<

 

काठमाडौं, ३ वैशाख । 

स्पेनिस ला लिगामा रियल म्याड्रिडले क्याडिजलाई २–० ले पराजित गरेको छ ।

क्याडिजमा शनिबार राति भएको खेलमा रियलले  घरेलु टोली क्याडिजलाई पराजित गरेर शीर्षस्थानको बार्सिलोनासँगको अंक दूरी छोट्यायो। रियलको जितमा नाँचो फर्नान्डेस र मार्काे एसेन्सियोले गोल गरे ।

यो जितसँगै रियलले बार्सिलोनासँगको अंक दूरी १० मा छोट्याएको छ । एक खेल कम खेलेको बार्सिलोनाको ७२ अंक रहँदा रियलको ६२ अंक छ । पराजित क्याडिज ३१ अंक जोडेर १५औं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0