

नयाँदिल्ली, २७ साउन । केन्द्रीय लोक निर्माण विभागले तीन इन्जिनियरलाई निलम्बन गरेको छ ।
उनीमाथि दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको सरकारी निवासको नवीकरणमा कथित अनियमितता भएको आरोप छ।
केजरीवालको आदेशमा यी इन्जिनियरहरूले अन्य चार जनासँग मिलेर परिमार्जनको नाममा धेरै नियम उल्लङ्घन गर्दै सामानको मूल्य पनि बढाएका थिए ।
यी इन्जिनियरहरूको नाम प्रदीप कुमार परमार, अभिषेक राज र अशोक कुमार राजदेव हुन्। यी तीनले केजरीवालको बंगला नवीकरणमा सबैभन्दा ठूलो भूमिका खेलेका थिए। उनलाई समर्थन गर्ने चार जनालाई पनि निलम्बन गरिएको छ । सीबीआईले यस मुद्दामा पहिले नै अनुसन्धान गरिरहेको छ।
प्रदीप परमार हाल गुवाहाटी, असममा, अभिषेक राज पश्चिम बंगालको खड़गपुरमा कार्यरत छन्। सतर्कता विभागका अनुसार यी इन्जिनियरहरूले सार्वजनिक निर्माण विभागसँग मिलेर काम गरेका थिए । उनले कोभिड–१९ को समयमा केजरीवालको नयाँ बंगला निर्माण गर्न अनुमति दिन आपतकालीन खण्ड प्रयोग गरे, यद्यपि त्यतिबेला त्यस्तो कुनै आपतकालीन अवस्था थिएन।न्युज कारखाना
नयाँदिल्ली, २७ साउन । लामो समयदेखि बिरामी रहेका भारतका पूर्व बिदेश मन्त्री के. नटवर सिंहको शनिबार राति निधन भएको छ । उनी ९३ वर्षको थिए ।
उनले गुरुग्रामको मेदान्त अस्पतालमा अन्तिम सास लिए, जहाँ उनी पछिल्लो केही हप्तादेखि भर्ना थिए । पारिवारिक स्रोतका अनुसार उनका छोरा अस्पतालमा छन् र उनको परिवारका अन्य सदस्यहरू अन्तिम संस्कारका लागि आइतबार दिल्ली आउँदैछन्।
नटवर सिंहले २००४–०५ मा युपीए आई सरकारमा भारतको विदेश मामिला मन्त्रीको रूपमा सेवा गरेका थिए । सो अवधिमा प्रधानमन्त्रीको रुपमा मनमोहन सिंह थिए। उनले पाकिस्तानका लागि राजदूतको रूपमा पनि काम गरेका थिए भने सन् १९६६ देखि १९७१ सम्म तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीको कार्यालयमा रहेका थिए ।
नटवर सिंहको जन्म १६ मे १९३१ मा राजस्थानको भरतपुर जिल्लामा भएको थियो । उनको पूरा नाम कुँवर नटवर सिंह थियो र उनी शाही परिवारका थिए। उनले मेयो कलेज, अजमेर र क्याम्ब्रिज विश्वविद्यालयबाट शिक्षा हासिल गरेका थिए । त्यसपछि उनी भारतीय विदेश सेवामा सामेल भए र १९५३ मा आफ्नो सेवा सुरु गरेका थिए । न्युज कारखाना
काठमाडौं, २७ साउन । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) केन्द्रीय समितिको बैठक आजदेखि सुरु हुँदैछ ।
साउन २७ देखी ३० गतेसम्म चल्ने नवगठित केन्द्रिय समिति बैठकमा मुलुकको समसामयिक राजनीतिक, पार्टीको सङ्गठन कार्यबिभाजन र सुदृढीकरणलगायत विषयमा छलफल हुनेछ ।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवका अनुसार बदलिदोँ वर्तमान राष्ट्रिय राजनीतिक सन्दर्भमा पार्टीको भूमिका, पार्टीको वैचारिक एवं सैद्धान्तिक अवधारण तथा संविधान संशोधनको आवश्यकता र अपरिहार्यता सम्बन्धमा छलफल हुनेछ ।न्युज कारखाना
काठमाडौं, २७ साउन । भारतका विदेश सचिव विक्रम मिस्री आज नेपाल भ्रमणमा आउने भएका छन् ।
केपी ओली नेतृत्वमा सरकार गठन भए पछि पहिलो पटक भारतवाट उच्च स्तरीय भ्रमण हुन लागेको हो ।
सो भ्रमणको क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री आरजु राणा देउवालगायत शीर्ष नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको बताइको छ ।
परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणामा उनी नेपाल आउन लागेको जनाइएकाृ छ । अघिल्लो महिना परराष्ट्र सचिव लम्साल भारत भ्रमणमा गएको बेला भारतीय सचिव मिस्रीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएकी थिइन् ।
गत जुलाईमा भारतको विदेश सचिवमा नियुक्त भएका मिस्रीले हालै मात्रै छिमेकी मुलुक भुटानको औपचारिक भ्रमणमा गएका थिए ।न्युज कारखाना
सुर्खेत ।
सुर्खेतस्थित भेरी नदीमा शनिबार बाढीको खतरा रहेको छ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार समजिघाट जल मापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको हो।
नदीको जलसतह बढ्दो रहेकाले नदी तटीय क्षेत्रमा दिउँसो १२ बजे सम्म सतर्कता अपनाउन महाशाखाले एसएमएस अलर्टसमेत जारी गरेको छ।
न्युज कारखाना
रौतहट । छतमा खेल्ने क्रममा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ। ईशनाथ नगरपालिका-४ मठिया टोल बस्ने महमद साहबानको छोरा ६ वर्षीय महमद सुलतानको करेन्ट लागेर शुक्रबार बिहान मृत्यु भएको हो।
आफ्नै घरको छतमा खेल्ने क्रममा विद्युतीय तारमा छुन गई करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ। न्युज कारखाना
काठमाडौं । झापाको हल्दीबारीमा डेंगी संक्रमणबाट शिक्षिकाको ज्यान गएको छ।
हल्दीबारी-३ मा रहेको चिल्ड्रेन गार्डेन अंग्रेजी विद्यालयमा कार्यरत ४२ वर्षीया शिक्षिका विमला दाहाल पौडेलको उपचारको क्रममा बी एन्ड सी अस्पताल बिर्तामोडमा निधन भएको हो।
महिला ज्वरो आएर उपचारको लागि प्रादेशिक अस्पताल, ओम साई अस्पताल पुगेकोमा त्यहाँ उपचार सम्भव नभएपछि उनलाई बी एन्ड सी अस्पताल लगिएको थियो। उनको अस्पतालमा उपचारकै क्रममा ज्यान गएको हो।न्युज कारखाना
गलेश्वर । म्याग्दीको बेनी–दरबाङ सडकखण्डको लाम्पाटा रणबाङ क्षेत्रमा शुक्रबार साँझ पहिरो खस्दा सडक अवरुद्ध भएको छ। पहिरो खस्ने क्रम नरोकिएकाले यात्रु सास्ति खेप्न बाध्य छन्।
बिरामीलाई बोकेर पहिरो पार गराउने गरिएको र यात्रु जोखिम मोलेर पहिरो पार गर्न गरिरहेका छन्। पश्चिम म्याग्दीको तीन पालिकासँगै बागलुङको पश्चिम क्षेत्र जोड्ने बेनी–दरबाङ सडकखण्ड शुक्रबारदेखि अवरुद्ध भएको हो।
निरन्तर पहिरो खस्ने क्रम जारी रहेकाले पन्छाउने काममा अवरोध पुगेको प्रहरीले जनाएको छ।न्युज कारखाना
काठमाडौं । ट्राफिक प्रहरीले मोटरसाइकल चोरीमा संलग्न तीन जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले ललितपुरको बालकुमारी र भक्तपुरको कौशलटारमा मोटरसाइकल चोरीमा संलग्न तीन जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा झापा कमल गाउँपालिका घर भइ हाल काठमाडौंको सीतापाइला बस्ने ३० वर्षीय युवराज राई, सोही ठाउँ बस्ने २१ वर्षीय नवीन भट्टराई र मकवानपुरको बागमती गाउँपालिका–३ घर भएका २१ वर्षीय प्रेमबहादुर पाख्रिन रहेका छन्।
कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक विश्वराज खड्काले राई र भट्टराईलाई बालकुमारी र पाख्रिनलाई कौशलटारबाट पक्राउ गरिएको बताए।
बागमती प्रदेश ०२–०४९ प २५१३ नंको मोटरसाइकललाई चोरी गरी नम्बर परिवर्तन गरेर प्रदेश २–०२–०२७ प ४३२३ नं बनाएर चलाएकाले भट्टराई र राईलाई पक्राउ गरिएको प्रवक्ता खड्काले बताए।
नियन्त्रणमा आएका तीनै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त बालाजु पठाइएको छ।न्युज कारखाना