सञ्जय साह मित्र,२२ गते कार्तिक ।
पहिले साठी धानको बिना कोही छठको कल्पना गर्दैनथे तर अहिले यो आलंकारिक हुन थालेको छ । यद्यपि ग्रामीण क्षेत्रमा भने साठी धानको खोजी अझै पनि गरिन्छ । पहिले साठी धानप्रति मानिसमा छठसँग जोडिएर नै श्रद्धा उम्रेको देखिन्थ्यो ।
सुथनी र अरुवा हराइ नै सके । कसैले खोजी गरेको पाइँदैन । करिब पाँच दशक पहिलेसम्म छठ पबनीमा अनिवार्य आवश्यकता थिए यिनीहरु । हेर्दाहेर्दै गागलनिमो÷गागरनिमो वा भोगटेको चलन लोप नै भइसक्यो । अझै निबुआको उपयोग छठ पबनीमा भइरहेको छ ।
छठको एउटा विशाल सुन्दरता थियो घाटमा दन्ड दिनुपर्ने । सायदै कोही युवा हुन्थे जो दन्ड दिँदैनथे । आजभोलि यो पनि आलंकारिक मात्र हुन गएको छ । अत्यन्त कम मानिसले यो गरेको देखिन्छ ।
याद गर्नुभएको होला, पहिले पाँचओटा दतिवन (दतुवन) बाँड्ने चलन थियो । विशेष गरी बालक तथा किशोरहरुले आँपको दतुवन व्रतालुहरुकहाँ बाँड्ने गर्दथे । अहिले यो चलन छ कि हरायो ?
गुन्डी अर्थात् चंगा कतै उडाइन्छ होला तर यो छठ पर्वको एउटा बालसुलभ सौन्दर्य थियो । बालबालिकाहरुले हाथमा गुन्डी लिएर छठघाटमा उडाएको रमाइलो आज पूर्णतः एन्ड्रोइड मोबाइलमा परिवर्तन भइसकेको छ । कसरी नयाँले पुरानोलाई विस्थापित गर्दो रहेछ त ?
छठमा सबैले सम्भव भएसम्म नयाँ लगाएर जान्थे तर परम्परागत पहिरन हुन्थ्यो । अहिले आधुनिक जमानाको छठ भइसक्यो । सम्भव भएसम्मको देखावटी पहिरन छठमा हुन्छ । लाग्दछ, पश्चिमा संस्कृतिको प्रभाव परिरहेको छ । सुटमा ठाँटिएकाहरु धेरै हुन्छन् ।
कामनामा पनि बदलाव आएको हो ? पहिले मुख्यतः दुई कामना हुन्थे – सन्तान प्राप्ति र चर्मरोग निवारण । अहिले अन्य कामना पनि बढेर गएको पाइएको छ । अर्थात्, छठपर्वको कामनामा पनि विस्तार भएको छ । लोकआस्थाको महापर्व हो, आस्था र कामनाको अदभुत समन्वय भएको देखिन्छ । यसको विस्तार निकै हार्दिक पक्ष हो ।
पचास वर्ष पहिले कात्तिकमा यो छठ मनाइँदा पबनइतिनभन्दा दर्शक नै बढी हुन्थे । हरेक वर्ष यो उद्भवस्थलमा पनि विस्तार भइरहेको छ । दुबोले जस्तै यसले बलियो सम्बन्ध माटोसित गाँसेको छ । सम्बन्धको बलियोपनाले यो पर्व बलियो हुँदै आजभोलि कात्तिकमा जस्तै चैतमा पनि अत्यन्त धुमधामका साथ मनाइन थालिएको छ । यद्यपि पहिले पनि चैतमा मान्नेहरु थिए तर चैतमा मान्नेहरुले मनौती अर्थात् भाकलअनुसार तोकिएको वर्ष छठ मान्ने गर्दथे तर आजभोलि यो निरन्तरताझैँ हुन गएको छ कात्तिमा जस्तै ।
साँच्चिकै छठको प्रियता निरन्तर विस्तार भइरहेको छ । हाम्रा पूर्वजहरुले यस संस्कृतिलाई परिपालन गरेर हामीलाई गर्व गर्ने बाटो विस्तार गरिदिनु भएको छ ।
गोधनको दिन संकल्प लिने, भोलिपल्ट बिराउने, तेस्रो दिन नहाखाएके, चौथो दिन खरना, पाँचौ दिन सँझियाघाटे र छैटौँ दिन पारन हुने छठ पबनी हाम्रो यथार्थमा लोकसंस्कृति हो । दश दिनको दशैँ भएजस्तै छ दिनको यो छठ हो ।
उत्तम कुमार उपाध्याय ,रौतहट १६ कार्तिक।
फैसला कार्वान्यन गर्ने अभियान अन्तर्गत रौतहट प्रहरीले लामो समय देखि फरार रहेका ११ जना प्रतिवादीलाई पक्राउ गरेको छ भने अबैध कपडा सहीत एकजना तस्कर पक्राउ परेका छन्।
जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालय सहितको निकायबाट दण्ड जरिबाना रोकिएर फरार रहेका ११ जना प्रतिवादी लाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा आगजनी मुद्दामा संलग्न कटहरिया नगरपालिका ५ का प्रभु साह कलवार लगायत बिभिन्न मुद्दाका ११ जना फरार प्रतिवादी पक्राउ परेका हुन्।
कटहरिया ५ का गुदु भन्ने रामेश्वर यादव,गौर ५ रामाकृत गुप्ता, ईशनाथ ५ का शेख तुफानी, राजदेवी ७ का हरिशंकर यादव, माधव नारायण ५ का अमरदेव यादव, गढीमाई ३ का जैबुल खातुन, वृन्दावन ८ का रामेश्वर साह, सत्य नारायण साह, साविक सखुवा धमौरा ७ का गेनालाल साह रहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपक कुमार रायले बताएका छन्।
उनीहरू बाट जरिवाना असुल तथा कारवाहीको लागि जिल्ला अदालत गौर र जिल्ला प्रशासन कार्यालय गौरमा बिहीवार उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ। पछिल्लो समय रौतहट प्रहरीले फरार प्रतिवादी पक्राउ गर्ने अभियान चलाएको छ।
रौतहट प्रहरीले भन्सार छलीको कपडा सहित एकजना मानिस लाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय तथा मातहतका युनिटबाट गएको गस्ती टोलीले गौर चन्दरनिगाहपुर सडकखण्ड बमनहर चौकमा अबैध कपडा सहित गरुडा नगरपालिका ८ जिङडियाका ५० बर्षीय दिनेश साह कानु लाई बिहीवार पक्राउ गरेको हो।
भारतीय बजारबाट विआर ०५ ए एक्स २६१९ नम्बरको स्कुटरमा १ लाख २६ हजार ६०० रुपैयाँको कपडा ल्याउँदै गरेको अवस्थामा प्रहरी टोलीले कानु लाई पक्राउ गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दिपक कुमार रायले बताएका छन्। पक्राउ परेका कानु लाई बरामद कपडा र स्कुटर सहित आवश्यक कार्वाहीको लागी जिल्ला भन्सार कार्यालय गौरमा बुझाईएको प्रहरीको सूचनामा उल्लेख गरिएको छ। यसैबीच बुधवार तस्करहरुले बिभिन्न नाका हुँदै भित्र्याएको १ लाख ५५ हजार मूल्य बराबरको बिभिन्न किसिमका अबैध भारतीय सामान प्रहरीले बरामद गरी आवशयक कारवाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाएको थियो।
आरके श्रीवास्तव,राैतहट,१६ गते ।
रौतहट । रौतहटको गढीमाई नगरपालिका वार्ड नंं ६ सिंगारवनको आर्दश आधारभुत विद्यालयमा पहिला पटक बज्जिका भाषामा वक्कतृत्वकला प्रतियोगता सम्पन्न भएको छ । बज्जिका विकास केन्द्र नेपाल गढीमाई ६ सिंगारवनद्वारा संचालित बज्जिका एफ. एम. ९९.४ मेगाहर्ज माधावनारायण वार्ड नं. ६ माधोपुरको आयोजना सम्पन्न हाजिरी जवाफ तथा वक्कतृत्वकला प्रतियोगता भव्य रुपमा सम्पन्न भएको हो ।
सम्पन्न हाजिरी जवाफ प्रतियोगितामा अन्मोल यादवको नेतृत्वमा रहेको काली समुहका अभिषेक यादव, विभा यादव,रंजित यादव, निखिल यादल लगायतले प्रथम, सुनिल यादवको नेतृत्वमा रहेको सरस्वती समहुका अर्चना यादव, अनिश यादव, अनोज यादव र अमित यादव लगायतले दोश्रो र कृष यादवको नेतृत्वमा रहेको जग्दम्वा समहुका घनश्याम ठाकुर, मदन यादव, विजय यादव लगायतले तेश्रो स्थान प्राप्त गरेका थिए । प्रतियोगितामा गाउँका कक्षा ८ देखि १२ कक्षा सम्म अध्ययनरत बालबालिकाहरुको ६ ओटा समुह सहभागी रहेको थियो भन्ने प्रत्येक समुहमा ५ जना सहभागीहरु थिए ।
त्यस्तै बज्जिका भाषाको वक्कतृत्वकला प्रतियोगितामा सहभागी १२ जानामा प्रथम अभिषेक यादव, दोश्रो अनिष यादव र काजल यादवले तेश्रो स्थान हासिल गरेको थिए ।
कार्यक्रम बज्जिका एफ.एम.का प्रवन्धक दिनेश यादव संगमको अध्यक्षता तथा आर्दश आविका प्रधानाध्यापक केदार यादव, मा वि विरनगराका प्रधानाध्यापक मुकेश यादव, आईविए स्कुल गौरका प्रधानाध्यपक संतोष पौडेलको विशेष उपस्थिति रहेको थियो भन्ने कार्यक्रमलाई संचालन उच्च मावि गरुडा तथा सिंगारवन वासी शिक्षक शिवशंकर झा, शिक्षक भाग्यनाराण यादवले गर्नु भएको थियो ।
कार्यक्रममा रौतहट टुडेका जितेन्द्र दास, पत्रकार ओमप्रकाश यादव बज्जिका एफ एमका अध्यक्ष राहुल कुमार पाण्डेय रेड टिभिका चंचन पटेल, राजन झा लगायत गाउँका रामविनय यादव, श्याम सुन्दर यादव, राजनारायण यादव लगायतका समाजसेवी आमनागरिकहरुको बाक्लो उपस्थिति रहेको थियो ।
आयोजकले विजेताहरुलाई मेडल सहित पुस्कारी वितरण गरेको हो । यस्ता कार्यक्रमले बालबालिकाहरु भित्रको प्रतिभा प्रदर्शन गर्न आत्मबलमा मदत पुग्ने सहभागीहरुको भन्नाई रहेको थियो ।
आरके श्रीवास्तव,रौतहट,०३ गते कार्तिक ।
रौतहटमा अहिले जनता समाजवादी पार्टी नेपालले आफनो संगठन विस्तारको कामलाइ तिव्रता दिएको छ । जिल्लाको चर्चित बजार कटहरियामा आज जसपाको नगर कमिटि गठन गरिएको छ ।
जसपा नेपालले आधारभूत संगठन निर्माण कार्यक्रम अन्तर्गत शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको हो । शनिबार आयोजित विस्तारित बैठक, शुभकामना आदानप्रदान तथा नगर कमिटि गठन कार्यक्रम भव्यतापूर्वक सम्पन्न भएको जनता समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्य चुल्हाइ राय यादवले जानकारी गराएका हुन् ।
कार्यक्रमको प्रमुख अतिथीको रुपमा जसपा नेपालका केन्द्रिय उपाध्यक्ष गोविन्द चौधरी रहनु भएको थियो । शनिवार भएको कार्यक्रममा रामसेवक राय यादवको अध्यक्षतामा ३१ सदसीय नगर कमिटि नगठ गरिएको हो ।

कार्यक्रममा वक्ताहरुले भेलालाई सम्बोधन गर्दे अव युवाहरुको समस्या र आवश्यकता जनता समाजवादीले पुरा गर्ने बताए । जनता समाजवादी पार्टीले सबै लाई एकतावद्ध बनाएर बढेको बताएका छन् ।
त्यस्तै उनीहरुले जनताको साझा चौतारीको रुपमा जसपा नेपालको रहेको भन्दै यसमा कोही छुट्न नहुने उल्लेख समेत गरेका छन् ।
सो अवसरमा जसपाका केन्द्रिय सदस्य एवम् गुजरा नगरपालिकाका नगर प्रमुख सन्तलाल चौधरी,रामाअश्रेय चौधरी लगायत प्रदेश एवम् जिल्ला कार्य समितिका नेता कार्यकर्ताहरुको उपस्थिती रहेको यियो ।
आरके श्रीवास्तव,रौतहट,०३ गते कार्तिक ।
रौतहटको कटहरिया नगरपालिका वडा नम्बर ४ मा नेकपा एमाले बाट निर्वाचित वडा अध्यक्ष चन्दन कुशवाहालाइ आज सम्मान गरिएको छ । कटहरिया नगरपालिकाको वडा नम्बर २ जमुनिया बजारमा आयोजित एक कार्यक्रममा उनलाइ सम्मान गरिएको हो ।
सामाजिक हित र कल्याणका निम्ति निस्वार्थ रुपले समर्पित भएको भन्दै सोको उच्च कदर गर्दै वडा अध्यक्ष कुशवाहालाइ सम्मान गरिएको हो । नेपाल युवा लिग डेभलपमेन्ट सेन्टरको आयोजना लायन्स क्लब अफ चन्द्रपुर , लायन्स क्लब अफ काठमाडौं मिथिला सिटीको सहकार्यमा उनलाइ सम्मान गरिएको हो ।

लायन्स क्लब चन्द्रपुरका अध्यक्ष वसीम अख्तर र नेपाल युवालिग डेभलपमेन्ट सेन्टरका अध्यक्ष रिजवान बढईले संयुक्त रूपमा वडा अध्यक्ष कुशवाहा लाई सम्मानपत्र बाट सम्मानित गरिएको हो ।
नेकपा एमालेका यूवा नेता कुशवाहा कटहरिया नगरपालिका वडा नम्बर ४ को वडा अध्यक्षको रुपमा दुइचोटी निर्वाचित भएका हुन् । २०७४ र २०७९ को स्थानीय निर्वाचनमा उनी वडा अध्यक्षको रुपमा निर्वाचित भएका थिए । निर्वाचित भएदेखि नै उनी सधै सामाजिक काममा सक्रिय रहँदै आएका हुन् । उनी जनता माझ सधैं नै पुग्ने गर्दछन् । त्यसकै मूल्यांकन गरी उनी आज सम्मानित हुन पुगेका हुन् ।
अहिले कटहरिया नगरपालिकामा जहाँ पनि आगामी चुनाव २०८४ को चर्चा हुँदा चन्दन कुशवाहाको पनि सन्दर्भ आउन थालेको स्थानीय युवाहरु बताउँछन् । उनलाइ धेरैले आगामी चुनावमा नगर प्रमुखको उम्मेदवारको रुपमा हेर्न चाहेका छन् ।
आरके श्रीवास्तव,राैतहट,०२ गते कार्तिक ।
रौतहटको गढीमाई नगरपालिका ८ मा यही मंसिरमा चुनाव हुँदैछ । वडाध्यक्षको लागि हुने चुनावको चहलपहल सुरु भइसकेको छ । विभिन्न पार्टीहरु आफ्नै किसिमले सक्रिय बनेका छन् ।

यसै क्रममा जसपा नेपालले पनि आधारभूत संगठन निर्माण कार्यक्रमअन्तर्गत शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार आयोजित विस्तारित बैठक, शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रम भव्यतापूर्वक सम्पन्न भएको जनता समाजवादी पार्टी नेपाल राैतहटका जिल्ला अध्यक्ष श्याम बिहारी प्रसाद यादवले जानकारी गराएका हुन् ।

स्थानीय युवा नेता सन्देश यादवले विशेष पहल गरी कार्यक्रमलाई भव्य बनाएका छन् । युवा नेता सन्देश यादव आफूलाई एक अब्बल दाबेदारको रुपमा पनि प्रस्तुत गर्न चाहेका छन् । यादवकै पहलमा कार्यक्रममा नेकपा एमाले तथा नेकपा माओवादी पार्टी परित्याग गरी करिब तिन सय जना जसपा नेपालमा प्रवेश गरेका छन् । सन्देश यादवका साथै गजेन्द्र यादव, सर्वजीत राम र योगेन्द्र यादवले नेतृत्व गरिरहेका छन् ।
गढीमाई ८ मा चुनावको बिगुल बजिसकेको माहोल बनेको छ । जहाँ पनि चुनावको चर्चा हुँदा सन्देश यादवको पनि सन्दर्भ आउन थालेको स्थानीय युवाहरु बताउँछन् ।
आरके श्रीवास्तव,राैतहट,२८ गते असाेज ।
राैतहटकाे माधवनारायणकाे खडकी रजवारामा जनता समाजवादी नेपालकाे वडा कमिटी गठन भएको छ । जसपा नेपालको अधारभुत संगठन निर्माण कार्यक्रम अन्तर्गत साे कमिटी गठन गरिएको छ । जसपा नेपाल माधवनरायण नगर कमिटीको आयोजनामा वाड नम्बर ८ खडकी रजवारामा संगठन निर्माण कार्यक्रम तथा शुभकामना आदानप्रदान र वाड कमिटी गठन गरिएको हाे ।

विनोद यादवको अध्यक्षतामा २१ सदस्यीय वाड कमिटी गठन गरिएकाे जसपा नेपालका जिल्ला अध्यक्ष श्याम बिहारी प्रसाद यादवले जानकारी गराएका हुन् । गठित कमिटीकाे उपाध्यक्षमा भाग्यनरायण कुशवाहा,राम नारायण बैठा रहेका छन् । त्यस्तै सचिवमा बिजय बैठा,सह सचिवमा मुकेश दास, विरेन्द्र राय,काेषाध्यक्षमा घुरनि देविलाई चयन गरिएको हाे । त्यसैगरी सदस्यहरूमा मकर दास,धुपा राय,जय लाल दास, मुटु सहनी,छोटे दास,राम अयोध्या राय,अछेलाल महतो, बिजुलि साह,भोजेन्द्र महतो,उमेश राय,जुगुल बैठा,बच्चु राय , बिन्देश्वर दास, मुकेश महतो रहेका छन् ।
आरके श्रीवास्तव,रौतहट,२८ गते असोज ।
रौतहटमा लागु औषध सहित मानिस पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ बस्ने बर्ष २६ को मनोज राइ रहेका छन् ।
शुक्रवार अस्थायी प्रहरी पोष्ट बसपार्क रौतहट गौरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उनलाइ पक्राउ गरेको हो ।
जिल्ला सदरमुकाम गौर नगरपालिका वडा नम्बर ८ बसपार्क स्थित रहेको सार्वजनिक सडक खण्डमा शंकास्पद अवस्थामा हिडडुल गरी रहेका राईलाई चेकजाँच गर्दा उनले लगाएको खैरो रङ्गको कटन जिन्स पाईन्ट भित्र दाँया तिघ्रा, बाँया तिघ्रा र बाँया पिडौलामा प्लास्टिक टेपले बेरी लुकाई छिपाई गरी राखेको लागु औषध बरामद भएको छ ।
उनको साथबाट डाईजेपाम ३० एम्पुल, प्रोमेथाजाईन ३० एम्पुल र बुप्रोनाईफाइन ३० एम्पुल जम्मा ९० रहेको छ । पक्राउ परेका राईलाई लागू औषध मुद्दामा अनुसन्धान कार्य भईरहेको व्यहोरा जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
रौतहट ।
आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले आफ्नै श्रीमती रिनाकुमारी साहको तारिफ गरेका छन् । रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिनाले नगरमा लागु गरेको बिभिन्न आयोजना देशमै उत्कृष्ट रहेको र सो योजना अन्य पालिकाले समेत लागु गरी सर्वसधारण जनतालाई सेवा दिन उनले सुझाव दिदै उनको तारिफ गरेका हुन् ।
बडादशैं, शुभ दिपावली एवं छठ पर्वको अवसरमा रौतहटको मौलापुर नगरपालिकाको सोनरनियामा आज आयोजित शुभकामना अदानप्रदान एवं भेटघाट कार्यक्रममा सहभागि आजपा अध्यक्ष साहले समृद्ध पालिका निर्माणका लागि मौलापुर नगरपालिकामा मेयर रिनाले लागु गरेको आयोजना आफ्नो पालिकामा समेत लागु गर्नुपर्ने बताए ।
मौलापुर नगरपालिकाकी मेयर आफ्नो पालिकामा नगर प्रहरीको साटो नगर शिक्षक नियुक्त गरेकी छन् । अन्य पालिकाले शासन गर्नका लागि नगर प्रहरी नियुक्त गरेको तर मेयर रिनाले विद्यार्थीहरुको पढाई उत्कृष्ट बनाउनका लागि शिक्षक राखेकोमा आजपा अध्यक्ष साहले उनलाई बधाई एवं शुभकामना व्यक्त गरे ।
यस्तै मेयर रिनाले मौलापुर नगरपालिकामा किसान एवं सर्वसधारणका लागि ‘फ्री बिजुली, फ्री पानी’, असहायसँग मेयर कार्यक्रम, नगर प्रहरी होईन नगर शिक्षक लगायतका लोकप्रिय कार्यक्रम लागु गरेकी छन् । मौलापुरकी मेयर साहले आफनो नगरभित्र लागु गरेको ‘कर फ्रि’ कार्यक्रम समेत लोकप्रिय बनेको छ । मेयर रिनाले बिभिन्न लोकप्रिय कार्यक्रम लागु गरी सर्वसधारण जनतालाई सेवा दिदै दोस्रो कार्यकालका लागि मेयरको जिम्मेवारी निर्वाह गरिरहेकी छन् ।
‘मौलापुर नगरपालिकामा ‘फ्री बिजुली, फ्री पानी’, असहायसँग मेयर कार्यक्रम, नगर प्रहर्री होईन नगर शिक्षक छ । यहाँ कुनै सिफारिस वा कामको कर लाग्दैन्, कर फ्रि छ । यस्ता लोकप्रिय कार्यक्रम लागु गरेर सर्वसधारणलाई सेवा गर्ने मेयर रिनाजीलाई म बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छु’ आजपा अध्यक्ष साहले भने, ‘म अरु पालिकामा हेर्छु करमाथि कर लागु गरिएको छ । शिक्षक होईन नगर प्रहरी नियुक्त गरिएको छ, शासन गर्नका लागि । किसानको बिधुत महशुल तिर्ने, सर्वसधारणका छोरीको बिवाहमा आर्थिक सहयोग गर्ने, डाक्टर नियुक्त गर्ने र विरामीलाई सेवा दिने काम गर्नु धेरै नै उत्कृष्ट छ । अरु पालिकाले समेत मौलापुरबाट सिक्नुपर्ने देखिन्छ ।’
मौलापुर नगरपालिकाकी मेयर रिना साहको पहल एवं योजनामा ‘फ्री बिजुली, फ्री पानी’ कार्यक्रम अन्तरगत नगरका हजारौं किसानको विधुतको करोडौं रकम नगरपालिकाले तिर्दै आएको छ । यस्तै असहायसंग मेयर कार्यक्रम अन्तरगत मौलापुरले गरिब समुदायका उमेर पुगेका छोरीको बिवाहमा ३० हजारका दरले हजरौं परिवारलाई नगद सहयोग गर्दै आएको छ ।
मौलापुरमा ‘फ्रि कर’ कार्यक्रम अन्तरगत कुनै पनि कर नगरपालिकाले लिदैन् । जन्मदर्ता, मृत्यु दर्ता, विवाह दर्ता, वा कुनै प्रकारको सिफारिस देखी मालपोत, नापी लगायतका कुनै पनि कर मौलापुरमा लाग्दैन् । यस्तैै सबै पालिकाले नगर प्रहरी नियुक्त गरेर शासन गर्दै गर्दा मौलापुरमा नगरशिक्षक, डाक्टर नियुक्त गरेर नगरबासीलाई सेवा दिने काम भईरहेको छ । यसैगरी मौलापुरमा धुवाधुलो मुक्त अभियान अन्तरगत हजरौं घरमा ग्यास सिलिण्डर, चुलो समेत वितरण गरिएको छ । नगरभित्रको शिक्षा, स्वास्थ्य, यातायातका लागि कालोपत्रे, ढलान लगायतका कामले नगरबासी खुशी छन् ।
यि र यस्ता कार्यक्रमको समर्थन र तारिफ आजपा अध्यक्ष साहले मात्रै नभई मेयर रिनाको विरोधीले समेत गर्दै आएका छन्् । मेयर रिनाले गरेका यस्ता उत्कृष्ट काम एवं योजनाहरु अरु पालिकाले लागु गरेर समृद्ध नेपाल निर्माणको अभियान पुरा गर्नुपर्ने निष्कर्ष कार्यक्रममा सहभागिहरुको रहेको थियो ।
कार्यक्रममा आजपाका महासचिव त्रिभुवन साह, उपमहासचिव सियाराम कुशवाहा, नगरप्रमुख रीना कुमारी साह लगायतको विशेष सहभागिता रहेको थियो ।
आरके श्रीवास्तव,रौतहट,२८ गते असोज ।
सर्वसाधारणलाइ आउजाउ गर्न सहज हुने उदेश्यले लचका निर्माण गरिएको छ । जिल्लाको दक्षिणी भेग ईशनाथ नगरपालिका–गौर नगरपालिका जोड्ने लालबकैया नदीमा लचका निर्माण गरिएको छ । वर्षायाम समाप्त भएसँगै लचका निर्माण गरिएको हो ।
पानीको बहाव कम भएसँगै सो ठाउँमा लचका निर्माण गरिएको हो । गौर नगरपालिका वडा नम्बर ४ टिकुलिया निवासी बिकाउ सहनीले आफ्नो निजि लगानीमा बासको लचका निर्माण गरेको स्थानिय पत्रकार अरविन्द यादवले जानकारी गराएका हुन् ।
उक्त ठाउँमा वर्षौदेखि पुल बन्ने क्रममा छ । समयमा पुल नबन्दा स्थानियलाइ सास्ती खेप्नु परेको छ । निर्माण कम्पनीको ढिलासुस्तीका कारण लालवकैया नदी तर्न स्थानीयलाई कठिनाइ हुँदै आएको छ । उक्त ठाउँमा पुल निर्माणको काम चाँडै सकाउन स्थानीय युवा संजय सहनीले अनसन समेत बसेका थिए । तर उनलाइ आश्वासनको पोका मात्रै दिइयो पुल भने बनेन् ।
पुल बनाउन ढिला गरेको भन्दै स्थानीयले सधैं आलोचना समेत गर्दै आएका छन् । उक्त ठाउँ लालबकैया टिकुलिया घाटमा पुल नहुँदा पटक पटक डुंगा पल्टिने गरेको घटना हुँदै आएको छ ।