बज्जिकाञ्चल संवाददाता,राैतहट,१४ गते साउन ।
लोकतान्त्रिक पत्रकार संघ बारा शाखाको कार्यालयको उद्घाटन लाेसपा मधेश प्रदेशका अध्यक्ष तथा मधेस प्रदेश सरकारका पूर्व भौतिक पूर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनलद्वारा विधिवत रूपमा सम्पन्न गरिएको छ ।
एक विशेष समारोहबीच आयोजित उक्त उद्घाटन कार्यक्रममा अध्यक्ष सोनलले लोकतान्त्रिक मूल्य र प्रेस स्वतन्त्रतामा आधारित पत्रकारिताको विकासका लागि कार्यालय आवश्यकता रहेको उल्लेख गरेका छन् । उहाँले लोकतान्त्रिक पत्रकार संघको योगदानको प्रशंसा गर्दै आगामी दिनहरूमा अझ प्रभावकारी रूपमा काम गर्न शुभकामना व्यक्त गर्नुभयो ।
उक्त अवसरमा पत्रकार संघका केन्द्रीय सदस्य बिजेन्द्र चौधरी र बारा जिल्ला अध्यक्ष शाहनवाजलाई विशेष रुपमा बधाई तथा शुभकामना व्यक्त गरिएको थियो । पत्रकारिता क्षेत्रको सशक्तिकरणमा उनीहरूको भूमिका उल्लेखनीय रहेको भन्दै कार्यक्रमले उनीहरूको योगदानको सम्मान पनि गर्यो ।
कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, पत्रकार, सामाजिक अभियन्ता तथा स्थानीय बासिन्दाहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
आरके श्रीवास्तव, रौतहट, १४ साउन।
मधेश प्रदेश सरकारअन्तर्गतको स्वास्थ्य मन्त्रालय, सपहीको सहयोगमा तथा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि एवम् युवा नेता ज्ञानेन्द्र प्रसाद यादवको पहलमा फतुवा विजयपुर नगरपालिकामा विशेष पोषण कार्यक्रम सम्पन्न गरिएको छ।
कार्यक्रम अन्तर्गत नगरपालिका भित्रका १ देखि ११ नम्बर वडासम्मका गर्भवती र सुत्केरी महिलालाई कुपोषणको जोखिमबाट जोगाउन पोषणयुक्त खाद्यान्न वितरण गरिएको हो ।
खाद्यान्न वितरण कार्यक्रम कार्यवाहक नगरप्रमुख अम्बेया खातुनको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । नगरप्रमुख खातुनले आफ्ना सम्बोधनमा मातृ र शिशु स्वास्थ्यलाई प्राथमिकतामा राख्दै नगरपालिकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउनु भयो ।
उहाँले स्थानीय सरकार मातहतका वडास्तरमा समेत यस्ता स्वास्थ्यमुखी अभियान सञ्चालन गर्ने योजना रहेको जानकारी दिनुभयो । कार्यक्रममा सम्बन्धित वडाका जनप्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो ।
नेता ज्ञानेन्द्र यादवले मातृस्वास्थ्य र बालस्वास्थ्यमा सुधार ल्याउने उद्देश्यले यस्तो कार्यक्रम अघि बढाइएको जानकारी गराउनुभयो । उहाँले स्थानीय तहसँग समन्वय गरी आगामी दिनमा समेत यस्ता कार्यक्रम निरन्तर चलाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा सहभागी आमाहरूले सरकार र स्थानीय नेतृत्वलाई धन्यवाद दिँदै यस्ता सहायक कार्यक्रमले उनीहरूलाई मानसिक र शारीरिक रूपमा थप सशक्त बनाउने बताएका छन् ।
आरके श्रीवास्तव,राैतहट,१५ गते साउन ।
राैतहटकाे फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० मा आज गर्भवती तथा सुत्केरी महिलालाई पोषणयुक्त खाद्यान्न वितरण गर्दै मातृ तथा शिशु स्वास्थ्यप्रति उच्च प्राथमिकता दिइएको छ । स्वास्थ्य मन्त्रालय, मधेस प्रदेश सरकार अन्तर्गतको स्वास्थ्य निर्देशनालयको सहयोगमा कुपोषणको जोखिममा रहेका महिलालाई प्रत्यक्ष राहतस्वरूप पोषण सामग्री वितरण गरिएको हो ।

कार्यक्रममा कार्यवाहक नगरप्रमुख अम्बेया खातुनले “स्वस्थ आमा नै समृद्ध समाजको आधार हो” भन्दै मातृ तथा शिशु स्वास्थ्यमा नगरपालिकाले विशेष ध्यान दिइरहेको बताउनुभयो । उहाँले जनताको स्वास्थ्य सुरक्षालाई स्थानीय सरकारको पहिलो प्राथमिकतामा राख्ने प्रतिबद्धता पनि जनाउनुभयो ।

प्रदेश सांसद प्रत्यासी शेख सेराजले मातृ स्वास्थ्यलाई बलियो बनाउने यस्ता कार्यक्रमहरूको निरन्तरता आवश्यक रहेको बताउँदै, स्वास्थ्य क्षेत्रमा अझ बढी बजेट र योजनाहरू ल्याउनुपर्ने धारणा राख्नुभयो ।
वडा नम्बर १० का वडा अध्यक्ष मञ्जय चौधरीले गर्भवती र सुत्केरी महिलाहरूलाई पोषणयुक्त खाद्यान्न वितरणले ठुलो राहत मिल्ने भन्दै धन्यवाद व्यक्त गर्नुभयो ।

समाज र व्यक्तिका दृष्टिकोणले जीवनको परिभाषा फरफरक हुन्छ । समाज र समयले लखेट्दा लखेट्दा एक बिन्दुमा पुगेका चित्रकार र प्रकृतीसँग रमाउन चाहने रानीफूलले आफ्नो जीवनमा खोजेको परिभाषा हो नाटक ‘जब फूलले आकार लिन्छ…’ । नाटकमा बाहिरी भन्दा भित्री सुन्दरताको महत्व खोज्ने चित्रकार र आफैभित्र खुशी खोज्ने रानीफूलको संघर्षको कथा प्रस्तुत गरिएको छ ।
10 Attachments • Scanned by Gmail
जनकपुर । जनकपुरधाममा दिनहुँजसो विरोध, प्रदर्शन, ज्ञापन पत्र बुझाउने, धर्ना, आन्दोलन हुनु कुनै नयाँ कुरा होइन । तर मंगलबार (आज) ज्ञापन पत्र बुझाउने एउटा अनौठो शैली देखिएको छ ।
विगत लामो समयदेखि चुरे तथा वनजंगल संरक्षणसहितका मागहरु लिएर आवाज उठाउँदै आएका चुरे तथा वनजंगल संरक्षण अभियानका संयोजक सुनिल यादवले आँखामा कालो पट्टी बाँधेर नगर परिक्रमा गरेका छन् ।
उनले विभिन्न माग राख्दै आँखामा कालोपट्टी बाँधेर जनकपुरधामको नगर परिक्रमा गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् ।

संयोजक यादवले आँखामा पट्टी बाँधेर जनकपुरधामको जनक चोक, भानु चोक, मिल्स एरिया हुँदै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर प्रदेश सरकारका उपसचिव बासुदेव मल्ललाई सात बुँदे ज्ञापन पत्र बुझाएका छन् ।
यादवले बुझाएको ज्ञापनपत्रमा हाल संसदमा पेश भएको भुमि व्यवस्था ऐन तत्काल फिर्ता लिन माग गरिएको छ ।

प्राकृतिक श्रोतमाथि भू–माफियाको बर्चस्व बढेर सरकारी वन क्षेत्र समाप्त हुने भएकाले सो ऐन तत्काल संसदबाट फिर्ता लिइ वन जंगल क्षेत्र हटाएर ऐन पेश गर्ने व्यवस्था गर्न समेत ज्ञापन पत्रमा सुझाइएको छ ।
खानेपानीको व्यवस्थाअन्तर्गत अल्पकालीन, मध्यकालीन र दिर्घकालिन योजना, कार्यक्रम र बजेट सुनिश्चितता गरि कार्यन्वयनको लागि घोषणा गर्न, मधेश प्रदेशलाई सुख्खा खडेरी र जल संकटग्रस्त क्षेत्र सरकारले घोषणा गरेपनि किसानको लागि तत्कालीन राहत र क्षतिपूर्तिको घोषणा गरि रकम उपलब्ध गराउनुपर्नेलगायतका मागहरु उल्लेख रहेको छ । सभार राताे कागज
प्रेमचन्द्र झा,राैतहट,१३ गते साउन ।
राैतहट । मधेश प्रदेश जेष्ठ नागरिक संघको अधिवेशन आज बीरगंजमा एक भव्य समारोहका बिच सम्पन्न भएको छ। अधिवेशनको उद्घाटन सत्र संघका संयोजक जगदीश शर्मा कोअध्यक्षता र मधेश प्रदेशका युवा, खेलकूद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवालको प्रमुख आतिथ्यतामा सम्पन्न भयो।
कार्यक्रममा बोल्दै मन्त्री जयसवालले जेष्ठ नागरिकहरू राष्ट्रको गौरव र अनुभवका धनी स्रोत रहेको उल्लेख गर्दै, उनीहरूको सम्मान र सहभागितालाई संस्थागत गर्न राज्य प्रतिबद्ध रहेको बताए। संयोजक जगदीश शर्माले जेष्ठ नागरिकको हक, हित र सुरक्षाका लागि संघले निरन्तर आवाज उठाउने बताए।
अधिवेशनले नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। नवनिर्वाचित अध्यक्षमा विजय किशोर झा (रौतहट), प्रथम उपाध्यक्षमा भरत मल्ल (बारा), महिला उपाध्यक्षमा ज्योति शाह (पर्सा), महासचिवमा सूखचन्द्र लाल कर्ण (धनुषा), कोषाध्यक्षमा रविन्द्र प्रसाद सिंह (सर्लाही), सचिवमा राम नरेश सिंह (सप्तरी), उपकोषाध्यक्षमा राजेश्वर ठाकुर (महोत्तरी) निर्वाचित भएका छन्। सदस्यहरूमा सलमा नेशा खातून (सर्लाही) र महेश्वर लाल कर्ण (रौतहट) चयन भएका छन्।
नवनिर्वाचित कार्यसमितिलाई बधाई दिंदै सहभागीहरूले संघलाई अझ सक्रिय, जिम्मेवार र प्रभावशाली बनाउने अपेक्षा व्यक्त गरे।
बज्जिकाञ्चल संवाददाता,पर्सा,१३ गते साउन ।
बिरगंज-पर्साको बिरगंज महानगरपालिका–१७, अलौंमा पत्रकार पवन प्रसाद साहको पहलमा निःशुल्क आँखा शिविर सफलतापूर्वक सम्पन्न गरिएको छ । बिरगंज सामुदायिक आँखा केन्द्रको प्राविधिक सहयोगमा सञ्चालन भएको शिविरमा स्थानीय बासिन्दाले उल्लेखनीय स्वास्थ्य सेवा पाएका छन् ।

शिविरमा ८७ जना सेवाग्राहीको आँखा परीक्षण गरिएको थियो, जसमा १६ जनामा मोतियाबिन्दु देखिएको वीरगंज सामुदायिक आँखा केन्द्रका डा. प्रभात चौरसियाले जानकारी दिए । मोतियाबिन्दु भएका बिरामीको साउन १६ गते बिहीबार निःशुल्क शल्यक्रिया गरिने उनले बताए ।
शिविरमा डा. चौरसियाले आँखा परीक्षण गरेका थिए भने अस्पतालका ओमप्रकाश चौधरीले परीक्षणमा सहयोग पुर्याएका थिए। बिरामीहरूलाई निःशुल्क औषधि वितरणसमेत गरिएको थियो।
कार्यक्रममा राप्रपा अलौंका वडा इकाइ सभापति छठु साह कानु, राप्रपा नेपाल पर्साका नेता उदित सहनी, जसपा पर्साका नेता बिरेन्द्र प्रसाद यादव, जादोलाल सहनी, पत्रकार विष्णु राम र समाजसेवी अमर यादवलगायतको उपस्थिति रहेको थियो।

पत्रकार साहको सक्रियतामा सम्पन्न उक्त शिविरले स्थानीयस्तरमै प्रभावकारी सेवा प्रदान गर्दै जनस्वास्थ्यप्रति नागरिकको पहुँच बलियो बनाएको स्थानीयवासीहरूले प्रतिक्रिया दिएका छन्।
राम विश्वास कुशवाहा, सर्लाही,१३ गते साउन ।
हरिवन -नागपञ्चमी श्रावण शुक्ल पक्षको पञ्चमीका दिन मनाइन्छ । यस दिनमा नागको पूजा गर्ने गरिन्छ। नागपञ्चमी एक श्रद्धा र विश्वासको पर्व हो । यस दिनमा नागको साथै नाग धारण गर्ने भगवान् भोलेनाथको पूजा आराधना पनि गरिन्छ । नागपञ्चमीको दिन नागको चित्रमा दुध, दही, अक्षता, फुल, दुबो राखी गाईको गोबरको सहायताले घरको ढोका माथि अष्टनागको चित्र टाँस्ने गरिन्छ । यस दिनदेखि वर्षायाम समाप्त भई हिउँदयाम सुरू भएको पनि मान्ने गरिन्छ ।
नागका अष्टकुल अर्थात् अनन्त, बासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंखनाग गरी अष्टनागको चित्र टाँस्नाले उक्त घरमा चट्याङ नपर्ने तथा आगो र सर्पको डरसमेत नहुने धार्मिक विश्वास रहेको छ । ज्योतिषशास्त्रअनुसार पञ्चमी तिथिका स्वामी नाग देवता हुन् । पातालमा नाग देवताको बसोबास हुने र भूमि खन्दा नागलाई कष्ट हुने भएकाले नागपञ्चमीका दिन भूमिमा हलो जोत्नु वा जग राख्नु शुभ हुँदैन भन्ने धार्मिक मान्यता रहेको छ । नेपाल बहुजाति, बहुभाषी र बहुसंस्कृति भएको मुलुक हो ।
नेपाली संस्कृतिमा मानिसको मात्र होइन पशुपन्छी र जीवजन्तुको पनि उत्तिकै महत्वपूर्ण स्थान रहेको छ । विभिन्न चाडपर्व, जात्रा नेपाली समाजको पहिचान हो । यस्ता विशेष पर्वहरूमध्ये नागपञ्चमी पनि एउटा पर्व मानिन्छ । हरेक श्रावण शुक्लपक्ष पञ्चमीलाई हिन्दू धर्मालम्बीहरूले नागपञ्चमीको रूपमा मनाउँछन् नागलाई सहकालको देवताको रूपमा मानिन्छ । नाग प्रसन्न भएमा पानी पर्छ भनिन्छ । त्यसैले पानीको मूल फुट्दा पानीसँगै कहिलेकाहीँ नागहरू पनि देखिन्छन् ।
हाम्रो समाजमा नागसम्बन्धी विभिन्न कथा कहानीहरू सुन्न पाइन्छ । यदि पानीको मुहान वरपर फोहर गरेमा घाउ खटिरा आउँछ भन्ने मान्यता रहेको छ । त्यसैले नागलाई विशेषरूपमा पूजिन्छ । यसरी नागको पूजा गर्दा अगस्त्य, पुलस्त्य ऋषिहरूलाई पनि सम्झना गर्नुपर्ने धार्मिक मान्यता रहेको छ । हिन्दू धर्म र संस्कारअनुसार प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नागपूजा गरी नागपञ्चमी मनाउने प्रचलन रहेको छ । नाग अनन्त, बासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंखनागको नागपञ्चमीकै दिन पूजाआराधना गरिन्छ । यस दिन बिहानै उठी स्नान गरी दीप, कलश, गणेश स्थापना गरी गोबरको नाग बनाई पूजाआजा गरिन्छ । आजको दिनमा विभिन्न नागको बासस्थान भएका स्थानहरु पोखरी, पानी भएको कुवा इनारमा गएर पूजा गर्ने चलन छ ।
प्रकृतिमा भएको विषाक्त तत्वहरुलाई आफूमा ग्रहण गरेर प्राकृतिक सन्तुलनलाई कायम राख्दछ । प्राचीनकालदेखि नै नेपालमा नागपूजा गरी नागपञ्चमी मनाउँदै आएको पाइन्छ ।
भगवान् शंकरले गहनाको रुपमा र भगवान् विष्णुले शैयाको रुपमा प्रयोग गर्ने नाग लाई बौद्ध धर्ममा उत्तिकै श्रद्धाका साथ पूजिन्छ । पञ्चध्यानी बुद्धहरुमध्ये उत्तर दिशाका अमोघशिद्धि नागफणाद्धारा रक्षित हुन्छन् । नागपञ्चमी दिन भएकाले सनातन धर्मावलम्बीले आ–आफ्नो घरको मूल ढोकामा नाग टाँस्छन् । नागपञ्चमीमा दीप, कलश र गणेश पूजा गरी गाईको गोबरको नाग बनाई नागको मानचित्रमा गाईको दूध, दही, दुबो, कुश, सिन्दूर, चन्दन, रङ्गीविरङ्गी फूल, फलफूल, प्रसाद आदि चढाएर पूजा गरी ढोकामा टास्नाले सर्पको भय हुँदैन भन्ने विश्वासमा नागको पूजा गरिन्छ ।
पुराणमा कश्यपकी पत्नी कद्रुका सन्तान मानिएका वासुकी, तक्षक, कुलिक, कर्कटक, पद्य, शंखचुड, महापद्य र धनञ्जय नामका आठ नाग छन् । श्रावण महिनाको पञ्चमी तिथि नागहरूको पूजा गरिने र कागजमा नागका चित्र लेखेर वा छापेर घरघरमा टाँसिने दिन श्रावण शुक्ल पञ्चमीको दिन नागपञ्चमी हो । घस्रेर हिँड्ने लम्बाकार विषालु कीरो, सर्पलाई नाग पनि भनिन्छ । श्रावण महिना नागको मालाधारी भगवान् शिवको पूजा गरिने महिना हो । यो महिनामा पर्ने सोमबार बोलबम नारासहित भगवान् शिवको पूजा गरिन्छ । पौराणिक परम्पराअनुसार नागले बास गर्ने जलाशय नाग बस्ने दहलाई नागदह भनिन्छ ।
सर्पहरू गृष्म ऋतुमा जमिनबाहिर र शीत ऋतु जाडोमा जमिनमित्र दुलोमा बस्दछन् । सर्प अक्सर दुलोमा बस्दछन् । सर्पलाई सधाएर, नाच्न लगाएर त्यसबाट आयआर्जन गरेर जीवननिर्वाह गर्ने चटकीहरू पनि छन् । नागबाट बहुमूल्य, अति दुर्लभ र उपयोगी नागमणि पाइन्छ भन्ने किम्वदन्ती पनि छ । कुण्डलीमा राहु, केतुको दोष भएकाहरुले पनि आजको दिनमा विधिवत् रुपमा भगवान शिवको पूजा गरेमा अथवा नाग देवताको पूजा गरी विशेष मन्त्रको जप गरे राहु र केतुको दोषबाट पर्ने प्रभाव हटेर जीवनमा सुख मिल्ने धार्मिक विश्वास छ ।
आरके श्रीवास्तव,राैतहट,१३ गते साउन ।
आज देशभर नाग पञ्चमी पर्व श्रद्धा र परम्पराअनुसार मनाइँदैछ । घरकाे मूलगेटमा नाग फाेटाे टाँसी परम्परागत संस्कार अनुसार गाउँघरमा बिहानै उठी गाेबरबाट घरकाे भित्तामा नागकाे चित्र बनाइन्छ भने, “बालु पढ्नेर मगाउने” परम्परासमेत निभाइन्छ ।
यस अवसरमा विशेषगरी कृषक समुदायले नागदेवतालाई वर्षा, उब्जनी र समृद्धिको प्रतीक मानी पूजापाठ गर्ने परम्परा रहेको छ । नागकाे तस्बिर बनाई पूजा गरी नागदेवतालाई दूध, अक्षता, फूल, दुग्धजन्य पदार्थ अर्पण गरिन्छ ।
ग्रामीण क्षेत्रमा आजको दिनलाई विशेष मानिँदै आएको छ । महिलाहरू घरको सरसफाइ गरी भित्तामा गाेबरले नाग बनाउने चलन आज पनि कायमै छ । साथै, परम्पराअनुसार बालु पढेर मगाउने चलनले सामाजिक र धार्मिक चेतनाको निरन्तरता झल्काउँछ ।
धार्मिक मान्यताअनुसार नाग पञ्चमीमा नाग देवताको पूजा गरेमा सर्पदंशबाट रक्षा हुने र घरमा सुख, शान्ति र समृद्धि प्राप्त हुने विश्वास गरिन्छ ।
आरके श्रीवास्तव,राैतहट,१३ गते साउन ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले पार्टीको केन्द्रीय महासचिव पदमा राजेन्द्र कुमार साहलाई मनोनयन गरेको छ । पार्टी अध्यक्ष महन्थ ठाकुरद्वारा हस्ताक्षरित पत्रमार्फत साहलाई उक्त जिम्मेवारी दिइएको जानकारी प्राप्त भएको छ ।
पार्टीको संशोधित विधानअनुसार गरिएको मनोनयनसँगै अध्यक्ष ठाकुरले साहलाई बधाई दिँदै देश, मधेश तथा पार्टी हितमा उहाँको कार्यकाल उपलब्धिमूलक हुने विश्वास व्यक्त गरेका छन् ।
“देश, मधेश एवं पार्टीको हितमा यहाँको कार्यकाल उपलब्धि मूलक हुने छ भन्ने विश्वासका साथ शुभ-कामना व्यक्त गर्दछौं,” अध्यक्ष ठाकुरले मनोनयन पत्रमा उल्लेख गरेका छन् ।
राजेन्द्र कुमार साह सिरहा जिल्लाबाट सक्रिय राजनीतिमा सहभागी हुँदै आएका छन् । पार्टीभित्र विभिन्न तहमा जिम्मेवारी बहन गर्दै आएका साह अब केन्द्रीय महासचिवको भूमिकामा रहनेछन् ।
पार्टीले यस मनोनयनलाई आगामी राजनीतिक गतिविधिहरू सुदृढ बनाउन महत्वपूर्ण कदमको रूपमा लिएको छ।