<

धनकुटा, २१ साउन ।

धनकुटाका समाजसेवी द्रोर्णप्रसाद गुरागाईले बुवा आमाको नाममा पत्रकारिता पुरस्कार स्थापना गरेका छन ।

नेपाल पत्रकार महासंघ धनकुटामार्फत प्रदान गर्ने गरि  ‘टिकाहरि–धनञ्जय क्रियाशील पत्रकारिता पुरस्कार’ स्थापना गरेका हुन । उनले सो पुरस्कारका लागि अक्षय कोषकोसमेत स्थापना गरेका छन ।

 

धनकुटा नगरपालिका–५ निवासी गुराँगाईले दिवंगत माता टिकादेवी र पिता हरि गुराँगाईको स्मृतिमा उक्त पुरस्कार स्थापना गरेको जानकारी महासंघले दिएको छ ।

 

सो पत्रकारिता पुरस्कारको लागि उनले १ लाख ११ हजार १ सय ११ रुपैयाँको अक्षय कोष खडा गरेको महासंघका अध्यक्ष नगेन्द्र राईले जानकारी दिए । उनका अनुसार त्यसका लागि समाजसेवी गुराँगाईले अध्यक्ष राईलाई चेकसमेत हस्तान्तर गरिसकेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0