनगढीमाई नगरपालिका अनियमितताको अखाडा बनेको छ। अनियमितता गर्ने उदेश्यले नै योजना टुक्र्याउने, भनेका मान्नेहरुलाई राखेर उपभोक्ता समिति गठन गर्ने र उपभोक्तासँग रकम असुल्ने धन्दाले लुटतन्त्रको जालो उदाङ्गो भएको प्रष्ट देखिन्छ। 
गत आर्थिक वर्ष २०८०÷०८१ मा नगरस्तरीय योजनामामात्र एक करोड ३० लाख रुपैयाँ बोरिङ्ग तथा मोटर जडानको लागि छुट्याएको थियो। विनियोजित रकम हिनामिना गर्नकैलागि जनप्रतिनिधी र कर्मचारीको मिलेमत्तोमा योजना टुक्र्याई नामका लागिमात्र उपभोक्ता समिति बनाएर ठेकेदार मार्फत काम गराएको खुलेको हो। 
सवैभन्दा बढी ५५ लाखको उपभोक्ता समिति बोरिङ्ग र मोटर जडान ११, १२ र १३ मा लक्ष्मी यादव अध्यक्ष गरेका छन्। समितिका अध्यक्ष यादव वडा कार्यालयका कर्मचारी पनि हुन्। रकम कुम्ल्याउन सजिलो पार्नकै लागि नीयम मिचेर कर्मचारीलाई अध्यक्ष बनाएको स्थानीयको भनाई छ। 
योजनाको सचिवमा सूर्यनारायण महतोको नाम छ। विडम्वना उनलाई आफू उपभोक्ता समितिमा रहेको जानकारी नै छैन। 
सचिव महतोलाई तपाई बोरिङ्ग र मोटर जडान उपभाक्ता समितिको सचिव हो? भनि सोध्दा उनले आफू कुनै समितिमा बसेको जानकारी नभएको बताए। उनले भने, ‘म समितिमा बसेको जानकारी छैन, बुझेर थप कुरा भनुला।’ 
उपभोतmा समितिलाई नै जानकारी नहुनेगरी बनेको समितिले कसरी फाइल तयार पार्यो र बैंक खाता खाल्यो भन्ने प्रश्न टड्कारो रुपमा उठेको छ। 
अपारदर्शी तथा मनपरी ढङ्गले समिति गठनमात्र हैन यसको सम्पूर्ण काम समेत ठेकेदारमार्फत गराएको छ। धनगढीमाई नगरपालिका ११ मा ४ वटा बोर्डिङ्ग र मोटर जडान भएको छ। बोर्डिङ जडान भएको उपभोक्तालाई भने समितिको नाम थाहा छैन्।
नगरस्तरीय योजनामा बोरिङ्ग र मोटर जडान गर्ने भनेपनि उपभोक्तासँग प्रति बोरिङ्ग ३० देखि ४० हजारसम्म नगद असुल गरेका छन्। वडा अध्यक्ष र मेयरको खास मान्छेमार्फत रकम असुलेको बताइन्छ। 
धनगढीमाई ११ की उपभोक्ता उषा महतो, समिता मगरसहितका ६ घर परीवारले ७ हजारको दरले रकम उठाएर वडा अध्यक्ष अशोक श्रेष्ठको निर्देशनमा स्थानीय पवन महतोलाई ४० हजार रुपैयाँ बुझाएको बताए। उनीहरुले भने, ‘पैसा जम्मा नगरेसम्म बोरिङ्ग नदिने भनेपछि हामीले घरही ७ हजारका दरले उठाएर ४० हजार पवन भाईलाई दियौं। त्यसमध्ये १० हजार फिर्ता दिने भनेको छ। तर अझै फिर्ता भएको छैन’
उनीहरुलाई रकम लिएको भन्दा पनि बोरिङ्ग सफल नभएकोमा चिन्ता छ। पीउने पानीको चरम अभाव भोगिरहेका उनीहरुले वडा अध्यक्षले पैसा नबुझाई बोरिङ्ग नदिने भनेपछि रकम दिए। तर, अहिले जडान भएको वोरिङ्गबाट पानी नआउँदा चिन्तित छन्। ‘बोरिङ्ग जडान भएको एक साता पछि मोटर ल्याईदिए र मोटर जडान गरेको २÷३ घण्टापछि बन्द भएको मोटर अझै चलेको छैन; ती उपभोक्ताहरुले दुखेसो गरे।
त्यसैगरी, सोही वडाका सिंङ्गेश्वर ठाकुर र धुर्निदेवि महतोसँग पनि ३०÷३० हजार रुपैयाँ वडा अध्यक्ष अशोक श्रेष्ठले लिएका छन्। वडा अध्यक्ष श्रेष्ठले पैसा नबुझाएसम्म बोरिङ्वग दिन्न भनेपछि बाध्येय भएर रकम बुझाएको बताए।
यस वडामामात्र हैन वडा नम्वर ८ का उपभोक्ता उपेन्द्र महतोसँग पनि उनीहरुले रकम असुल गरेको छ। दुई महिना अघि नै काम सम्पन्न भएको महतोले फिर्ता दिने सर्तमा मिस्त्रीलाई दिएको रकम अझै फिर्ता भएको छैन।
यो सम्पूर्ण घटनाहरुले धनगढीमाई नगरपालिकामा हुने अनियमितता चित्रण गरेको छ। प्रत्येक वडामा उपभोक्तासँग बोरिङ्ग जडानगर्दा मोटर किन्न, मिस्त्रिलाई दिन, मेसिनमा तेलहाल्ने नाममा रकम असुल गरेको छ।
यस सम्वन्धमा जान्न ११ नम्वर वडा अध्यक्ष श्रेष्ठलाई कार्यालयमा भेट्न जाँदा भेट्नु भएन। त्यसपछि एक सातासम्म निरन्तर फोन अफ रहेको छ।
रकम उठाउने कार्यमा नाम जोडियका पनव महतोले भने आफू यस प्रकृयामा कतै नजोडिएको जिकिर गरे।
पैसा उठाएको विषयमा नगरपालिकाका प्रमुख प्र
शासकीय अधिकृत राजकुमार दासले आफूसम्म पनि वला बेला यस्तो कुरा आएको बताए। उनले भने, ‘म कहाँ पनि यो कुरा आई रहेको थियो। मैले आफैले पनि खोजीनीती गरिरहेको छु। कुनै पनि उपभोक्तासँग रकम लिएको भन्ने पुष्टि भए रकम लिनेलाई कार्वाही गर्छु।’
प्रमुख दासले समयमा काम सम्पन्न नभएकोले यो योजनाहरुको भुक्तानी समेत नभएको बताए। उनले विभिन्न कारणले समयमा काम सम्पन्न हुन सकेन। त्यसैले भुक्तानी बाँकी रहेको जानकारी दिए।न्युज कारखाना
रौतहट । रौतहट स्थित छुट्टाछुट्टै नदी खोलामा डुबेर बेपता भएको दुईजनाको शव प्रहरीले बरामद भएको छ । मंगलवार साँझ ५ बजेदेखि गरुडा नगरपालिका ९ स्थित डोरा खोलामा डुबी बेपता भएकि बालिकाको शव बुधवार दिउँसो २ बजे बरामद भएको हो ।
मंगलवार साँझ स्थानिय ४ जना बालिकाहरु घाँस काट्नको लागी डोरा खोलाको पारीपट्टी जाने क्रममा सिसवाधमौरा बस्ने जितेन्द्र दासको छोरी बर्ष १० की प्रिन्जमा कुमारी दास खोलामा डुबी वेपता भएको प्रहरीमा जानकारी आएको थियो। साेही सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गरुडाबाट असईको कमाण्डमा गएको टोलीले खोजतलास गर्दा बालिका दासको सव घटना भएको स्थानबाट १ दक्षिण पानी मुनि बालुवा माटोमा भाँसिएको अवस्थामा फेला पारेको
ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी रामेश्वर त्वातीले बताएका छन। मृतक बालिकाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा पठाईएको प्रहरीले जनाएको छ।
यस अघि लालबकैया नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका परोहा नगरपालिका ४ का सर्वजीत रायको छोरा बर्ष १६ को सचिन कुमार रायको शव घटनास्थल बाट ४ किलोमीटर टाढा फेला पारेको सशस्त्रका एसपी बिक्रम हुमागाईंले बताए ।
गत आईतवार अपरान्ह ४ बजे आफ्नै गाउँ छेउको लालबकैया नदीमा नुहाउने क्रममा सचिन डुबेर बेपत्ता भएका थिए। घटनाको खबर लगतै सशस्त्र प्रहरी बल ११ नम्बर हेक्वा रौतहटबाट बिपद उद्धारका सामग्रीसहित गएका १० जनाको टोलीले लगातारको प्रयासपछि मंगलवार अबेर साँझ घटनास्थल बाट ४ किलोमीटर टाढा बैरिया पुल नजिक लालबकैया नदीबाट सचिनको शव फेला पारेको एसपी हुमागाईंले बताएका छन ।न्युज कारखाना
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नुवाकोटमा आज एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटना भएको सम्बन्धमा दुःख व्यक्त गरेका छन् ।
प्रधानमन्त्री ओलीले १४ दिनपछि अर्का हवाइ दुर्घटना हुनु दुःखद् भएको बताएका छन् । उक्त दुर्घटनाका सम्बन्धमा केही बेरपछि मन्त्रिपरिषद्को आकरिस्मक बैठक बस्ने तयारी भएको छ ।न्युज कारखाना
काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर-७ सूर्यचौरमा हेलिकप्टर दुर्घटना भएको छ ।
काठमाडौँबाट अपराहन्न १ बजेर १४ मिनेटमा नुवाकोटको स्याफ्रोबेसीको लागि उडेको एयर डाइनेस्टीको हेलिकप्टर नुवाकोटको सूर्यचौरमा दुर्घटनामा परेको हो । उडेको तीन मिनेटमै हेलिकप्टर सम्पर्कविहिन बनेको थियो ।
हेलिकप्टरमा क्याप्टेनसहित चार जना विदेशी सवार रहेको बताइएको छ । प्रहरीले हेलिकप्टरमा सवार चार यात्रु र चालकको मृत्यु भएको जानकारी दिएको छ ।
प्रहरीले घटनास्थलबाट चार पुरुष र एक महिलाको शव फेला परेको जनाएको छ । प्रत्यक्षदर्शीले हेलिकप्टर रुखमा ठोक्किएर आगो लाग्दै झरेको बताएका छन् ।
घटनाको थप विवरण आउन बाँकी छ ।न्युज कारखाना
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि संयुक्त राष्ट्रसङ्घका आवासीय प्रतिनिधि हाना सिङ्गर हम्दीले आज सिंहदरबारमा शिष्टाचार भेट गरेकी छन् ।
सो अवसरमा प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय प्रतिबद्धता र घोषणाप्रति प्रतिबद्धता जनाउँदै नेपालको राष्ट्रिय आकाङ्क्षका रुपमा रहेको ‘समृद्ध नेपाल, सुखी नेपाली’लाई सार्थक बनाउन राष्ट्रसङ्घको सहयोगको अपेक्षा व्यक्त गरे ।
नेपालको समृद्धि, सुशासन, विकास र स्थिरताका लागि मुलुकका दुई ठुला दलको सहकार्यमा नयाँ सरकार गठन भएको जानकारी गराउँदै प्रधानमन्त्री ओलीले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धी कानुनलाई राजनीतिक सहमतिका आधारमा टुङ्ग्याउने तयारी भएको जनाउँदै यस्ता सवालमा राष्ट्रसङ्घको सदवै सहयोगको अपेक्षा व्यक्त गरे ।
आवासीय प्रतिनिधि सिङ्गरले नेपालका विकास र समृद्धिका प्राथमिकताका क्षेत्रमा राष्ट्रसङ्घको निरन्तर साथ रहने विश्वास दिलाइन् ।
राष्ट्रसङ्घले नेपालको गरिबी निवारण, ऊर्जा, स्वास्थ्य, विपद् जोखिम न्यूनीकरण र अन्य सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको छ भने नेपालले अन्तर्राष्ट्रिय शान्ति र सुक्षाका लागि राष्ट्रसङ्घीय नीतिबमोजिम शान्ति सेनामार्फत योगदान गर्दै आएको छ ।न्युज कारखाना
काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर-७ सूर्यचौरमा हेलिकप्टर दुर्घटना भएको छ ।
जिल्ला प्रहरी कार्यालयका नुवाकोटका अनुसार एयर डाइनेस्टीको हेलिकप्टर सूर्यचौरमा दुर्घटनामा परेको हो । उक्त हेलिकप्टर जलेको अवस्थामा भेटिएको स्थानीयले जानकारी दिएपछि अहिले प्रहरी पुगिरहेको बताएको छ ।
घटनाको थप विवरण आउन बाँकी छ ।न्युज कारखाना
खोटाङ । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ऐसेलुखर्क गाउँपालिका-४ जलेश्वरी सुन्तलाबोटे बस्ने ३२ वर्षीय नरेश भन्ने शुसील खत्रीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
खत्रीले ती किशोरीलाई विभिन्न प्रलोभनमा पारी ललाई फकाई गत वैशाख २५ गते रातिदेखि गत जेठ ३२ गते रातिसम्म पटकपटक जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय ऐसेलुखर्कबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
जिल्ला अदालत खोटाङबाट ५ दिन म्याद थप अनुमति लिई घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।न्युज कारखाना
पर्सा । वीरगञ्ज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट प्रतिबन्धित ५ सय दरका ४ सय ३८ थान गरी जम्मा २ लाख १९ हजार भारतीय रूपैयाँ सहित भारत पूर्वी चम्पारण बिहार मोतिहारी घोडासाहन बस्ने २९ वर्षीय अनिल कुमारलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्सा र प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई स्रोत समेत नखुलेको उक्त भारतीय रूपैयाँ सहित पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ ।
न्युज कारखाना
काठमाडौं । सत्य घटनामा आधारित चलचित्र ‘नमेटिने घाउ’ को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ ।
पोस्टरमा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल लगायत चलचित्रका मुख्य कलाकारहरु अटाएका छन् । भदौ ७ गते बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘नमेटिने घाउ’को यस अघिको सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली सहितको पोस्टर सार्वजनिक गरिएको थियो ।
अभिनेता रमित ढुङ्गानाको निर्देशन तथा निर्माण रहेको चलचित्र ‘नमेटिने घाउ’ एसिड सर्भाइभरहरुको वास्तविक जीवनीमा आधारित छ । चलचित्रमा एसिड आक्रमणमा परेका ३३ जना पीडितहरूको कथालाई समेटेर बनाइएको छ । चलचित्रमा शिवम् अधिकारीको कथा रहेको छ । लेखक अधिकारीले पटकथा साढे दुई वर्ष लगाएर लेखेका हुन् ।
चलचित्रमा मुस्कान खातुन, प्राप्ति पौडेल ,इभा गिरी, कमल देवकोटा, सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभात पाल ठकुरी, आरती आचार्य, अखिल बजगाईं, अपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्र सिंह कुसुहा, लालना चिमोरिया, स्वस्तीमा कार्की, लिजा कोरानी, एलिसा गुरुङ, विशाल देवकोटा, आरजु अधिकारी ,आरजु लेखक लगायतको अभिनय रहेको छ । चलचित्रमा सुरवीर पण्डित, सुनिल कटुवाल पुराना अनुहार रहने छ भने मुख्य भूमिकामा अधिकांश नयाँ अनुहारहरूको अभिनय रहेको छ ।
चलचित्र ‘नमेटिने घाउ’ मा प्रधानमन्त्री ओलीका अलावा पूर्व प्रधानमन्त्री माधव नेपालको समेत अभिनय रहेको छ । चलचित्रमा प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीकै भूमिका निर्वाह गरेका छन् । चलचित्रमा प्रहरी उपरीक्षकद्वय बाल नर्सिह राणा र कुमुद ढुंगेल, प्रहरी निरीक्षक जेआर शर्मा लगायत दुई सय भन्दा बढी प्रहरीको अभिनय रहेको छ। ‘सांसदद्वय देवेन्द्र पौडेल र ज्ञानेन्द्र शाहीको समेत चलचित्रमा अभिनय रहेको छ ।
रमित ढुङ्गाना फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण गरिएको यस चलचित्रमा नीरज कँडेलको छायाङ्कन,बनिश शाहको सम्पादन ,ओम सुनारको सङ्गीत र किरण ढकालको एक्सन रहेको छ ।न्युज कारखाना
काठमाडौं । सङ्क्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक टुङ्गो लगाउन गठित राजनीतिक कार्यदलले शिर्ष नेतालाई प्रतिवेदन बुझाएको छ । 
गृहमन्त्री रमेश लेखक, माओवादीका उपमहासचिव जनार्दन शर्मा र एमाले मुख्य सचेतक महेश बर्तौला रहेको कार्यदलले गत विहिबार नै सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा रहेका विवादमा सहमति जुटाएको थियो ।
कार्यदलले बुधबार प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रतिवेदन बुझाएको हो । 
सङ्क्रमणकालीन न्याय टुङ्गोमा पुर्याउन बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन (टिआरसी), २०७१ लाई संशोधन गर्न बनेको विधेयकमा कार्यदलका सदस्यहरूबिच सहमति भएको छ । साथै पीडितलाई केन्द्रमा राखेर, सर्वोच्चका नजिरलाई ख्याल गरेर अन्तर्राष्ट्रिय कानुनसँग नबाझिने गरी सहमति गरिएको छ ।
यस विधेयकलाई चालु संसदबाटै पारित गरेर अघि बढाउने तयारीमा शिर्ष नेताहरु रहेका छन् ।
यस्तो छ टीआरसी विधेयकमा भएको सहमति:
न्युज कारखाना