<

 

रमेश कुमार यादब असार ०८,रौतहट

राष्ट्रपतिले प्रमाणीकरण गरेको नयाँ नागरिकता ऐनअनुसार रौतहटमा नागरिकता वितरण कार्य आगामी आईतबार देखि सुरु गरिने जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । नयाँ नागरिकता ऐनअनुसार नागरिकता वितरण गरिने जनाएपछि जिल्ला प्रशासन कार्यालय रौतहटले एक सुचना जारी गरि आउदो १० गते आईतबारबाट नागरिकता प्रदान गर्ने प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले जानकारी दिएका छन ।

बिहीबार सर्वोच्च अदालतले नागरिकता ऐन नागरिकता ऐनको संशोधित व्यवस्था कार्यान्वयन नगर्न यसअघि जारी गरेको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिने आदेश दिएपछि नयाँ नागरिकता ऐन कार्यान्वयनको बाटो खुल्ला भएको हो । त्यहीँ कारण जिल्ला प्रशासन कार्यालय रौतहटले नयाँ नागरिकता ऐनअनुसार जन्मसिद्ध नागरिकका सन्तान सहितका नागरिकता विहीनहरुलाई नागरिकता वितरण कार्य आईतबार देखि सुरु गर्ने त्यारी गरेका रौतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र जानकारी दिएका छन ।

जिल्ला प्रशासन कार्यालय रौतहटले असार ८ गते जारी गरेको सूचनामा उल्लेख गरिएका कागजातहरु लिएर कार्यालयमा आइतबार देखि सम्पर्क गर्न लक्षित सेवाग्राहीलाई आग्रह पनि गरेका छन् ।

जन्मसिद्ध नागरिकको सन्तानको हकमा बुवा आमा दुवैको सक्कल नेपाली नागरिकता र त्यसको प्रतिलिपि (फोटोकापी) वडाअध्यक्षको सिफारिस सहितको अनुसूची र फारम, सक्कल जन्मदर्ता र शैक्षिक योग्यताको प्रमाणपत्र ,बाबु,आमा सन्तानबिचका फोटोसहितको सक्कल प्रमाणित, बसाईसराई गरी आएकोकाहरुको हकमा बसाइसराइको प्रमाणपत्र ,२०६३ सालको टोलीमा नाबालक दर्ता गराएको भए सोको निस्सा ,घरधनि प्रमाणपुर्जा(नक्सा पास),

ब्यवसाय दर्ता प्रमाणपत्र ,PAN कार्ड,बिधुतको बिल ,खानेपानीको बिल लगायत अन्य थप प्रमाण उपल्बध,आवश्यकता अनुसार वडा सर्जमिन ,प्रहरी सर्जमिन ,कार्यालयबाट खटि गएको कर्मचारीहरुबाट स्थलगत सर्वजमिन लगायतका कागजातहरु अनिवार्य रुपमा लिएर कार्यालयमा आउन प्रमुख जिल्ला अधिकारी मिश्रले बताएका छन । नागकिरता वितरणका लागि वडा कार्यालयलाई सिफारिस गरिदिन जिल्ला प्रशासन कार्यालयले सबै पालिकालाई पत्राचार गरिसकेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0