२०८३ कार्तिक ८
२०८३ कार्तिक ८

 

रविन्द्र साह,राैतहट,२१ गते पुस २०८१ । 

उच्च अदालत जनकपुर , अस्थाई बिरगंज अदालतले केन्द्र प्रदेश र जिल्ला शाखाको निर्वाचन हुदा मतपत्रमा सांकेतिक चिन्ह जस्ता केरकार संवैधानिक व्यवस्थाअनुसार  व्यक्तिका लागि अनुसूचीको व्यवस्था नगरिएको विषयमा कारण देखाउ आदेश जारी गरेको  जनाएको छ ।


न्यायाधीश  एकल इजलासले आज जिल्ला प्रसाशन कार्यालय रौतहट गौर समेत गरि ६ जनाको नाउँमा कारण देखाउ आदेश जारी गर्दै कारण देखाउ आदेश दिएको हो ।

मौलिक अधिकार र गोपनियता भंग भएकोमा नेपाल पत्रकार महासंघ केन्द्रिय समिति , रौतहट शाखा निर्वाचन समिती , जिल्ला प्रशासन कार्यालय रौतहट गौर , जिल्ला हुलाक कार्यालय गौर , नेपाल पत्रकार महासंघ रौतहट शाखा केन्द्रिय निर्वाचन समिति समेत गरि ६ जना उपर  यही पौष १९  गते संविधानको व्यवस्थाअनुसार अनुसूचीमा निर्वाचन रद्द गर्नुपर्ने मागसहित रिट निवेदन दायर गरेका थिए ।

यहि मंसिर २८ गते सम्पन्न निर्वाचनमा पुर्ण रूपमा धाधली भएको भएको भनेर सम्बन्धि निकायमा उजुरी गरे पनि कतै सुनुवाइ नभएपछि पत्रकार राकेश यादव , किशोरी राय यादव र बिकास अग्रवालले अदालतको बाटो रोज्नु परेको बताउनु भएको छ।

बज्जिकाञ्चल संवाददाता २१ गते पुस २०८१ ।

ललितपुर । नेपाल क्लाइम्बिङ स्पोर्ट एशोसिएशन अंतर्गत वाग्मती प्रदेश कमिटी तथा काठमाडौँ उपत्यका कमिटीको निर्वाचन ललितपुरमा सम्पन्न भएको छ । नर्वाचनबाट बागमती प्रदेश कमिटीको अध्यक्षमा कल्पना महर्जन निर्वाचित हुनुभएको छ ।

 

काठमाडौँ उपत्यका कमिटीमा रुपेश अधिकारी अध्यक्षको पदमा निर्वाचित हुनुभएको छ । दुबै कमिटी ९ नौ जनाको रहेको छ ।
काठमाडौँ उपत्यका कमिटीमा उपाध्यक्षद्धयमा श्रीधर पौडेल र बुद्धि राम शर्मा निर्वाचित हुनुभएको छ । सचिवमा सुवास सुवेदी, कोषाध्यक्षमा हरिभक्त महर्जन र सदस्यहरुमा शोभा सापकोटा थापा, विजय प्रसाद बस्याल, गंगा थापा मगर र अनुप सुवेदी निर्वाचित हुनुभएको छ । वाग्मती प्रदेश कमिटीको उपाध्यक्षद्धयमा रविन्द्र महर्जन र सुरज बस्नेत निर्वाचित हुनुभएको छ ।

 

सचिवमा नवीना गुरुङ, कोषाध्यक्षमा डोमा तामाङ र सदस्यहरुमा दावा टासी शेर्पा, चन्द्र कृष्ण चक्रधर र मनीष महर्जन निर्वाचित हुनुभएको छ ।
भेलामा ४२ जनाको उपस्थिति थियो । कार्यक्रमका प्रमुख अतिथि वाग्मती प्रदेश. खेलकुद परिषद्का सदस्य सचिव दीपक लामा तामा हुनुहुन्थ्यो, विशेष अतिथि नेपाल क्लाइम्बिङ स्पोर्ट एशोसिएशनका अध्यक्ष रमेश पौडेल, बेसबल संघका अध्यक्ष दीपक न्यौपाने, स्केटिङ तथा आइस स्केटिङ संघका अध्यक्ष अच्युत खनाल, नेपाल आई टि एफ तेक्वान्डो महासंघ को सचिव अन्जना शिवाकोटी, नेपाल क्लाइम्बिङ स्पोर्ट एशोसिएशनका महासचिव सन्तोष मादेन, सचिव सुजित कँडेल. कोषाध्यक्ष प्रनिल मान श्रेष्ठ हुनुहुन्थ्यो. ि

चन्दन यादव, रौतहट, २१ पुस 2081 ।

भन्सार छलीको स्कार्पियो गाडी भन्सारमा बुझाईएको हो । प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारेको भारतिय नम्बरको स्कार्पियो गाडी ३० लाख रुपैयाँ मूल्याङ्कन गरी जिल्ला भन्सार कार्यालय गौरमा बुझाएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटले विआर ०१ पी एल ९३८७ नम्बरको बेवारिसे सेतो रंगको स्कार्पियो गाडी ३० लाख रुपैयाँ मुल्याङन गरी आवश्यक कारवाहीको लागि शुक्रवार भन्सारमा बुझाएको प्रहरीले आज एक सूचना जारी गर्दै सार्वजनिक गरेको छ ।

भन्सार छलीको स्कार्पियो गाडी चलाईरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले खोजतलास गर्दै जाँदा गत साउन ४ गते दुर्गा भगवती गाउँपालिका ३ स्थित सडक छेउमा उक्त गाडी बरामद गरेको थियो।

पटक पटक सूचना जारी गर्दा पनि ५ महिनाको अवधिमा उक्त भारतीय नम्बरको स्कार्पियो गाडीको हक दाबी गर्ने प्रहरीको सम्पर्कमा कोही न आउँदा बाध्य भएर भन्सारमा बुझाएको जिल्ला प्रहरी कार्यालय रौतहटका सहप्रवक्ता इन्स्पेक्टर उमाशंकर प्रसादले बताएका छन् ।

रौतहट जिल्ला अन्तर्गत २८ किलोमिटर लामो सिमाना भारतसँग जोडिएको र सदियौं देखि दुई देशबीच रोटी बेटीको सम्बन्ध रहिआएकाले यहाँ भारतीय नबरको गाडी आउँजाउँ हुँदै आएको छ ।

आरके श्रीवास्तव,राैतहट,२१ गते पुस २०८१ । 

राैतहटकाे ग्रामीण क्षेत्रमा चाेरीकाे संख्या ह्वात्तै बढेकाे छ ।  चाेरकाे बिगबिगी अत्यधिक छ । पछिल्लो समय चाेरीका घटनाहरू दिन दिनै बाहिर आईरहेका छन् । गएराति जिल्लाकाे माधवनारायण नगरपालिका वडा नम्बर ६ माधाेपुरमा चार घरमा चाेरी भएको स्थानीयहरूले जानकारी गराएका हुन् ।

 

चोरहरूले सुरुङ खनेर माधोपुर उत्तरवारी टोलमा चार जनाको घरमा चोरी गरेका छन् । स्थानीय जगरनाथ राय यादव , रामबाबु राय यादव ,नेमीलाल राय यादव लगायतको घरमा चोरी भएकाे छ । उनीहरूको घरबाट चोरहरूले लाखौंको सामान चोरी गरी लागेका छन् । पछि स्थानीयहरुले थाहा पाएर हो-हल्ला गर्दा चोरहरु भागेका थिए ।

 

चोरहरूले फेरि पुरानै विधि र शैली अपनाएर राती राती घरमा चोरी गर्न थालेका छन् । तराईमा लागिरहेको बाक्लो हुस्सुको मौका छोपेर उनीहरू चाेरी गर्न पल्केका हुन् ।

 

केही दिन अघि मात्र फतुवा विजयपुर नगरपालिकाकाे वडा नम्बर ६ पेटभर्वामा चाेरी भएको थियो । गाउँ गाउँमा भिख माग्दै हिडन् मानिसहरूकाे समूह नै चाेरीमा संलग्न थिए । प्रहरी समयमा नपुगेपनि त्यहाँका युवाहरूले लाेकेशनकाे आधारमा चाेरीहरूलाई पक्रेर प्रहरीकाे जिम्मा लगाएकाे थियो ।

जिल्लाकाे ग्रामीण भेगमा यस्ता घटनाहरू दिनदनै हुँदा पनि प्रहरीकाे ध्यान जानसकेकाे छैन् ।  यसतर्फ स्थानिय प्रहरी प्रशासनलाई गम्भीरतापूर्वक लिन स्थानीयहरूले अनुराेध समेत गरेका छन् ।

बज्जिकाञ्चल संवाददाता,रौतहट,२० गते पुस २०८१  ।

रौतहटको चर्चित बजार कटहरियाका ब्यवसायी रामचन्द्र साह कलवारले पूर्वाग्रही रुपमा आफू बिरुद्द समाचार आईरहेको गुनासो गरेका छन्।

 नियमपूर्वक मलखाद विरतण गर्ने , कुनै किसिमको नक्कली मल खाद विक्री वितरण नगर्ने भएपनि एकजना पत्रकारले पूर्वाग्रही रुपमा आफुलाई बदनाम गराउन समाचार लेखिरहेको गुनासो गरेका हुन्।

जहरीमाई कृषि सहकारी संस्थाका सञ्चालक रामचन्द्र साह कलवारले शनिवार पत्रकार सम्मेलन आयोजन गरि दुःखेसो पोखेका थिए। सहकारीको नाउँमा आउने मलखाद  नियम पूर्वक सम्बन्धित वडाका अध्यक्षको रोहबरमा मलखाद वितरण गर्दा पनि आफ्नो स्वार्थ पूर्तिका लागि आफूलाई बदनाम गर्न खोजिएको कलवारले बताएका छन्।

बारम्बार एउटै विषयलाइ लिएर आफूलाइ बदनाम गर्न थालेपछि बाध्य भएर आफूले प्रतिबाद गरेको बताएका छन्। बिरगंज बाट आधिकारिक विक्रेता संग भ्याट बिलमा चाइनिज मलखाद खरिद गरी ल्याएर बिक्री गर्दा दुुइ नम्बर बनाइ बिक्री वितरण गर्नें गरेको, जनता लाइ मलखाद नदिने गरेको र तस्करी गर्ने जस्ता आफूमाथि लागेको आरोपहरु निराधार रहेको प्रष्ट पारेका छन् । कटहरिया म्यूजिकल एफएमका प्रकाश श्रेष्ठले माग गरे अनुसार आर्थिक सहयोग गर्न अस्मर्थता जनाउँदा आफनो नाम जोडी बदनाम गरिएको कलवारले आरोप लगाएका छन् ।

कटहरिया स्थित ३ वटा वडाहरुमा आफूहरुले चलाउने  तिन वटै सहकारी संस्थाबाट नियम अनुसार मलखाद वितरण गर्ने गरेको उनले दावी गरेका छन् । सम्बन्धित वडा संगै कृषि शाखा कटहरियाको सिफारिस गरि अनलाइन गरेर मात्र मलखाद विरतण गर्ने गरेको सहकारी सञ्चालक कलवारले स्पष्ट पारेका छन्। आफूले यदी गलत गरेको हो, नक्कली मलखाद बिक्री वितरण गरेको हो भने सम्बन्धित निकायले छानबिन गरी कारबाही गरोस्। पटक पटक बिभिन्न निकाय बाट अनुगमन आउँदा यहाँका अधिकांश पसल बन्द हुन्छन तर आफूले सदैव सेवा दिँदै आएको छु।

 भ्याट देखि लिएर नेपाल सरकारको सबै प्रक्रिया पूरा गरेर पसल सञ्चालन गरेको हुँदा गलत हूँ भने तपाईंहरू नै अनुगमन गरी कार्वाही गर्नुस ब्यवसायी रामचन्द्र साह कलवारले पत्रकार सम्मेलनमा आग्रह गरेका थिए। उता म्यूजिकल एफएमका पत्रकार प्रकाश श्रेष्ठले व्यवसायीको आरोपको खण्डन गर्दै समाचार लेखेकै कारण ब्यवसायी रामचन्द्रले आफूलाई फोन मार्फत बिभिन्न धमकी दिएको बताएका छन्।

यसै विषयलाइ लिएर नेपाल पत्रकार महासंघ रौतहट शाखाले प्रेस विज्ञप्ती निकालेर घटनाको सत्य तथ्य छानबिन गर्न माग गरिएको छ। महासंघका सचिव गौतम श्रेष्ठ द्धारा हस्ताक्षरित विज्ञप्तीमा घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको  र समाचारका विषयमा चित नबुुझे कानुुनी उपचार विधि र प्रक्रिया हुँदाहुदै धमकी दिनु प्रेस स्वतन्त्रता र पत्रकारको पेशागत मर्यादा माथि गम्भिर आक्रमण भएको महासंघको ठहर भएको उल्लेख गरेका छन्  ।  घटनाको छानबिन गरि दोषी उपर कानुुनी कार्यवाही गर्न तथा समाचारको विषयमा आउने यस्ता धाक धमकीपूर्ण कार्य बन्द गर्न र जनताको सूचनाको हक स्थापित गर्न महासंघ सबैमा अनुुरोध समेत गरेको छ ।

बज्जिकाञ्चल संवाददाता,बारा,२० गते पुस २०८१ ।

बारा । राष्ट्रिय मातृभूमि पार्टी नेपालका महासचिव गाेविन्द गिरीले आमा जस्तै देशलाई माया गर्ने पार्टीको नेपालमा खाँचाे रहेको कुरा औल्याएका छन् ।

राष्ट्रिय मातृभूमि पार्टी नेपाल बारा द्वारा गढिमाई नगरपालिका वडा नम्बर एक गायत्री चाैक स्थित पार्टी प्रवेस तथा वडा समिति गठन गर्न आयोजित सभालाई सम्बोधन गर्दै महासचिव गिरीले देशलाई माया गर्ने ईमान्दार नैतिकवान नेता र पार्टीको नेपालमा खाँचाे रहेको बताए।

देशलाई विकसित समृद्व वनाउने भिजन कुनै पनि पुराना पार्टीसँग नरहेको दाबी गर्दै आफुहरुलाई जनताले माैका दिए देशलाई परिवर्न तर्फ लैजाने महासचिव गिरीले दाबी गरेका छन् ।

पुराना पार्टी र रिटायर नेताका कारण  देश दिनप्रतिदिन पछि पर्दै गएका कारणले परिवर्तनका लागि पनि नयाँ शक्तिको हातमा देश जानु पर्ने उनले बताए । राष्ट्रिय मातृभूमि पार्टी नेपाल गढिमाइ नगरपालिका वडा नम्वर एकका अध्यक्ष  मुना कुमार लहेराकाे अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय काेषाध्यक्ष केशव राज भट्टाराई ,समाजसेवी सुरेन्द्र ढकाल,

राैतहट जिल्ला अध्यक्ष रन्जित पटेल सहितले बाेलेका थिए।

ओमप्रकाश यादव,माधवनारायण,२० गते पुस २०८१ । 

विकासमा एक कदम अगाडि माधवनारायण नगर प्रमुख बैजनाथ प्रसाद यादवले केही वर्षदेखि रोकिएको नगर अस्पताल भवनको निर्माण कार्य पुनः सुचारु गराएका छन्।

माधवनारायण नगरपालिका -२ खेसरहियामा यस नगरपालिकाको १५ शैयाको नगर अस्पताल निर्माण कार्य सुरु भएको छ।

डीपीआर तयार भएर बन्द भएको नगर अस्पतालको बाँकी काम मेयर बैजनाथ प्रसाद यादवले आजदेखि पुनः सुचारु गराएका हुन्।

मेयर यादवले उक्त नगर अस्पतालको आज अनुगमन निरीक्षण गर्दै गुणस्तरीय काम गर्न निर्माण कम्पनीलाई निर्देशन दिएका छन्।

मेयर बैजनाथ प्रसाद यादवको दूरदर्शी सोच, मास्टरप्लान भिजन र विकासका काममा देखाउने गरेको ताद्रुक्ताका कारण माधवनारायण नगरवासीले चाडै नगर अस्पतालको सेवा पाउने भएका छन्।

त्यस्तै मेयर यादवले आजै सखुअवामा निर्माण हुँदै गरेको विद्यालय भवनको छत ढलान कार्यको पनि अनुगमन निरीक्षण गरेका थिए।

प्रेमचन्द्र झा,राैतहट,पुस २० गते २०८१ । 

रौतहट क्षेत्र नम्बर १ का सांसद एवम पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल गढिमाई नगरपालिका वडा नम्बर ८ का नवनिर्वाचित वडा अध्यक्ष बजरंगी यादवको घरमा शनिवार पुगि शोक सभा तथा शान्ति भाेजमा सहभागी भएका छन् । नेकपा एस पार्टीका  नेता हरिनारायण यादवको भाई मेघु राय यादवको  तेरहाै पुन्यतिथिको अवसरमा आयोजित शोक सभा तथा शान्तिभोजमा सहभागी भएका थिए।

 

 नेकपा एसका केन्द्रीय सदस्य कल्याणी खडका, मधेस प्रदेस सभा सदस्य कनिस पटेल जिल्ला अध्यक्ष कमल यादव, राजदेवी नगर प्रमुख भिखारी यादव र बाैधिमाई नगरप्रमुख प्रदिप यादव ,देवाही गोनाही नगरप्रमुख प्रेमलाल साह माधव कुमार नेपालको राैतहट स्थित सहयोगी रेवन्त झा सहितका उपस्थिति रहेको थियो ।

संजय सहनी,राैतहट,पुस २० गते शनिबार २०८१ ।

जिल्ला प्रहरी कार्यालय रौतहटले अबैध घरेलु मदिरा तथा मदिरा बनाउन प्रयोग गरिने कच्चापदार्थ बरामद गरि शनिबार नष्ट गरेको छ ।

रौतहटको गौर नगरपालिका वडा नम्बर ५ स्थित विभिन्न स्थानमा लुकाई छिपाई संचालन गरेको ३ ओटा अबैध दारु भट्टीहरुमा प्रहरी टोलीले विशेष सुचनाको आधारमा  छापा हानी ठुलो परिणाममा घरेलु मदिरा ,कच्चा पदार्थ र विभिन्न सामाग्री नियन्त्रणमा लिएर पत्रकारहरुको रोहवरमा नष्ट गरिएको प्रहरी निरीक्षक उमाशंकर प्रसादले जानकारी दिनु भएका छन् ।

 

जसअन्तर्गत बेच्न तथा तयारी अवस्थामा रहेको ७ सय लिटर घरेलु रक्सी र २८ सय लिटर कच्चा पदार्थ , रक्सी बनाउन प्रयोग गरिएको भाँडा हण्डा ४ थान ,डेक्चि ८ थान ,स्टिल बाल्टिन ३ थान ,ग्यास सिलिन्डर ४ थान ,ग्यास चुल्हो ४ थान ,प्लास्टिक ग्यालन १४० ,प्लास्टिक बाल्टिन १० थान सामान सहित बारामद सबै समान नस्ट गरिएको निरीक्षक गुप्ताले प्रष्ट पारेका छन् ।

 

भट्टी संचालकहरु भागि गएको हुँदा निजहरुको खोजतलास भईरहेको निरीक्षक गुप्ताले बताएका छन् ।

उनले भने “बिना ईजाजत मदिरा बिक्रीबितरण गर्ने, मदिरा सेवन गरेर होहल्ला गर्ने जोकोही भए पनि कारवाहीको भागेदारी हुने छन् यस्तो कार्य रोक्नु हामी सबैको दायित्व हो । मदिरा बिक्रीबितरणका साथै ओसार पसारमा समेत रौतहट प्रहरीले कडाईका साथ चेकजाँज गरिरहेको बताए ।

प्रेमचन्द्र झा,राैतहट,पुस २० गते २०८१ । 
राैतहट क्षेत्र नम्बर एकका सांसद एवंम पुर्व प्रधानमन्त्री माधव कुमार नेपाल राजदेवी नगरपालिकाका अग्निपिडितलाई भेटी सहयोग हस्तान्तरण गरेका छन । पिडित सबै परिवारलाई खाद्वान,त्रिपाल कम्बल सहितका सामान हस्तान्तरण गरेको सांसद नेपालको राैतहट स्थित सहयोगी रेवन्त झाले बताए।
सांसद नेपालले अग्नि पिडित परिवारकाे सुरक्षित व्यवस्थित आवास निर्माणका लागि जग्गा व्यवस्थापन गरि तत्काल घर निर्माणका लागि पिडित परिवारलाई आवश्यक सहयोग गर्ने पुर्वप्रधानमन्त्रीबाट प्रतिवद्वता प्राप्त भएको सहयोगी झाले बताए।

सो अवसरमा ननेकपा एसका केन्द्रीय सदस्य कल्याणी खडका, मधेस प्रदेस सभा सदस्य कनिस पटेल जिल्ला अध्यक्ष कमल यादव, राजदेवी नगर प्रमुख भिखारी यादव र बाैधिमाई नगरप्रमुख प्रदिप यादव सहितका उपस्थिति रहेको थियो ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।