<

 

काठमाडौं, १५ असार ।

पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्डमा अबरुद्ध भएको छ ।

 

हिजो साँझ देखी पहिरो खस्ने क्रम अझै पनि नरोकिए पछि सो सडक खण्ड आज बिहानसम्म पहिरोको चपेटमा परेको हो ।

 

जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार निरन्तर पहिरो गएका कारण पहिराे पन्छाउने कार्य सुचारु गर्न सकिएको छैन । उसका अनुसार मुग्लिनबाट करिब दुई किलोमिटर पश्चिम नारायणगढतर्फ तीन नम्बर पुल निर पहिरो खसिरहेका कारण हिजो देखी यातायाता सुचारु गराउन नसकिएकाे हाे ।

 

पहिरो झर्ने क्रम जारी रहेकाले जोखिमका कारण मेसिन चलाउन नसकिएको जनाउँदै जाममा परेका सवारी साधनको लामो लाइन लागेको र पहिराे राेकिने बितिक्कै मेशिन लगेर पहिराे पन्छाउने याेजनामा प्रहरी रहेकाे जनाइएकाे छ ।

हाल काठमाडौंबाट भरतपुरतर्फ गएका ठूला सवारीसाधन मुग्लिन र कुरिनटार क्षेत्रमा तथा नारायणगढबाट काठमाडौं, पोखरातर्फ जाँदै गरेका सवारीसाधन जलबीरे, जुगेडी क्षेत्रमा रोकिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0