प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आन्तरिक राजनीतिक मतभेदभन्दा मुलुकको राष्ट्रिय हित सधैँ सर्वोपरि हुने बताएका छन् ।
प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’को भारत भ्रमणको सन्दर्भमा आइतबार सामाजिक सञ्जाल फेसबूकमार्फत धारणा सार्वजनिक गर्दै पौडेलले परराष्ट्र नीति र अन्तर्राष्ट्रिय मञ्चमा देशको प्रतिनिधित्व हुँदा आन्तरिक विमतिलाई थाती राखेर राष्ट्रको स्वाभिमान र हितको पक्षमा उभिनुपर्ने बताएका हुन् ।







