<

 

वैशाख, २ दाङ

दाङमा बसको ठक्करले एक युवकको मृत्यु भएको छ ।

शनिबार दिउँसो ३ बजे तुलसीपुरबाट घोराही जाँदै गरेको रा १ ख ३१२६ नम्बरको बसको ठक्करले घोराही उपमहानगरपालिका-१२ हापुरका १८ वर्षका बसन्त केसीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ र

बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0