<

एथेन्स, १० साउन ।

ग्रिसको इभियामा जंगलमा लागेको आगो निभाउन गएको विमान दुर्घटनामा परेको छ ।

सो दुर्घटनामा विमानमा सवार दुवै पाइलटको मृत्यु भएको जनाइएको छ ।

मिडिया रिपोर्टका अनुसार सीएल–२१५ विमान इभियाको जंगलमा लागेको आगो निभाउनका लागि प्रयोग गरिएको थियो। सोही क्रममा विमानको पखेटा रुखमा अड्कियो । केही समयपछि विमान जमिनमा खस्यो, आगो लाग्यो ।

हाल ग्रिसको जंगलमा लागेका कारण हजारौं मानिसहरू बिस्थापित हुन पुगेका छन् । ग्रिस सरकारले स्थानियलाइ स्थानतरण गरेर जंगलमा लागेको आगो  निभाउनका लागि सम्पुर्ण प्रयत्न जारी राखेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0