<

 

नयाँदिल्ली, १३ साउन ।

मणिपुरमा ८८ दिनदेखि हिंसा जारी छ।

 

आज विपक्षी दलहरुको गठबन्धन (इन्डिया) का २० सांसदले मणीपुर राज्यको भ्रमण गर्नेछन् ।

 

समाचार अनुसार उनीहरुले मणीपुर राज्यमा भइरहेको हिंसाको३ अवस्थाको जानकारी लिने र पीडितहरूसँग कुराकानी गर्नेछन्।

 

त्यहाँबाट फर्केर मणिपुर समस्याको समाधानका लागि सरकारसँग कुरा गर्ने उनीहरुले जनाएका छन ।

 

गत मे ३ यता कुकी र मेइती समुदायबीच जारी हिंसामा १५० भन्दा बढीको मृत्यु भइसकेको छ । महिला हिंसाका धेरै घटना बाहिर आएका छन् । यसबारे संसददेखि सर्वोच्च अदालतसम्म छलफल भइरहेको छ ।

 

विपक्षीहरूले मणिपुर हिंसाको बारेमा प्रधानमन्त्री मोदीले सदनमा जवाफ माग गरिरहेका छन ।

उता, सर्वोच्च अदालतले सरकारले कारबाही नगरे अदालतले गर्ने जनाईसकेको छ भने सीबीआईले मणिपुरमा महिलालाई नग्न भएर घुम्न लगाएको मामिलामा अहिलेसम्म ७ जनालाई पक्राउ गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0