नुवाकोट, ११ बैशाख । आफनै साथीले बोकेको बन्दा पडकदा एकजनाको मृत्यु भएको छ ।
नुवाकोटको किम्ताङ जंगलमा आफनै साथीले बोकेको भरुवा बन्दुक पडकेर २६ वर्षीय पञ्च घलेको मृत्यु भएको हो ।
प्रहरी नायव उपरीक्षक खन्द्रबहादुर खड्काका अनुसार म्यागङ गाउंपालिका ४ किम्ताङस्थित होङभङको जंगलमा भरुवा बन्दुकको छर्रा लागेका घलेको मृत्यु भएको हो ।
उनका अनुसार अनुसार किम्ताङको जंगलमा शिकार खेल्न जंगल गएको बेला अमित तामाङले बोकेको बन्दुकको छर्रा लागेर पञ्च घलेको मृत्यु भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
यद्धपी, घटना शंकास्पद भएको भन्दै अमितलाई पक्राउ गरेर थप अनुसन्धान सुरु गरिएको उनले जानकारी दिए ।
चितवन, ११ बैशाख । चितवन–२ को मतगणना सुरु गराउनका लागि सर्वदलीय बैठक बोलाईएको छ ।
आचारसंहिता उलङ्घनको बिषयलाई लिएर नेपाली कांग्रेसले पहिला कारबाहीको अडान लिएपछि हिजै देखी नै सुरु हुने पर्ने मतगणना हुन सकेकाे थिएन ।
आज सर्वदलीय बैठक बोलाईएर सहमति खाेजेर मतगणना सुरु गर्न लागिएकाे हाे । निर्वाचन आयोग, चितवन कार्यालयले बैठक ८ बजे सर्वदलीय बैठक बोलाईएको छ ।
सोही बैठकमा सहमति खोजेर मतगणना सुरु गरिने निर्वाचन अधिकृत ईश्वर आचार्यले सञ्चारकर्मीलाई जानकारी दिएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तथा चितवनका जिल्ला प्रमुख अधिकारी (प्रजिअ)ले निर्वाचन आचारसंहिता उलङघन गरेको भन्दै हिजो कांग्रेसले उजुरी गरेको थियो । सो उजुरीको सम्बोधन नभएसम्म मतगणनामा सहभागी हुन नसक्ने अडान कांग्रेसले लिए पछि हिजो नै हुनु पर्ने मतगणना अझै सुरु हुन नसकेको हाे ।
चितवन, १० बैशाख चितवनका मुख्य प्रतिस्पर्धी मानिएका तीन मध्य एकले मात्रै मतदान गरेका छन ।
नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले मात्रै मतदान गरेका हुन । उनले चतुर्मुखी उच्च मावि शक्तिखोर मतदान केन्द्रबाट मतदान गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने तथा नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले भने मतदान गरेका छैनन ।
नेका एमाले उम्मेदवार न्यौपानेको मतदाता नामावलीमा नाम चितवन क्षेत्र नम्बर ३ मा रहेको तथा रास्वपाका सभापति लामिछानको मतदाता नामावली काठमाडौंमा रहेको तथा रहेकाले उनले उपनिर्वाचनमा भोट हाल्न नपाएका हुन ।
चितवन– २ मा श्रेष्ठ, न्यौपाने र लामिछानेलाई मुख्य प्रतिस्पर्धी मानिएको छ ।