<

 

इन्दीप कोइराला,बारा, २९ असार ।

निजगढ नगरपालिका- २ सिंगौलमा यौन दुर्व्यवहार आरोपमा एक युवक पक्राउ परेका छन् ।प्रहरीले बाल यौन दुर्व्ययहार गरेको आरोपमा निजगढ नगरपालिका-२ सिंगौलका मनोज राईलाई पक्राउ गरेको हो ।

 

गत असार २५ गते राईले १३ वर्षीया बालिकालाई यौन दुर्व्ययहार गरेको आरोप छ । उनले सोमबार पसलमा रहेकी बालिकालाई यौन दुर्व्यवहार गरेको भन्दै प्रहरीमा निवेदन परेको थियो । घटनामाथि थप अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालयले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0