२०८३ कार्तिक १९
२०८३ कार्तिक १९

ऊर्जामन्त्री श्रेष्ठ र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र भारतीय विदेश सचिव विक्रम मिश्रीबीच शिष्टाचार भेटवार्ता भएको छ ।

ऊर्जा मन्त्रालयमा भएको भेटमा दुई देशबीच ऊर्जा व्यापार, जलविद्युत् आयोजना निर्माण, विपद् प्रतिकार्य र पूर्वसूचना प्रणालीलगायत विषयमा छलफल भएको थियो ।

भेटमा मन्त्री श्रेष्ठले नेपालमा हालै भएका विपद्का क्रममा सहयोग गरेकामा भारत सरकारलाई धन्यवाद दिँदै विद्युत् व्यापार विस्तार, नेपालमा सञ्चालित आयोजना समयमै सम्पन्न गर्न र निजी क्षेत्रको लगानी बढाउन आग्रह गरेका थिए ।

भारतीय विदेश सचिव मिश्रीले ऊर्जा क्षेत्रमा भारत सहकार्य गर्न तयार रहेको बताएका थिए ।

भेटमा ऊर्जा सचिव डा. जगदीश्वर कर्माचार्यसहित मन्त्रालयका अधिकारी तथा भारतका तर्फबाट राजदूत सुधाकर दलेला र विदेश मन्त्रालयका अतिरिक्त सचिव मनु महावर सहभागी थिए । एभरेष्ट न्यूज एजेन्सी,

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।