





जिल्लाको वृन्दावन नगरपालिका वडा नम्बर ८ बहुअरी स्थित रहेको दलित धर्मशालामा हिन्दु धर्मावलम्बीहरुको महान पर्व विजया दशमी, शुभ दिपावली,छठ तथा तिहारको पावन अवसरमा सो कार्यक्रम आयोजन गरिएको हो ।
लोकतन्त्रको मूल आधार,समान सहभागिता र विभेदमुक्त समाज,अभिव्यक्ती स्वतन्त्रता र मर्यादित पत्रकारिता हाम्रो अवाज भन्ने मूल नाराका साथ गठन भएको संघे पछिल्लो समय रौतहटमा आफनो सक्रियता बढाएको छ ।



त्यसमा आधारित रहेर कलम चलाउन र पत्रकारिता गर्न आग्रह गरेका छन् । दलितमाथि भइरहेको अन्याय,अत्याचार र विभेद लगायका विषयमा आफूले कलम चलाउँदै र अवाज उठाउँदै आएको स्मरण गराउँदै उपस्थित दलित पत्रकारहरुलाइ ति पिडितहरुको पक्षमा खम्बाको रुपमा खडा रहन आग्रह गरे । साथै उनले आफू मर्यादामा रहेर पत्रकारिता गर्न पनि सुझाव दिए । जथाभावी रुपमा सामाजिक संजालमा नलेख्न आग्रह गरे । आफू आठ वर्ष पत्रकारिता छोडेर पुनः पत्रकारिता क्षेत्र सक्रिय रुपमा काम गरिरहेको र यसैको देन हो कि आज मलाइ लाखौं मान्छेहरुले चिनिरहेका छन् । त्यसैले पत्रकारितामा पनि भविष्य छ ।
यदि राम्रो सँग पत्रकारिता गर्नु भयो भने यसमा पनि धेरै अवसरहरु छन् । र ति अवसरहरु दिलाउन म भरपूर प्रयास गर्ने छु । कार्यक्रममा सञ्चालकको रुपमा पत्रकार द्घय प्रदिप दास र रमेश यादव रहेका थिए । कार्यक्रममा उपस्थित दलित पत्रकारहरु का साथै जेष्ठ नागरिकहरू र अतिथीहरु लाइ मधेशको शान गमछा ओढाएर सम्मान गरिएको हो ।
बज्जिकाञ्चल संवाददाता,राैतहट,२५ गते असाेज ।
लोकतान्त्रिक समाजवादी पार्टीका नेता रामप्रवेश दासले आज विभिन्न शक्तिपिठहरूको दर्शन गर्नु भएको छ ।
गुजरा नगरपालिकाकाे वडा नम्बर ४ कनकपुर स्थित रहेको गढिमाई मन्दिरमा पुगि पुजापाठ तथा दर्शन गर्नु भएको छ ।त्यस्तै कटहरिया नगरपालिकाकाे जमुनिया स्थित रहेको कन्काली माई मन्दिर पुगि पुजापाठ तथा माताको दर्शन गर्नु भएको छ । 
नेता दासले मन्दिर बनेदेखि नै प्रत्येक बर्ष निरन्तर पुजापाठ तथा दर्शन गर्दै आइरहनु भएको छ । उक्त मन्दिरहरुको निर्माण पनि नेता दासकै पहलमा निर्मित भएको हो ।
नेता दासकै पहलमा बजेट बिनियोजन गराई तत्कालीन लोसपाका बरिस्ठ उपाध्यक्ष एव पुर्व प्रहरी महानिरीक्षक प्रदिप शम्सेर राणाको करकमल बाट सिलन्यास भै मन्दिरको निर्माण सप्पन्न भएपछि सो मन्दिर को उद्धघाटन लोसपाका नेता एव तत्कालिन मधेश प्रदेश का भौतिक पुर्वाधार बिकाश मन्त्री जितेन्द्र सोनल बाट सुसम्पन्न भएको थियो ।
त्यस्तै जमुनिया स्थित कन्काली माई मन्दिरको पनि नेता रामप्रवेश दासकै पहलमा बजेट बिनियोजन भै सो मन्दिरको शिलान्यास नेता दासको करकमल बाट सुसम्पन भएको थियो भने मन्दिरको उद्धघाटन हुनु पुर्व नेता दासको हाथ बाट मुर्तिमा प्राण – प्रतिस्ठा गरिएको थियो ।
सो मन्दिरको लोसपाका बरिस्ठ नेता बर्तमान नेपाल सरकारका श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीको हाथ बाट उद्धघाटन सु- समपन्न भएको थियो ।
त्यस्तै कटहरिया नगरपालिकाे छेदी चौक स्थित नव दुर्गा पुजा स्थलमा पुगि पुजापाठ तथा माताको दर्शन गर्नु भएको छ ।
बज्जिकाञ्चल संवाददाता,राैतहट,२४ गते असाेज ।
रौतहट म्याराथनको उपाधि कविन्द्र शर्मालाई
हरेक वर्षझैँ बडादशैँको अवसरमा फूलपातीको दिन रौतहटमा आयोजना हुने म्याराथन दौड प्रतियोगिताको १३औँ संस्करणमा कविन्द्र शर्माले बाजी मारेका छन् । पाँच किलोमिटरको दुरी शर्माले १७ मिनेट ४० सेकेन्डमा पूरा गरेर सहभागी ४५ जनालाई उछिनेर प्रथम स्थान हासिल गरेका हुन् । गत वर्ष पनि शर्माले नै प्रतियोगितामा प्रथम स्थान हासिल गरेका थिए ।
प्रथम स्थान हासिल गर्दै शर्माले फ्रिज जित्न सफल भएका छन् । यसै गरी १७ मिनेट ४३ सेकेन्डमा उक्त दुरी पूरा गर्दै राहुल रामले द्वितीय स्थान हासिल गर्दै एलइडी टिभी जित्न सफल भएका छन् । दुवै विजेता गरुडा नगरपालिका ४ गरुडाकै हुन् । प्रतियोगितामा बाजी मारेपछि दुवै जनाले डिजे बजाएर साथीहरुसित सामूहिक नृत्य गर्दै बजार परिक्रमा गरेका थिए ।
रेडियो मधेश मसला एफएम १०६.४ मेगाहर्ज, गरुडाको आयोजनामा भएको स्वर्गीय मनोजकुमार चौधरी म्याराथन दौड प्रतियोगिताको १३औँ संस्करणको अवसरमा मधेश प्रदेश सरकारका अर्थमन्त्री सुनिलकुमार (जितेन्द्र) यादव र इलाका प्रहरी कार्यालय गरुडालाई सम्मानपत्र र अंगवस्त्रले सम्मानित गरिएको छ । सम्मानित दुवै जनालाई रेडियो मधेश मसला एफएम गरुडाका अध्यक्ष तथा कार्यक्रमका सभापति बृजकिशोर यादव र व्यवस्थापन पुनमकुमारी चौधरीले संयुक्त रुपमा सम्मानपत्र हस्तान्तरण गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेश सरकारका अर्थमन्त्री सुनिलकुमार (जितेन्द्र) यादवले सबैको सुझावअनुसार आफूले प्रदेशको आर्थिक विकास, शिक्षा र स्वास्थ्यका साथै भौतिक पूर्वाधारको विकासका लागि काम गरिरहेको बताएका छन् । प्रदेशको विकासको लागि स्थिर सरकारको आवश्यकता रहेकोमा पनि मन्त्री यादवले जोड दिएका छन् । मन्त्री यादवले कार्यक्रमको प्रशंसा पनि गरेका छन् ।
इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपि राजन कार्कीले शान्ति सुरक्षा कायम गर्नु आफूहरुको प्रमुख दायित्व भएकोले यसका लागि अहोरात्र खटिरहेको बताएका छन् ।
कार्यक्रमकी विशिष्ट अतिथि तथा स्वर्गीय मनोजकुमार चौधरीकी धर्मपत्नी र गरुडा नगरपालिकाको वर्तमान नगर उपप्रमुख पुनमकुमारी चौधरीले कार्यक्रमको आयोजनामा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै सहभागी र विजेता सबैलाई बधाई दिएकी छन् । मनोजकुमार चौधरीको स्मृतिमा भइरहेको म्याराथन दौड प्रतियोगिताले रौतहटमा एउटा संस्कृति निर्माण गरिरहेको पनि उपप्रमुख चौधरीको भनाइ छ । आगामी दिनमा अझ सभ्य र भव्य रुपमा कार्यक्रमको आयोजनाको लागि सबै पक्षबाट सकारात्मक सहयोगको अपेक्षा रहेको उपप्रमुख चौधरीको भनाइ छ ।
कार्यक्रममा मध्यरौतहट बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्रेमलाल साह, व्यवस्थापन समिति अध्यक्ष लछुमन साह तेली, वडाध्यक्षद्वय सुनिलकुमार जयसवाल र प्रवीण सिंह यादव, पूर्व वडाध्यक्ष चुनचुनप्रसाद साह, समाजसेवी हृदयनारायण यादव, रामभरोस राय यादव, गरुडाको नगर प्रमुख प्रत्याशीद्वय सुनिलकुमार यादव र दीपक राय यादव, नेपाल सुनचाँदी व्यवसायी महासंघ मधेश प्रदेश अध्यक्ष रामजी साह सोनार, गरुडा गाविसका पूर्व उपाध्यक्ष तथा स्वर्गीय मनोजकुमार चौधरीका सहोदर दाजु रामकृष्ण चौधरीलगायतलाई प्रशंसापत्र र अंगवस्त्रले सम्मानित गरिएको छ । कार्यक्रमका वक्ताहरुले मनोजकुमार चौधरीको व्यक्तित्व र कृतित्वको बारेमा विभिन्न कोणबाट चर्चा गरेका थिए । स्वर्गीय चौधरी शिक्षा, संचार, समाजसेवा तथा साहित्य लगायत विभिन्न क्षेत्रमा अत्यन्त क्रियाशील व्यक्तित्वको रुपमा रहेका थिए ।
कार्यक्रमको अध्यक्षता गरेका रेडियो मधेश मसला एफएम गरुडाका अध्यक्ष बृजकिशोर यादवले कार्यक्रमलाई सम्भव र भव्य बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् । कार्यक्रममा उपस्थित सबैलाई रेडियो मधेश मसला एफएमका संचालक समिति सदस्य नागेन्द्र चौरसियाले स्वागत गरेका थिए भने कार्यक्रमको संचालन सञ्जय साह मित्रले गरेका थिए ।
असल छिमेकी नेपालद्वारा साे नगरपालिका स्थित रहेको नर्सिङ होम क्याम्पस वितरण गरिएको छ।
राजदेवी नगरपालिका वडा नम्बर १,३ र ५ का सुत्केरी महिलाहरुको लागि स्वास्थ्य कीट २३० वितरण गरिएको हाे ।
एक कार्यक्रमका बिच नगर प्रमुख भिखारी प्रसाद यादवले वितरण गरेका हुन् । साथै साे नगरपालिकाकाे वडा नम्बर ६ र ९ का २५० बाढी पीडित परिवारलाई राहत आजै वितरण गरिने नगर प्रमुख भिखारी यादवले बताएका छन् । बाकी रहेका बाढ पीडित परिवारलाई राहत दिने व्यवस्था भइ रहेको न आतिन पीडित परिवारलाई आग्रह गरेको मेयर यादवले जानकारी दिएका हुन् ।


रौतहट, असोज २३।
१५०औं विश्व हुलाक दिवस आज बुधबार जिल्ला हुलाक रौतहटले विविध कार्यक्रम गरी मनाइयोको छ ।
जिल्ला हुलाक कार्यालय रौतहटका प्रमुख देवनाथ यादवको प्रमुख सहभागीतामा सदरमुकाम गौरमा १५० औं विश्व हुलाक दिवस मनाइएको छ ।
जिल्ला हुलाक कार्यालय बाट विभिन्न नारा छिटो डाक बस्तु ढुवानी गर्ने हाम्रो प्रयास र प्रतिवध्ता सहित निस्केको रैली नगर परिक्रमा गरि मनाएको छ ।
कार्यालयका कर्मचारीको सक्रियतामा सदरमुकाम गौरको बिपि चोकबाट निस्केको प्रभाव फेरि रैलि नगरको परिक्रमा गरि विश्व हुलाक दिवस मनाएको छ ।
सोही अवसरमा हुलाक कार्यालयका हल्कारा नारायण साहलाई उत्कृष्ट कर्मचारीको रूपमा सम्मान गरियोको कार्यालय प्रमुख यादवले बताए ।
प्रेमचन्द्र झा अशाेज २३ गते
राैतहट। गरुडा बजार बाट घर फर्किने क्रममा अज्ञात हतियारधारी समुहले एक सुन व्यवसायी उपर खुकुरी प्रहार गरि गम्भीर घाईते बनाएका छन ।
जिल्ला प्रहरी कार्यालय राैतहटका प्रहरी उपरीक्षक दीलिप घिमिरेका अनुसार गरुडा र धमाैराको बिचमा सडक अरुद्व बनाई सुन व्यवसायी ३५ वर्षिय दिलिप साह सुनार माथि अज्ञात समूहले खुकुरी प्रहार गरी घाईते तुल्याएको हो ।
मंगलबार साझ ०७:३० बजे गढिमाई नगर पालिका वडा नम्बर १ समनपुर निवासी सुन व्यवसयी सुनारको टाउको हातमा खुकुरी प्रहार गरि गम्भीर घाईते बनाएका छन ।
सो धटना बारे थप अनुसन्धान भई रहेको प्रहरी उपरीक्षक घिमिरेले बताए ।घटना स्थलबाट एक नाल कटुवा बन्दुक र एउटा खुकुरी बरामद भएको उनले बताए।
घाईते सोनारको बिरगंज स्थित वयोधा अस्पतालमा उपचार भइरहेको र खतरा मुक्त रहेको बुझिएको छ । चाड पर्वको बेला पनि सुरक्षा अवस्था कमजोर देखिएको स्थानीयले आरोप लगाएका छन ।
प्रेमचन्द्र झा अशाेज २२ गते रौतहट ।
नेकपा एकीकृत समाजवादीले राैतहटलाई वाढी सकंट ग्रस्त जिल्ला घोषणा नगरिए आन्दोलन गर्ने चेतावनी दिएका छन । प्रधानमन्त्रीलाई राैतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी मार्फत मंगलबार बुझाएको ज्ञापन पत्रमा साे कुरा उल्लेख छ । नेकपा एसका जिल्ला अध्यक्ष कमल राय यादवले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई पठाइएको ज्ञापन पत्र अनुसार मिति २०८१I०६I१०, ११ र १२ गतेको अविरल वर्षाको कारण मिति २०८१I०६I१३ गते रौतहट जिल्लाको अधिकांश भागमा भिषण बाढी आएको थियो ।
सो वाढीमा जिल्लाको पूर्वमा रहेको वागमती नदीको लक्षमीपुर–३ धर्मपुरको ६ र ७ स्थान, माधोपुरको २ स्थान, पिप्रा रजवाडा र राजदेवीको बाँध वाढीले कटान गरेको, त्यसै गरी जिल्लाको मध्य भागमा रहेको लाल वकैया नदीको झौवा, हर्षाहा, माधोपुर, बौधीमाई, इनर्वा तेजापाकड बैरियामा बाँध वाढीले कटान गरेको कारण अधिकांश, जिल्ला वासी पिडित भई किसानको हजारौ बिघा जग्गामा तयारी अवस्थाको धान वाली पूर्ण रुपमा नष्ट भएका छन । साथै दशैं तिहारको लागि भण्डारण गरिएको व्यापारिक प्रतिष्ठानहरुको सामग्रीहरु नष्ट भएकोले देशको विभिन्न भागमा आएको बाढी पहिरोको अवस्थालाई विश्लेषण गरी राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण काठमाण्डौले विभिन्न स्थानीय तहलाई बाढी संकटग्रस्त क्षेत्र घोषणा गरी राहतको घोषणा गरेकोमा सो प्राधिकरणले रौतहट जिल्ला वा मधेश प्रदेशकै कुनै पनि स्थानीय तहलाई वाढी संकट ग्रस्त जिल्ला घोषणा नगर्नु भेदभावपूर्ण व्यवहार भएको उल्लेख छ ।
सरकारले रौतहट जिल्ला वासी संग अन्यायपूर्ण व्यवहार गरेको ठहर छ। रौतहट जिल्लाको गौर नगरपालिका, दुर्गा भगवती, यमुनामाई, राजदेवी, बौधीमाई, ईशनाथ, माधवनारायन, गाढीमाई, गरुडा लगायतका नगरपालिका र गाउपालिकाहरुमा डुवान लगायत किसानको धानबाली, माछा पोखरी, नगदेवाली व्यपार व्यवसायको समस्याले पर्न गएको असहनीय पिडालाई राज्यबाट सबोधन गर्न रौतहट जिल्लालाई अविलम्ब वाढी सकंट ग्रसत जिल्ला घोषणा गर्न माग गरिएको छ । उल्लेखित माग पूरा नगरिए नेपाल सरकार विरुद्ध हिन्दुहरुको महान पर्व वडा दशैंको समापन पश्चात चरण वद्ध आन्दोलन प्रारम्भ गर्ने ज्ञापन–पत्रमा लेखिएको छ ।
सो अवसरमा मधेस प्रदेसका सांसद कनिस पटेल,गाैरका नगर प्रमुख शम्भु साह,राजदेवीका नगर प्रमुख भिखारी यादव , बाैधीमाई नगर प्रमुख प्रदिप कुमार यादव, नेकपा एसका नेता रेवन्त झा, अनिल लाल दास , जयरानी देवी सहनी ,सहितका उपस्थिति रहेकोे थियो ।