<

रौतहट,असार १६ गते
रौतहट । नेपाल प्रहरीको मनोवल बढाउन जिल्ला प्रहरी कार्यालय रौतहटले आयोजना गरेको डब्लस ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । सो प्रतियोगिताका विजयी खेलाडीलाई रौतहका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले पुरस्कार प्रमाणपत्र तथा मेडल लगाई दिएका छन । सो प्रतियोगितामा प्रथम प्रहरी निरीक्षक दिनेश बहादुर कुँवर र प्रहरी वरिष्ठ नायव निरीक्षक योगराज खड्का ,दोस्रो प्रहरी नायव उपरिक्षक उमाशंकर यादव र सशस्त्र प्रहरी नायव उपरीक्षक सूर्य प्रसाद तिमल्सेना भएका छन । सो अवसरमा प्रहरी उपरीक्षक विरबहादुर बुढा मगर , सशस्त्र प्रहरी उपरीक्षक माधव रेग्मी , राष्ट्रिय अनुसन्धान विभागका प्रहरी उपरीक्षक चन्दन झाको उपस्थिति रहेको थियो । असार १४ गते देखि शुरु भएको प्रतियोगितामा नेपाल प्रहरी , प्रहरी स्कुलका गरि १० जोडि सहभागी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0