<

 

काठमाडौं, २० असार ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा मागेका छन् ।

आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक–पटक दिल्ली गएको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर एमालेसहित प्रतिपक्षी दलहरुले आपत्ति जनाउँदै प्रधानमन्त्रीको राजीनामा मागेका छन् । बुधबार बसेको संघीय संसदको दुवै सदन राष्ट्रिय सभा र प्रतिनिधिसभा बैठकमा एमाले सांसदहरुले प्रधानमन्त्रीको राजीनामा माग्दै बैठक नै अवरोध गरेका थिए ।

 

प्रतिनिधिसभा बैठकमा सहभागी भएर बाहिरिने क्रममा एमाले अध्यक्ष ओलीले संसदमा प्रधानमन्त्रीको जवाफ नभई राजीनामा चाहिएको बताएका हुन् ।

 

प्रधानमन्त्री प्रचण्डले स्वाभिमान र स्वाधीनताविपरीतको अभिव्यक्ति दिएकाले राजीनामा दिनुपर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0