<

 

 

आरके श्रीवास्तव,गरुडा,०२ गते वैशाख

प्रेस चौतारी नेपाल रौतहट शाखाको बिस्तारित बैठक सम्पन्न भएको छ । मिसन ग्रासरुट अभियान अन्तर्गत जिल्लाको बौद्धीमाइ नगरपालिकामा चौतारीको बैठक बसेको थियो । चौतारीका जिल्ला अध्यक्ष उतम कुमार उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथीको रुपमा मिसन ग्रासरुट अभियानका प्रतिनिधी गौर नगरपालिकाका पूर्व मेयर अजय गुप्ता रह्नु भएको थियो ।

बैठकमा मुख्यतया तीन वटा विषयमा छलफल भएको थियो । प्रेस चौतारीका मधेश प्रदेश अध्यक्ष फणि महतको उपचरार्थ आर्थिक सहयोग सम्बन्धमा,नेपाल पत्रकार महासंघमा चौतारीका सदस्यहरुलाइ सदस्यता तथा शुद्धिकरण सम्बन्धमा,नेपाल पत्रकार महासंघको आगामी चुनावी रणनिती सम्बन्धमा छलफल गरिएको थियो ।

छलफल पछि महतको उपचारको लागि चौतारीको तर्फ बाट ५१ हजार नगद सहयोग गर्ने,सदस्यता र शुद्धिकरणको लागि अवाज उठाउने,चौतारीका सदस्यहरु क्रियाशील रहि महासंघमा आफनो प्रतिनिधीत्व गर्नेगरी आगामी कदम चाल्ने सर्वसहमती बाट निर्णय गरिएको चौतारीका जिल्ला सचिव मुकेश कुमार साहले जानकारी गराउनु भयो ।

कार्यक्रमको प्रमुख अतिथी गुप्ताले प्रेस चौतारीमा आवद्ध पत्रकारहरुले एमाले सरकारका पालामा भएका राम्रा र महत्वपूर्ण कामहरुको प्रचार गर्दै अहिले पनि स्थानीय तहमा रहेका एमालेका जनप्रतिनिधीले गरेका महत्वपूर्ण कामको समाचार बाहिर ल्याउनुपर्ने बताउनुभयो । साथै वहाँले सदरमुकाम गौरमा प्रेस चौतारी रौतहट शाखाको कार्यालय सञ्चालन गर्नुपर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा वक्ताहरुले प्रेस चौतारीलाई उत्कृष्ट, ससक्त र व्यावसायीक पत्रकारहरुको संस्था बनाउनका लागि सबैले लाग्नुपर्नेमा जोड दिएका थिए । सो अवसरमा प्रेस चौतारीका केन्द्रिय सचिव कमल कुमार उपाध्याय,नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य केसी लामिछाने,महासंघका प्रदेश महासचिव श्याम बन्जरा,प्रेस चौतारीका केन्द्रिय सदस्य

अच्यूत पौडेल,महासंघका प्रदेश कमिटि सदस्य शैलेन्द्र झा,चौतारी मधेश प्रदेश महासचिव गौतम श्रेष्ठ ,केन्द्रीय सदस्य संजय मिश्र,प्रदेश सदस्य अशोक पहाडीसहित चौतारीमा आबद्ध पत्रकारहरुको सहभागिता रहेको थियो । कार्यक्रम सञ्चालन जिल्ला सचिव मुकेश कुमार साहले गर्नु भएको कार्यक्रममा स्वागत मन्तव्य चौतारीका रौतहट ईन्चार्ज रमेश तिमल्सिनाले राख्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0