काठमाडौँ । बंगलादेशमा शेख हसिनाको सरकारविरुद्धको आन्दोलनका बीचमा भड्किएको हिंसा केही समयमै हिंसामा परिणत भएको छ । जसको असर हसिनाले सोमबार नै आफ्नो पदबाट राजीनामा दिएर देश नै छोड्नुपर्ने अवस्था सिर्जना भयो ।
हसिनाले देश छोडेर भारत आएकी छन् । अर्कोतर्फ बंगलादेशको सेनाले देशमा जतिसक्दो चाँडो शान्ति स्थापना गरी अन्तरिम सरकार गठन गर्न जोड दिएको छ । अचम्मको कुरा के छ भने शेख हसिनासँग यस्तो अवस्था पहिलो पटक होइन । शेख हसिनाले आफ्ना पिता शेख मुजिबुर रहमानको हत्या र २००८-०९ को हिंसात्मक प्रदर्शनपछि यस्तै अवस्थाको सामना गर्नु परेको थियो । तर, हसिना हरेक पटक चुनौतिहरू पार गर्दै सत्तामा फर्किएकी थिइन् ।
यसै प्रसंगमा शेख हसिनाको राजनीतिक यात्रा बारे यस रिपोर्टमा जानकारी दिइएको छ ।
सन् १९४७ मा जन्मिएकी शेख हसिना बंगलादेशी राजनीतिको सबैभन्दा प्रभावशाली र विवादास्पद चेहेरा हुन् । केही दशक लामो आफ्नो राजनीतिक अनुभवका साथ शेख हसिनाले ठूलो उचाइ हासिल गरिसकेकी छिन् । यससँगै उनीसँग धेरै विवादहरू पनि जोडिएका छन् ।
हसिनाको जीवन र राजनीति बंगलादेशको इतिहास र पृष्ठभूमिसँग प्रत्यक्ष जोडिएको छ । उनका पिता शेख मुजीब-उर-रहमान सन् १९७१ मा पाकिस्तानबाट बंगलादेशको स्वतन्त्रताको प्रमुख चेहेरा थिए । अर्थात् शेख हसिनाले बंगलादेशको स्वतन्त्रता आन्दोलनलाई नजिकबाट अनुभव गरिन् । यो आन्दोलनले उनको राजनीतिक विचारधारालाई आकार दिन पनि मद्दत गर्यो । आफ्नो बुबाको शासनकालमा शेख हसिनाले इडेन कलेजको उपाध्यक्ष पदका लागि चुनाव लडिन र जितिन् । यसबाहेक उनले बुवाको पार्टीको विद्यार्थी संगठनको पनि जिम्मेवारी सम्हालेकी थिइन् ।
तर, सन् १९७५ मा आफ्ना बुबा मुजिब–उर–रहमान र उनको परिवारको हत्यापछि हसिना बंगलादेशबाट भाग्नुपरेको थियो । धेरै वर्ष बंगलादेश बाहिर बसेपछि हसिना अन्ततः १९८० को दशकमा स्वदेश फर्किन् र यहाँको राजनीतिमा प्रवेश गरिन् ।
शेख हसिनामा उनका बुबाको कत्तिको प्रभाव थियो, त्यसको अनुमान उनले बंगलादेशमा आफ्नो राजनीतिक पार्टीको नाम अवामी लिग राखेको तथ्यबाट पनि लगाउन सकिन्छ । उनी सन् १९८१ मा पार्टीको अध्यक्ष भइन् र विपक्षी दलको नेताको रुपमा राजनीति शुरु गरिन् । उनको यो लडाई राजनीतिमा काममा आयो र अन्ततः १९९६ मा उनी पहिलो पटक बंगलादेशको प्रधानमन्त्री भइन् । उनको पहिलो कार्यकाललाई बंगलादेशका लागि ठूलो सुधारको समय मानिन्छ । यही अवधिमा देशमा आर्थिक उदारवादको उदय भयो । बंगलादेशमा ठूलो विदेशी लगानी आयो र जनताको जीवनस्तरमा पनि सुधार भयो ।
शेख हसिनाको नेतृत्वमा, बंगलादेश विश्वभर कपडा उद्योगको एक महत्त्वपूर्ण केन्द्र बन्यो । हसिनाले शिक्षा र स्वास्थ्यका क्षेत्रमा पनि ठूलो जोड दिएकी थिइन् । विद्यालयका बालबालिकालाई नि:शुल्क पुस्तक उपलब्ध गराउने उनको योजनाले उनलाई निकै लामो यात्रा गरेको थियो ।
तर, यी उपलब्धिहरूका बाबजुद हसिनाको कार्यकाल पनि विवादबाट मुक्त हुन सकेन । उनको प्रशासन न्यायपालिकासँगको टकरावको लागि प्रख्यात थियो । शेख हसिनामाथि अदालतको स्वतन्त्रता र स्वायत्ततासँग खेलवाड गरेको आरोप पनि लागेको थियो । यसका लागि धेरै देशले उनको आलोचना पनि गरेका छन् । अर्कोतर्फ विपक्षी दलहरूले पनि हसिनामाथि अधिनायकवादको आरोप लगाएका छन् । धेरै मानव अधिकार संगठनहरूले पनि शेख हसिनाको अडानको विरोध गरे, विशेष गरी इस्लामिक जमात-ए-इस्लामी पार्टीप्रति । अन्ततः सन् २००१ मा उनले विपक्षी दल र प्रतिद्वन्द्वी खालिदा जियाको हातबाट पराजय भोग्नुपरेको थियो ।
२०२४ मा शेख हसिनासँग भएको घटनाक्रम नयाँ होइन। सन् २००६ मा पनि यस्तै केही भएको थियो, जब अक्टोबरमा सत्तामा रहेको बंगलादेशी नेसनलिस्ट पार्टी (बीएनपी) सरकार अचानक चुनाव घोषणा गरेर कार्यवाहक शासनतर्फ गयो । यस क्रममा शेख हसिना सरकारले बीएनपी सरकारले बंगलादेशका प्रधानन्यायाधीशको अवकाश उमेरलाई असंवैधानिक रूपमा बढाएको आरोप लगाएको थियो । यो घटनाले केही समयमै हिंसात्मक मोड लियो र अवामी लीगको नेतृत्वमा देशभर चर्को प्रदर्शन भयो। यद्यपि, सेनाले पछि २००७ मा कामचलाउ सरकारलाई समर्थन गर्यो। तर, यसले अवस्था झनै बिग्रियो । त्यति बेला कार्यवाहक सरकारले शेख हसिनालाई भ्रमण सकेर स्वदेश फर्किन पनि रोक्यो । पछि, मानवअधिकार संगठनहरूबाट सम्पूर्ण घटनाको आलोचना र विभिन्न देशहरूको दबाबका कारण हसिनालाई फर्किन अनुमति दिइएको थियो । तर, सम्पूर्ण विवाद यहीँ टुंगिएन । फर्किएपछि शेख हसिनालाई भ्रष्टाचारको आरोपमा जेल पठाइयो ।
बंगलादेशमा ९० दिनभन्दा बढी समय शासन गरेपछि सेनाद्वारा स्थापना गरिएको कार्यवाहक सरकारले अन्ततः देशमा निर्वाचन गराउने निर्णय गरेको छ । २९ डिसेम्बर २००८ मा भएको चुनावमा, अवामी लिग र यसको साझेदार पार्टीहरूको गठबन्धनले दुई तिहाई सीटहरू कब्जा गर्यो । त्यतिबेला सन् २००६ सम्म सत्तामा रहेका बिएनपी र जमात ए इस्लामी प्रतिपक्षमा बस्नुपरेको थियो । सन् २००९ मा शेख हसिना फेरि बंगलादेशको प्रधानमन्त्री बनेकी थिइन् ।
यो सम्पूर्ण घटनापछि शेख हसिनाले बंगलादेशमा तीन कार्यकालमा १५ वर्ष शासन गरिन् । तर, उनको जितलाई लिएर विपक्षीले पटकपटक निर्वाचन प्रक्रियामा अनियमितता भएको र राजनीतिक दल तथा स्वतन्त्र संस्थालाई धम्की दिएको आरोप लगाएका छन् । आलोचकहरूले पनि शेख हसिना सरकारमा विपक्षीहरूलाई दबाउन खोजेको गुनासो गरेका छन् । यद्यपि, उनका समर्थकहरूले बंगलादेशमा जारी विकास कार्य र आर्थिक सुधारका कारण उनको छविलाई प्रगतिशील रूपमा चित्रण गर्न जारी राखे ।
शेख हसिना पनि दुई पटक घातक हमलाबाट बाँचेकी छिन् । उनीमाथि पहिलो हमला सन् १९७५ मा भएको थियो, जब उनका बुबा मुजिब र उनको सम्पूर्ण परिवारको हत्या भएको थियो । संयोगवश शेख हसिना देशबाहिर भएकाले बचिन् । तर, उनीमाथि दोस्रो आक्रमण प्रत्यक्ष थियो । २००४ मा, एक ग्रेनेड उनलाई हानिएको थियो, जसमा उनी नराम्ररी घाइते भइन् । यस आक्रमणमा दुई दर्जनभन्दा बढीले ज्यान गुमाएका थिए । तर, शेख हसिना बाँचिन् ।
न्युज कारखाना
काठमाडौँ । ‘स्त्री २’ फेम अभिनेत्री श्रद्धा कपुरको आफ्नो प्रेमी राहुल मोदीसँग ब्रेकअप भएको छ ।
भारतीय मिडियाहरुले राहुल र श्रद्धाको ब्रेकअप भएको उल्लेख गरेका छन् । ब्रेकअप भएको खबरकै बीचमा श्रद्धाले सामाजिक संजालमा राहुल र उनकी बहिनी, उनको प्रोडक्सन र कुकुरको पेजलाई पनि अनफलो गरेपछि ब्रेकअपको खबर अझ चर्चामा रहेको छ ।
केही समयअघि श्रद्धाले आफ्नो सामाजिक सञ्जालमा तस्विर शेयर गरेकी थिइन् । यी तस्विरहरूमा उनी आर अक्षर भएको पेन्डेन्ट लगाएकी देखिएकी छिन् । यी तस्विरहरु बाहिर आएसँगै फ्यानहरुले उनले राहुल मोदीको नाम लेखिएको पेन्डेन्ट लगाएको अनुमान गरेका थिए ।
विगत केही दिनदेखि राहुल मोदीलाई श्रद्धाको ब्वायफ्रेन्ड भनिएको थियो । दुबै अनन्त-राधिकाको प्रि-वेडिङमा पनि सँगै देखिएका थिए ।
राहुल मोदी तू झुठी मैं मक्कर, पंचनामा २, सोनू के टीटू की स्वीटी जस्ता फिल्मका लेखक हुन् । श्रद्धा र राहुलले आफ्नो सम्बन्धको औपचारिक घोषणा गर्न लागेकै समयमा ब्रेकअपको खबर आएको छ ।
केही समय अघि हिन्दुस्तान टाइम्सले श्रद्धा र राहुलले चाँडै नै आफ्नो सम्बन्धको आधिकारिक घोषणा गर्ने उल्लेख गरेको थियो ।
वर्कफ्रन्टको कुरा गर्ने हो भने, श्रद्धा छिट्टै फिल्म ‘स्त्री २’ मा देखिनेछिन् । कमेडी हरर फिल्ममा उनको साथमा पंकज त्रिपाठी र राजकुमार राव पनि रहनेछन् । यो फिल्म अगस्ट १५ मा रिलिज हुँदैछ ।
न्युज कारखाना
काठमाडौं । चितवनको सिमलताल पहिरोसँगै त्रिशुलीमा वेपत्ता दुई बस र यात्रू बारे अध्ययन गर्न गठित कार्यदलले आज गृहमन्त्री रमेश लेखकलाई प्रतिवेदन बुझाउने भएको छ ।
आज दिउँसो साढे १ बजे गृहमन्त्री लेखकलाई कार्यदलले प्रतिवेदन बुझाउने गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ । गृहमन्त्री लेखकले सो दुर्घटनाबारे अध्ययन गर्न सहसचिव छवि रिजालको नेतृत्वका तीन सुरक्षा निकायबाट तीन जना, भौतिक मन्त्रालयबाट एक जना गरी ५ जनाको कार्यदल गठन गरेका थिए ।
गत असार २८ गते नारायण-मुग्लिन सडकखण्ड अन्तर्गत सिमलतालमा वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३-००६ ख १५१६ नं र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ ख २४५९ नम्बरको बस पहिरोले बगाई त्रिशूली नदीमा बेपत्ता भएको थियो । दुई बसमा ६५ यात्रु सवार थिए । तीन जनाले आफै ज्यान जोगाएका थिए भने २४ जनाको शव फेला परेको थियो । अझै दुई बस र बसमा सवार ३८ यात्रूको अवस्था अज्ञात रहेको छ ।न्युज कारखाना
काठमाडौँ । फ्रान्स र स्पेन जारी पेरिस ओलम्पिकको फुटबलको फाइनलमा पुगेका छन् ।
गएराती सम्पन्न सेमिफाइनलको खेलमा फ्रान्सले इजिप्टलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । निर्धारित ९० मिनेटको खेलमा १-१ गोलको बराबरी भएपछि खेल ३० मिनेटको अतिरिक्त समय खेलाइएको थियो । अतिरिक समयमा फ्रान्सले २ गोल गरेपछि ३-१ गोलले विजयी भएको थियो ।
त्यस्तै अर्को सेमिफाइनलमा स्पेनले मोरक्कोलाई २-१ ले पराजित गर्दै फाइनलमा पुगेको हो ।
अब स्वर्ण पदकका लागि फ्रान्स र स्पेन अगस्त ९ मा खेल्ने छन् भने ८ अगस्तमा काश्य पदकका लागि मोरक्को र इजिप्ट खेल्ने छन् ।
न्युज कारखाना
काठमाडौँ । बंगलादेशको प्रधानमन्त्री शेख हसिनाका छोरा साजिब वाजिब जोयले आफ्नी आमाले आइतबार नै राजीनामा दिने तयारी गरेको बताएका छन् ।
बिबिसीसँग कुरा गर्दै साजिबले केहि मानिसहरुको भिडले आफ्नी आमालाई सत्ताबाट बाहिर पुर्याएको बताउदै अब आफ्नी आमाको राजीनितिक पुनरागमन सम्भव नभएको बताएका छन् ।
उनले भनेका छन्- ‘उनले विगत १५ वर्षमा बंगलादेशलाई परिवर्तन गरिन् । उनी सत्तामा आउदा बंगलादेशलाई एक गरिब देश मानिन्थ्यो तर आज यसलाई एशियाको उदीयमान बाघ मानिन्छ को रूपमा हेरिएको छ ।’
उनले सरकारले विद्यार्थीमाथि दमन गरेको आरोप अस्वीकार गर्दै भने, ‘आइतबार मात्रै १३ जना प्रहरीलाई भीडले कुटेर मारेको छ, यस्तो अवस्थामा प्रहरीबाट के अपेक्षा गर्ने ?’ साजिबले भने- ‘अब उनकी आमाको राजनीतिक पुनरागमन सम्भव छैन।’
उनले बीबीसीलाई भने, ‘उनी अहिले ७० वर्षको उमेरमा छिन् । उनको कडा परिश्रमको बाबजुद पनि केही मानिसहरूले उनको विरुद्धमा विद्रोह गरे । मलाई लाग्छ उनी कहिल्यै पुनरागमन गर्नेछैनन् ।’
आरक्षण विरोधी आन्दोलन चर्किदै गएपछि प्रदर्शन उग्र हुदा हसिनाले सोमबार पदबाट राजीनामा दिदै देश छोडेर भारत पुगेकी छन् । उनी छिट्टै लन्डन जानसक्ने भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
न्युज कारखाना
२२ साउन, महोत्तरी
हाम्रो माया घर निर्माणार्थ महोत्तरीको बर्दिवासमा शिव पुराण माहायज्ञको आज देखि कथावाचन प्रारम्भ भएको छ । राधिका दाशीले वाचन गर्ने उक्त माहायज्ञ २९ गतेसम्म जारी रहनेछ ।
सडक मानवरहित उदेश्यले निर्माण गर्न लागिएको भवन निर्माणार्थ आयोजना भएको माहायज्ञवाट झन्डै २ करोड दान संकलन गर्ने आयोजक पक्षले लक्ष्य लिएको छ । माहायज्ञ मुल आयोजक समितिका संयोजक हिरालाल गौतमका अनुसार कथावाचन पारम्भ हुनुभन्दा अगावै दान, सहयोगमा उत्साह देखिएको छ ।
`हामीले सहयोगको आफ्नै मापदण्ड वनाएका छौ । मापदण्डको पोरिफेरिमा रहेर कसैले नगद, कसैले कोठा निर्माण, कसैले इट्टा सहयोगको घोषणा भैइसकेको छ ।´ संयोजक गौतमले भने । `सडक मानव विस्थापनको यो अभियानमा सवैको हातेमालो रहेको छ ।´
सोमवार हजारौं नगरवासीले निकालेको कलशयात्राले प्रतिवद्वताको सन्देश प्रवाह गरेको आयोजकलाई थप उत्साहित वनाएको सचिव चेत कुमार थापाले वताए । झन्डै २३ लाख खर्च हुने अनुमान गरिएको माहायज्ञमा १ लाखभन्दा बढी भक्तजन आउने अनुमान गरिएको छ ।
बर्दिवास-२ मा रहेको २ कठ्ठा जगामा निर्माण हुन लागेको भवनको डिपिआर अनुसार लागत ११ करोड लाग्ने वताईएको छ । प्रराम्भिक चरणमा आधारहरु तयार गर्न माहायज्ञ लगाउने निर्णय भएतापनी अब यसपछी भने तिनै तहका सरकारसँग अनुरोध गर्ने संयोजक गौतमले वताए ।न्युज कारखाना
काठमाडौँ । बंगलादेशकी पुर्वप्रधानमन्त्री एवं विपक्षी दलकी नेतृ खालिदा जिया जेलबाट रिहा हुने भएकी छन् ।
बंगलादेशका राष्ट्रपति मोहमद शहबिद्दीनले जेलमा रहेकी खालिदा जियालाई तत्काल रिहा गर्न आदेश दिएको स्थानीय मिडियाहरुले उल्लेख गरेका छन् ।
७८ बर्षिय जिया सन् २०१८ मा भ्रष्टाचारको मुद्दामा १७ वर्षको जेल सजाय सुनाइएपछि हाल जेलमा रहेकी छन् ।
यसैबीच नोबेल पुरस्कार विजेता मोहमद यूनुसको नेतृत्वमा बंगलादेशमा अन्तरिम सरकार गठनको तयारी शुरु भएको बताइएको छ ।
आरक्षण विरोधी अभियानका संयोजक नाहिद इस्लामले यूनुसको नेतृत्वमा अन्तरिम सरकारको रुपरेखा तयार भइरहेको बताएका छन् । यूनुसले बंगलादेशमा ग्रामिण बैंकको स्थापना गरेर गरिबी विरोधी अभियान संचलान गरेका कारण २००६ मा नोबेल शान्ती पुरस्कार पाएका थिए ।
सोमबार प्रधानमन्त्रीबाट राजीनामा दिएर भारतको शरणमा रहेकी शेख हसिना भने अहिलेसम्म भारतमै रहेकी छन् भने उनी लन्डन जानसक्ने बताइएको छ । न्युज कारखाना
काठमाडौँ । जारी पेरिस ओलम्पिकमा अहिलेसम्म ७३ देशले पदक जितेका छन् । आइतबार सम्पन्न खेलपछि ४५ देशले स्वर्ण पदक जितेका छन् भने कुल ७३ देशले पदक जितेका छन् ।
जसमा चीन २१ स्वर्ण, १८ रजत र १४ काश्य पदक जितेर शिर्ष स्थानमा रहेको छ भने अमेरिका २० स्वर्ण, ३० रजत र २८ काश्य पदक जितेर दोस्रो स्थानमा रहेको छ ।
त्यस्तै आयोजक फ्रान्स १३ स्वर्ण, १६ रजत र १९ काश्य पदकसहित तेस्रो स्थानमा रहेको छ भने अस्ट्रेलिया १३ स्वर्णसहित १२ रजत र ८ काश्य पदक जितेर चौथो स्थानमा रहेको छ ।
त्यसैगरी ग्रेट ब्रिटेन १२ स्वर्ण, १३ रजत र १७ काश्य पदकसहित पाँचौं स्थानमा रहेको छ । त्यस्तै दक्षिण कोरियाले ११ स्वर्ण, ८ रजत र ७ काश्य पदक जितेको छ भने जापानले १० स्वर्णसहित ५ रजत र ११ काश्य पदक जितेको छ ।
त्यसैगरी इटालीले ९ स्वर्ण, १० रजत र ६ काश्य पदक जितेको छ भने नेदरल्याण्डसले ७ स्वर्ण, ५ रजत र ५ काश्य पदक जितेको छ । त्यस्तै जर्मनीले ७ स्वर्ण, ५ रजत र ४ काश्य पदक जितेको छ भने क्यानडाले ५ स्वर्ण, ४ रजत र ८ काश्य पदक जितेको छ ।
त्यसैगरी न्यूजिल्याण्ड, रोमानिया, हंगेरी, स्विडेन र आयरल्याण्डले ३-३ स्वर्ण पदक जितेका छन् भने ब्राजिल, युक्रेन, क्रोसिया, बेल्जियम, हङकङ, अजरबैजान, फिलिपिन्स र सर्बियाले २-२ स्वर्ण पदक जितेका छन् ।
त्यसैगरी इजरायल, स्पेन, जर्जिया, स्वीजरल्याण्ड, काजकिस्तान, दक्षिण अफ्रिका, केन्या, डेनमार्क, चाइनिज ताइपेइ, उज्बेकिस्तान, चेक रिपब्लिक, ग्वाटेमाला, अर्जेन्टिना, अल्जेरिया, चिली, डोमिनिक, इक्वेडर, स्लोभेनिया, सेन्ट लुसिया, नर्वे, र युगाण्डाले एक एक स्वर्ण पदक जितेका छन् ।
त्यसैगरी अहिलेसम्म ओलम्पिक पदक जित्ने देशमा जमैका, मेक्सिको, उत्तर कोरिया, ग्रिस, पोल्याण्ड, कोसोभो, टर्की, अर्मेनिया, कोलोम्बिया, इथोपिया, फिजी, मंगोलिया, थाइल्याण्ड, ट्युनिसिया, भारत, मोलडोभा, ताजकिस्तान, डोमिनिका अस्ट्रिया, काबो भेर्ड़े, क्युबा, इजिप्ट, ग्रेनाडा, इन्डोनेसिया, लुथियाना, मलेसिया, पोर्चुगल र स्लोभाकिया रहेका छन् ।न्युज कारखाना
काठमाडौँ । काठमाडौँमा जारी काभा महिला नेसन्स भलिबल लिगको सेमिफाइनलका खेल आज हुदै छन् ।
यो खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुने सेमिफाइनल खेलमा पहिलो खेल अपराहन्न ३ बजे भारत र श्रीलंकाबीच हुदै छ ।
त्यस्तै दोस्रो सेमिफाइनल खेल नेपाल र इरानबीच अपराहन्न ५: १५ बजेदेखि शुरु हुने छ ।
यस अघि समुह चरणको खेलमा भारत १० अंकसहित शिर्ष स्थानमा रहेर सेमिफाइनलमा पुगेको छ भने नेपाल ९ अंकसहित दोस्रो स्थानमा रहेर सेमिफाइनलमा पुगेको हो ।
त्यस्तै इरान ७ अंकसहित तेस्रो भएर सेमिफाइनलमा पुगेको छ भने श्रीलंका ४ अंकसहित चौथो हुदै सेमिफाइनल खेल्दै छ ।
त्यस्तै प्रतियोगितामा सहभागी माल्दिभ्स लिग चरणबाट बाहिरिएको थियो ।न्युज कारखाना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको उत्तर तर्फ तथा पश्चिममा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ ।
हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। बागमती प्रदेशको केही स्थानहरुमा, गण्डकी प्रदेशको थोरै स्थानहरुमा, कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा गर्जन/चट्याङ्ग हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर साधारणतया बदली रहने छ। सबै प्रदेशका धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।
आज राती देशभर साधारणतया बदली रहने छ । सबै प्रदेशका धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सबै प्रदेशका थोरै स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । साथै बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश एक-दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहको छ ।