काठमाडौं,१७ गते साउन ।
आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले बोलबम संस्कृतिले नेपाली समाजलाई प्रगाढरुपमा जोडदै गरहेको बताएका छन् । बोलबम संस्कृतीको सरकारले जर्गेना गर्नुपर्ने उनले बताए ।
भोलेनाथ बोलबम कावरिया संघद्धारा आज (शनिबार) काठमाडौंको कालिमाटीमा आयोजित बोलबम विशेष समारोहलाई सम्बोधन गर्दै आजपा अध्यक्ष साहले समाजलाई एकताबद्ध गर्न महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बोलबम संस्कृतिको सरकारले संरक्षण एवं प्रबद्र्धनका गर्नुपर्ने बताए ।

बोलबम संस्कृती सहितको मौलिक धर्म, संस्कृतीको जर्गेना गर्न सरकारले चासो नदिएको बताउदै उनले हिन्दु धर्मावलम्बीले नै हिन्दु धर्म, संस्कृती जोगाएको बताए । नेपालको बिभिन्न शिवालयमा साउन महिनामा बोलबम काँवरियाहरुले विशेष पुजापाठ गर्दैआइरहेको बताउदै उनले त्यसका लागि सरकारले समेत यस्तो कार्यका लागि बजेट बिनियोजन गर्नुपर्ने बताए ।
‘बोलबम काँवरियाहरुले आफ्नो निजि पैसा खर्च गरेर हिन्दु धर्म, संस्कृतीको जर्गेना गर्दै आइरहेका छन् । यस्तो कार्यमा सरकारले समेत बजेटको व्यवस्था गर्नुपर्ने हो । तर सरकारले यस्तो कार्यमा चासो दिनुको साटो अपवाह कार्यमा बढी ध्यान केन्द्रीत गरेको छ । यस्तो बिषयको जर्गेनामा सरकार उदासिन रहेको छ,’ आजपा अध्यक्ष साहले भने ।

कुर्सीका लागि प्रधानमन्त्री जस्तो गरिमामय जिम्मेवारीमा रहेका नेताले हावादारी गफ गरेर हिन्दु धर्मको जर्गेना नहुने बताउदै आजपा अध्यक्ष साहले यस्तो जिम्मेवार व्यक्ति जिम्मेवारीका साथ प्रस्तुत हुनुपर्ने बताए । तथ्य, तथ्यांक, इतिहास, प्रमाणका आधारमा मात्रै कुनै कुरा गर्दा राम्रो हुने बताउदै उनले सस्तो लोकप्रियताका लागि हावादारी गफ गर्न नहुने टिप्पणी गरे । साथै उनले प्रधानमन्त्री ओलीले हिन्दु धर्म, संस्कृतीसंग खेलवाड गरेको समेत बताए ।
भोलेनाथ बोलबम कवरिया संघका अध्यक्ष राजकुमार साह कलवारको अध्यक्षतामा भएको कार्यक्रममा सन्तोष अग्रवाल, त्रिभुवन साह, विपिन जयसवाल, चन्द्र भुषण साह लगायतको विशेष सहभागिता रहेको थियो ।
काठमाण्डौ,१७ गते साउन । पर्यावरण संरक्षणमा निरन्तर सक्रिय रहँदै आएकी अभियन्ता सुनिल यादवलाई “३१ औँ प्रकाश मानव अधिकार पुरस्कार २०८१” प्रदान गरिएको छ । पुरस्कार प्रदान कार्यक्रममा सहभागी हुँदै उनले अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तथा अभियानमा काँधमा काँध मिलाउँदै साथ दिने सबै अभियन्ता, पत्रकार मित्र तथा वनकर्मीप्रति विशेष आभार प्रकट गरेका हुन् ।
उनले पुरस्कार स्वरूप प्राप्त नगद राशी ५० हजार रुपैयाँ सम्पूर्ण अभियानकर्मीहरूसँग साझा गर्दै, उक्त राशीबाट समाजका विभिन्न स्थानहरूमा वृक्षारोपण र विरुवा वितरण कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेका हुन् ।

कार्यक्रम स्थलमै ५ हजार १ सय ५० रुपैयाँ बराबरका १५० वटा कागतीका विरुवा वितरण गर्दै अभियानको नयाँ यात्रा आरम्भ गरिएको हो । यस कदमले पर्यावरण संरक्षणको अभियानमा थप ऊर्जा प्रदान गर्ने विश्वास गरिएको छ ।
उक्त अवसरमा उनले भने, “म सधैँ अभियान सँगै रहने सबै सहकर्मी, पत्रकार र वनकर्मीप्रति उच्च सम्मानका साथ धन्यवाद प्रकट गर्छु। यो सम्मान केवल मेरो मात्र नभई सम्पूर्ण अभियानको हो।”
पर्यावरणीय न्याय, हरियाली संरक्षण र जनचेतना अभिवृद्धिका लागि उनी सक्रिय रहँदै आएका छन्। भविष्यमा पनि यस्ता अभियानलाई थप सशक्त बनाउँदै लैजाने उनको प्रतिबद्धता रहेको छ ।
आरके श्रीवास्तव,राैतहट,१६ गते साउन ।
नवप्रवेशी यूवा नेता राजाबाबु साहलाई जनता समाजवादी पार्टी (जसपा) नेपालमा भव्य स्वागत गरिएको छ ।
शनिबार कटहरिया बहुमुखी क्याम्पसमा आयोजित कार्यक्रममा साहलाई जसपा नेपाल नगर कमिटी कटहरियाले सम्मानपूर्वक स्वागत गरेको हो । कार्यक्रममा जसपा नगर अध्यक्ष रामसेवक यादवको अध्यक्षता रहेको थियो भने प्रमुख अतिथि जसपा नेपालका केन्द्रीय सदस्य चुल्हाई राय यादव रहेका थिए । कार्यक्रममा जसपा नेता बच्चा यादवलगायत पार्टीका अन्य नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति थियो ।
यसअघि साहले काठमाडौंस्थित जसपा नेपालको केन्द्रीय कार्यालयमा आयोजित एक विशेष समारोहमा पार्टी प्रवेश गरेका थिए । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले उनलाई पार्टीको सदस्यता प्रदान गर्दै टीका, माला र अविर लगाएर स्वागत गरेका थिए ।
राजाबाबु साह लामो समयदेखि नेपाली काँग्रेसमा सक्रिय रहँदै आएका थिए । उनले केही दिनअघि पार्टी परित्याग गरी एकाएक जसपा नेपालमा प्रवेश गरेका हुन् ।
उनको आगमनले जसपा नेपालमा थप ऊर्जा र सशक्त राजनीतिक धार प्रवेश हुने विश्वास गरिएको छ ।
व्यापारीका हक र हितको संरक्षण गर्दै उल्लेखनीय कार्य गर्दै आएका सापकोटाको कार्यकालमा संघले ऐतिहासिक प्रगतिहरू गरेको बताइन्छ। संघको आफ्नै भवन निर्माण सम्पन्न गर्नु, सदस्य व्यापारीहरूको समस्या समाधानमा सक्रिय भूमिका खेल्नु, नीतिगत सुधारमा पहल गर्नु लगायतका कामले उनलाई व्यापारीको मन जित्न सफल बनाएको छ।
”सापकोटाज्यूले संघलाई एउटा संस्थागत आकार दिनुभयो। उहाँ नेतृत्वमा फेरि केही बाँकी कामहरू सम्पन्न गर्नु आवश्यक छ” व्यवसायी शिवराम राउत भन्छन्, ”यसैले हामी सकेसम्म सर्वसम्मत उहाँकै नेतृत्व चाहन्छौं।”
स्पष्ट वक्ता, दूरदर्शी नेतृत्व क्षमता तथा राजनीतिक, प्रशासनिक र व्यवसायिक क्षेत्रसँगको राम्रो समन्वय सापकोटाको विशेषता मानिन्छ। यही कारणले उनलाई भिजिनरी लिडरुका रूपमा व्यापारी समुदायले मूल्यांकन गर्दै आएको देखिन्छ।
यद्यपि, अधिवेशनमा पूर्व महासचिव सुनिल कुमार साहले पनि अध्यक्ष पदमा दाबी गरेका छन्। कांग्रेस र एमाले निकट नेताहरूको समेत समर्थन पाएको भनिएका साहले संघमा फेरबदल ल्याउने भन्दै उम्मेदवारी घोषणा गरेका हुन्। तर उनी महासचिव पदमा रहेकै बेला संघको उत्थानमा खास योगदान नदिएको भन्दै स्थानीय व्यवसायीहरूको उनले तिब्र आलोचना झेलिरहेका छन्।
”साहज्यूले महासचिव हुँदा खास केही गर्नु भएको सम्झना छैन। यसपालि संस्थागत निरन्तरताको पक्षमा जानु उपयुक्त हुन्छ,” चन्द्रनिगाहपुरका व्यवसायी दिपक न्यौपानेले बताए।
चन्द्रपुर नगर उद्योग वाणिज्य संघको यो अधिवेशन संघको इतिहासमै महत्वपूर्ण मानिएको छ। संघका नीतिगत सुधार, व्यवसायमैत्री वातावरण निर्माण तथा प्रदेश तथा स्थानीय तहसँग समन्वय गरेर व्यवसायीहरूको हक संरक्षण गर्ने कामलाई निरन्तरता दिने नेतृत्व को आउने भन्ने चासो व्यापारीहरूमा चुलिएको छ।
शनिबार हुने अधिवेशनमा अधिकांश व्यवसायीहरूको समर्थन सापकोटा नेतृत्वको टिमलाई प्राप्त हुने अनुमान गरिएको छ। यदि कुनै सहमति हुन सकेन भने प्रतिस्पर्धा स्वाभाविक हुने बताइएको छ।
संघले आगामी कार्यकालमा आर्थिक क्षेत्रको सुदृढीकरण, युवा उद्यमशीलता प्रवर्द्धन तथा संघ–सरकार–व्यवसायीबीचको समन्वयलाई अझ प्रभावकारी बनाउने योजना अघि सार्ने तयारी गरिरहेको छ।
बज्जिकाञ्चल संवाददाता,राैतहट,१५ गते साउन ।
राैतहटकाे मौलापुर नगरपालिकाले पत्रकार रविन्द्र प्रजापतिको असामयिक निधनप्रति गहिरो शोक व्यक्त गर्दै उहाँका परिवारजनप्रति समवेदना प्रकट गरेको छ । नगर प्रमुख रिना कुमारी साहको नेतृत्वमा पालिकाले दिवंगत पत्रकारका परिवारलाई नगद रू २५ हजार सहयोग प्रदान गरेको छ ।
नगर प्रमुख साह तथा प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले नगरपालिकाकाे तर्फबाट रविन्द्र प्रजापतिको घरमै पुगेर परिवारलाई सो सहयोग रकम हस्तान्तरण गर्नुभएको हो । सो अवसरमा उहाँहरूले स्व. प्रजापतिको आत्माको चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।

नगर प्रमुख साहले भनिन्, “पत्रकार रविन्द्र प्रजापतिको असामयिक निधनले हामी सबै स्तब्ध भएका छौं। पालिकाको तर्फबाट यो सानो सहयोग मार्फत उहाँका परिवारलाई केही राहत मिलोस् भन्ने हाम्रो चाहना हो।”
स्व. प्रजापति लामो समयदेखि पत्रकारितामा सक्रिय रहँदै आएका थिए र उनले स्थानीयस्तरमा जनसमस्या उठाउने कार्यमा उल्लेखनीय भूमिका खेलेका थिए ।
स्मरणीय हाेस् गत साउन गते शनिबार राति पत्रकार प्रजापति आफ्नै घरमा झुण्डिएको अवस्थामा फेलापरेका थिए।
आरके श्रीवास्तव,राैतहट,१५ गते साउन ।
रौतहटकाे कटहरिया नगरपालिका–७ मा रहेको श्री मावि बगहीका पूर्व प्रधानाध्यापक सरोज साहलाई विशेष सम्मान गरिएको छ । आफ्नो दुई वर्षे कार्यकालमा इमानदारीपूर्वक सेवा दिएका साहको समर्पण र कर्मनिष्ठाको कदर गर्दै वडा कार्यालयले उनलाई सम्मान गरेको हो ।
समारोहमा वडा अध्यक्ष सहिद मियाँ धोबीले सरोज साहलाई मोबाइल, टाइटन घडी, दुई जोर कपडा, जुत्ता–मोजा, चप्पल, बेल्ट, रूमाल, डायरी, कलमसहित सम्मानपत्र प्रदान गरेका छन् ।
उक्त सम्मानलाई साहले अत्यन्त गहिरो सम्मानका साथ ग्रहण गर्दै सम्पूर्ण वडा परिवारप्रति आभार व्यक्त गरेका छन् ।

“कर्म इमानदारीपूर्वक गर्नुपर्छ, मुल्यांकन अवश्य हुन्छ,” साहले सम्मान ग्रहण गर्दै संक्षिप्त मन्तव्य दिएका थिए । कार्यक्रममा विद्यालयका शिक्षक, स्थानीय अभिभावक, समाजसेवी तथा वडा सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
यो सम्मान शिक्षक–शिक्षण पेशाप्रतिको आदर र समर्पणप्रतिको कदरको प्रतीक भएको बताइएको छ । शिक्षक साह हाल श्री जनता मावि कटहरियामा कार्यरत छन् ।
आरके श्रीवास्तव,राैतहट,१५ गते साउन ।
नेपाल विद्युत प्राधिकरणको ४० औं वार्षिकोत्सवको अवसरमा मौलापुर वितरण केन्द्रको प्राङ्गणमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रमको नेतृत्व वितरण केन्द्रका कार्यालय प्रमुख ई. रामदिनेश यादवले गर्नुभयो ।

ई. यादवका अनुसार यस प्रकारका कार्यक्रमले वातावरण संरक्षणमा योगदान पुर्याउनुका साथै कार्यालय परिसरलाई हरियालीयुक्त बनाउने उद्देश्य राखिएको छ ।
उहाँले भन्नुभयो, “विकास र पूर्वाधार निर्माणसँगै वातावरणीय सन्तुलन कायम राख्न वृक्षारोपण जस्ता कार्य अपरिहार्य छन् । विद्युत प्राधिकरणले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत यस्तो पहललाई निरन्तरता दिनेछ ।”

कार्यक्रममा वितरण केन्द्रका कर्मचारी, प्राविधिक टोली तथा स्थानीय समुदायका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो । विभिन्न जातका फलफूल तथा छायाँदिने बिरुवा रोपिएको जानकारी दिइएको छ ।
यस अवसरमा कार्यालय प्रमुख यादवले कर्मचारीहरूलाई नियमित रूपमा वृक्षहरूको हेरचाह गर्न आग्रह गर्नुका साथै भविष्यमा थप वृक्षारोपण कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नेपाल विद्युत प्राधिकरणको वार्षिकोत्सवलाई सामाजिक तथा वातावरणीय सन्देशमूलक बनाउने प्रयासस्वरूप गरिएको यो वृक्षारोपण कार्यक्रम सराहनीय कदमको रूपमा लिइएको छ ।
आरके श्रीवास्तव,राैतहट,१५ गते असार ।
रौतहटकाे गरुडा नगरपालिका–२, गेडहीगुठ्ठीमा आज एक विशेष कार्यक्रमका बीच छात्र–छात्राहरूलाई साईकल वितरण गर्दै कक्षा ११ को औपचारिक सुरुआत गरिएको छ ।

कार्यक्रममा नगरप्रमुख कन्थमनी जयसवालले सहभागी भई छात्रछात्राहरूलाई साईकल वितरण गर्न पाएको र कक्षा ११ को औपचारिक सुरुआत गर्न पाएकोमा अत्यन्त खुशी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “शिक्षा क्षेत्रको सुधार र छात्रहरूको शैक्षिक पहुँचलाई अझ सहज बनाउन नगरपालिकाले गर्दै आएको प्रयास अन्तर्गत यो कार्यक्रम एउटा सकारात्मक पाइलाको रूपमा लिएको छु।”

नगरप्रमुख जयसवालले यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूमा नयाँ उत्साह र आत्मविश्वास थप्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा शिक्षा, स्वास्थ्य र विकासका क्षेत्रमा नगरपालिकाले ठोस कामहरू गर्दै जाने प्रतिबद्धता समेत दोहोर्याउनुभयो ।
कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक मौजेलाल साहले नगरपालिकाको यो पहलप्रति आभार व्यक्त गर्दै भने, “साईकल वितरणले दूरदराजबाट विद्यालय आउने विद्यार्थीहरूको यात्रा सजिलो बनाउनेछ । यसले विशेष गरी विपन्न वर्गका छात्रछात्राहरूलाई विद्यालयमा नियमित गराउने र पठनपाठनमा अझ सक्रिय बनाउनेछ ।”

प्रधानाध्यापक साहले कक्षा ११ को सुरुआतले विद्यालयमा उच्च माध्यमिक तहको शिक्षामा नयाँ अध्याय प्रारम्भ भएको उल्लेख गर्दै विद्यार्थी र अभिभावकको भरोसालाई कायम राख्ने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, शिक्षक, अभिभावक, विद्यार्थी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।
काठमाडौं,१५ गते साउन ।
पेट्रोलको मूल्य घट्दा डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य वृद्धि भएको छ।
नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँले मूल्य घटाएको हो।
त्यस्तै डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ बढाउँदा हवाई इन्धनको आन्तरिकतर्फ ३ रुपैयाँले मूल्य वृद्धि गरिएको छ। त्यस्तै अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रति किलोलिटर २१ अमेरिकी डलरले वृद्धि भएको निगमले जनाएको छ। सभार वर्णन मिडिया
यस्तो छ शुचि



