<

 

राैतहट,३० गते जेठ

मंगलबार राती रौतहटको गौर नगरपालिका वडा नं. ४ टिकुलिया निवासी पसुराम साहको घर जलेर नष्ट हुनुको साथै लाखौंको क्षति हुन पुगेको छ । भने घटनामा १४ जना घाईते भएकाे स्थानीय पत्रकार आरएन साहले जानकारी गराउनु भएको हाे । घाईतेहरुको उपचार प्रादेशिक अस्पताल गौरमा चलिरहेको छ ।

मैनबत्तीबाट सल्केको आगोमा गैस सिलेंडर बिस्फोट भएपछि एक दर्जनभन्दा बढी व्यक्ति समान्य देखि गम्भीर घाइते भएका थिए ।

गौर नपाको वैकल्पिक फायर बिग्रेड र स्थानीयको सहयोगमा आगो नियन्त्रण गरिएको थियो । आगोको शुरुवाती स्वरुप प्रलयको राप झै देखिए पनि समयमा नियन्त्रण गरी थप क्षति हुनबाट रोकिएको थियो ।

गौर नपाको वारुण यन्त्र दुर्घटनामा परि विग्रेको हुँदा मर्मत भइरहेको हुँदा नपाले खरिद गरेको वैकल्पिक फायर बिग्रेडले सोचे भन्दा बढी उपयोगी सावित हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0