काठमाडौं, २८ साउन । सूर्यज्योति लाइफ इन्स्योरेन्सको खुद नाफा १४६.०३ प्रतिशतले बढेको छ ।
जुन ३९ करोड ६५ लाख ३७ हजार रुपैयाँ पुगेको हो । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा यसले नाफा कमाएको हो । अघिल्लो वर्षको यसैअवधिमा यसले १६ करोड ११ लाख ७३ हजार रुपैयाँ नाफा कमाएको थियो । कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी बढ्दा खुद नाफामा सुधार आएको हो । उक्त आम्दानी ४१.४७ प्रतिशत बढेर ३ अर्ब ११ करोड १८ लाख रुपैयाँ पुगेको छ ।
यता, खुद बिमा शुल्क आर्जन २७.४७ प्रतिशतले बढेर ९ अर्ब १० करोड ५९ लाख ४८ हजार रुपैयाँ पुगेको छ । कुल आम्दानी ३०.१८ प्रतिशतले बढेर १२ अर्ब ६६ करोड २७ लाख रुपैयाँ पुगेको छ ।
बिमा कोषको आकार ३३ अर्ब ६३ करोड रुपैयाँ भन्दा धेरैको छ । चुक्ता पुँजी ५ अर्ब १ करोड १९ लाख ४७ हजार रुपैयाँ रहेको यसको रिटेन्ड अर्निङमा ५६ करोड ९५ लाख रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी ८ रुपैयाँ ७२ पैसा र प्रतिसेयर नेटवर्थ १३० रुपैयाँ ५६ पैसा छ ।
न्युज कारखाना
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अनामनगरमा रहेको किम्ची रेष्टुरेन्ट एण्ड फास्ट फुडलाई २ लाख जरिवाना गर्ने निर्णय गरेको छ ।
गएको शुक्रबार रेष्टुरेन्टको हलमा महानगरपालिकाले ‘विवाद व्यवस्थापनमा वडा कार्यालयको भूमिका’ विषयमा महिला सञ्जालका संयोजक, वडा सदस्य, वडा सचिव र न्यायिक सहजकर्तालाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिरहेको थियो ।
यस क्रममा सिल गरेको प्रशोधित पानीको बोतल खोलेर गिलासमा खन्याएर पिउन थालेपछि वडा नं. ११ का वडा सदस्य यशोमती परियारले पानीमा कीरा सल्वलाएको देखेकी थिइन् । कार्यक्रममा उपस्थित महानगरपालिकाका उपप्रमुख सुनिता डंगोललाई पानीको बोतल देखाइयो । अनुगमन समितिका संयोजकसमेत रहेकी उपप्रमुख डंगोलले दुषित पानी विक्री गर्नेलाई तत्काल कारवाही गर्न र कार्यक्रम तत्काल स्थगित गर्न निर्देशन दिएर उनी निस्कइन् । त्यसपछि कार्यक्रम रोकिएको थियो ।
‘पानीजन्य संक्रमणका जोखिम रहेको अवस्थामा सिल बोतलभित्र अखाद्य बस्तु देखिनु चरम लापर्वाही हो । महानगरपालिकाले खानेकुरा तथा पिउने पानीको स्वच्छतामा लापर्वाही नगर्न व्यवसायीहरुलाई अनुरोध गर्दै आएको छ ।’ त्यस क्रममा संक्षिप्त प्रतिक्रिया दिँदै उपप्रमुख डंगोलले, त्यस क्रममा संक्षिप्त प्रतिक्रिया दिँदै उपप्रमुख डंगोलले, अनुरोधलाई अटेर गर्नेहरुलाई कानुनी कारवाही गर्नुको विकल्प नरहेको बताइन् ।
तत्काल अनुगमन टोली पुगेर रेष्टुरेन्टबाट नमूना संकलन गरेको थियो । यति प्रक्रिया सकिँदा कार्यालय समय समेत सकिएकाले त्यस दिन कारवाहीको निर्णय हुन सकेन । यसकारण आज दुषित पानी विक्री गर्नेलाई २ लाख जरिवाना गर्ने निर्णय भएको हो ।
रेष्टुरेन्टबाट विक्री भइरहेको पानी काठमाडौँको टोखा नगरपालिका वडा नं ८ बाट उत्पादन भएको सिटी मिनरल वाटर एण्ड वेवरेज प्रा. लि. ले उत्पादन गरेको ‘इको’ व्राण्डको पानी हो ।
खाद्य स्वच्छता कायम गर्न नसक्दा महानगरपालिकाले यस अघि आफ्नै कार्यालयमा सञ्चालन भएको क्यान्टिनलाई २ पटक जरिवाना तिराएको थियो । न्युज कारखाना
काठमाडौँ । बंगलादेशको प्रधानमन्त्री पदबाट राजीनामा दिएको एक सातापछि शेख हसिनाले आफ्नो सरकार अमेरिकाले ढालिदिएको आरोप लगाएकी छन् ।
भारतीय मिडिया इकोनोमिक टाइम्सका अनुसार हसिनाले बंगलादेशको सेन्ट मार्टिन टापु अमेरिकालाई नदिँदा आफ्नो सरकार ढालिएको बताएकी छन् ।
इकोनोमिक टाइम्सका अनुसार हसिनाले आफ्ना नजिकका सहयोगीहरूभनेको उदृत गर्दै मिडिया रिपोर्टमा भनिएको छ- ‘म कट्टरपन्थी हिंसाका कारण मृत्यु हुनेको संख्या बढ्न दिन चाहन्नथें । उनीहरू विद्यार्थीहरूको शवबाट शक्ति प्राप्त गर्न चाहन्थे । तर मैले छोडेर त्यो हुन दिइन । अमेरिकी नियन्त्रणमा सेन्ट मार्टिन टापु र बंगालको खाडी दिएर मैले आफ्नो कुर्सी जोगाउन सक्थें । म देशवासीलाई कट्टरपन्थीबाट भ्रममा नपर्न अपील गर्छु । अल्लाहको कृपाले छिट्टै बंगलादेश फर्कनेछु ।’
विद्यार्थी आन्दोलनको बारेमा कुरा गर्दै हसिनाले भनकी छन्- ‘मैले उनलाई रजाकार भनेकी थिइनँ । मेरो शब्दलाई देशमा अस्थिरता ल्याउन गलत अर्थ लगाइयो । बंगलादेशका जनताको निर्दोषताको फाइदा उठाएर यो षड्यन्त्र रचिएको हो ।’
राजीनामा दिएपछि हसिनाले यस विषयमा कुनै बयान दिएको यो पहिलो पटक हो । यसअघि जुन २०२१ मा बंगाली अखबारहरूमा अमेरिकाले बंगलादेशसँग सेन्ट मार्टिन टापु मागेको दाबी गरिएको थियो । अमेरिकाले यहाँ सैन्य आधार बनाउन चाहन्छन् । यसपछि बंगलादेश वर्कर्स पार्टीका अध्यक्ष राशिद खान मेननले पनि संसदमा अमेरिका सेन्ट मार्टिन टापु अधिग्रहण गर्न चाहन्छ र क्वाडको सदस्य बन्न दबाब दिइरहेको बताएका थिए ।
बंगलादेशी राजनीतिमा यति धेरै तरंग मच्चाएको सेन्ट मार्टिन टापु जम्मा ३ वर्ग किलोमिटरको टापु हो । म्यानमारबाट यसको दूरी मात्र ५ माइल छ । जुन २०२३ मा प्रधानमन्त्री हसिनाले विपक्षी बीएनपी पार्टी सत्तामा आएमा सेन्ट मार्टिन बेच्ने बताएकी थिइन् ।
न्युज कारखाना
कम्पला, २८ साउन । युगान्डाको राजधानी कम्पालामा एउटा फोहोरको थुप्रोमा पहिरोमा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ ।
युगुन्डाका सुरक्षा अधिकारीहरूका अनुसार सो फोहोरको पहिरोमा परेर बेपत्ता भएकाहहरुको खोजी जारी राखिएको छ ।
शहरको एक मात्र ल्यान्डफिल साइट कितेजीमा दुई दिनपछि मुसलधारे वर्षाले फोहोरको ठूलो टुक्रा भत्केपछि प्रहरीले मृत्यु हुनेको संख्या घोषणा गरेको थियो, उसका अनुसार सो फोहोराको पहिरोले बासिन्दाहरू सुतिरहेका बेला मानिस, गाईवस्तु र घर पुरिएका छन् ।
अधिकारीहरूले आइतबार ८ जनाको मृत्यु भएको पुष्टि गरेका थिए, तर उद्धारकर्ताहरूले बाँचेको खोजी गर्दा मृतकको संख्या बढेको छ।
एसोसिएटेड प्रेसका अनुसार मृत्यु हुनेको संख्या १८ पुगेको अधिकारीहरूले जानकारी दिए ।
न्युज कारखाना
तेहरान, २८ साउन । इरानका राष्ट्रपति मसुद पेजेस्कियानले आफ्नो नयाँ मन्त्रिपरिषद् प्रस्तुत गर्दा एक मध्यम कूटनीतिज्ञलाई विदेश मन्त्री र एक महिला अधिकारीलाई शहरी विकास मन्त्रीमा मनोनीत गरेका छन्।
संसद्का सभामुख मोहम्मद बगेर गालिबाफले आइतबार राज्य टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गर्दै संसदको अधिवेशनमा राष्ट्रपतिले प्रस्तुत गरेका १९ सदस्यीय मन्त्रिपरिषद्को नाम घोषणा गरेका हुन् ।
मे महिनामा हेलिकप्टर दुर्घटनामा मृत्यु भएका कट्टरपन्थी इब्राहिम राइसीलाई प्रतिस्थापन गर्न गत महिना पेजेस्कियानको चुनावले पश्चिमसँगको इरानको सम्बन्धमा चिसोपन बढिरहेको बेला यी मनोनयन गरिएका हुन ।
यद्यपि, कट्टरपन्थीहरूको बाहुल्य रहेको संसदले सोमबारदेखि उम्मेदवारहरूको समीक्षा सुरु गर्नेछ र त्यसपछि लाइनअप पुष्टि गर्ने वा नगर्ने मतदान गर्नेछ।
विदेश मन्त्रीका लागि पेजेस्कियानले ६१ वर्षीय करियर कूटनीतिज्ञ अब्बास अराघचीलाई रोजिएका छन्। जो पश्चिमासँग खुला तर आलोचनात्मक वार्ताको प्रशंसा गर्ने अर्घचीले २०१३ देखि २०२१ सम्म तेहरान र विश्व शक्तिहरू बीचको आणविक वार्तामा मुख्य वार्ताकारको रूपमा सेवा गरेका थिए ।
उनले जापान र फिनल्याण्डका लागि इरानको राजदूत र तत्कालीन विदेश मन्त्री मोहम्मद जावद जरिफको सहायकको रूपमा पनि काम गरेका थिए, जसले २०१५ इरान आणविक सम्झौतामा पुग्न महत्वपूर्ण भूमिका खेलेका थिए।
सडक तथा सहरी विकास मन्त्रीमा फरजानेह सदेग मनोनित भएकी छिन् । यदि पुष्टि भयो भने ४८ वर्षीया २००९ मा मार्जिएह वाहिद दस्तजेर्डी स्वास्थ्य मन्त्री भएपछि १९७९ इस्लामिक गणतन्त्र स्थापना भएदेखि मन्त्री पदमा बस्ने दोस्रो इरानी महिला मात्र हुनेछन्।
तर, आइतबारको बैठकमा सभामुखले उनको नाम पढेर सुनाउँदा धेरै सांसदले विरोध जनाएका थिए ।न्युज कारखाना
काठमाडौं । नेपालको दुईदिने औपचारिक भ्रमणमा आएका भारतका विदेशसचिव विक्रम मिस्री आज स्वदेश फर्किदैछन् । परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल आएका विदेशसचिव मिस्त्रीले आइतबार उच्च स्तरीय भेटवार्ता गरेका छन् ।
आइतबार नै विदेशसचिव मिस्रीले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसंग शिष्टाचार भेट गरेका थिए ।
त्यस्तै, उनले आइतबार नै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग समेत भेटवार्ता गरेका थिए ।
परराष्ट्र मन्त्रालयका अनुसार मिस्रीको भ्रमणले दुवै देशका परराष्ट्रसचिवबीच नेपाल–भारत सम्बन्ध र पारस्परिक हितका विविध विषयका साथै आपसी सहयोगलाई विस्तार गर्ने सम्बन्धमा छलफल भएको मन्त्रालयले जनाएको छ ।
विदेश सचिव मिस्रीले आज परराष्ट्रमन्त्री आरजु राणा देउवासँग शिष्टाचार भेटवार्ता गरि नयाँ दिल्ली फर्कने कार्यक्रम रहेको छ ।
न्युज कारखाना
काठमाडौँ । बंगलादेशका अन्तरिम सरकार प्रमुख डा. मोहम्मद युनुसले भ्रष्टाचारको मुद्दामा सफाइ पाएका छन् । बंगलादेशको भ्रष्टाचार विरोधी आयोगले युनुसविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको थियो ।
अन्तरिम सरकार गठन हुनुभन्दा एक दिनअघि नै श्रम कानून उल्लङ्घनसम्बन्धी मुद्दामा युनुसलाई सफाइ दिइएको थियो । त्यस्तै सरकारकी सल्लाहकार नूरजहाँ बेगम पनि भ्रष्टाचार मुद्दामा सफाइ पाएकी छन् ।
बंगलादेशी पत्रिका डेली स्टारका अनुसार भ्रष्टाचार विरोधी आयोगले ढाका अदालतमा दायर गरेको उजुरी फिर्ता लिएको हो ।
मोहम्मद युनुसलाई ग्रामीण टेलिकमको अध्यक्ष हुँदा श्रम कानून उल्लंघन गरेको आरोप लागेको थियो । युनुस बाहेक, ग्रामीण टेलिकमका निर्देशक अशरफुल हसन, मोहम्मद शाहजहान र वर्तमान अन्तरिम सरकारका सदस्य नूरजहाँ बेगमलाई पनि श्रम कानून उल्लंघन गरेको आरोप लागेको थियो ।
यसै वर्ष जनवरीमा यस प्रकरणका सबै अभियुक्तलाई ६ महिना कैद र २० हजार जरिवाना सुनाइएको थियो ।
त्यस्तै गत जुनमा युनुससहित अन्य १३ जनालाई ३० करोडभन्दा बढी भ्रष्टाचार गरको आरोपमा मुद्धा दायर गरिएको थियो । यस मुद्दामा पनि युनुसले सफाइ पाएका छन् ।
न्युज कारखाना
किभ, २८ साउन । युक्रेनी सेनाहरू रुस भित्र ३० किमी भित्रसम्म छिरेका छन ।
जुन फेब्रुअरी २०२२ मा मस्कोले युक्रेनमा पूर्ण रूपमा आक्रमण सुरु गरेपछि सबैभन्दा गहिरो र सबैभन्दा महत्त्वपूर्ण घुसपैठ भएको छ।
रुसको रक्षा मन्त्रालयले कुर्स्क क्षेत्रमा आक्रामक छैटौं दिनमा प्रवेश गरेपछि आफ्नो सेनाले टोलपिनो र ओब्ची कोलोदेज गाउँ नजिकै युक्रेनी सेनालाई संलग्न गरेको बताएको छ।
ष्ट्रपति भोलोडिमिर जेलेन्स्की, जसले हिजो राति सम्बोधनमा पहिलो पटक आक्रमणको प्रत्यक्ष रूपमा स्वीकार गरेका थिए । रसियाले यस गर्मीमा कुर्स्कबाट २००० सीमापार आक्रमणहरू शुरू गरेको बताए।
न्युज कारखाना
रौतहट २८ साउन।
रौतहटको पश्चिमी भेग फतुवा बिजयपुर नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतमा प्रमोद कुमार गुप्ताले जिम्मेवारी पाएका छन्। फतुवा विजयपुरमा ह्याट्रिक खाएका उपसचिव सुरेन्द्र प्रधानलाई संघीय मन्त्रालयले बाटो देखाएको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको २७ गते आइतबार को पत्रअनुसार नेपाल स्वास्थ्य सेवा हेल्थ ईनपेकसन समुह अधिकृत स्तर सातौं तह कार्यरत प्रमोद कुमार गुप्तालाई स्थानिय सरकार सञ्चालन एन २०७४ को दफा ८४ अनुसार प्रमुख प्रशासकिय अधिकृत को रुपमा जिम्मवारी दिइएको छ। अर्को प्रमुख प्रशासकीय अधिकृत न खताईए सम्म वा अर्को ब्यबस्था नभएसम्मको लागि कार्यालयको आर्थिक तथा प्रशासनिक कामको जिम्मेवारी दिइएको मन्त्रालयका शाखा अधिकृत केशवराज पाण्डे द्वारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ।
उपसचिव सुरेन्द्र प्रधान तेस्रो पटक फतुवा विजयपुरको प्रमुख प्रशासकीय अधिकृतको रूपमा गत फागुन महिनामा आएका थिए। आर्थिक वर्ष २०८०१०८१ को अन्तिम महिना असार मसान्तमा मनपरी अथवा जनप्रतिनिधिको सल्लाह बिना नै लाखौंको बजेट चलाएको आरोप लागेको थियो।
कार्यवाहक मेयर अम्बेया खातुन अथवा वडा अध्यक्ष सतित अन्य जनप्रतिनिधिले पनी प्रधान कार्यालयको सट्टा बाहिर बाहिर बसेर असार मसान्तमा चेक काटेको आरोप लगाएका थिए।
त्यतिमात्र नभई उपसचिव भएर पनि प्रधानले फतुवा विजयपुरमा बसेर कुनै पक्षको चित बुझाउन नसकेको मेयर प्रत्यासीहरुको गुनासो गरेका थिए।
फतुवा विजयपुरमा नेपाली कांग्रेस पार्टीको टिकट बाट निर्वाचित मेयर गोपाल राय यादव नदीको टेन्डरमा अख्तियार द्वारा दोषी ठहर भई बिशेष अदालत बाट दण्ड जरिवाना तोकिएपछि गत वर्ष उनको पद गएपछि कांग्रेसकै उपमेयर खातुन कार्यवाहकको जिम्मेवारी पाएकि थिइन्।
खातुन कार्यवाहक भए देखि नै बिभिन्न कारणले सिंगो नगरपालिका अस्तव्यस्त बनेको छ। कार्यवाहक मेयर खातुनले कांग्रेसकै नेताको ईशारामा कांग्रेस कै वडा अध्यक्षहरु षडयन्त्र गरेर आफूलाई सफल बनाउन खोजेको बताउँदै आएकी छिन्।
उता वडा अध्यक्षहरुले कार्यवाहक मेयर खातुन प्रमुख प्रशासकीय अधिकृत संग मिलोमतो गरी आर्थिक अनियितता गर्न खोजेको आरोप लगाउँदै आएका छन।
२०७९ को स्थानीय निर्वाचन पछि नगरपालिकाले समयमा बजेट ल्याउन नसक्दा पटकपटक शिक्षक कर्मचारीले समयमा तलब पाउने गरेका छैनन्।
न्युज कारखाना
रौतहट २८ साउन। पूर्व पश्चिम राजमार्ग संग जोडिएको रौतहटको चन्द्रनिगाहपुर स्थित मोटरसाईकल दुर्घटनामा परेर एकजना प्रहरी जवानको मृत्यु भएको छ।
चन्द्रनिगाहपुर बाट सन्तपुरतर्फ जाँदै गरेको मधेस प्रदेश–०३–०३३ प ३३०१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनाग्रस्त हुँदा २६ वर्षीय प्रहरी जवान नविनकुमार यादवको आईतवार साँझ निधन भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छिन्।
दुर्घटनामा परी गम्भीर घाइते भएका यादवलाई तत्कालै चन्द्रनिगाहपुर स्थित हाइवे ट्रमा सेन्टर अस्पतालमा उपचारका लागि लैजाँदा डाक्टरले मृत घोषणा गरेका थिए। मोटरसाईकल पछाडि सवार २५ वर्षीय नविनकुमार चौधरी घाइते भएको ईलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरका प्रमुख डिएसपी राजकुमार राईले बताएका छन्।
घाईते चौधरीको चन्द्रपुर स्थित अस्पतालमा उपचार भइरहेको, मृतकको शव पोष्टमार्टमका लागि पठाईएको तथा घटना सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
न्युज कारखाना