२०८३ कार्तिक १५
२०८३ कार्तिक १५

हेटौडा, १९ चैत ।

बागमती प्रदेशसभाको बैठक बस्दैछ ।

 

सो बैठक प्रदेश सभा भवन, हेटौडामा बस्नेछ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।

प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले प्रदेशसभाको बैठक चैत १९ गते सोमबार दिउँसो १ बजे बस्ने जानकारी यसअघि नै दिएका हुन । उनका अनुसार आजको बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलको विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल हुने छ ।

 

बाग्मती प्रदेश सरकारलाइ दिएको समर्थन फिर्ता लिदैँ नेपाली कांग्रेस सरकारवाट बाहिरिए पछि मुख्यमन्त्री जम्मरकट्टेलले पुनः विश्वासको मत लिन लागेका हुन ।

 

सो प्रदेशसभामा ११० सदस्य रहेका छन । बागमती प्रदेशसभामा सत्तापक्षबाट नेकपा एमालेको २७, नेकपा माओवादी केन्द्रका २१, एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ सदस्य रहेका छन् भने प्रतिपक्षमा रहेका नेपाली कांग्रेसका ३७, राप्रपाका १३ र नेमकिपाको ३ सदस्य रहेका छन् ।

काठमाडौँ ।

गैरकानुनी सम्पत्तिआर्जनको आरोपमा पक्राउ परेका नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेललाई थप २१ दिन थुनामा राख्न अनुमति दिएको छ

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले आइतबार सुनिल र विकललाई थप २१ दिन थुनामा राख्न अनुमति दिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत माघ १० गते नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल र सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकललाई गत पक्राउ गरेको थियो ।  न्युज कारखाना

काठमाडौं, १८ चैत ।

अर्थमन्त्री वर्षमान पुन अनन्तले धरानबासीलाई पिउने पानीको व्यवस्था गर्न सरकार गम्भीर रहेको बताएका छन्।

आइतबार बधाई दिन मन्त्रालय आएका धरानका मेयर हर्क साम्पाङ राईसँग मन्त्री पुनले धरानको खानेपानी समस्याबारे आफू जानकार रहेको बताए। मन्त्री पुनले खानेपानीको दुःखले कतिपय सर्वसाधारण धरानबाट बसाई सरेर अन्यत्र गएको समेत आफूले सुनेको उल्लेख गरे । सरकारले जनतालाई स्वच्छ खानेपानीको व्यवस्थापन गर्न योजना बनाएको जानकारी दिए।

‘धरान धेरै राम्रो र सुन्दर सहर हो, त्यहाँ म केही समय बसेको पनि छु’, उनले भने, ‘खानेपानी समस्याबारे जानकारी छ । यो बजेटमार्फत केही न केही समाधान खोज्ने प्रयास हुनेछ।’ मन्त्री पुनले खानेपानी आयोजनाको माग सम्बन्धित मन्त्रालयबाट आउनुपर्ने भएकाले खानेपानी तथा सरसफाई मन्त्रालयसँग पनि कुरा गर्न सुझाए।

‘म पनि सम्बन्धित मन्त्रालयसँग कुरा गर्छु। यहाँले पनि उताबाट योजना माग गर्नुहोला’, मन्त्री पुनले, ‘म तपाईंको अभियानमा सँगै हुनेछु।’

मेयर साम्पाङले धरानबाट करिब १५ किलोमिटर दूरीमा पर्ने चतरास्थित सप्तकोशी नदीबाट लिफ्टिङ गरी पानी ल्याउन सकिने विकल्पबारे मन्त्री पुनलाई अवगत गरए । उक्त आयोजनाका लागि करिब ५ अर्ब बजेट आवश्यक पर्ने प्राविधिक अनुमान गरिएको उनको भनाइ थियो। राईले अर्थमन्त्री पुनबारे आममानिसमा सकारात्मक धारणा रहेको पाएकाले आफू योजना माग्न आएको उल्लेख गरे। मन्त्री पुनले पनि राईको काम गर्ने शैलीको प्रशंसा गरे। न्युज कारखाना

काठमाडौ, १८ चैत ।

नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक २०८० चैत्र २० गते मंगलबार दिउँसो २ः०० बजे बस्नेछ ।

सभापति श्री शेरबहादुर देउवाको निजी निवास, बुढानिलकण्ठमा बस्ने भएको हो ।

उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थित हुनेछन् ।  न्युज कारखाना

काठमाडौं, १८ चैत । 

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको माग राखेर आज पनि संसद बैठक अवरुद्ध गरेको छ ।

 

 

सदन सुरू हुनासाथ यसअघि झै कांग्रेस सांसदहरूले उठेर विरोध जनाएका थिए ।

 

त्यसपछि पार्टीको तर्फबाट कुरा राख्दै कांग्रेस सांसद सञ्जयकुमार गौतमले प्रमुख प्रतिपक्षले उठाएको कुरालाई सत्तापक्षले गम्भीर नलिएको जनाए ।

 

उनीहरूले सहकारी ठगीको सबन्धमा उपप्रधान तथा गृह मन्त्री माथी संसदीय छानविन समितिको माग गरिरहेका छन् । न्युज कारखाना

 चन्द्रपुर,१८ चैत ।

नेकपा एमाले चन्द्रपुर नगर कमिटीको अधिवेशन यही आउँदो चैत्र ३० गते हुने भएको छ ।

नेकपा एमाले चन्द्रपुर नगर कमिटीको शनिबार बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको हो । आउँदो चैत २३ गते चन्द्रपुर नगरपालिकाका १० वटा वडामा एकै दिन वडाबाट प्रतिनिधि छनौट गर्ने कार्यक्रम तय भएको छ । सो नगर अधिवेशनमा करिब २०० प्रतिनिधिको सहभागिता रहने आयोजकले जनाएको छ ।

शनिबार बसेको सचिवालय बैठकले विभिन्न उपसमिति समेत चयन गरेको छ । नगर अधिवेशन भव्यताका साथ सफल पार्नका लागि विभिन्न उपसमिति गठन गरिएको नेकपा एमाले चन्द्रपुर नगर कमिटीका कार्यवाहक अध्यक्ष राजेन्द्र तिवारीले जानकारी दिएका    छन् ।

प्रतिवेदन तथा प्रतिनिधि व्यवस्थापन समितिको संयोजकमा राजु तिवारी आर्थिक समितिको संयोजकमा रामसिंहासन यादव, प्रचारप्रसार समितिको संयोजकमा चिरञ्जीवी गौतम, अतिथि सत्कार तथा मञ्च व्यवस्थापन समितिमा लालबहादुर दोङ र रामबहादुर घलान रहेका छन् । शनिबार नेकपा एमालेका केन्द्रीय सदस्य उद्धव प्रसाद रेग्मीको प्रमुख आतिथ्यतामा बसेको सचिवालय बैठकले सो निर्णय गरेको हो ।

बैठकमा प्रदेश कमिटी सदस्य वीरबहादुर गोले, जित बहादुर बिक, नेकपा एमाले रौतहटका सचिव बाबुराम दाहाल र उपसचिव मुना लामिछाने लगायतको उपस्थितिमा बसेको सचिवालय बैठकले सो निर्णय गर्दै नेकपा एमाले चन्द्रपुर नगर कमिटीको अधिवेशन भव्यताका साथ सफल पार्ने निर्णय गरेको हो । अधिवेशनले आगामी चार वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने बताइएको छ  ।न्युज कारखाना

 

काठमाडौँ ।

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतक र सचेतकबीच शनिबार छलफल भएको छ ।

शनिबार बिहान सिंहदरबारमा भएको छलफलमा आगामी चैत २१ गतेसम्म लगातार प्रतिनिधि सभाको बैठक सञ्चालन गर्ने कार्यतालिका बनाइएको छ ।

बैठकले आइतबारदेखि बुधबारसम्म हरेक दिन संसद संचालन गर्ने तालिका बनाइएको छ भने चैत २७, २८ र २९ गते पनि लगातार संसद संचालन गर्ने तालिका बनाइएको छ । अब आइतबार विहान ११ बजे प्रतिनिधि सभा बैठक बस्दै छ ।  न्युज कारखाना

काठमाडौँ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महोत्तरी जिल्लाको समग्र विकासका लागि आफूले निरन्तर पहल गर्दै आएको र आगामी दिनमा पनि त्यसलाई जारी राख्ने बताएका छन् ।

महोत्तरीका सांसद, स्थानीय जनप्रतिनिधि एवं उद्योग वाणिज्य सङ्घ र राजनीति दलका प्रतिनिधिमण्डलले आज बालुवाटारमा गरेको भेटमा प्रधानमन्त्री प्रचण्डले आगामी आर्थिक वर्षको बजेटमा पनि महोत्तरीलाई प्राथमिकतामा राख्ने बताए ।

जलेश्वर नगरको कार्यक्रममा सरकारको सहयोग रहने र  जलेश्वर–जनकपुर–ढल्केवर करिडोरको स्तरोन्नतीलगायत विषयमा आफूले ध्यान दिएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सुशासन केन्द्रमा राखेर देशको समग्र विकासमा सरकार निरन्तर लागिपरेको स्पष्ट पारे । न्युज कारखाना

काठमाडौँ ।

नेकपा एमालेका पूर्वसचिव टोपबहादुर रायमाझीलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ ।

रायमाझीको स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज गरिएको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका वरिष्ठ मुटु रोग विशेषज्ञ डा चन्द्रमणि पौडेलले जानकारी दिएका छन् ।

मुटुको चाल कम भएपछि नेता रायमाझीलाई गत बुधबार अस्पताल भर्ना गरिएको थियो ।  न्युज कारखाना

काठमाडौं, १७ चैत ।

मस्को कन्सर्ट हमलामा ९ जना ताजिकास्तानी पक्राउ परेका छन ।

 

ताजिकिस्तानको राज्य सुरक्षा सेवाले मस्को कन्सर्ट हलमा गत हप्ता बन्दुकधारीहरूले गरेको हमलाका अपराधीहरूसँग संदिग्ध सम्पर्कको लागि ९ जनालाई पक्राउ गरेको छ ।

 

जुन घटनामा १४४ जनाको मृत्यु भएको थियो ।

 

‘वख्दत जिल्लाका नौ जना बासिन्दाहरूलाई मार्च २२ मा क्रोकस सिटी हलमा आतंककारी हमला गर्ने व्यक्तिहरूसँग सम्पर्कको लागि हिरासतमा राखिएको थियो,’ आरआईए नोवोस्ती समाचार एजेन्सीले शुक्रबार भनेको छ । ताजिकिस्तानको विशेष सेवाका अनुसार ती संदिग्धहरूलाई पक्राउ गर्ने अपरेशनमा रूसी सुरक्षा बलका सिपाहीहरू पनि संलग्न रहेको थिए ।

 

वख्दत ताजिकको राजधानी दुशान्बेको पूर्वमा अवस्थित छ।

 

रिया नोवोस्तीका अनुसार गिरफ्तार गरिएका व्यक्तिहरू आईएसआईएल (आईएसआईएस) सँग सम्बन्ध रहेको आशंका गरिएको छ।

 

यो मस्कोको अदालतले घातक कन्सर्ट हल आक्रमणमा अर्को संदिग्ध  लुटफुल्लोई नाज्रिमादलाई अभियोग लगाएको थियो र कम्तिमा मे २२ सम्म हिरासतमा राख्नुपर्ने आदेश दिइएको छ । उनीमाथी अनुसन्धान र सुनुवाइ बाँकी नै छ।

 

रुसी स्वतन्त्र समाचार साइट मिडियाजोनाले नाजरीमादलाई उद्धृत गर्दै अदालतमा आफ्नो जन्म ताजिकिस्तानमा भएको बताएको छ।

 

नजरीमाद अदालतको सामना गर्ने नवौं संदिग्ध हुन्।

 

मस्कोबाट रिपोर्टिङ गर्दै अल जजीराका डोर्सा जब्बारीले २४ वर्षीय नाजरीमादमाथि आतंकवादी गतिविधि सञ्चालन गर्ने षड्यन्त्र गरेको आरोप लागेको र उनका वकिलका अनुसार उनले केही आरोपहरू स्वीकार गरेको बताए। न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।