<

 

रौतहट,०४ गते असार

रौतहटको मौलापुर नगरपालिकामा आदालतको अवहेलना गरी विकास निर्माणको काम भइरहेको पाइएको छ । सो नगरपालिकाको वडा नम्बर ७ मा रहेको श्री प्राथमिक बिधालय पथरा बुधराममा कम्पाउण्ड वाल,माटो पुर्ने लगायतका विकास निर्माणका कामहरु भइरहेको बिधालय व्यवस्थापन समितिका अध्यक्ष मनोज कुमार मुखियाले बताउनु भएको छ ।

आफूले पटक पटक यसलाइ रोक्न भनेपनि कुनै वास्ता नगरेको गुणासो गरेका छन् । उनले भने आफूहरुलाइ यस बिधालयको लागि निर्माण भइरहेको दुइकोठे दुइतले भवन निर्माणको कार्यलाइ २०७९ चैत ०९ गते जिल्ला अदालत गौर रौतहट बाट प्राप्त पत्र अनुसार अबिलम्ब निर्माण कार्य रोक्का गर्न आदेश भएकोले निर्माण कम्पनी अनिल निर्माण सेवा तथा मौलापुर नगरपालिकालाइ समेत बिधालय व्यवस्थापन समितिको बैठक बसी जानकारी गरायौं । उ

क्त काम रोक्का भएपनि पनि अहिले आएर बजेट बाट दुइ पैसा कमाउने लोभमा परी आदालतको आदेश नमानी बिधालयमा कम्पाउण्ड वाल,माटो पुर्ने काम भइरहेको मुखियाले बताए । वडा सदस्य दिलिप साह र कार्यपालिका सदस्य प्रतिमा साहको श्रीमान् दिपेन्द्र साहले आदालतको आदेशलाइ लत्याउँदै उक्त काम गराइरहेको उनको भनाइ छ ।

यस विषयमा सो बिधालयका प्रधानाध्यापक प्रेमशंकर साह सँग बुझदा बिधालय कसले कहाँ बाट कामहरु गरारहेका छन् । त्यस सम्बन्धी आफूलाइ कुनै जानकारी छैन् । काम रोक्क गर्ने आदालतको आदालतको आदेश आएपछि बिधालयले कुनै काम गराउन नसक्ने लिखित रुपमै नगरपालिकामा जानकारी गराइसकेको प्रअ साहले जानकारी गराए ।

उनले दिएको जानकारी अनुसार हाल बिधालय जुन ठाउँमा सञ्चालमा रहेको छ । उक्त ठाउँबाट अन्यत्र सार्ने सर्वसहमती बाट गाउँलेहरुको भेलाले निर्णय गरेको थियो । तर जुन ठाउँमा बिधालय सार्ने निर्णय गरिएको उक्त जग्गा बिधालयको नाउँमा आउन सकेन ।

श्री राम जानकी मठ गौरको नाम रहेकोले मठका संरक्षक राममंगल यादवले आदालतमा मुद्धा दिए पछि काम गराउन बाट पछाडी हटनु परेको बताए । मुद्धा विचाराधिन अवस्थामा रहेको हुँदा कानुन सम्वत काम गराउन नमिल्ने उनको भनाइ छ ।

बिधालयको नाउँमा जग्गा नआइकन भवन निर्माण लगायतका कामहरु गर्नु बालुवामा पानी खन्याउनु जस्तै हो । बिधालयको विपक्षमा आदालतको फैसला आयो भने लाखौंको बजेट बाट निर्माण भएका संरचनाहरुको बनाउनुको कुनै औचित्य छैन् ।

यता मठका संरक्षक यादवले आदातको आदेश हामी सबैले मान्नु पर्छ । बल जबरदस्ती काम गराउन मिल्दैन् । आदातलको फैसल नआएसम्म त्यहाँ काम गराउनु गलत हो । आदालतको फैसलालाइ हामीले सहर्ष स्विकार गर्नु पर्दछ ।

जसले त्यो काम गराइरहेको छ ,त्यो व्यक्तीलाइ काम नगराउन उनले आग्रह समेत गरेका छन् । यस विषयमा वडा सदस्य दिलिप साह सँग बुझदा सामूहिक रुपमा नै उक्त ठाउँमा काम गराइरहेको स्वीकार गरेका छन् ।

तत्कालका लागि आफनो व्यक्तीगत लगानीमा कम्पाण्ड वाल ,माटो पुर्ने काम गरारहेको बताए । यता माैलापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबाबु साह सँग बुझ्दा नगरपालिका द्वारा काम नभई रहेकाे बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0