<

 

काठमाडौं, २७ असार ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की धर्मपत्नी एवं पार्टीकी केन्द्रीय सल्लाहकार सीता दाहालको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

दाहालको ६९ वर्षको उमेरमा बुधबार बिहान उपचारका क्रममा नर्भिक अस्पतालमा निधन भएको हो । सभापति देउवाले शोक विज्ञप्तिमार्फत दाहालको निधनप्रति दुःख गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामनाका साथ प्रधानमन्त्री दाहाललगायत शोकसन्तप्त परिवारजनमा पार्टी र आफ्नोतर्फबाट समवेदना प्रकट गरेका छन् ।

 

दाहालप्रति श्रद्धाञ्जली अर्पण गर्न सभापति देउवा पशुपति आर्यघाट पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0