२०८३ मंसिर ५
२०८३ मंसिर ५

बंगलादेशमा हिंसा चर्कियो, विदेश राज्यमन्त्रीको घरमा पनि आगजनी

कटहरिया । बंगलादेशमा राजनीतिक तनाव बढ्दै जाँदा विदेश राज्यमन्त्री हुमायुँ कबिरको घरमा पेट्रोल बम प्रहार गरी आगजनी गरिएको छ । यसअघि बिहीबार प्रदर्शनकारीले अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसको घरमा पनि आगो लगाएका थिए ।

पूर्वप्रधानमन्त्री शेख हसिनाको स्वदेश फर्किने तयारी र उनको दल अवामी लिगले गरेको देशव्यापी बन्द आह्वानपछि बंगलादेशका विभिन्न जिल्लामा आगजनी, तोडफोड र आक्रमणका घटना भएका छन् । प्रधानमन्त्री तारिक रहमानले हिंसात्मक गतिविधिका लागि अवामी लिग र हसिनालाई जिम्मेवार ठहर गरेका छन् ।

हिंसाका क्रममा गोपालगञ्जमा बंगलादेश नेसनलिस्ट पार्टीका दुई सांसदका घरमा तोडफोड र आगजनी गरिएको छ । कम्तीमा ६ वटा बस तथा पिकअप गाडी जलाइएको छ भने रेलमार्गको केही भागमा पनि क्षति पुर्‍याइएको छ ।

सरकारले सुरक्षा व्यवस्था कडा बनाउँदै सात जिल्लामा सीमा सुरक्षा बलका ९७ टोली परिचालन गरेको बताएको छ । प्रहरीले ढाकामा अवामी लिगसँग सम्बन्धित रहेको आशंकामा २४ घण्टाभित्र पूर्वशिक्षामन्त्री नुरुल इस्लाम नाहिदसहित १०७ जनालाई पक्राउ गरेको छ ।

सन् २०२४ को विद्यार्थी आन्दोलनपछि सत्ता गुमाएकी शेख हसिनाले आगामी डिसेम्बरमा बंगलादेश फर्किने इच्छा व्यक्त गरेपछि राजनीतिक तनाव थप बढेको हो । हसिना सन् २०२४ अगस्टदेखि भारतमा बस्दै आएकी छन् । उनको बंगलादेश फिर्ती बारे भारतसँग कुटनीतिक विवाद भने कायम रहेको छ ।  एभरेष्ट न्यूज एजेन्सी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।