बुधबारको राती करिब १२ बजेको समयमा सुरुङ बनाई घरमा प्रवेश गरेर पाँच वटा मोबाइल गरगहना र नगद २ लाख गरी करिब ५ लाख बराबरको चोरी भएको पीडित अच्छेलाल साहको भतिज राजकिशोर साहले बताएका छन्।
घरमा चोरी भएपछि पीडित परिवारले इलाका प्रहरी कार्यालय सन्तपुरमा जानकारी गराउँदा पनि कुनै वास्ता नगरेपछि गाउँको युवाहरूले चोरी भएको मोबाइलको लोकेसनको आधारमा खोजी गर्दै जाँदा फतुवा गाउँको मठको नजिक चारवटा चोर फेला परेको र चोरी भएको मोबाइलहरू र गरगहना र पैसा त्यहीबाट बरामद भएपछि युवाहरूले इलाका प्रहरी कार्यालय विजयपुरमा जानकारी गराएपछि त्यहाँबाट आएको टोली चारैजना चोरलाई समातेर इलाका प्रहरी कार्यालय विजयपुरमा लगेको स्थानीयहरूले बताएका छन्। समातिएको चारैजना चोर गाउँ गाउँमा घुमेर खेला हेराउदै मागेर खाँदै आएको कलैया रहेको फतुवा गाउँका मान्छेहरू बताएका छन्।बज्जिकाञ्चल संवाददाता,राैतहट,१७ गते पुस ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आज एक विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको मूल्य बढाएको जानकारी दिएको छ ।
इण्डियन आयल कर्पोशनबाट पेट्रोल, डिजेलको मूल्य बढेर आएको र हवाई इन्धनको मूल्य भने घटेर आएकाले मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।
अब पेट्रोल प्रतिलिटर पहिलो वर्गमा १६०.५०, दोस्रोमा १६२ र तेस्रोमा १६३ रुपैयाँ भएको छ भने डिजेल पहिलो वर्गमा १५०, दोस्रोमा १५२ र तेस्रोमा १५३ रुपैयाँ भएको छ । -अर्थ ससार
आरके श्रीवास्तव,राैतहट,१७ गते पुस ।
अंग्रेजी नयाँ वर्ष सन् २०२५ आजदेखि सुरू भएको छ । सन् २०२४ लाई गएकाे मध्यराति विदाइ गरेसँगै नयाँ वर्ष २०२५ लाई हर्षाेउल्लासका साथ स्वागत गरिएको छ ।
आज जनवरी १ तारिक हाे । ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी संवतको नयाँ वर्ष २०२५ सुरु भएको छ ।
न्यू इयर २०२५ काे अवसरमा राैतहटकाे पर्यटकीय स्थलहरू भरिभराउ छन् । चन्द्रनिगाहपुरमा रहेका हाेटेलहरू रातिदेखि देखिनै प्याक छन् । प्रसिद्ध पर्यटकीय स्थल नुनथरमा नयाँ वर्ष मनाउन आउनेहरूकाे यहाँ भिड छ ।
त्यस्तै जिल्लाकाे प्रमुख पिकनिक पार्कहरू माैलापुर पिकनिक पार्क,सिमरी लगायतका अन्य पार्कहरूमा एकाबिहानै देखिनै भिड लागन थालेको छ ।
यी ठाउँहरूमा राैतहट,बारा,पर्सा लगायत छिमेकी मुलुक भारत बिहारका पनि धेरै मानिसहरू नयाँ वर्ष मनाउन आउने गरेका छन् । मङ्गलबार बेलुकीदेखि नै यी ठाउँहरू विशेष चहलपहल देखिएको छ ।
जनकपुरधाम, १६ गते पुस ।
मधेश प्रदेश सरकारले मधेश प्रदेशका आठ जिल्लामा क्रियाशील रहेका पत्रकारहरूको स्वास्थ्य तथा दुर्घटना बीमा गर्नका लागि शुक्रवार औपचारिक रुपमा सम्झौता गरिएको छ । मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानून मन्त्रालय मातहतको आम सञ्चार प्राधिकरणले मधेश प्रदेशमा रहेका सबै क्रियाशील पत्रकारहरूको १ लाखको स्वास्थ्य बीमा तथा ७ लाखको दुर्घटना बीमा गर्ने भएको हो । जनकपुरधाम स्थित मधेश प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमा आयोजित कार्यक्रममा पत्रकारहरूको स्वास्थ्य तथा दुर्घटना बीमा सम्बन्धि सम्झौता मधेश प्रदेशका गृह तथा सञ्चार मन्त्री राजकुमार लेखीको रोहबरमा सम्झौता गरिएको छ ।
राष्ट्रिय बीमा कम्पनीका व्यवस्थापक देवराज घिमिरेले कम्पनीको तर्फबाट तथा प्राधिकरणको तर्फबाट निमित प्रशासकीय प्रमुख प्रसन्नराज कर्णले हस्ताक्षर गर्नुभएको छ । कार्यक्रममा मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्री लेखीले मधेश प्रदेश सरकार सञ्चारमैत्री सरकार भएको उल्लेख गर्नुहुँदै पत्रकारहरूको स्वास्थ्य तथा दुर्घटना बीमा निःशुल्क रुपमा गरेर प्रमाणित गरेको बताउनुभयो । उहाँले पत्रकारहरूको समस्याप्रति प्रदेश सरकार पूर्ण रुपमा जानकार भएको बताउनुभयो ।
मन्त्री लेखीले पत्रकारहरूलाई लोककल्याणकारी विज्ञापन समानुपातिक रुपमा प्रदान गरिने जानकारी दिनुहुँदै निकट भविष्यमा नै मधेश प्रदेशका सबै शहिद परिवारलाई एक लाखको स्वास्थ्य विमा निःशुल्क रुपमा गर्ने तयारी प्रदेश सरकारले गरेको बताउनुभयो । जनता समाजवादी पार्टीका मधेश प्रदेशका प्रमुख सचेतक रामअशिष यादवले लोकतन्त्र तथा गणतन्त्रको पहरेदारको रुपमा रहेको पत्रकारिता क्षेत्रको विकास तथा पत्रकार सुरक्षाको लागि प्रदेश सरकारले चालेको कदमको सराहना गर्नुभयो । आमसञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले मधेश प्रदेशमा तीन वर्षदेखि निरन्तर रुपमा पत्रकारिता क्षेत्रमा क्रियाशील रहेका सबै पत्रकारहरूको १ लाखसम्मको स्वास्थ्य तथा ७ लाखसम्मको दुर्घटना बीमा सरकारको स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनी लिमिटेडसँ सम्झौता गर्न लागेको बताउनुभयो । यसअघि महिलाहरूको स्वास्थ्य बीमा गर्दै आएको भए पनि यसपटक करिब ८ सय पत्रकारहरूको बीमा नेपाल पत्रकार महासंघको सिफारिसमा वा मिडियाको सिफारिसमा गरिने जानकारी दिनुभयो ।
नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष पुरन साहले पत्रकारहरूको स्वास्थ्य तथा सुरक्षाका लागि प्रदेश सरकारले शुरु गरेको स्वास्थ्य तथा दुर्घटना बीमा गर्ने नीति स्वागत योग्य भएको बताउँदै यसको निरन्तरतामा ध्यान दिनका लागि आग्रह गर्नुभयो । राष्ट्रिय विमा कम्पनीका व्यवस्थापक देवराज घिमिरेको अध्यक्षतामा भएको सो कार्यक्रममा बीमा कम्पनीसँग विमितले गर्नुपर्ने दाबी भुक्तानी सहितको विषयमा कम्पनीका अधिकारी निरञ्जन आचार्यले जानकारी गराउनुभयो । कार्यक्रममा प्रदेश सांसद रामप्रसाद चौधरी, गृह, सञ्चार तथा कानुन मन्त्रालयका सचिव उद्धव रिजाल, मिडिया काउन्सिलका कार्यवाहक अध्यक्ष कैलाश दास, नेपाल पत्रकार महासंघ मधेश प्रदेशका महासचिव शैलेन्द्र क्रान्ति लगायतका व्यक्तित्वहरुको उपस्थिति थियो ।
पत्रकारहरूको विमाका लागि मधेश प्रदेश सरकारले कुल ३० लाख रुपैयाँ बजेट विनियोजन चालु आर्थिक वर्षको बजेटमा नै गरेको छ ।
त्यस्तै सोमबार दिउँसो प्रहरीको गस्ती टोलीले गौर नगरपालिका वडा नम्बर ८ हनुमान मंदिर अगाडी बाट म.प्र.०३००१ ह १९२० नम्बरको ई–रिक्सा भित्र अबैध रुपमा भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याउँदै गरेको अन्दाजी मुल्य रु. दस हजार दुई सय चालिस बराबरको ७ बोरा युरिया मल, ५० के.जि. चिनी र ४६ के.जि. मैदा बरामद भएको रायले बताए ।
त्यसैगरी ई–रिक्साको मुल्य रु.३ लाख फेला परेको हुँदा उक्त सामान र ई–रिक्सा सहितको मुल्य रु. ३ लाख दश हजार दुई सय चालिस समेत गरी कुल जम्मा रु.४ लाख १८ हजार १ सय चालिस बराबरको सर–सामानहरु नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ । साथै चालक विधिचन सहनीलाइ समेतलाइ पक्राउ गरी आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयमा बुझाईएको डिएसपी रायले बताए ।
जिल्ला प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरिक्षक दिपक कुमार रायले दिएको जानकारी अनुसार आइतवार रातीको समयमा प्रहरीको गस्ती टोलीले जिल्लाको दक्षिणी भेग ईशनाथ नगरपालिका वडा नम्बर ६ स्थित बाँस घारिमा लुकाएर राखेको अन्दाजी मुल्य रु १ लाख ७ हजार ९ सय बराबरको चप्पल जुत्ता नियन्त्रणमा लिएको हो ।
त्यस्तै सोमबार दिउँसो प्रहरीको गस्ती टोलीले गौर नगरपालिका वडा नम्बर ८ हनुमान मंदिर अगाडी बाट म.प्र.०३००१ ह १९२० नम्बरको ई–रिक्सा भित्र अबैध रुपमा भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याउँदै गरेको अन्दाजी मुल्य रु. दस हजार दुई सय चालिस बराबरको ७ बोरा युरिया मल, ५० के.जि. चिनी र ४६ के.जि. मैदा बरामद भएको रायले बताए ।आरके श्रीवास्तव,राैतहट,१० गते पुस २०८१ ।
राैतहटकाे कटहरिया नगरपालिकामा दुई दिन देखि तालाबन्दी चलिरहेको छ । नगर प्रमुख अजय प्रकाश जयसवाल र प्रमुख प्रशासकीय अधिकृत रामजी जाेशीले एकलौटी गर्ने गरेकाे कारण त्यहाँका जनप्रतिनिधिहरूले नै कार्यालयमा तालाबन्दी गरिदिएका हुन् ।

कटहरिया नगरपालिकामा याे पहिलोचाेटी तालाबन्दी भने हाेईन् यस अघि पनि कति चाेटी तालाबन्दी भइसकेको हाे । कतिचाेटी तालाबन्दी भयाे र खुल्यो पनि । यसपालिकाे तालाबन्दी निर्णायक हुने जनप्रतिनिधिहरू नै बताउन थालेका छन् ।
मंगलबार दिउँसो उपप्रमुख रिता देवी यादव सहित कटहरिया वडा नम्बर १ का वडा अध्यक्ष भूपेन्द्र महतो, वडा नम्बर २ का वडा अध्यक्ष हरिन्द्र साह,वडा नम्बर ४ का वडा अध्यक्ष चन्दन कुशवाहा,वडा नम्बर ५ का वडा अध्यक्ष सर्फलाल गुप्ता, वडा नम्बर ६ का वडा अध्यक्ष जयराम चौधरी र वडा नम्बर ७ का वडा अध्यक्ष सहिद आलमले नगर प्रमुख सहित सबै शाखाहरूकाे मूल गेटमा ताल्चा लगाई दिएका हुन् ।
उनीहरूले नगरप्रमुख जयसवालकाे कार्य शैली प्रति असन्तुष्टि जनाएका छन् ।
कटहरिया–४ का वडाध्यक्ष चन्दनकुमार कुशवाहाले नगरप्रमुख र कार्यालय प्रमुखले नगरपालिकामा भ्रष्टाचारको साम्राज्य खडा गरेको र जनताप्रति अलिकति पनि उत्तरदायी नदेखिएको आरोप लगाएका छन् । नगरसभा बाट पारित भएको कागज हामीले हाथमा पाउँदा करोडौंकाे भ्रष्टाचार गर्ने याेजना बनाएको प्रष्ट देखिएपछि तालाबन्दी गर्न आफूहरू बाध्य भएको बताए ।
अर्का जनप्रतिनिधि कटहरिया वडा नम्बर ५ का वडाध्यक्ष सर्फलाल गुप्ताले नगर प्रमुख जयसवाल र प्रमुख प्रशासकीय अधिकृत जाेशीले बिना परामर्श दर्जनौँ निर्णय नगरपालिकाको रजिस्टरमा दर्ता गराएकाे खुलासा गरेका छन् । नगरपालिकामा तालाबन्दी हुँदा कामकाज ठप्प भएको छ । सेवाग्राही मर्कामा परेका छन् ।
नूर आलम बादशाह,बारा,पुस १० गते २०८१ ।
बाराको पाचरौता नगरपालिकाको सहयोगमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ। स्वास्थ्य शाखा पचरौता, लायन्स क्लब ऑफ बीरगंज र माट्रिक आई फाउण्डेशन बीरगंजको संयुक्त आयोजना तथा सहकार्यमा उक्त निःशुल्क आँखा शिविर सम्पन्न भएको हो।
बेनौली स्वास्थ्य चौकीमा सञ्चालन गरिएको शिविरमा महिला पुरुष गरी ५०१ जनाको निःशुल्क आँखा परीक्षण गरिएको थियो जसमध्ये २५२ जनाको आँखामा मोतिबिन्दु भेटिएको पचरौता स्वास्थ्य शाखा प्रमुख सुरेन्द्र साहले जानकारी दिए।

पचरौता नगरपालिकाको वडा नं ७ का स्थानीय बासिन्दालाई लक्षित गरी आयोजना गरिएको आँखा शिविरमा पचरौता नगरपालिकाको अन्य वडालगायत छिमेकी पालिकाहरु आदर्श कोतवाल गाउँपालिका, सिम्रौनगढ़ नगरपालिका, सुवर्ण गाउँपालिका र भारत बिहार राजयका पूर्वी चम्पारण जिल्लाका नेपाल सिमाना नजिकका गाउँबाट पनि सर्वसाधरणहरु आँखा परिक्षण गराउन आएका थिए।
मेतिबिन्दु रोग नेपालमा रहेको दृष्टिबिहिनताको सबैभन्दा प्रमुख कारण हो। जुनसुकै उमेरका मानिसमा पनि यो समस्या देखिन सक्छ तर, अधिकांशमा उमेर बढ्दै गएपछि मोतिबिन्दु हुने सम्भावना पनि बढ्दै गएको पाइन्छ।

मोतिबिन्दु भइसकेपछिको सबैभन्दा प्रभावकारी उपचार शल्यक्रिया नै हो। यो रोग औषधीले ठीक हुँदैन। शल्यक्रिया गर्न नपर्ने अवस्थामा चश्माको प्रयोगबाट पनि धरै हदसम्म सफा हेर्न मद्दत गर्दछ तर पूर्ण सफा हेर्नको लागि शल्यक्रिया नै गर्नु पर्ने हुन्छ। आजभोलि प्रविधिमा आएको विकासले मोतिबिन्दुको शल्यक्रिया गरेको केहि घण्टा मै बिरामी आफ्नो सामान्य दैनिकिमा फर्कन सक्छन्।
शिविरबाट छानिएका मोतिबिन्दुका बिरामीहरुको माट्रिक आई फाउण्डेशन बीरगंजमा बिशेषज्ञ टोलीद्वारा निःशुल्क शल्यक्रिया गरिने स्वास्थ्य शाखा प्रमुख साहले जानकारी दिए । मोतिबिन्दु भएका बिरामीलाई घरबाट बीरगंज लाने र शल्यक्रियापश्चात गाउँमा पुर्याई परिवारका सदस्यलाई जिम्मा लगाउने काम समेत नगरपालिकाले गर्ने छ।
पचरौता नगरपालिकाले पैसाको अभावका कारण पालिका भित्रका कोहि पनि नागरिक अन्धोपनमा जिवन विताउन नपरोस भन्ने उदेश्यले आँखा शिविर सञ्चालन गदै आएको छ।