<

 

मस्को, १२ साउन ।

रुसको साइबेरिया क्षेत्रमा बिहीबार एउटा हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।

 

एमआई– ८ हेलिकप्टर दक्षिणी साइबेरियामा अवतरण गर्ने क्रममा आगो लागेको र बिजुलीको लाइनमा ठोक्किएको रसियाको आपतकालीन मन्त्रालयको अल्ताई शाखाले जनाएको छ।

 

हेलिकप्टर निजी कम्पनीको थियो र पर्यटक बोकेको थियो । जहाजमा १२ जना यात्रु र तीनजना चालक दलका सदस्य रहेको बताइएको छ तर आपतकालीन अवस्था मन्त्रालयले जहाजमा जम्मा १३ जना यात्रु रहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0