<

 

आरके श्रीवास्तव,रौतहट,असार १७ गते
रौतहट । रौतहटको कटहरिया–सन्तपुर–कलैया सडकखण्डमा लालबककैया पुल भन्दा अलि अगाडी बाँधको छेउँमा कजवे निर्माणको क्रममा ठेकेदारले चरम लापरवाही गरेका छन् । जसका कारण सो बाटो भएर आउनजान दुर्घटनाको जोखिम बढेको छ ।


उक्त ठाउँमा गिता निर्माण सेवाले कजवे निर्माणको लागि जिम्मा पाएको हो । कजवे निर्माणको लागि खाल्डो खनेका छन् । खाल्डो खनेको ठाउँमा ब्रेकर या घेराबेरा गर्नुपर्ने हो । तर त्यस्तो नगरेर खुला रुपमा नै छाडेका छन् । यसरी गर्दा दिनहुँजसो साइकल,मोटरसाइकिल र पैदलयात्रीहरु लडिरहेका छन् ।
एका पट्टी ढुंगा राख्ने र अर्को पट्टी सडकको छेउमामा खाल्डो खनेर छाडेपछि सो बाटो भएर आउ–जाउ गर्ने सवारी साधनहरुले ठूलो सास्ती खेप्नु परेको छ । ठेकेदारको लापारवाहीले सर्वसाधारणहरु लाइ सस्ती बेहोर्नुप¥यो ।


यस विषयमा सडक डिभिजन चन्द्रनिगाहपुरका इन्जिनियर प्रभु साह सँग बुझदा खाल्डो खनेपछि घेरा लगाउनु पर्ने हो । त्यस्तो नगरेको भए आफूले बुझेर गर्न लगाउने बताए । यता निर्माण सेवाका सञ्चालक सुरेन्द्र यादव सँग बुझदा आफूले छिट्टै घेराबेरा लगाउने र कामलाइ तिव्र गतिले अगाडी बढाउने बताएका छन् ।

ठेकेदारहरुबाट यस्तो लापारवाही यसअघि पनि बेला–बेला हुने गरेको छ । यसअघि विरेन्द्र राजमार्गमै खनेको खाल्डोमा साइकिलयात्रीको खसेर दुर्घटना भइ मृत्यु भएको थियो । त्यस्तै किसिमको दुर्घटना हुन सक्ने भएर बेलैमा सम्बन्धित निकायले ध्यान पुर्याओस् भनि स्थानियहरुको भनाइ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0