काठमाडौं, २७ साउन । नेपाली कांग्रेसका सांसद गगन थापाले ४० प्रतिशत मत ल्याउने पार्टीलाई एकल सरकार बनाउन दिने गरी संविधान संसोधन गर्न सकिने बताएका छन् ।
प्रतिनिधिसभाको जारी बैठकको बिशेष समयमा बोल्दै थापाले ४० प्रतिशत मत ल्याउने पार्टीलाई एकल सरकार चलाउन दिने गरी संविधान संसोधन गर्न सकिने उपायतिर जान सकिनेछ ।
‘संविधान संसोधनको कुराले धेरैजना आत्तिएको देख्छु तर आत्तिनु पर्दैन्, प्रतिनिधिसभा र राष्ट्रियसभालाई अझ बढी समावेशी र समानुपातिक प्रतिनिधित्व गराउने गरी संविधान संसोधन गर्नुपर्छ,’ थापाको प्रस्ताव छ, ‘बरु, ४० प्रतिशत मत ल्याउने पार्टीलाई एकल सरकार चलाउन पाउने गरी बरु सरकार चलाउन दिनुपर्छ, यसमा छलफल गरौं,’ थापाले भने ।
साथै, नेपाली कांग्रेस र नेकपा एमाले बिचमा नयाँ सरकार गठन प्रक्रियामा सामेल नभए पनि रक्षाका लागि उभिने थापाले बताए ।
‘यो सरकार गठन प्रक्रियामा संलग्न सांसद म होइन तर यो सरकारको रक्षा मैले गर्नेछु,’ उनले भने । न्युज कारखाना
काठमाडौं, २७ साउन । नेपाली कांग्रेसका सांसद गगन थापाले केपी ओली नेतृत्वको सरकार निमार्ण गर्न आफु नलागेको बताएका छन ।
नेपाली कांग्रेस र नेकपा एमाले बिचमा नयाँ सरकार गठन प्रक्रियामा सामेल नभए पनि रक्षाका लागि उभिने थापाले बताए ।
‘यो सरकार गठन प्रक्रियामा संलग्न सांसद म होइन तर यो सरकारको रक्षा मैले गर्नेछु,’ उनले भने । न्युज कारखाना
जनकपुर, २९ साउन । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले ८ राज्यमन्त्रीलाई हटाएका छन् ।
जम्बो मन्त्रिपरिषद् बनाएको भन्दै चर्को आलोचना भएको तथा जनमत पार्टीले स्पष्टीकरणसमेत सोधे पछि मुख्यमन्त्री सिंहले आज ८ राज्यमन्त्रीलाई हटाएका हुन् ।
उनले संघीय सरकारका झै २० मन्त्रि परिषद गठन गरेका थिए, आज ८ जना राज्य मन्त्री हटाए पछि १२ जना मन्त्रिपरिषदमा सिमित भएको छ ।
मुख्यमन्त्री सिंहले एमालेका मोहम्मद जैद आलम, लोसपाका रामवावु यादव, जनमतका शम्भु कुमार साह, कांग्रेसका रेखा ठाकुर र निलम कुमारीलाई थप राज्यमन्त्री नियुक्त गरेका थिए, यसअघि नै उनको मन्त्रीमण्डलमा एमालेका केशव राय, शारदादेवी थापा र जनमतका रन्जु खंगलाई राज्यमन्त्री नियुक्त भईसकेका थिए आज सबैजसो राज्यमन्त्री पदमुक्त भएका छन् ।न्युज कारखाना
वासिङटन डिसी, २९ साउन । रिपब्लिकन पार्टीका राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पले सोमबार उपराष्ट्रपति कमला ह्यारिसको मिशिगनको र्यालीमा ठूलो भीड नभएको दाबी गरेका छन्। र्यालीमा बढी भीड देखाउन एआई प्रयोग गरिएको उनले बताए ।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथमा ह्यारिसलाई नक्कली भीड देखाएको कारणले २०२४ को चुनावका लागि अयोग्य घोषित गर्नुपर्ने लेखेका छन् । उनले नक्कली छवि बनाउनु गलत भएको बताए ।
कमलाले बुधबार (७ अगस्ट) मिशिगनको डेट्रोइटमा चुनावी र्यालीलाई सम्बोधन गरेकी थिइन्। यो र्याली अघि विमानस्थलमा ठूलो भीड जम्मा भएको थियो । यसको तस्बिर सामाजिक सञ्जालमा भाइरल भयो, त्यसपछि ट्रम्पले यो सबै नक्कली भएको बताएका हुन् ।
ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कमलाले एयरपोर्टमा धोका दिएको कसैको ध्यानाकर्षण भयो ? उनले समर्थकहरूको ठूलो भीड देखाइन् तर त्यस्तो थिएन। उनको प्रतीक्षामा कोही थिएन। उनले ठगी गरेकी छिन् ।’
कमला ह्यारिस र टिम वाल्जको चुनावी टोलीले सोशल मिडियामा ट्रम्पको दावीलाई खण्डन गरेको छ। उनले कमला र वाल्जलाई हेर्न मिशिगनमा करिब १५ हजार मानिस आएको बताए । उनीहरुको आरोप छ, ट्रम्पको उर्जा घट्दै गएको देखिन्छ । उनले पछिल्लो एक सातादेखि स्विङ स्टेटमा कुनै र्याली गरेका छैनन् ।न्युज कारखाना
काठमाडौं, २९ साउन । पशुपतिनाथ परिसरमा झन्डै एक महिना देखी जारी ऐतिहासिक श्री पशुपति कोटिहोम ज्ञान महायज्ञमा अझै पनि पुर्व राजा ज्ञानेन्द्र शाह र राप्रपा नेपालका अध्यक्ष कमल थापा पुगेका छैनन् ।
हिन्दु अधिराज्य र हिन्दु राष्ट्रको माग गर्ने सबैजसो शिर्ष नेता र अभियन्ताहरू पुगिसक्दा पनि पुर्व राजा शाह र अध्यक्ष थापा भने अझै पुगेका छैनन् । जबकी, उनीहरू दुवैलाइ आयोजकले निम्तो पठाएका थिए ।
पुर्व राजा शाह र अध्यक्ष थापा हिन्दु अधिराज्यका लागि लागिपरेका छन् तर पशुपतिनाथकाे काेटीहाेममा नपुगे पछि भक्तजन र उनीहरूका समर्थकहरू निराश भएकाे जनाइएकाे छ ।
‘धेरै जसो आइसक्नु भएको छ, पुर्व राजा र कमल थापालाइ पनि निम्तो त हामीले पठाएका थियौं, उहाँहरू भने अझै आइपुग्नु भएको छैन्’, कोटी होम प्रचार बिभाग प्रमुख राजानन्द माण्डब्यले भने, ‘सायद फुर्सद नभएर हुन सक्छ, त्यसमाथी अझै २–३ बाँकी रहेको छ, सायद आउनुहोला ।’
साउन १ देखी सुरू भएको सो कोटीहोम मानव सेवा आश्रम निर्माणलगायतका उदेश्यसहित गरिएको हो । जहाँ आचार्य कृष्ण दमाइ, राधा दासी, देवी प्रतिभा, देवी चन्द्रकला सखीलगायतले प्रवचन दिएका थिए ।
न्युज कारखाना
काठमाडौं, २९ साउन । नासा मिसनबाट प्राप्त डाटाले मंगल ग्रहको सतह मुनि गहिरो पानीको भूमिगत भण्डारको प्रमाण फेला परेको छ ।
नयाँ अनुसन्धान पछि नासाका वैज्ञानिकहरूको टोलीले ग्रहको सतहमा महासागर रहेको अनुमान गरिएको छ । मंगल ग्रहको क्रस्टको बीचमा रहेको चट्टानको सानो दरार र छिद्र अध्ययन गर्दा पर्याप्त पानी रहेको अनुमान गरिएको छ। मंगलग्रहको जमिनमुनिको पानी भण्डार १ माइल (१.६ किलोमिटर) क्षेत्रफलको अध्ययनले देखाएको छ।
सो तथ्यांक नासाको इनसाइट ल्यान्डरबाट आएको हो, जसले २०१८ देखि २०२२ सम्म मंगल ग्रहको भित्री भाग अध्ययन गर्न सिस्मोमिटर प्रयोग गरेको थियो ।
‘मंगल ग्रहको अन्वेषण गर्ने भविष्यका अन्तरिक्ष यात्रीहरूले पानीमा पहुँच गर्ने प्रयास गरेमा धेरै चुनौतीहरूको सामना गर्नेछ किनभने यो सतह मुनि ७ र १२ माइल (११.५ र २० किलोमिटर) को बीचमा अवस्थित रहेको नेशनल जर्नल प्रोसिडिङ्समा सोमबार प्रकाशित अध्ययनमा उल्लेख गरिएको छ ।
तर खोजले मंगल ग्रहको भौगोलिक इतिहासको बारेमा नयाँ विवरणहरू उजागर गरेको छ र रातो ग्रहमा जीवनको खोजी गर्न नयाँ सुझाव दिएको छ ।
‘जलवायु, सतह र भित्री भागको विकास बुझ्नको लागि मंगल ग्रहको पानी चक्र बुझ्न महत्त्वपूर्ण छ,’ अध्ययनका प्रमुख लेखक वासन राइट, सहायक प्राध्यापक र क्यालिफोर्निया विश्वविद्यालयका भूभौतिकशास्त्री, स्यान डिएगोको स्क्रिप्स इन्स्टिच्युसन अफ ओशनोग्राफीले एक विज्ञप्तिमा भने्, ‘एक उपयोगी सुरूवात बिन्दु भनेको पानी कहाँ छ र कति छ भनेर पहिचान गर्नु हो ।’
मंगल ग्रहको ध्रुवमा पानी जमेको र वायुमण्डलमा वाष्पको प्रमाण भए पनि ग्रहमा तरल पानी भेटिएको यो पहिलो पटक हो।न्युज कारखाना
एथेन्स, २९ साउन । ग्रीसको एथेन्स सहरमा फैलिएको भीषण जंगलमा लागेको डढेलोमा परी एक जनाको मृत्यु भएको छ ।
उत्तरी एथेन्सको भ्रिलिसिया सहरको एउटा पसलमा एक महिलाको भएको विश्वास गरिएको उक्त शव अग्नि सेवाका स्रोतले बीबीसीलाई बताएका छन्।
अग्निनियन्त्रकहरूले घर, व्यवसाय र विद्यालयहरू खतरामा परेको चेतावनी दिए पछि हजारौं मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ र मंगलबारसम्म पनि आगलागी जारी रहन सक्ने पुर्व सुचना जारी गरिएको छ ।
फायर सर्भिसका प्रवक्ता कर्नल भासिलियोस वाथ्राकोगियानिसले भने, ‘एथेन्सका केही भागहरू समेटिएको उत्तर पूर्वी एटिका क्षेत्रमा अझै पनि धेरै सक्रिय आगोहरू छन्, प्रायः म्याराथन र पेन्टेली शहरहरू वरपर।’
एक विज्ञप्तिमा कर्नल वाथ्राकोगियानिसले भने, ‘नयाँ आगलागीका लागि अवस्था मंगलबार मात्र होइन, अर्को हप्ताको लागि पनि खतरनाक रहेको छ।’ सुरक्षित रहन ग्रिसको सरकारले स्थानियसँग अनुरोध गरेको छ ।न्युज कारखाना
मुम्बई, २९ साउन । बलिउड सिनेमाका पारखीले राजपाल यादवलाई नचिन्ने कमै होलान ।
उनले बलिउड सिनेमामा गरेको कमेडीहरु अझै पनि उत्तिकै ब्लकबस्टर र यादगर रहेका छन । जसलाई राजपाल यादवको कमेडी हेरको छ, सम्भवतः उनलाई कसैले पनि भुल्न सक्दैन् ।
तर, के तपाईलाई थाहा छ, उनै लोकप्रिय कलाकार यादव भने जेल यात्रामा पनि जानु परेको थियो, बैंकले बलिउड अभिनेता राजपाल यादवको करोडौंको सम्पत्ति हालै जफत गरेको थियो ।
यो मामला सन् २०१२ मा रिलिज भएको अभिनेताको फिल्म ‘आता पता लपता’सँग सम्बन्धित छ । यो चलचित्रलाई राजपालले निर्देशन गरेका थिए भने उनकी पत्नी राधा यादव निर्माता थिइन् ।
फिल्मका लागि राजपालले सेन्ट्रल बैंक अफ इन्डिया मुम्बईको बान्द्रा शाखाबाट ५ करोड रुपैयाँ ऋण लिएका थिए । अब ऋण तिर्न नसके पछि बैंकले शाहजहापुरको सेठ इन्क्लेभमा रहेको उनको करोडौंको सम्पत्ति जफत गरेको छ ।
मिडिया रिपोर्टलाई विश्वास गर्ने हो भने, मुम्बईबाट सेन्ट्रल बैंक अफ इन्डियाका अधिकारीहरू दुई दिन अघि शाहजहाँपुर पुगेका थिए। आइतबार राजपालको सम्पत्तिमा बैंकको ब्यानर टाँसिएको थियो । यसमा लेखिएको छ कि यो सम्पत्ति भारतको केन्द्रीय बैंक मुम्बईको हो र यसमा कुनै पनि प्रकारको खरिद बिक्री गर्नु हुँदैन। सोमबार बिहान सेन्ट्रल बैंक अफ इन्डिया मुम्बईका अधिकारीहरू पुगेर उक्त सम्पत्ति कब्जामा लिएका थिए।
यसअघि सन् २०१८ मा पनि यस मुद्दामा राजपालले ३ महिना जेल परेका थिए । दिल्लीस्थित कम्पनी मुरली प्रोजेक्ट्सले राजपाल यादवको कम्पनी श्री नौरङ गोदावरी इन्टरटेनमेन्टविरुद्ध सिभिल मुद्दा दायर गरेको थियो । राजकुमारले सन् २०१० मा यो ऋण लिएका थिए ।न्युज कारखाना
इस्लामबाद, २९ साउन । पाकिस्तानको गुप्तचर एजेन्सी आईएसआईका पूर्व प्रमुख लेफ्टिनेन्ट जनरल फैज हमीद पक्राउ परेका छन ।
पाकिस्तानी सेनाले आवास घोटाला प्रकरणमा उनलाई अगस्ट १२ मा पक्राउ गरेको जानकारी दिएको छ । पाकिस्तानको सर्वोच्च अदालतको आदेशपछि फैजविरुद्ध यो कारबाही गरिएको सेनाले जनाएको छ ।
पाकिस्तानी समाचार संस्थाका अनुसार सेनाले उनी माथी कोर्ट मार्सल सुरु गरेको छ । फैजलाई पूर्व प्रधानमन्त्री इमरान खानको नजिकका मानिदैँ आएको छ । पाकिस्तानको इतिहासमा आईएसआईका पूर्व प्रमुखलाई कुनै मुद्दामा पक्राउ गरिएको यो पहिलो पटक हो।
गत वर्ष नोभेम्बर १४ मा पाकिस्तानी सर्वोच्च अदालतले आफ्नो आदेशमा फैज हमीद विरुद्धको आरोपलाई नजरअन्दाज गर्न नसकिने बताएको थियो। यो आरोप निकै गम्भीर छ । अदालतले यदि फैज दोषी प्रमाणित भएमा यसले देशका संस्थाहरूको प्रतिष्ठालाई हानि पुग्ने बताएको थियो।
फैज हमीद पाकिस्तानी सेनाका सेवानिवृत्त लेफ्टिनेन्ट जनरल हुन्। उनले सन् २०१९ देखि २०२१ सम्म पाकिस्तानी गुप्तचर एजेन्सी आईएसआईको महानिर्देशकको रूपमा पनि काम गरेका थिए ।
फैजको जन्म पाकिस्तानको चकवालको लतीफल गाउँमा भएको थियो। हमिद सन् १९८७ मा पाकिस्तान मिलिटरी एकेडेमीमा भर्ना भएका थिए । उनले क्योटोको कमाण्ड र स्टाफ कलेजबाट स्नातक गरे। त्यसपछि उनी पाकिस्तानी सेनाको बलोच रेजिमेन्टमा कमीशन भएका थिए ।न्युज कारखाना
किभ, २९ साउन । युक्रेनले रुसको १००० बर्ग किलोमिटरमा कब्जा गरेको जनाएको छ ।
युक्रेन शीर्ष कमाण्डरका अनुसार कीभको सेनाले साढे दुई वर्षको पूर्ण स्तरको युद्धमा सबैभन्दा ठूलो सीमापार घुसपैठलाई दबाएर रुसी क्षेत्रको १,००० वर्ग किलोमिटर क्षेत्र नियन्त्रणमा लिएको बताएका हुन ।
कमाण्डर ओलेक्सान्डर सिर्स्कीले भने, ‘युक्रेनले युद्ध सुरु भएको सात दिनसम्म पनि कुर्स्क क्षेत्रमा आक्रामक अभियान जारी राखेको छ।’
उता, युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसले अरुका लागि युद्ध ल्याएको र अब रुस फर्किँदै गरेको प्रारम्भिक प्रतिक्रिया दिएका छन । तर, तर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आक्रमणलाई ठूलो उत्तेजनाको रूपमा वर्णन गरेका छन । उनले रूसी सेनालाई ‘आफनो क्षेत्रबाट दुश्मनलाई तत्काल निकाल्न’ आदेश दिएका छन्।
पश्चिमी रूसी क्षेत्रबाट उनीहरूको सुरक्षाको लागि बढ्दो संख्यामा मानिसहरूलाई बाहिर निकालिएको छ । किभका अनुसार ५९ हजारलाई सो क्षेत्रवाट बाहिर निस्कन भनिएको छ ।
न्युज कारखाना