पोखरा ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज राजीनामा दिने भएका छन् ।
नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री पाण्डेले मंगलबार अपराह्न ३ बजेसम्ममा विश्वासको मत माग्नका लागि प्रदेश सभा सचिवालयमा सूचना पठाई सक्नुपर्ने समय थियो तर उनले सो समयसम्म प्रदेश सभा सचिवालयलाई सूचना दिएका छैनन् ।
मुख्यमन्त्री पाण्डेले राजीनामा दिएर नयाँ सरकार बनाउने दाबी गर्ने रणनीति बनाएका छन् । विश्वासको मत नपाउने निश्चित भएपछि राजीनामा दिएर मार्ग प्रशस्त गर्ने तयारीमा रहेका मुख्यमन्त्री पाण्डेले त्यसपछि बन्ने नयाँ सरकारमा पनि दाबी गर्ने भएका हुन् । मुख्यमन्त्री पाण्डे पुनः ठूलो दलको हैसियतमा मुख्यमन्त्री बन्ने रणनीतिमा रहेका छन् ।
६० सदस्यीय गण्डकीमा कांग्रेसका २७, एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित ८, राप्रपा २ र स्वतन्त्र एक सांसद छन् । गण्डकीमा बहुमतका लागि ३१ सिट आवश्यक रहेको छ । अहिलेको समीकरणमा राप्रपा, दिपक मनाङेको मत पाएर पनि बहुमत पुग्दैन । मुख्यमन्त्री पाण्डेले माओवादीको चुनाव चिन्हमा विजयी भएका नेपाल समाजवादी पार्टीका फडिन्द्र देवकोटाको समर्थन लिने प्रयास गरिरहेको बुझिएका छन् ।न्युज कारखाना
सुर्खेत ।
कर्णाली प्रदेश सभाको बैठक आज बस्दै छ ।
मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मतको प्रक्रिया पुरा गरेर मात्र राजीनामा दिने अडानका कारण मंगलबार बैठक बस्न सकेको थिएन । बैठक आज अपराहन्न ३ बजेका लागि बोलाइएको छ ।
माओवादी केन्द्रको मंगलबार बसेको संसदीय दलको बैठकले बुधबार विश्वासको मत लिएर राजीनामा दिने निष्कर्षमा पुगेपछि केन्द्रमा भएको सहमतिलाई प्रदेशले चुनौती दिने देखिएको छ । मुख्यमन्त्री शर्मा केन्द्रमा कर्णालीको मुख्यमन्त्री एमालेलाई दिने सहमतिप्रति असन्तुष्ट देखिएका छन् ।
मंगलबार दिन भर माओवादी र एमालेबीच पटक पटक छलफल भएपनि सहमति हुन नसकेपछि प्रदेश सभाको बैठक नै प्रभावित बनेको थियो ।न्युज कारखाना
काठमाडौँ ।
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । आजको बैठक बिहान ११ बजेदेखि शुरु हुने संघीय संसद सचिवालयले जानकारी दिएको छ ।
आजको बैठकमा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले संघीय निजामति सेवा विधेयक प्रस्तुत गर्ने तालिका छ भने कृषिमन्त्री ज्वालाकुमारी शाहले कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदन सहितको खाध्य स्वच्छता तथा गुणस्तर विधयेकलाई प्रस्तुत गर्ने तालिका रहेको छ ।न्युज कारखाना
पोखरा ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुधबार राजीनामा दिने भएका छन् ।
नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री पाण्डेले मंगलबार अपराह्न ३ बजेसम्ममा विश्वासको मत माग्नका लागि प्रदेश सभा सचिवालयमा सूचना पठाई सक्नुपर्ने समय थियो तर उनले सो समयसम्म प्रदेश सभा सचिवालयलाई सूचना दिएका छैनन् ।
मुख्यमन्त्री पाण्डेले बुधबार राजीनामाको तयारी गरेका छन् । उनले राजीनामा दिएर नयाँ सरकार बनाउने दाबी गर्ने रणनीति बनाएको छ । विश्वासको मत नपाउने निश्चित भएपछि राजीनामा दिएर मार्ग प्रशस्त गर्ने तयारीमा रहेका मुख्यमन्त्री पाण्डेले त्यसपछि बन्ने नयाँ सरकारमा पनि दाबी गर्ने भएका हुन् । मुख्यमन्त्री पाण्डे पुनः ठूलो दलको हैसियतमा मुख्यमन्त्री बन्ने रणनीतिमा रहेका छन् ।
६० सदस्यीय गण्डकीमा कांग्रेसका २७, एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित ८, राप्रपा २ र स्वतन्त्र एक सांसद छन् । गण्डकीमा बहुमतका लागि ३१ सिट आवश्यक रहेको छ । अहिलेको समीकरणमा राप्रपा, दिपक मनाङेको मत पाएर पनि बहुमत पुग्दैन । मुख्यमन्त्री पाण्डेले माओवादीको चुनाव चिन्हमा विजयी भएका नेपाल समाजवादी पार्टीका फडिन्द्र देवकोटाको समर्थन लिने प्रयास गरिरहेको बुझिएका छन् न्युज कारखाना।
काठमाडौँ ।
नेपाल कांग्रेसले बैशाख १५ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार तय बुधबार गर्ने भएको छ ।
आज उम्मेदवार तय गर्न बोलाएको बैठकमा केहि शिर्ष नेताहरु अनुपस्थित भएपछि बुधबार फेरी बैठक बस्ने भएको हो ।
आजको बैठकमा केन्द्रीय सदस्य शेखर कोइरालासहितका नेताहरु बैठकमा सहभागी भएका थिएनन् । सभापति देउवासँग उम्मेदवार चयनका विषयमा असहमतिका कारण उनी अनुपस्थित भएको बताइएको छ ।
इलाम-२ मा हुने प्रतिनिधिसभा र बझाङमा हुने प्रदेशसभाको उपनिर्वाचनमा अन्य दलले उम्मेदवार छानेर प्रचार शुरु गरेपनि कांग्रेसले भने अझै उम्मेदवार छानेको छैन ।न्युज कारखाना
काठमाडौं ।
नेपाली कांग्रेसको गृहमन्त्री रवि लामिछानेलाई संसदमा सफाइको मौका नदिने निष्कर्ष निकालेको छ ।
मंगलबार बसेको कांग्रेसको संसदीय बोर्डको बैठकले संसद बैठकमा गृहमन्त्री लामिछानेलाई रोष्टममा जानबाटै रोक्ने निर्णय गरेको कांग्रेसका प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिएका छन् ।
कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै आएको छ । न्युज कारखाना
सुर्खेत ।
कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा नदिने अडान लिएका छन् ।
माओवादी केन्द्रको मंगलबार बसेको संसदीय दलको बैठकले बुधबार विश्वासको मत लिएर राजीनामा दिने निष्कर्षमा पुगेको हो ।
केन्द्रमा कर्णालीको मुख्यमन्त्री एमालेलाई दिने सहमतिप्रति प्रदेशको माओवादी नेतृत्व असन्तुष्ट देखिएको छ ।
मंगलबार दिन भर माओवादी र एमालेबीच पटक पटक छलफल भएपनि सहमति हुन नसकेपछि भोलि ३ बजेसम्मका लागि प्रदेश सभाको बैठक सारिएको छ ।
सुर्खेत । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा नदिने अडान लिएका छन् ।
माओवादी केन्द्रको मंगलबार बसेको संसदीय दलको बैठकले बुधबार विश्वासको मत लिएर राजीनामा दिने निष्कर्षमा पुगेको हो ।
केन्द्रमा कर्णालीको मुख्यमन्त्री एमालेलाई दिने सहमतिप्रति प्रदेशको माओवादी नेतृत्व असन्तुष्ट देखिएको छ ।
मंगलबार दिन भर माओवादी र एमालेबीच पटक पटक छलफल भएपनि सहमति हुन नसकेपछि भोलि ३ बजेसम्मका लागि प्रदेश सभाको बैठक सारिएको छ ।
न्युज कारखाना
काठमाडौँ ।
बागमती प्रदेशका नव नियुक्त चार मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । प्रदेशका नवनियुक्त चार मन्त्रीलाई प्रदेश प्रमुख यादव चन्द्र शर्माले शपथ गराएका हुन् ।
सोमबार विश्वासको मत लिएका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले एमालेका चार जनालाई मन्त्री नियुक्त गरेका हुन् ।
मन्त्री बन्नेमा उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयमा प्रकाश श्रेष्ठ, वन तथा वातावरण मन्त्रालयमा केशव पोख्रेल, खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालयमा एकलाल श्रेष्ठ र स्वास्थ्य मन्त्रालयमा रामेश्वर श्रेष्ठ रहेका छन् ।
न्युज कारखाना
सुर्खेत ।
कर्णाली प्रदेशसभाको बैठक स्थगित भएको छ । मंगलबार दिउँसो ३ बजे बस्ने भनिएको बैठक स्थगित भएको हो ।
नेकपा माओवादी र एमालेमा विश्वासको मत लिने कि नलिने भन्ने विषयमा सहमति नजुटेको बेला बैठक स्थगित गरिएको छ ।
आज स्थगित भएको बैठक बुधबार ३ बजे बस्ने प्रदेश स्वाहा सचिवालयले जनाएको छ ।
न्युज कारखाना
काठमाडौँ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान संविधानको प्रगतिशील कार्यान्वयनका लागि आपसी एकतालाई सुदृढ गर्दै अगाडि बढ्नुपर्ने बताएका छन् ।
‘नेपाली विशेषताको समाजवाद’ विषयक अन्तरक्रियालाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री एवं नेकपा (माआवादी केन्द्र) का अध्यक्ष ‘प्रचण्ड’ले नेपालका समाजवादी, देशभक्त र राष्ट्रवादीहरू एक ठाउँमा केन्द्रित हुनेहो भने समाजवादलाई तीब्र गतिमा अगाडि बढाउन सकिने विश्वास व्यक्त गरे ।
“नेपाल यस्तो परिस्थितिमा छ, यहाँका समावादी एवं देशभक्त र राष्ट्रवादीहरू एक ठाउँमा केन्द्रित हुने हो भने समाजवादलाई तीब्र गतिमा अगाडि बढाउन सकिन्छ । यस्तो सम्भावना भएको देश नेपाल नै हो,” प्रधानमन्त्री प्रचण्डले भने, “त्यसकारण यही विषयलाई आत्मसात गरेर मैले केही जोखिम र चुनौती मोलेरै भएपनि देशभक्त वामपन्थीहरूलाई एकतामा ल्याउने जमर्को गरेकै हो ।”
समाजवादको जन्म कहाँबाट हुन्छ ? भन्ने तर्क आउने गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भने, “अन्ततः समाजवाद जन्मने भनेको सडकबाटै हो, किनकि जनता सडकमा हुन्छन् । पहिलो प्राथमिकता सडकले नै पाउनुपर्छ । समाजवाद जन्माउने जनताले हो ।”
पार्टीहरू जनतासँग जोडिए मात्रै शक्तिशाली हुने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले समाजवादको तयारीका लागि सरकार, सदन र सडकलाई अधिकतम उपयोग गर्नुपर्ने तर्क गर्नुभयो । उहाँले हरेक राजनीतिक दलले जनतालाई केन्द्रमा राख्नुपर्नेमा जोड दिए ।
यसपटक सुशासन, समृद्धि र सामाजिक न्यायका पक्षमा आगाडि बढ्ने जमर्को गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले पूरानो गठबन्धनबाट जनताको आकांक्षाअनुसार काम हुन नसकेकाले समाजवादको आधार तयार गर्न नयाँ समीकरण बनाएको स्पष्ट पारे ।
नेपालको राष्ट्रिय स्वाधीनतालाई सुदृढ गर्ने उद्देश्यका साथ समाजवादको आधार तयार गर्न आफूले पछिल्लो कदम चालेको स्पष्ट पार्दै प्रधानमन्त्री प्रचण्डले जनतालाई डेलिभरी दिनेगरी काम गरेर यसको औचित्य पुष्टि गर्नुपर्ने बताए । न्युज कारखाना