<

 

काठमाडौं, २८ जेठ

पौडी खेल्ने क्रममा स्विमिङ पुलमा डुबेर १० वर्षीय बालकको ज्यान गएको छ । पोखरा महानगरपालिका–८ आलुमाइला चोक बस्ने १० वर्षीय ऐनक्स थापाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

पोखरा १६ बाटुलेचौरस्थित स्विमिङ पुलमा पौडी खेल्ने क्रममा डुबेर घाइते भएका थापालाई उपचारको लागि अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् । घटनाको बारेमा थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0