२०८३ कार्तिक ७
२०८३ कार्तिक ७

काठमाडौँ – प्रमुख सत्ताघटक नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यालय, सानेपामा प्रदर्शनकारीले आगो लगाएका छन्‌ ।

हिजो भएको जेन-जी पुस्ताको आन्दोलन क्रममा १९ जना युवाहरू मारिएपछि आज बिहानैदेखि बल्खुमा प्रदर्शन गरिरहेका आन्दोलनकारीको समूहले सानेपा पुगेर काङ्ग्रेसको पार्टी कार्यालयमा आगो लगाएको हो ।

बल्खुमा यतिखेर ठूलो प्रदर्शन भइरहेको छ । स्थितिलाई नियन्त्रणमा लिन भन्दै सरकारले त्यस क्षेत्रमा नेपाली सेना नै परिचालन गरेको छ ।

खबरहब

बज्जिकाञ्चल संवाददाता, काठमाडौं २४ गते भदौ ।

नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् । शिलापत्रसँग कुराकानी गर्दै घिसिङले प्रधानमन्त्री ओलीले राजीनमा गरी नयाँ सहसतीय सरकार बनाउनुपने बताएका हुन् ।

शिलापत्रसँग उनले भने, ‘अहिलेको सरकारले राजीनमा दिएपछि स्वच्छ छवि भएका सर्वमतीय सरकार बनाउनुपर्छ ।’

शिलापत्र

आरके श्रीवास्तव,राैतहट,भदौ २४ गते । 

काठमाडौं लगायत देशका प्रमुख शहरहरूमा सोमबार भएको जेनजी आन्दोलनमा प्रहरीले गोली प्रहार गर्दा १९ जनाको ज्यान गएको घटनापछि देशभरि चुलिएको आक्रोशको लहर आज रौतहटमा पनि देखिएको छ । यही आक्रोशको प्रतिबिम्बस्वरूप राैतहटकाे विभिन्न ठाउँहरूमा प्रदर्शनहरू भईरहेका छन् ।

कटहरिया नगरपालिका–२ स्थित छेदीचोकमा रहेको मण्टेसरी इन्टरनेशनल इङ्लिस बोर्डिङ स्कुलका विद्यार्थीहरूले पनि सडकमा उत्रिएर शान्तिपूर्ण रूपमा नाराबाजीसहित प्रदर्शन गरेका छन् । उनीहरूले “केपी चोर देश छोड”, “विद्यार्थी मार्न पाइँदैन”, “नेपाल सरकार मुर्दाबाद” लगायतका आक्रोशपूर्ण नारा लगाउँदै सरकारको कदमको कडा विरोध जनाएका थिए । कलिला उमेरका बालबालिकासमेत यति गम्भीर राजनीतिक घटनाप्रति जागरुक बनेर सडकमा उत्रिनु देशमा चुलिँदै गएको असन्तोष र निराशाको गम्भीर संकेत हो । यद्यपि प्रदर्शन शान्तिपूर्ण रहेको र कुनै अप्रिय घटना नभएको स्थानीयले जनाएको छ ।

गत सोमबार राजधानी लगायतका स्थानमा भएको जेनजी आन्दोलनमा सरकारको दमनकारी रवैयाप्रति आम नागरिक र विद्यार्थी समुदाय आक्रोशित बनेका छन् । अहिलेको सरकारद्वारा अपनाइएको कडा हस्तक्षेप र दमनात्मक शैलीले मुलुकलाई गम्भीर संकटतर्फ डोर्याइरहेको भन्दै आम नागरिक चिन्तित छन् । राैतहटमा भइरहेको यस्ता प्रदर्शनहरूले सरकारलाई जनभावनाको कदर गर्न र लोकतान्त्रिक मुल्य–मान्यताकाे सम्मान गर्न सन्देश दिएको विश्लेषकहरूको भनाइ छ ।

काठमाडौँ — जेनजी प्रदर्शनकारी मंगलबार ‍राजनीतिक दलका नेता र मन्त्रीका घरमा ढुंगा प्रहार गर्न लागेका छन् । काठमाडौं उपत्यका र बाहिरका जिल्लाहरूमा पनि प्रदर्शनकारी नेता र मन्त्रीका घरमा ढुंगा प्रहार र आगजनिमा उत्रिएका हुन् ।

 

जेनजी प्रदर्शनको दोस्रो दिन मंगलबार प्रदर्शनकारीले सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको ललितपुरमा रहेको घरमा आगजनी गरेका छन् । त्यस्तै, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको भैसेपाटीस्थित घरमा ढुंगा प्रहार गरेका छन् ।

सोमबार गृहमन्त्रीबाट राजीनामा दिएका रमेश लेखकको घरमा पनि ढुंगा प्रहार गरिएको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलको भैसेपाटीस्थित घरमा ढुंगा प्रहार गरेका छन् ।

त्यस्तै, पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित घरमा आक्रमण गर्न प्रदर्शनकारी पुगेका थिए । उनीहरूलाई प्रदर्शनकारीले रोकेका थिए ।

पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दलका नेता माओवादी अध्यक्ष पुष्पकमल दाहालको खुमलटारस्थित निवासमा पनि प्रदर्शनकारीले ढुंगा प्रहार गरेका छन् ।

कान्तिपुर

काठमाडौं: शिक्षक सेवा आयोगले अन्तर्वार्ता स्थगित गरेको छ। देशमा विद्यमान परिस्थितिका कारण भदौ २६ गतेदेखि असोज १ गतेसम्मका लागि तय भएको अन्तर्वार्ता स्थगित गरिएको उपसचिव गणेश प्रसाद पौडेलले जानकारी दिए।

उनका अनुसार साउन १९ गते तय भएको मावि तहको स्थायी शिक्षक पदपूर्तिका लागि प्रकाशित विज्ञापनमा छनोट भएकाको अन्तर्वार्ता अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित भएको हो।  अन्नपूर्ण

null

काठमाडौँ ।

झापाको बिर्तामोडमा मंगलबार जेन–जी आन्दोलनकारी र सुरक्षाकर्मीबीचको झडपपछि तनावपूर्ण स्थिति सिर्जना भएको छ । आन्दोलनकारीहरूले एमाले पार्टी कार्यालयमा आगजनी गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक खगेन्द्र बहादुर खड्काले पार्टी कार्यालयमा आगजनी भएको पुष्टि गर्दै साना प्रहरी बिटहरूमा समेत तोडफोड भएको जानकारी दिए ।

उनका अनुसार घटनापछि थप अप्रिय स्थिति नहोस् भन्नका लागि प्रहरीले सुरक्षा व्यवस्था कडाइ गरेको छ ।

टेक पाना

आरके श्रीवास्तव,राैतहट,भदौ २४ गते । 

कटहरिया – भ्रष्टाचार, सामाजिक सञ्जालमाथिको प्रतिबन्ध, र काठमाडौं लगायतका प्रमुख शहरहरूमा सोमबार भएको जेनजी आन्दोलनमा प्रहरीको गोली प्रहारबाट १९ जनाको ज्यान गएपछि देशभरि आक्रोश चुलिएको छ ।

यही आक्रोशको प्रतिविम्बस्वरूप आज रौतहटको कटहरिया बजारमा जेनजी (जेनेरेसन जेड) युवाहरूले आक्रामक विरोध प्रदर्शन गरेका छन् ।

प्रदर्शनकारीहरूले ईलाका प्रहरी कार्यालय कटहरिया घेराउ गर्दै टायर बालेर सडक अवरुद्ध पारेका छन् । उनीहरूले “केपी चोर देश छोड”, “विद्यार्थी मार्न पाइँदैन”, “नेपाल सरकार मुर्दाबाद” लगायतका आक्रोशपूर्ण नारा लगाउँदै सरकार र सुरक्षाकर्मीको भूमिकामाथि गम्भीर प्रश्न उठाएका छन् ।

विद्यार्थीहरूमा आक्राेेश देखिएपनि प्रदर्शन भने शान्तिपूर्ण रूपमा नै गरेका छन् । अहिलेको सरकारको रवैयाले मुलुकलाई जुन दिशातर्फ धकेलिरहेको छ । त्यो गम्भीर चिन्ताको विषय बनिसकेको छ ।

कटहरियाका स्थानीय यूवा नेता नसरूदिन अन्सारीले जेनजीकाे माग जायज रहेकोले यसमा आफनाे समर्थन रहने बताएका छन् ।

 

आरके श्रीवास्तव,राैतहट,भदौ २३ गते । 

विकास मसला उद्योग, विरगंज पर्सा द्वारा उत्पादित ‘क्यूरी मसला’ को प्रचारप्रसार तथा व्यवसाय विस्तारको उद्देश्यले रौतहटको मौलापुरस्थित होटल पार्कमा होलसेल स्कीम वितरण कार्यक्रम सम्पन्न भएको छ ।

‘हरेक गृहणीको रोजाई क्यूरी मसला’ नारासहित सम्पन्न सो कार्यक्रमको अध्यक्षता स्थानीय व्यवसायी तथा निरला जेनरल किराना पसलका सञ्चालक महाशक्ति निरालाले गर्नुभएको थियो ।

कार्यक्रममा विकास मसला उद्योगका सञ्चालकद्वय विकास अग्रवाल र विवेक अग्रवाल उपस्थित रहनुभएको थियो । उहाँहरूले उत्पादनमा अपनाइएको गुणस्तर, स्वाद र नेपाली परिकारहरूसँगको सामञ्जस्यबारे जानकारी दिनुभएको थियो ।

 

कार्यक्रममा सहभागी व्यवसायीहरूलाई कुपन सिस्टममार्फत आकर्षक उपहारहरू वितरण गरिएको थियो । कार्यक्रममा हिमगिरी हाईजिन लिमिटेडका पुण्य लुँइटेल र मिन्टु सिंह, खेतान चिया उद्योगका प्रबन्ध निर्देशक ईश्वर दवाडी, जनक खड्का र महेश गुप्ता, तथा हाईजिन पैक्स नेपालबाट भोला महतो र मदन साह लगायत थुप्रै अतिथिहरूको उपस्थिति रहेको थियो ।

सञ्चालक महाशक्ति निरालाले कार्यक्रमको सफलता प्रति सन्तोष व्यक्त गर्दै स्थानीय व्यवसायीहरूलाई गुणस्तरीय घरेलु मसला उत्पादनलाई प्रोत्साहन गर्न आग्रह गर्नुभयो ।

सञ्चालक विकास अग्रवालले भने, “हामीले क्यूरी मसला विशेष गरी नेपाली स्वाद अनुसार उत्पादन गरेका छौँ, र हरेक गृहणीको भान्सामा हाम्रो स्थान बनाउने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरेका हौँ।”

 

कार्यक्रमले स्थानीय स्तरमा घरेलु उद्योगको प्रवर्द्धनमा टेवा पुर्‍याउने विश्वास लिइएको छ । साे अवसरमा क्यूरी मसालाकाे राम्रो व्यवसाय गर्ने दुई जनालाई टिभिएस माेटरसाईकिल,ईभि माेटरसाईकिल र अन्य उपहारहरू पनि प्रदान गरिएको थियोे ।

 

राकेश ठाकुरले सञ्चालन गरेको कार्यक्रममा भाेजपुरीका चर्चित कलाकार सुनिल पंण्डित,एमएल पटेल लगायतका कलाकारहरूले सहभागीहरूलाई भरपूर मनाेरंजन गराएका थिए । कार्यक्रममा बारा,राैतहट र सर्लाहीका व्यवसायीहरू सहभागीता रहेको थियो ।

 

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् । शान्ति, सु–व्यवस्था कायम गर्नु÷गराउनुको साटो ओली नेतृत्वको वर्तमान सरकारले उल्टै नेपाली नागरिकको हत्या–आतंकमा उत्रिनु दुःखद रहेको जनाउदै उनले प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने माग गरेका छन् ।

जेन–जी पुस्ताको आजको प्रदर्शनमा कलिला युवाहरुमाथि बर्बरतापूर्वक सरकारले नरसंहार मच्चाएको साहको ठहर छ । भ्रष्टाचार, अनियमितता, कुशासन, सामाजिक संजाल बन्द गर्ने सरकारको निर्णय बिरुद्ध आवाज उठाउँदा शान्तिपूर्ण आन्दोलनमा सरकारले ताकिताकि गोली चलाउदा दर्जनौँ युवाहरुको मृत्यु हुनुका साथै सयौँ युवाहरु घाईते भएका छन् ।

‘आज सेप्टेम्बर–८ मा भएको ‘जेन–जी’ पुस्ताको शान्तिपूर्ण प्रदर्शनमा नेपाल सरकारको तर्फबाट गोली लागेर दर्जनौं प्रदर्शनकारीको मृत्यु र सयौंको संख्यामा घाईते भएको खबरले मर्माहत भएको छु । कलिला उमेरका युवाहरूको यो बर्बरतापुर्ण नरसंहारले लोकतन्त्र र कानुनी शासनको उपहासमात्र नभई मानवताकै हत्या भएको छ । अहिलेको २१औं शताब्दीमा शान्ति, सु–व्यवस्था कायम गर्नु÷गराउनुको साटो केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले उल्टै आफ्नो नागरिकको हत्या–आतंकमा उत्रिनु दुःखद हो । प्रधानमन्त्रीले यो नरसंहारको जिम्मा लिई देशमा शान्ति, अमनचयन, सुशासन र स्थिरता कायम गर्न÷गराउनको लागि पनि तत्काल राजीनामा गर्न जोडदार माग गर्दछु । साथै, प्रहरीको गोली लागेर मृत्युवरण गरेका महान युवाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली, घाईतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना तथा शोक सन्तप्त परिवार एवं आफन्तजनमा गहिरो समवेदना व्यक्त गर्दछु,’ आजपा अध्यक्ष साहले जारी गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

काठमाण्डौ – जेन–जी भनिने नयाँ युवा पुस्ताले गरेको आन्दोलनको दबाबका कारण सरकार सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध हटाउन बाध्य भएको छ । हिजो बेलुकी बसेको मन्त्रिपरिषद बैठकले सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्ध हटाउने निर्णय गरेको हो ।

यससँगै सरकारले बन्द गरेका फेसबुक, युट्युब, ह्वाट्सएप, इन्स्टाग्रामलगायत सामाजिक सञ्जालहरु सञ्चालनमा आउन थालेका छन् । सूचीकरण नभएको भन्दै सरकारले गएको बिहीबारदेखि यी सामाजिक सञ्जाल प्लेटफर्महरू निष्क्रिय बनाएको थियो ।

फेसबुकसहितका सामाजिक सञ्जाल बन्द हुँदा अनलाइन व्यापार, व्यवसायदेखि विद्यार्थीहरूको पढाइ, विदेशमा रहेका आफन्तसँगको कुराकानी र सूचना आदानप्रदानमा समस्या भएको थियो । सामाजिक सञ्जालमाथि लगाइएको रोक, बेथिति र अव्यवस्थाको बिरोधमा युवा पुस्ताले प्रदर्शन गरेका थिए । उज्यालो अनलाइनमा याे खबर उपलब्ध छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।