२०८३ कार्तिक ६
२०८३ कार्तिक ६

 

मँजय राम कटहरिया,आजको पात्रो जेष्ठ २०८०र०३र१६ गते
त्रयोदशी, आषाढ शुक्लपक्ष,शनि प्रदोष व्रत,आज अन्तर्राष्ट्रिय सहकारी दिवस
आज बिहान सूर्योदय ०५ः१२ मा हुनेछ भने सूर्यास्त ७ : ०४ मा हुनेछ । तिथि : त्रयोदशी २०:५२ बजेसम्म, त्यसपछी चतुर्दशी , नक्षत्र : अनुराधा १३:१८ बजेसम्म, त्यसपछी ज्येष्ठा , योग : शुभ २२:०३ बजेसम्म, त्यसपछी शुक्ल , करण : कौलव ०९:३१ बजेसम्म, त्यसपछी तैतिल २०:५२ बजेसम्म, त्यसपछी गर ।

राशीफल :-

मेष ( ARIES) चु, चे, चो, ला, लि, लु, ले, लो, अ

आज यात्राबाट हानी हुनसक्छ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । प्रेमीप्रेमिकाको बिच खिन्नता बढ्नसक्छ, तर साँझमा शुभ समाचार पाइनेछ ।

वृष(TAURUS ) इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

आज नयाँ कार्यको योजना बन्ला । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । मित्र वा आफन्तको सहयोग पनि मिल्नेछ ।

मिथुन ( GEMINI) का, कि, कु, घ, ङ, छ, के, को, ह

आज मनमा प्रसन्नता छाउनेछ । विद्या र बुद्धिको विकास हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

कर्कट ( CANCER ) हि, हु, हे, हो, डा, डि, डु, डे, डो

आज प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । कूटनीतिक नियोगको सहयोग मिल्ला । पुनर्मिलनको योग पनि रहेको छ ।

सिंह  (LEO )  मा, मि, मु, मे, मो, टा, टि, टु, टे

दबाब र तनाव बढेको महसुस हुनेछ । शरीरमा आलस्य आउला । प्रेम सम्बन्धमा खिन्नता बढ्न सक्छ, तर घर जग्गाबाट भने लाभ मिल्नेछ ।

कन्या ( VIRGO ) टो, प, पि, पु, ष, ण, ठ, पे, पो

नयाँ काम प्रारम्भ गर्ने समय छ। चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिलो हुनेछ। लगानी गर्दा व्यवसायमा मनग्य धनलाभ हुनेछ। मिहिनेतले दिगो फाइदा दिलाउन सक्छ। पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ। प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन्।

तुला (LIBRA ) र, रि, रु, रे, रो, ता, ति, तु, ते

अध्ययनमा प्रगति हुनेछ। लेखन तथा सिर्जनात्मक कामबाट ख्याति मिल्न सक्छ। प्रयत्न गर्दा बोलीको भरमा काम बन्नेछ। आलोचकहरूले समेत प्रशंसा गर्न थाल्नेछन्। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। सहयोगीहरूले साथ दिनेछन् भने अहिले मिहिनेत गर्दा पछिसम्म लाभ मिल्नेछ। पहिलेका कमजोरीलाई सुधार गर्ने अवसर प्राप्त हुनेछ।

वृश्चिक(SCORPIO)  तो, ना, नि, नु, ने, नो, या, यि, यु

दिन रमाइलो रहनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। पहिलेको सफलताले हौसला जगाउनेछ। आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। बौद्धिक क्षमताको तारिफ हुनेछ भने व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ।

धनु( SAGITTARIUS ) ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

समयमा होस नपुग्नाले खर्च बढ्नेछ। ठूलो प्रयत्नले सामान्य उपलब्धि दिलाउनेछ। पछिका लागि लगानी गर्ने अवसर प्राप्त हुनेछ। तर शुभचिन्तकहरूलाई बेवास्ता गर्दा दुःख पाइएला। परिवारजनबाट समेत टाढिनुपर्ला। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्। आफ्नै कमजोरीले विवाद निम्त्याउनेछ। सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ।

मकर ( CAPRICORN )  भो, ज, जि, खि, खु, खे, खो, गा, गि

अकस्मात् धन प्राप्त हुनाले उत्साह जाग्नेछ। मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन्। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि जग बसाउने मौका छ। आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ। मिहिनेतको फल प्राप्त हुनेछ। नोकरी तथा पेसा–व्यवसायमा विशेष फाइदा उठाउन सकिनेछ।

कुम्भ ( AQUARIUS)  गु, गे, गो, सा, सि, सु, से, सो, द

प्रतीक्षा गरिएको काम छिटै सम्पादन हुनेछ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। कीर्तिमानी काम गर्ने समय छ। प्रयत्न गर्दा महत्त्वपूर्ण वस्तु लाभ होला। सहयोगीहरूले हिम्मत दिलाउनेछन्।

मीन ( PISCES )  दि, दु, थ, झ, ञ, दे, दो, च, चि

पहिलेका समस्या दोहोरिए पनि आँटेको काम सम्पादन गर्न सकिनेछ। चुनौतीपूर्ण जिम्मेवारी आए पनि बुद्धि–विवेकले काम सम्पादन गर्न सकिनेछ। सहयोगीहरूले साथ दिनेछन् भने अहिले मिहिनेत गर्दा पछिसम्म लाभ भइरहने छ। आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ। स्वास्थ्यका लागि खानपानमा अलि सजग रहनुहोला।

नेपाली पात्रो

काठमाडौं ।

प्रविधिको यो दुनियाँमा कम्प्युटरमा काम गर्नु अनिवार्य नै भइसकेको छ । सूचना प्रविधिको क्षेत्रमा मात्र नभइ हरेक क्षेत्रमा आजको दिनमा कम्प्युटरमा नै काम हुने गर्छन् । कम्प्युटरमा काम गर्नु अत्यावस्यक बनिसकेको छ ।

कुनै पनि क्षेत्रको कुनै पनि कामका लागि अहिले कम्प्युटरको प्रयोग बढ्दो छ । लामो समयमा कम्प्युटरमा काम गर्नु दैनिकी जस्तै भएको छ । यसले गर्दा हामी आफैलाई पनि विभिन्न चिन्ताले सताउने गर्छ । सबैभन्दा पहिलो चिन्ता हामीलाई हाम्रो आखाँको लाग्छ ।

आँखाका कुनै समस्या आयो भने कम्प्युटरमा धेरै समय बिताएर हो कि भन्ने डर पक्कै पनि आउँछ । स्क्रिनमा बढी समय बिताउँदा हाम्रो कार्काडियन रिदमलाई हानी गर्छ ।

कार्काडियन रिदम सजीव प्राणीहरूको शरीरमा भएको एउटा यस्तो आन्तरिक प्रक्रिया हो जसले स्लिप-वेक साइकल (निदाउने-ब्यूँझने चक्र) लाई नियमन गरेको हुन्छ । त्यस्तै लामो समयसम्म आँखामा प्रकाश पर्दा त्यसले शरीरमा भौतिक असर जस्तै आँखा चिलाउने समस्या पनि निम्तिन्छ । 

वेब एमडीले गरेको एक अध्ययन अनुसार ५० देखि ९० प्रतिशत रिमोट वर्कर (घरबाटै कम्प्युटरमा बसेर काम गर्ने मानिस) मा डिजिटल आई स्ट्रेनको लक्षण देखिएको छ ।

डिजिटल आई सिन्ड्रम जसलाई कम्प्युटर भिजन सिन्ड्रम (सीभीएस) पनि भनिन्छ, यो यस्तो अवस्था हो जहाँ डिजिटल डिभाइसका कारण मान्छेको भिजन (दृष्टि) मा समस्या आउँछ । विशेषगरी कम्प्युटर, स्मार्टफोन, ट्याबलेट र अन्य विद्युतीय उपकरण अत्यधिक प्रयोग गर्दा यस्तो समस्या निम्तिन्छ ।

हुन त ब्लु लाइट ब्लक गर्ने चस्माले ब्लु लाइटबाट हाम्रो स्लिप-वेक साइकललाई जोगाउँछ भनिएको छ । तर, त्यस्ता ग्लास कम्प्युटर भिजन सिन्ड्रम अर्थात् डिजिटल आइ स्ट्रेनबाट हामीलाई जोगाउन त्यति प्रभावकारी छैनन् ।

कम्प्युटर भिजन सिन्ड्रमका लक्षणहरू के के हुन् ? 

यदि तपाईं पनि लामो समय कम्प्युटर स्क्रिनमा काम गर्नुहुन्छ भने तलका मध्ये पक्कै पनि कुनै लक्षण तपाईंमा देखा परेका हुनसक्छन् । कम्प्युटर भिजन सिन्ड्रमका केही लक्षणहरू तल उल्लेख गरिएको छ ।

– आँखा सुख्खा हुनु

-आँखा चिलाउनु

-आँखा रातो हुनु

– टाउको दुख्नु

– धमिलो देखिनु

– घाँटी दुख्नु

– मांसपेशी ऐँठन हुनु

हामी यहाँ डिजिटल उपकरणका कारण हुने कम्प्युटर भिजन सिन्ड्रम वा भनौं आइस्ट्रेन (आँखा दुखाई) का समस्यालाई कसरी कम गर्न सकिन्छ भन्ने विषयमा जानकारी दिँदैछौं ।

१) रातको समयमा स्क्रिनको ब्राइटनेस घटाउनुहोस् 

कम्प्युटरको स्क्रिनले आँखामा पार्ने असर कम गर्नका लागि रातको समयमा स्क्रिनको ब्राइटनेस कमभन्दा पनि कम राख्नुहोस् । अधिकांश डिभाइसमा अटो ब्राइटनेसको सुविधा हुन्छ । जसले तपाईंको वरपरको प्रकाशलाई मध्यनजर गर्दै तपाईंका लागि उपयुक्त ब्राइटनेस मिलाउँछ ।

आईफोन डिभाइसमा स्क्रिनको ब्राइटनेस स्टान्डर्ड डिस्प्ले सेटिङभन्दा पनि कम गराउने सुविधा हुन्छ । समग्रमा के भन्न खोजिएको हो भने तपाईंले कम्प्युटर प्रयोग गर्दा आफूलाई उपयुक्त हुने गरी कमभन्दा कम ब्राइटनेस राख्नुहोस् ।

२) स्क्रिनभन्दा टाढा रहनुहोस् 

हामीमध्ये अधिकांशले विस्तरामा बसेर ल्यापटममा फिल्म हेर्नुपर्‍यो वा काम गर्नुपर्‍यो भने निकै नजिक राख्छौं । वास्तवमा यसरी आँखाको नजिक स्क्रिनलाई ल्याउँदा त्यसले आँखालाई असर गर्छ । यसबाट जोगिनका लागि तलका प्रक्रिया अपनाउनुहोस् ।

– कम्प्युटर स्क्रिन वा ल्यापटप आफूभन्दा टाढा राख्नुहोस् । विशेषगरी कुनै टेबल वा डेस्कमा राख्नु भएको छ भने पनि आफूभन्दा टाढा नै राख्नुपर्छ ।

– मोबाइल प्रयोग गर्दा आँखाभन्दा ३० इन्च टाढा राख्नुहोस् ।

– घाटीलाई असर नपर्ने गरी डिभाइसलाई आँखाको अगाडि राख्नुहोस् ।

– पेन मेडिसिनका अनुसार आँखाभन्दा स्क्रिन चारदेखि आठ इन्च तल राख्नुपर्छ । यस्तो गर्दा घाँटीमा पर्ने दबाब कम हुन्छ र आँखा पनि जोगिन्छ ।

३) स्क्रिनबाट ब्रेक लिनुहोस् 

कम्प्युटरमा बसेर काम गर्ने भइसकेपछि समय समयमा ब्रेक लिने गर्नुपर्छ । हुन त यस्तोमा प्रायः मानिसहरू एकाग्र भएर काम गर्छन् । तर, पनि आँखा, मस्तिष्क र शरीरलाई आराम दिन तपाईंले समय समयमा ब्रेक लिनुपर्छ ।

विज्ञहरूका अनुसार हरेक दुई घण्टा कम्प्युटरमा काम गरिसकेपछि तपाईंले १५ मिनेट आराम लिनुपर्छ । ब्रेकको समयमा आँखाको व्यायाम गर्नुपर्छ ।

४) सही तरिकाले बस्ने बानी बसाल्नुहोस्

तपाईं डेस्कटपअघि कसरी बस्नुहुन्छ भन्ने कुराले पनि तपाईंको शरीरको अवस्था निर्धारण गरेको हुन्छ । यदि तपाईं सहज र सही तरिकाले बस्नुभयो भने त्यसले घाँटी, आँखा र पछाडिको भागलाई आराम दिन्छ । बस्ने सही तरिकाहरू तल उल्लेख गरिएको छ ।

– आफ्नो कुर्सीलाई यसरी राख्नुहोस् जहाँ घुँडाले खुट्टासँग ९० डिग्री कोण बनाउन सकियोस् ।

– भूइँमा आफ्नो खुट्टा समतल बनाएर राख्नुहोस् ।

– कुर्सीमा अडेस लागेरभन्दा पनि सिधा पर्नेगरी बस्नुहोस् ।

– डेस्कमा हात ९० डिग्री पर्नेगरी राख्नुहोस् ।

– कम्प्युटर टाढा परे पनि माउसलाई आफ्नो हातको नजिक पर्नेगरी राख्नुहोस् ।

५) आँखाका लागि उपयुक्त ड्रप

हामी कम्प्युटरमा काम गर्दा आँखा कम झिम्काउँछौँ । यसरी आँखाको झिम्काइ कम हुँदा आँखा चिलाउने समस्या निम्तिन्छ । त्यसैले आँखालाई उपयुक्त हुने ड्रप राख्दा आँखा सुख्खा हुने, चिलाउने समस्याबाट मुक्त हुन सकिन्छ । आँखामा उपयुक्त हुने ड्रप अस्पतालमा गइ आँखा जाँच गराएर डाक्टरको सुझावमा औषधी खरिद गर्न सक्नुहुन्छ । टेच पाना

काठमाडौं । काठमाडौं महानगरपालिकाको ताहाचलस्थित शिक्षा विभागमा कम्युनिष्ट क्रान्तिकारी विद्यार्थी युनियनले ताला लगाएको छ ।

महानगरले बुधबार सूचना जारी गर्दै विद्यालय भित्र राजनीतिक दल र दलका भातृसंगठनलाई कार्यक्रम गर्न नदिने घोषणा गरेका थियो । सोही सूचनाको विरोध गर्दै कम्युनिष्ट क्रान्तिकारी विद्यार्थी युनियनले बिहीबार ताला लगाएको हो ।

यसैबीच विद्यार्थी संगठनले विभागमा लगाएको ताला फोर्ने तयारी भइरहेको महानगर प्रहरीले जनाएको छ ।

‘विद्यालयमा राजनीति गर्न नदिने भन्ने विषयलाई विद्यार्थी संगठनको नाममा लगाएको ताला हामीले फोर्दै छौं’ महानगर प्रहरी प्रमुख राजु पाण्डेले भने ।

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/०८०मा काठमाडौं महानगरपालिकाको खर्चको दर गत वर्षभन्दा खस्किएको छ । महानरपालिकाले २५ अर्ब ४१ करोड ९६ लाख रुपैयाँको बजेट ल्याएको थियो । तर, खर्च हुन नसक्ने देखेपछि महानगरपालिकाले २२ अर्ब ५३ करोड ३३ लाख रुपैयाँ खर्च हुने संशोधित अनुमान गरेको छ ।

संशोधित अनुमानअनुसार साउन यता ९ महिनाको कुल खर्च जम्मा २४ दशमलव १४ प्रतिशत मात्रै भएको छ । महानगरपालिकाले सार्वजनिक गरेको प्रगति विवरणअनुसार चैतसम्ममा  ५ अर्ब ४४ करोड ५ लाख रुपैयाँ मात्रै खर्च गर्न भएको छ । महानगरपालिकाले अझै १७ अर्ब ९ करोड २८ लाख रुपैयाँ खर्च गर्न बाँकी छ ।

गत आर्थिक वर्ष २०७८/०७९को पहिलो ९ महिनामा  महानगरले ३० दशमलव ३४ प्रतिशत खर्च गरिसकेको थियो । तत्कालीन मेयर विद्यासुन्दर शाक्यको अन्तिम बजेट रुपमा आएको १८ अर्ब १५ करोड ७७ लाख रुपैयाँको बजेट ल्याएका थिए ।

पछि उनले संशोधन गराएर १६ अर्ब ५१ करोड ६८ लाख रुपैयाँमा झारेका थिए । गत वर्ष चैत मसान्तसम्म ५ अर्ब १ करोड १३ लाख रुपैयाँ खर्च भएको थियो । ४३ करोड रुपैयाँको खर्च रकम भने केही बढेपनि चालु आवको बजेटको तुलनामा ९ महिनामा महागरको खर्चदर ६ प्रतिशतले कम छ ।

शिक्षामा बाहेक अन्यमा छैन प्रगति

काठमाडौं महानगरपालिकाले ५ वटा क्षेत्रगत रुपमा बजेट विनियोजन गरेको थियो । जसमा कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चबाहेक अन्य खर्चहरु न्यून देखिएका छन् । प्रशासनिक खर्चमा काठमाडौं महानगरपालिकाले ३ अर्ब ५३ करोड ८१ लाख छुट्याएकोमा १ अर्ब ८८ करोड ५० लाख खर्च गरेको हो, जुन विनियोजनको ५३ दशमलव २८ प्रतिशत हो ।

आर्थिक विकासको क्षेत्रमा महानगरले राखेको २२ करोड ९२ लाख रुपैयाँमध्ये १ करोड ७१ लाख रुपैयाँ अर्थात ७.४७ प्रतिशत मात्रै खर्च गरेको छ । सामाजिक विकासतर्फ ३ अर्ब ६८ करोड ५८ लाख रुपैयाँ कुल बजेटमध्ये ३५.५१ प्रतिशत अर्थात् १ अर्ब ३० करोड रुपैयाँ, ८७ लाख रुपैयाँ मात्रै खर्च भएको छ ।

सबैभन्दा धेरै बजेट भएको पूर्वाधार विकास क्षेत्रतर्फ खर्च भने १५ प्रतिशत मात्रै भएको छ । पूर्वाधार विकास १३ अर्ब ६ करोड ८४ लाख  रुपैयाँमध्ये १ अर्ब ९८ करोड ३० लाख रुपैयाँ मात्रै खर्च गरेको छ । यस्तै सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रतर्फ पनि महानगरको खर्च न्यून रहेको छ । यो क्षेत्रमा महानगरले २ अर्ब १ करोड १६ लाख छुट्याएकोमा २४ करोड ६६ लाख ३४ रुपैयाँ हजार अर्थात् १२.२६ प्रतिशत मात्रै खर्च गरेको हो ।

काठमाडौंले सबैभन्दा धेरै खर्च चालु आवमा सामाजिक विकासको क्षेत्रगत बजेट अन्तर्गत शिक्षामा गरेको छ । शिक्षातर्फ १ अर्ब ७८ करोड ३२ लाख रुपैयाँ बजेट रहेकोमा १ अर्ब ८ करोड २१ लाख खर्च गरेको छ । जुन विनियोजित रकमको ६० दशमलव ५९ प्रतिशत हो ।

३ शीर्षकमा शून्य खर्च

आगामी आर्थिक वर्षको बजेटको लागि तयारी सुरु गर्ने समय भइसक्दा पनि काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको ३ वटा शीर्षकमा अझै खर्च गर्न सकेको छैन । जलस्रोत र सिँचाइको लागि छुट्याएको ८ लाखमध्ये एक लाख रुपैयाँ पनि खर्च गर्न सकेको छैन । यस्तै वन शीर्षकमा छुट्याएको १० लाख पनि महानगरले चलाउन सकेको छैन ।

यस्तै प्रशासनिक सुशासनको लागि छुट्याएको ७५ लाख पनि महानगरले एक रुपैयाँ पनि खर्च गर्न नसकेको हो । यस्तै काठमाडौंको २ वटा शिर्षकमा एक प्रतिशत भन्दा कम खर्च गरेको छ । विज्ञान प्रविधिको लागि छुट्याएको बजेटमा ०.२१ प्रतिशत मात्रै खर्च गरेको छ भने सामाजिक सुरक्षा तथा संरक्षणमा ०.७८ प्रतिशत मात्रै खर्च गरेको महानगरपालिकाले जनाएको छ ।

महानगरका वित्त विभागका निर्देशक बुद्धरत्न मानन्धरले धेरै योजनाहरुको बजेट भुक्तानी पाइपलाइनमै रहेकोले खर्च प्रतिशत कम देखिएको बताए । ‘अघिल्लो वर्षको तुलनामा खर्च प्रतिशत कम भएपनि भुक्तानी हुँदा असारसम्म बढ्ने छ, यो वर्ष अघिल्लो आर्थिक वर्षको तुलनामा बजेट खर्च प्रतिशत बढ्दैछ,’ उनले भने ।

काठमाडौं, १३ बैशाख । भारी मतले बिजयी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चौतर्फी प्रहार र लाञ्छानाको जवाफ चितवन–२ ले दिएको बताएका छन ।

फराकिलो मतअन्तरले बिजयी भए पछि लामिछानेले जिम्मेवारी थपिएको जनाउँदै सत्कर्मले विश्वासको गुन तिर्ने प्रतिबद्धतासमेत उनले बताएका छन् ।

‘चितवन– २ सहित देशैभर गर्नुपर्ने काम धेरै छन्। तपाईंहरुकै भर र समर्थनमा विशेषतः राजनीतिलाई भूइँमान्छेसँग जोड्न र मुलुकलाई समृद्ध बनाउने अभियानका अबरोध तोड्न इमानका साथ लागिरहेने छु,’ मतदातालाई धन्यवाद दिदै लामिछानेले भनेका छन, ‘चौतर्फी प्रहार र लान्छनाको जवाफ चितवन–२ का मतदाताले दिनुभएको छ।’उप निर्वाचनवाट राष्ट्रिय स्वतन्त्र पार्टीप्रति व्यक्त भएको जनमतले थप गम्भीर, जिम्मेवार र नागरिक मैत्री बन्न उत्प्रेरित गरेको उनको भनाई छ ।

व्यक्तिगत प्रतिशोधका लागि मतदाताको विवेक र जनमतको धज्जी उडाउने खालका टिप्पणी नगरिदिन प्रतिस्पर्धी दलका उम्मेदवार र तिनका कार्यकर्ता समक्ष लामिछानेले आग्रह गरेका छन्।

काठमाडौं, १३ वैशाख

काठमाडौंमा सवारी चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षाबाट नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले एक जनालाई बुधबार दिउँसो पक्राउ गरेको प्रवक्ता एसएसपी राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

धादिङका २८ वर्षीय राजेश शाहीलाई काठमाडौंको दक्षिणढोका ट्रायल सेन्टरबाट पक्राउ गरेको हो। उनले धादिङकै प्रकाश पोखरेलको दुई पाङ्ग्रे सवारीसाधनको ट्रायल दिँदै गर्दा पक्राउ परेका हुन् । उनीमाथि थप अनुसन्धान गर्न प्रहरी वृत्त बौद्धमा पठाइएको छ ।

चितवन, १२ वैशाख । चितवन–२ मा भएको उपनिर्वाचनमा भारी मतले विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पाँच वर्षमा आफ्नै नेतृत्वमा सरकार बनाउने उद्घोष गरेका छन् ।

मंगलबार चितवनमा आयोजित धन्यवादसभालाई सम्बोधन गर्दै उनले पाँच वर्षभित्र रास्वपालाई सबैभन्दा ठूलो पार्टी बनाउने र आफ्नै नेतृत्वमा सरकार बनाउने बताएका हुन् ।

नेतृत्व सक्षम नभएमा हटाउने  भन्दै उनले रास्वपालाई सबैभन्दा ठूलो पार्टी बनाउन र आफ्नो नेततृत्वमा सरकार बनाउन जनताको साथ र समर्थन चाहिने बताए ।

यसका लागि आफूहरु जनताको पक्षमा काम गर्ने उनको प्रतिबद्धता छ । चितवनका जनताले लगाएको गुण इतिहासले नबिर्सने लामिछानेको भनाइ छ ।

 वैशाख १२ काठमडौं । चितवन–२मा रास्वपाका अध्यक्ष रवि लामिछानेको जित मतगणना नसकिँदै सुनिश्चित भइसकेको छ । उनले अहिलेसम्म ४३ हजार १०१ मत पाइसकेका छन् ।

स्वर्णिम विजयको सन्देश– सहज छैन कांग्रेस–एमालेका आगामी दिन

दोस्रोमा रहेका नेपाली कांग्रेसका उमेदवार जीतनारायण श्रेष्ठको ७ हजार ९५२ मत छ । तेस्रो स्थानमा रहेका नेकपा एमालेका रामप्रसाद न्यौपानेको ७ हजार ७८७ मत प्राप्त गरेका छन् ।
सभार १२ खरी

काठमाडौं, ११ वैशाख

उपनिर्वाचनअन्तर्गत चितवन क्षेत्र नम्बर २ मा भइरहेको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले १७ सय मतको अग्रता लिएका छन् ।

मतगणनाको पछिल्लो अपडेटअनुसार रास्वपाका रवि लामिछानेले ४३५८ मत पाउँदा नेकपा एमालेका रामप्रसाद न्यौपानेले २५८५ मतसहित उनलाई पछ्याइरहेका छन् ।

नेपाली कांग्रेसका जीत नारायण श्रेष्ठ २२०५ मतसहित तेस्रो स्थानमा छन् ।

चितवन, ११ बैशाख । चितवन–२ को मतगणनाका लागि सर्वदलीय बैठक सुरु भएको छ ।

 

चितवनका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यका अनुसार सर्वदलीय बैठकमा सहमति जुटाएर मतगणना सुरु गरिनेछ ।

 

यसअघि आइतबार साँझ बस्ने भनिएको सर्वदलीय बैठक कांग्रेसका कारण बस्न सकेको थिएन ।

 

प्रमुख जिल्ला अधिकारी र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने बिरुद्ध परेको उजुरी माथी निर्णय नगरी मतगणनामा नबस्ने नेपाली कांग्रेसले अडानका कारण मतगणना हुन सकेको थिएन ।

 

आज कांग्रेसको अडानलाई सम्वोधन गरेर मतगणना प्रारम्भ गरिने जनाईएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।