<

 

काठमाडौं, १० असार ।

सामान पार्सल गरी पठाई दिन्छु भन्दै अनलाईमार्फत ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । ललितपुर गोदावरी नगरपालिका वडा-८ बस्ने ४० वर्षीय चण्डिका पोखरेललाई प्रहरीले पक्राउ गरेको हो ।

 

पोखरेलले सामाजिक सन्जाल फेसबुक, मेसेन्जर, ह्वाट्सवमार्फत गिफ्ट, सुनका गरगहना, घडी, आईफोन डलरसहितको लगेज पठाई दिएको छु भनी पीडितलाई प्रलोभनमा पारी ह्वाटसवमार्फत ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

 

कस्टम चार्ज, डलर चार्ज बापतको रकम विभिन्न व्यक्तिको खातामा आठ लाख चालिस हजार रकम पठाउन लगाई अनलाईन मार्फत ठगी गरेका प्रहरीले जनाएको छ । पोखरेललाई पक्राउ गरी आवश्यक अनुसन्धान एवं कारबाहीको लागी ललितपुर पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0