ढाका, २९ साउन । बंगलादेशमा बिदेशी फिल्ममाथी प्रतिबन्ध लगाएको ५१ बर्ष पछि बल्ल बलिउड फिल्म रिलिज गर्न दिइएको थियो ।
सन १९७१ मा बिदेशी फिल्म माथी लगाइएको प्रतिबन्ध हटाउँदै गत बर्ष शाहरूख खानको ‘पठान’ रिलिज गर्न दिएर तत्कालिन हसिना सरकारले सिनेमामा उद्दार नीति लिएको थियो । बंगलादेशका ४१ थियटरमा प्रदर्शन भएको पठानले झन्डै पाँच करोढ कमाएको थियो ।
यसरी बिदेशी सिनेमा माथी प्रतिबन्ध हटाउनुको मुख्य कारण बंगलादेशका सिनेमा उधोग ध्वस्त हुदैँ जानु थियो । ‘अश्लिलता र नक्कल’ कारण बदनाम हुदैँ ‘ढलिउड’ सिनेमाका कारण दुइ दशकमा झन्डै १ हजार सिनेमा हल बन्द हुन पुगेका थिए भने तीनीहरूलाइ सपिङ मल र अपार्टमेन्टमा रूपान्तरण गरिएको थियो ।
खासमा बंगलादेशी चलचित्र उद्योगले सुरुमा सरकारबाट कुनै सहयोग पाएको थिएनन् । बगलादेशको चलचित्र उद्योगलाई अनाथ भनिन्थ्यो । जसका कारण पनि ढलिउड सिनेमाले अश्लिलता र नक्कलको सहारा लिनु परेको चलचित्र विश्लेषकहरु बताउँछन् । तर, सन् १९९६ मा शेख हसिना पहिलो पटक प्रधानमन्त्री भएपछि स्थितिमा उल्लेख्य सुधार गरियो ।
चलचित्र क्षेत्रलाई पहिलो पटक सन् २००१ मा उद्योगको दर्जा दिइएको थियो । यससँगै बंगलादेश चलचित्र विकास निगमको पनि स्थापना भएको थियो। लामो समयदेखि सरकारले हरेक वर्ष केही चलचित्रलाई अनुदान पनि दिने गरेको छ ।
गत वर्ष नै शेख हसिनाले फिल्म निर्माताहरुलाई राम्रो सिनेमा बनाउनमा ध्यान दिन आग्रह गरेकी थिइन् । वास्तवमा सिनेमाको दयनीय अवस्थालाई ध्यानमा राख्दै निर्माताहरू फिल्ममा पैसा लगानी गर्न चाहँदैनन्, जसका कारण बंगलादेशमा चलचित्रको भविष्यमाथि संकट गहिरिँदै गएको अवस्था थियो ।
शेख हसिनाले पनि २०२२ मा देशमा सिनेमा हलको अवस्था सुधार्न र नयाँ मल्टिप्लेक्स निर्माण गर्न ७०० करोडको कोष घोषणा गरेकी थिइन्।
अश्लील चलचित्रका कारण १००0 सिनेमा हल बन्द
बंगलादेशी फिल्मलाई हलमा पोर्न फिल्मले विस्थापित गरेको छ । यसले बंगलादेशी सिनेमालाई ठूलो नोक्सान पुर्यायो, जसलाई हटाउन सन् २००३ मा अश्लील फिल्महरू विरुद्ध आन्दोलन सुरु भयो।
चलचित्र विकास संस्थान अगाडि कलाकारहरुले प्रदर्शन गर्न थाले । फलस्वरूप, सरकारको हस्तक्षेपले बंगलादेशी सिनेमा अन्ततः २००७ मा अश्लील चलचित्रहरूको चंगुलबाट मुक्त हुन पुगेको थियो ।न्युज कारखाना
ढाका, २९ साउन । शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि बंगलादेश अहिले चर्चामा रहेको छ ।
शेख हसिना उनै थिइन, जो बंगलादेशमा १९७१ को प्रतिबन्ध पछि हिन्दी फिल्म रिलिजको बाटो खोलिदिने व्यक्ति हुन्। वास्तवमा बंगलादेशले सन् १९७१ मा नै भारतीय फिल्मको प्रदर्शनमा प्रतिबन्ध लगाएको थियो ।
शेख हसिनाले २०२३ मा यो प्रतिबन्ध हटाउने काम गरेकी थिइन् किनभने त्यहाँको फिल्म उद्योग निकै कमजोर अवस्थामा थियो । शाहरुख खानको फिल्म ‘पठान’ ५१ वर्ष लामो प्रतिबन्ध पछि बंगलादेशमा रिलिज भएको पहिलो हिन्दी फिल्म हो ।
बंगलादेशी फिल्म उद्योगको कुरा गर्दा यसलाई ढलिउड भनिन्छ। यस उद्योगको चलचित्र राजधानी ढाका हो। भारतमा हरेक वर्ष औसत २ हजार फिल्म बन्छन् भने बंगलादेशमा मात्रै वर्षमा ७०–१०० फिल्म बन्छन् ।
९० को दशकमा हरेक बंगलादेशी फिल्महिन्दी फिल्मको नक्कल हुन्थ्यो । दर्शकलाई हलमा आकर्षित गर्न सन् २००० पछि चलचित्रकर्मीले पनि अश्लील चलचित्रको सहारा लिएका थिए, जसका कारण चलचित्र क्षेत्र सिमान्तमा परेको थियो र त्यसबाट हालसम्म पनि उम्कन सकेको छैन् ।
बंगलादेशमा एक हजारभन्दा बढी थिएटर बन्द
स्वतन्त्रता पछि बंगलादेश सरकारले १९७१ मा निर्णय गर्यो– कुनै पनि विदेशी फिल्मलाई आफ्नो देशमा देखाउन अनुमति नदिने। स्थानीय चलचित्रलाई त्यहाँ प्रवर्द्धन गर्ने सरकारको निर्णयको तर्क थियो तर यो निर्णय उल्टो भयो ।
सन ८०–९० को अवधिमा बंगलादेशमा दर्शकलाई मनोरञ्जन दिने खालका चलचित्र बन्न सकेनन् । त्यतिबेला ढलिउडमा नक्कल गर्ने चलन चलेको थियो । लगभग हरेक फिल्म हिन्दी फिल्मबाट नक्कल गरेर बनाइएको थियो। निर्माताहरू केवल बंगाली फिल्महरू थिएटरहरूमा चलाई रहन चाहन्थे।
मनी कन्ट्रोल रिपोर्टका अनुसार बंगलादेशमा विगत २० वर्षमा एक हजारभन्दा बढी थिएटर बन्द भएका छन् । अधिकांश सिनेमा हल मालिकहरूले आफ्ना थिएटरहरूलाई सपिङ सेन्टर वा अपार्टमेन्टमा परिणत गरेका छन्। यस्तो अवस्थामा २० साल देखी फिल्मतर्फ जनताको ध्यान कसरी खिच्ने भन्ने समस्या निर्मातालाई परेको थियो ।
९० को दशकमा बंगलादेशमा करिब १५०० सिनेमा हल थिए तर बासी बङ्गाली फिल्मका कारण दर्शक थिएटर जान छाडेका थिए ।
वासिंगटन डिसी, २९ साउन । यतिखेर एक्सका मालिक एलन मस्क र अमेरिकन राष्ट्रपति डोनाल्ड ट्रम्प बिच एक्स स्पेशमा अन्तर्वाता चलिरहेको छ ।
तर, करिब आधा घण्टाको स्पेश बार्ताले के देखाएको छ भने उनीहरूको अन्तरबार्ता जम्मा १.३ मिलियन मानिसहरूले मात्र लाइभ सुनिरहेका छन्।
यसको विपरित जब मस्कले गत वर्ष ट्विटर स्पेसमा रोन डेसेन्टिसको राष्ट्रपति अभियान सुरु गर्न मद्दत गरेका थिए, त्यो बेला लगभग ३ लाख भन्दा मानिसहरू प्रत्यक्ष संबाद सुनेका थिए ।
यस अभियानको क्रममा धेरै अन्य महत्त्वपूर्ण घटना तथा टेलिभिजन प्रसारणको तुलनामा आजको मस्क र ट्रम्पको कुराकानी सुन्ने स्रोतको संख्या भने निकै सानो रहेको छ ।
यसअघि ५१ मिलियन भन्दा बढी मानिसहरूले ट्रम्प र राष्ट्रपति जो बाइडेन बीचको बहस हेरेको निल्सन रेटिङ एजेन्सीले जानकारी दिएका थिए भने गत महिना रिपब्लिकन नेशनल कन्भेन्सनमा ट्रम्पको भाषण २८ मिलियनले हेरेका थिए।
तर, विश्वको सबैभन्दा ठुलो सामाजिक प्लेटफर्ममा स्रोता कम पाइएको वीवीसीले उल्लेख गरेको छ । न्युज कारखाना
न्युर्योक, २९ साउन । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प टविटरमा फर्किएका छन ।
उनले अमेरिकी व्यापारी तथा सोसल मिडिया साइट एक्सका मालिक एलोन मस्कलाई अन्तर्वार्ता दिईरहेका छन ।
यतिखेर एलन मस्क र ट्रम्प बिचको अन्तवार्ता चलिरहेको छ । नेपाली समय अनुसार मंगलबार बिहान ५ः४५ बजे देखी अन्तवार्ता हुने भनिए पनि प्रावधिक कारणले केही ढिलाई भएको थियो ।
अन्तर्वार्ता अघि ट्रम्पले आधा दर्जन भन्दा बढी टविट गरेका थिए । यो सामाजिक सञ्जालमा डोनाल्ड ट्रम्पको फिर्ताले उनको राष्ट्रपति चुनाव अभियानलाई बलियो बनाउने अपेक्षा गरिएको छ ।
जनवरी ६, २०२१ मा क्यापिटल हिल हिंसाका कारण ट्रम्प माथी तत्कालिनन टविटरले प्रतिबन्ध लगाइएको थियो। त्यसपछि ट्रम्प ट्वीटरबाट निष्क्रिय भएका थिए भने उनले आफनै अलग्गै सामाजिक सञ्जाल ट्रुथ सञ्चालनमा ल्याएका थिए । तर जब मस्कले २०२२ मा ट्विटर किने तव उनले ट्रम्पको खाता माथीको प्रतिबन्ध हटाए।
उनले यसबिचमा एक पटक ‘मग सट’को तस्विर सार्बजनिक गरे पनि त्यसपछि उनले कुनै टविट गरेका थिएनन् । तर, मस्कसँगको जारी अन्तर्वाता सँगै ट्रम्प टविटरमा सक्रिय भएका छन् ।न्युज कारखाना
नयाँदिल्ली, कांग्रेस सांसद तथा लोकसभामा विपक्षी दलका नेता राहुल गान्धीले शेयर बजारमा धेरै कम्पनीमा लगानी गरेका छन् ।
उनले लोकसभा चुनावअघि यसबारेमा पूर्ण जानकारी दिएका थिए । उनी प्रधानमन्त्री नरेन्द्र मोदीका कट्टर आलोचक हुन सक्छन् तर तेस्रो पटक प्रधानमन्त्री बनेपछि राहुल गान्धीको खल्ती भरिएको छ । उनले मासिक ९ लाख (नेपाली १४ लाख ४० हजार) भन्दा बढी आम्दानी गरिरहेका छन् । पछिल्लो ५ महिनामा राहुल गान्धीले आफ्नो पोर्टफोलियोबाट ४६.४९ लाख (नेपाली रुपैयाँ ७३ लाख६ हजार) रुपैयाँ कमाइसकेका छन् ।
मिडिया रिपोर्टका अनुसार १५ मार्च २०२४ सम्म राहुल गान्धीको पोर्टफोलियो ४.३३ करोड (६ करोड ९२ लाख) भारतीय रुपैयाथियो। यो संख्या १२ अगस्टमा ४.८० करोड (७ करोड ६८ लाख) रुपैयाँ पुगेको छ। राहुल गान्धीसँग एशियन पेन्ट्स, बजाज पेन्ट्स, बजाज फाइनान्स, दीपक नाइट्रेट, डिभिज ल्याब्स, जीएमएम फोडलर, हिन्दुस्तान युनिलिभर, इन्फोसिस, आईटीसी, टीसीएस, टाइटन, ट्युब इन्भेस्टमेन्ट अफ इन्डिया र एलटीआई माइन्डट्री सहित २४ वटा शेयर छन्।
राहुल गान्धीको पोर्टफोलियोमा धेरै साना कम्पनीहरूको सेयर पनि छ। यसमा वेर्टोज एडवरटाइजिंग र विनायल केमिकल्स जस्ता कम्पनीहरू सामेल छन्। यी मध्ये, भेर्टोस विज्ञापनको बारेमा धेरै चर्चा गरिएको छ। उनीसँग कम्पनीको २६० सेयर थियो । तर, शेयर बाँडफाँड र बोनसका कारण उनीसँग अहिले ५ हजार २ सय कित्ता रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन ।न्युज कारखाना
राैतहट,२८ गते साउन ।
रौतहटमा नेपाली काँग्रेस पार्टीको कार्यालयको लागि जग्गा खरिद र कार्यालय भवन निर्माणको लागि कटहरियाका एक जनाले ८५ हजार रुपैया सहयोग गरेका छन् । कटहरिया नगरपालिका वडा नम्बर ४ का पार्टी कमिटिका सभापति तथा वडाध्यक्ष प्रत्याशी हरिन्द्र प्रसाद यादवले नगद ८५ हजार रुपैया सहयोग गरेका छन् ।
यादवले पार्टीको नाममा रहेको खातामा सोमवार ८५ हजार रुपैया जम्मा गराएका हुन् । जिल्ला सदरमुकाम गौरमा नेपाली काँग्रेसको पार्टी कार्यालय संचालनको लागि जमिन र भवनको आवश्यकता रहेकोले पार्टीले गरेको आह्वान बमोजिम यादवले आफूखुसी रकम जम्मा गरेका हुन् ।
रौतहटको गरुडामा नेकाको पार्टी कार्यालय भवन रहेको भए पनि सदरमुकाम गौरमा भने अहिलेसम्म निजी घरमा रहँदै आएको थियो । पार्टीको मधेश प्रदेश सभापति कृष्णप्रसाद यादवको घरमा लामो समयदेखि पार्टी कार्यालय संचालनमा रहेको छ ।
समय समयमा पार्टी कार्यालयको स्थान परिवर्तन भइरहँदा कार्यकर्तालाई सजिलो भइरहेको हुँदैन । विभिन्न पार्टीहरुले कार्यालय भवन निर्माण गरिसकेको सन्दर्भमा नेकाको पार्टी कार्यालय सदरमुकाम गौरमा निर्माण हुने भएपछि कार्यकर्ताहरु उत्साहित बनेका छन् । सोही क्रममा कार्यकर्ताहरुले स्वतःस्फूर्त रुपमा सहयोग गरिरहेका छन् । कटहरिया नगरपालिकाबाट राम्रो सहयोग पुग्ने विश्वास रहेको वडाध्यक्ष सर्फलाल गुप्ताले व्यक्त गरेका छन् । गुप्ताले भने – हरेक निष्ठावान कार्यकर्ताको सहयोगले सदरमुकाम गौरमा नेपाली काँग्रेसले जमिन किनेर घर बनाउने छ ।
पार्टी कार्यालयको लागि जमिन र भवन निर्माणमा सहयोग गर्न पाउँदा आफूलाई निकै खुसी लागेको यादवको भनाइ छ ।
जनकपुरधाम,साउन २८ । संघीयता विरोधी गतिविधिमा लागेको भन्दै चरणबद्ध आन्दोलन घोषणा गरेको जनता समाजवादी पार्टी नेपाल निकट युवा विद्यार्थीहरुले आज जनकपुरधाममा सिटि जुलुस प्रदर्शन गरेको छ ।
जम्बो मन्त्रीमण्डल गठन गरि संघियतालाई बदनाम गर्ने प्रयास गरेको, बिगतका सरकारले स्थापना गरेको मधेशको गौरबको योजनाहरुलाई ध्वस्त पार्ने प्रयास गरि रहेको भन्दै युवा विद्यार्थीहरुले बिरोध प्रदर्शन गरेको हुन ।
जनमत नेतृत्वको सरकारले संघियता बिरोधीहरुको ईसारामा संघियतालाई नै समाप्त पार्ने प्रयास गरि रहेको भन्दै आन्दोलनकारीहरुले मुख्यमन्त्रीहरुको राजिनामा मांग समेत गरेको छ ।
जनक चौकबाट शुरु भएको प्लेकार्ड सहितको सिटि जुलुस भानु चौक हुँदै मुख्यमन्त्री कार्यालयको मुलद्वार पुगेर सम्पन्न भएको थियो ।
जुलुस मुख्यमन्त्री कार्यालयको मुलद्वार पुग्दा प्रहरी हरु संग केही बेर घम्साघम्सी समेत भएको थियो । मिल्स एरियामा प्रहरी ले लगाएको सुरक्षा घेरा तोड्दै आन्दोलनकारीहरु रेल्बे ट्र्याक सम्म पुगेको थियो ।
कार्यक्रम समापन गर्दै समाजवादी युवा संघका धनुषाका अध्यक्ष दिपु कापरले जनता बिरोधि गतिविधिमा संलग्न मुख्यमन्त्री लाई तत्काल राजीनामा दिन मांग गरेका हुन ।
चरणबद्ध आन्दोलन अन्तर्गत भोलि मंगलबार मुख्यमन्त्री लाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको छ ।
राैतहट,२८ गते साउन गते ।
रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिकामा निमित्त प्रमुख प्रशासकिय अधिकृतको रुपमा प्रमाेद गुप्ताले आजदेखि पुन: दोस्रो पटक जिम्मेवारी सम्हालेका छन् । उनलाई कार्यवाहक नगर प्रमुख अम्बेया खातुनले कार्यालयमा हाजिर गराएका हुन् ।
गुप्ता नेपाल स्वास्थ्य सेवा, हेल्थ इन्स्पेक्सन समूह तर्फका अधिकृत स्तर साताैं तहका सोही नगरपालिकामा कार्यरत कर्मचारी हुन उहाँले विगतका दिनमा पनि सो नगरपालिकाको निमित प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी पाएर कामकाज गरिसकेका छन्।
संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आजकै मितिमा पत्र काट्दै फतुवा विजयपुर नगरपालिकाकाे नि. प्रमुख प्रशासकिय अधिकृतकाे जिम्मेवारी ताेकेकाे थियो ।
निर्वाचित नगर प्रमुख निलम्बित भइसकेको र कार्यवाहक नगर प्रमुखले चलाउन नसकेको नगरपालिकाको रुपमा चिनिएको फतुवा विजयपुरमा सधै विवाद हुने गरेकाे थियो । अब उपरान्त साे समस्या सामाधान हुने नगरवासीहरूले अपेक्षा राखेका छन् ।
हाकिमकाे जिम्मेवारी पाएसँगै गुप्तालाई सामाजिक संजालमा बधाईकाे ओइरो लागेको थियोे । यसकाे संकेत याे हाे कि वहाँ सँग आम नगरवासीले भताभुंग अवस्थामा रहेकाे साे नगरपालिका राम्रो तवरले सञ्चालन हुने अपेक्षा राखेका छन् ।
कार्यभार सम्हालेपछि हाकिम गुप्ताले अब नगरपालिका सुचारु ढंगले सञ्चालन गर्ने बताए । छिट्टै नै नगरसभाकाे लागि पहल गरि नगरसभा गराउने प्रतिक्रिया दिए ।
राैतहट,२८ गते साउन ।
रौतहट जिल्लाको परोहा नगरपालिकाले धुवा मुक्त अभियान अन्तर्गत आज देखि ग्यास चुल्हो सहित ग्यास सिलिन्डर वितरण शुरु गरेको छ।
८ औ नगर सभा बाट पारित नीति कार्यक्रम अनुसार प्रत्येक घर परिवारलाइ ग्यास चुल्हो सेट वितरण गर्ने कार्यक्रम अन्तर्गत चुल्हो सहितको सिलिन्डर वितरण गर्न लागिएको हो।
परोहा नगरपालिका वडा नम्बर 4 मा रहेको बिद्यालयको प्राङ्गनमा सोमबार औपचारिक रुपमा कार्यक्रम आयोजना गरी नगरप्रमुख शेख वकिलले चुल्हो सहितको सिलिन्डर वितरणको शुभारम्भ गर्नु भएको हो।
पहिलो दिन परोहा नगरपालिका वडा नम्बर ३ तेजापाकडको स्थानीयलाइ चुल्हो सहितको ग्यास सिलिन्डर वितरण गरिएको छ। १ हजार २ सय घर रहेको सो वडाको सोमबार ७ सय परिवारलाइ ग्यास सिलिन्डर, चुल्हो, रेगुलेटर, पाइप र ग्यास लाइटर दिइएको निमित प्रमुख प्रशासकीय अधिकृत मोहमद महफुज आलमले जानकारी दिएका छन्।
ग्यास चुल्हो वितरण कार्यक्रममा नगर उपप्रमुख सुगान्धी देवी, निर्वाचित वडा अध्यक्ष, नगर पालिकाको कर्मचारी, स्थानीय भरभलादमीहरुको सहभागिता रहेको थियो।
काठमाडौं, २९ प्रतिनिधिसभाको बैठक बस्दैँछ ।
संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ बजे बस्नेछ ।
आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयवाट प्राप्त मन्त्रिपरिषदको मर्यादाक्रम हेरफेर सबन्धी पत्र र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयवाट प्राप्त कार्यभार थप सबन्धी पत्रको ब्योहोरा पढेर सुनाउने छन ।
बैठकमा पुर्वाधार विकास समितिका सभापति दिपकबहादुर सिंहले ‘पुर्वाधार विकास समितिको बार्षिक प्रतिवेदन, २०८०’ र शिक्षा स्वास्थ्य सुचना प्रविधि समितिका सभापति अम्बरबहादुर थापाले ‘शिक्षा, स्वास्थ्य तथा सुचना प्रबिधि समितिको बार्षिक प्रतिवेदन, २०८१’ पेश गर्ने कार्यसुचीमा उल्लेख गरिएको छ ।
कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति बिमला सुवेदीले ‘बेपत्ता पारिएका ब्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संसोधन) बिधेयक सबन्धी समितिको प्रतिबेदन, २०८१ पेश गर्ने महासचिव पदमप्रसाद पाण्डेले सार्बजनिक गरेको सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।
न्युज कारखाना